Grab the widget  Get Widgets

Sunday 1 September 2024

आउट डेटेड ड्याड!

देश भित्र पनि बेग्लै संसार रहेछ। सायद उच्च घराना भनेको यस्तै होला। एउटा कार्यक्रममा सहभागी हुन जांदा सबैजना नेपाली र थोरै बिदेशी। तर कोहि पनि नेपालीमा कुरा नगर्ने। उहिले उहिले नेपालीमा अंग्रेजी घुसाएर कुरा गरेको देख्दा पनि उच्च घरानाको मान्छे रैछ भन्ने समाजमा हुर्केको हामीलाई आजको जमानामा अंग्रेजीमा नेपाली घुसाएर गफ दिनेहरु देख्दा उच्च घरानिया भाषा लाग्यो। 
समय बदलिएको रहेछ। आज सहभागी भएको कार्यक्रममा मैले ९५% पाहुनाहरुले मलाई चिनेन अर्थात मैले पनि ९५% मानिसहरुलाई चिनिन। सबैजना कारमा सवार भएका र अंग्रेजीमा मात्रै बोलेका नेपालीहरुको जमात थियो। 

नमस्ते ! म फलानो, भनेर परिचय दिंदा पनि ! वाउ, ह्वाट ए ओण्डरफुल। योर सन डिड अ ओण्डरफुल जब अंकल। भनेर स्वागत गर्‍यो त नानीले ।

उहिले नेवाहरुले नेपाली बोल्दा, नेपाली बोल्नेले हिन्दी बोल्दा, अनि नेपालीमा अंग्रेजी घुसाइंदा पनि गज्जब लाग्थ्यो, अहिले संसार नै बदलिएको रहेछ। सबैजनालाई अंग्रेजीकरणले छोई सकेको रहेछ।

त्यसैले आजकाल छोराहरुले यु आर आउट्डेटेड ड्याड भन्ने रछन।

No comments:

Post a Comment