Grab the widget  Get Widgets

04 June 2023

समय

हरि: त्यो मान्छेले मलाई दु:ख दिनु दियो नि! घरी यो मिलेन भन्छ, घरी त्यो मिलेन भन्छ, घरी अख्तियारले समाउंछ भनेर तर्साउंछ। आफ्नो हात तल परेको बेलामा सबै सहनु पर्छ भनेर मैले सहेरै बसें। अब त्यस्ले बल्ल चाल पाउन थालेछ, यो मान्छेको पनि पालो आउंदो रैछ भनेर। बिहान बेलुकी सभ्य भाषामा बोल्न थालेछ। अकस्मात त्यो मान्छेमा परिवर्तन आएको देखेर यो मान्छे पनि चकित भएछ। बुझिस रामे! 

रामे: के भयो त! अब बल्ल तेरो पावर त्यो मान्छेले बुझ्दै होला नि! समय संधै बलवान हुन्छ भन्ने बुझ्दैछस नि। मैले भनेको कुरोको महत्त्व अब त बुझिस होला नि! तं पनि त्यो बेलामा रिसाएर त्यो संग बाझाबाझ गरेको भए अहिले तंलाई बिहान बेलुकी हजूर का हजूर लाएर फोन गर्दैनथ्यो होला नि। धन्न त्यो बेला मेरो कुरा खाएछस। नत्र तेरो पनि त खैरियत थिएन नि!  

हरि: त्यो त हो! यति रिस उठेको थियो कि, मुक्का सुक्का हान्दिम जस्तो भाथ्यो! तैंले न रोकेको भए, नाक साक भांच्दिन्थें। धन्न, तं बिचमा आइस र रोकिस। नत्र म पनि कुटपिटमा झ्यालखानामा बसेको हुन्थेंकी। 

समय बलवान हुन्छ, समय सबैको आउँछ। सम्यम अपनाउनु पर्छ। अस्तु।

No comments:

Post a Comment