Grab the widget  Get Widgets

06 June 2023

कसरी टोक्यो त कुकुरले?

आमा: लौ हेर हेर! तेरो दाइ त! कुकुरले टोकाएर बसेछ। अनि कुकुरले कसरी टोक्यो त?

दाई: कसरी टोक्यो भनुम खोइ! तीन वटा कुकुरहरु झगडा गर्दैथ्यो। उनीहरुको झगडाले सडक जाम होला जस्तो लागेर मैले हर्न बजाई दिएँ। टिँ .......टिँ..... त!  

एकै छिनमा तीनैवटा मिलेर मलाई झम्टिन आयो, अनि सल्लाह गरेर तंलाई टोकुम? भन्यो, तीन तीन वटाले टोक्यो भने त म खत्तम भैहाल्छु नि, कुकुर! भन्न भ्याएको थिएन, एउटाले घ्याप्प पारी हाल्योनी। ऐय्या ! 
कुकुर: हाम्रो नामको कुकुरको दाँत तेरो मुखमा पनि छ। हेर मैले टोकेको तेरो गोडाको घाउको दाग र तेरो मुखमा भएको दाग एउटै हुन्छ। भन्यो त्यो मोरो कुकुरले। 

अनि टेकु अस्पतालमा पनि तपाईंलाई त थर्ड डिग्री घाउ लागेको रैछ पो भन्दिरा भन्याँ। ऐय्या बाबा!
 

No comments:

Post a Comment