Grab the widget  Get Widgets

Sunday 12 November 2023

ग्वांग्रे !

एक जनाको पैसाले खाने बस्ने र घर व्यबहार चलाउने, आर्को एक जनाको कमाईको पैसाले घर बनाउने आमाको निर्देशन र ग्वांग्रेको सहमति अनुसार ग्वांग्रेको कमाई जति सबै खाने बस्ने र घर ब्यबहारमा खर्च गर्ने, अनि ग्वांग्रेको बाउको कमाई जति संचय गरेर घर बनाउने काममा खर्च गरे। 

बर्सौं सम्म ग्वांग्रेको परिवार आनन्दले चल्यो, पैसाको कमी भएन। घर मर्मत र दराज सराज बनाउने काममा ग्वांग्रेले आफैले खर्च गरे । अनि घर ठ्ड्याउने काममा चैं ग्वांग्रेको काम खटन पटन र बाउको पैसाले घर बनाउने काममा खर्च गरे । समयको अन्तराल संगै भाई बहिनी हुर्काउने काममा पनि ग्वांग्रेले केही कसर बांकी राखेनन ।  आफुले सबैलाई सक्षम बनाउने काममा सघाउन पाउँदा र आफ्नो घरको जिम्मेवारी बहन गर्न पाएकोमा ग्वांग्रे एकदम खुशी थियो।

भाई बहिनीहरु आफ्नै खुट्टामा उभिन सकेर ग्वांग्रेले भन्दा बढी कमाउने भए पछि सबैजना आ आफ्नो बाटो लागे। दिदी बहिनीको बिहे भयो। भाईको बिहे अनि राम्रो काम पनि भयो।

समयको अन्तरालमा एकदिन ग्वांग्रेको आमा बा, दिदी बहिनीहरुले तैंले के गरिस जिन्दगीमा ? सबै कमाई खाएर त सिध्याइस, एउटा घर पनि बनाउन नसक्ने निकम्मा भइस भनेको देख्दा ग्वांग्रे आकाशबाट झरेको जस्तो भएछ । 

जिन्दगीभर आफ्नो कमाई घर परिवारलाई सुम्पेका ग्वांग्रे अहिले घरको न घाटको भएको छ। बाउको कमाई खान हुन्न, सकेसम्म घर परिवारलाई आफ्नो जिम्मेवारीबाट टाढा राख्न हुन्न भन्नेलाई सबैले छाडेर गएका छन् । बाउ आमा समेतले पहिले पहिले ग्वांग्रेले घर व्यबहार हेर्दिने भएकोले आनन्द भयो भन्ने गर्थे, अहिले कैले के गरिस र सबै बाउको पैसाले त गरेका छन नि भन्दो रैछ। 

सोझो ग्वांग्रेले कति पैसा घर बनाउंदा सकियो, कति भोज भतेरमा सक्यो हिसाब किताब राखेका छैनन् रैछ, त्यत्तिकै ग्वांग्रे नाम राखेको हैन रैछ।

जिन्दगीको उत्तरार्धमा आएर ग्वांग्रे एक्लो भएको छ । खाएको सबै चैत भैहाल्यो, अब ग्वांग्रे बाउको घरमा पो बसेको रैछ, उस्को आफ्नो घर नै छैन रैछ, दराज बनाएर के गर्ने, त्यो दराजमा सुट्न मिल्दैन रैछ, खात बनाएर के गर्ने आकाशलाई छाना बनाउन नमिल्ने रैछ। यहि कुरोले गर्दा छोराछोरी र श्रीमती समेतले ग्वांग्रेलाई नै दोष देखाउंछ। आफ्नो कमाई बलियो भएको बेलामा सबै घर परिवारलाई सुम्पेको फल अहिले देखिस नि! अब हाम्ले समेत यस्तो अवस्था भोग्न परेको छ भन्दै टाउकोमा हात हालेर बसेका छन् । बिचरा ग्वांग्रे! 

No comments:

Post a Comment