एकदिन डा. साबको क्लिनिकमा एकजना अचम्मको बिरामी आयो। उसको नाम राम थियो, तर स्थानीयले उसलाई वाच्या वाच्या राम भनेर चिन्थे। डा. साबले उसलाई पहिलो पटक देख्दा नै रामको व्यबहार अनौठो देखे। राम बोल्न थालेपछि त अझ अचम्मै भयो—उ बिस्तारै बोल्थ्यो। आरामले बोल्ने। बेली बिस्तार लगाएर बोल्ने। सानो कुरा पनि बयान गर्दा गर्दै वाक्क लगाउंथ्यो। डा. साबले आफ्नो डायरी खोलेर नोट गर्न थाले, तर रामको छेउ न टुप्पोको कुरा सुन्दै गएपछि उनी झन्-झन् अलमलमा पर्दै गए।
रामले भने, "डाक्टर साहेब, तपाईंलाई थाहा छैन, म वास्तबमा अमिर खान भन्दा पर्फेक्ट मान्छेमा आफैले गन्छु। एउटा उदाहरण दिन्छु, सुन्नुस हैपानी पिउनु भन्दा पहिला त्यो पानी कुन धाराको हो? पिउने हो कि, खाने हो? पिउन मिल्ने भए कतिको सफा छ? कति चिसो छ? कति तातो छ? गिलासमा राखेर पिउने कि पिलेटमा राखेर खाने? सब बिचार पुर्याएर मात्रै खाने गर्छु।
डा. साबले भन्नु भयो, "तो त अलि बढी भएन र?"
राम: खल्टिमा रहेको दाहिने हात झिक्दै डा. साबको टेबुलमा बजार्दै चिच्यायो। "हो, त्यै त भनेको नि, म एकदम पर्फेक्ट मान्छे, म लरतरो पानी न पिउने मान्छे, मिस्टर पर्फेक्ट।"
डाक्टर: "सबै जाँच गरिसकेर तपाईंले भने जस्तो पानी पाउनु भएन भने के गर्नु हुन्छ त? पिउनु हुन्न?"
राम: टोइट! पानी पनि नपिउने भन्ने हुन्छ र। हेर्ने, सोधखोज गर्ने। लास्टाँ जे भेट्छ त्यै पिउने। पिउनु अगाडि चैं पर्फेक्ट हुनु पर्छ, त्यस्सै वाच्या वाच्या राम नाम राखेको छ, मेरो? अस्तु।
No comments:
Post a Comment