Grab the widget  Get Widgets

Thursday, 26 December 2013

सेल्स कल (Sales Call)

नमस्ते! म होटलबाट हो | मार्केटिंगको लागि कल गरेको हो | यहाँको अफिसमा कसले मार्केटिंग हेर्नु हुन्छ ? उहाँलाई पास गरिदिनुस् न | रिसेप्सनमा बस्ने बहिनी  नया भएकोले कसलाई पास गर्ने होला भनेर एकछिन विचार गरे पछी एकजना हाकिम साबलाई फोन पास गरिन् | 

एक जना अपरिचित महिलाले परिचित झैं गफ दि हालिन | "ओहो सर तपाईलाई भेट्न कति गारो भाको नि ?"

अलि अचम्भित हुँदै हाकिम साबले सोधे "मैले त चिनिन नि ! को बोल्नु भएको नि ? "

उता बाट "आम्मै, सर ! मलाई देख्नु भएको नै छैन, अनि कसरी चिन्नु हुन्छ त? मैले धेरै दिन पहिले इमेल पठाएको थिएँ | अहिले सम्म एकजना पनि गेस्ट दिनु भएन भनेर हामी हजुर संग भेट्न आउन लागेको । आधा घन्टाको टाइम मागेको छु सर। अहिले आउँ ?"

एस्सो घडी हेर्दा साढे बाह्र भएको रहेछ। "तीन बजेतिर आउनुस है ।" भनेर समय मिलाए।

तीन बजे, चारतला माथि रहेको हाकिम साबको कार्यकक्षमा टेलिफोन को घन्टी बज्यो, त्रिङ्ग , त्रिङ्ग,,,,  रिसेप्सन कि बहिनीले पाहुना आएको खबर गरिन्। 

हाकिम साब "चार कप चिया पनि पठाई दिनुस है"।

कालो कोट र पाइन्ट लगाएकी करीब पाँच फिट उचाईकि गोरो वर्ण कि युवती संगै अधबैंसे युवा हाकिम पनि होस्ट हाकिम साबको कार्यकक्षमा संसंगै प्रवेश गर्यो।  

साधारण औपचारिकताको लागि भिजिटिंग कार्ड साटासाट गर्दा हाकिम साब संगैको भाइको कार्ड थिएन । बिचराले ठ्याक्क कुरा मिलाउदै, युवती तर्फ हेर्दै भन्यो।  "ए ! मेरो कार्ड त सकिएछ रहेछ । मेरो नम्बर टिप्नुस न प्लीज !" 

युवती मुसुक्क हाँस्दै " नो प्रोब्लेम, एस्सो गर्नुस न, तपाईको नम्बर भन्नुस म मिसकल गर्छु ।" नम्बर पनि साटासाट भयो ।

त्यसपछि सिधै औपचारिक बार्तालाप भयो । 

होटेलको रेट मिलाउने देखि गेस्ट पठाउने सम्मको औपचारिकताको हिसाब किताब मिलाउन नसके पछि, पाहुना हाकिम साबले होस्ट हाकिम साबलाई फेरी हिसाब किताब गरेर सहमतिमा पुगौंला भनी त्यो दिनको भेटघाट टुंग्यायो। र क्रिसमस र नया बर्षको कार्यक्रमको कुरा निकाल्यो। अधबैंसे हाकिम साबले युवती तर्फ हेर्दै " ल अब तिम्रो सेल्स म्यानशिप हेर्छु" भनेर बाहिरिनु भयो। 

युवतीले लेडिब्यागबाट केहि झिक्दै थियो। एक बन्डल टिकट निकाल्दै " सर न्यू ईयरको निम्तो छ।" हाकिम संगैको कोठामा रहेका सहकर्मी साथीहरुको कान ठाडो भयो। तर जब टिकटको रकमको कुरा आयो सबै जनाले नसुने झैँ गर्यो। 

टिकटको दाम सुने पछि, होस्ट हाकिम तिरिमिरी नै भयो  "ओहो ! तपाई त खतरा पो हुनुहुँदो रहेछ। लब पर्नु कता हो कता, डेटिङ्ग सेतिंग जानु कता हो कता पहिले नै ट्रेजेडी पर्ने भयो नि त ?"

युवती एकछिन अक्क न बक्क हुँदै रातो पीरो भई। तर जवाफ फ़र्काइनन मुसुक्क हाँसिन मात्रै। 

होस्ट हाकिम "पहिलो पटकको भेटमै तपाईले खत्तम नै पार्ने विचार गर्नु भयो कि क्या हो ?" यत्रो टिकट भिडाउन खोज्दै हुनु हुन्छ।"

युवती "त्यस्तो होइन सर।  हाम्रो पनि टार्गेट हुन्छ नि।" 

होस्ट हाकिम "मतलब म टार्गेटमा परें। " 

होस्ट हाकिम अप्ठेरोमा परेको थाहा पाएपछि संगैको कार्यकक्षमा रहेकी सहकर्मी जुरुक्क उठेर आउदै "लौ हाम्रो हाकिमको पैसा सकिने भयो कि क्या हो " भनी मन मनै गुनेर आई र ठ्याक्क कुरा मिलाई " हामीलाई सबै होटेलले फ्रि मा निम्तो दिएको छ।  तपाइले मात्रै पैसा भन्नु भएको छ।  सबै कर्मचारीहरुलाई कोटा पुगी सक्यो। फेरी यो टिकट किनेर कता जाने ?" 

युवती " लौ, त्यसो भए त ठिकै छ सर ।  मेरी क्रिसमस र ह्याप्पी न्यू ईएर।" फुर्सद मिलाएर फेरी भेटौला भनी अफिस बाट बिदा भई। अस्तु। 


Thursday, 19 December 2013

ब्यबसायिक सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility)

निजी कम्पनीहरुले समाजबाट कमाएको रकमलाई समाजकै उत्थानको लागि लगानी गरी ब्यबसायिक उत्तरदायित्व निर्वाह गर्ने चलन बढ्दै आएको छ | समाजमा नाम पनि रहने दाम पनि कमाउने हुनुको साथै आफ्नो ब्यबसायको इज्जत पनि बढेर ब्यबसाय प्रबर्धन हुने राम्रो उपकरणको रुपमा प्रयोग आजकाल सामजिक उत्तरदायित्व प्रति ब्यबसायीहरुको ध्यान गएको छ, जुन समाजको लागि राम्रो उपलब्धि हो भन्नमा अतिसयोक्ति नहोला |

रक्तदान, आँखा दान, मोतिविन्दुको सल्यक्रिया, स्वास्थ्य शिबिर, बिजुली, पानी, बाटो, बिध्यालय भवन, पुस्तकालय,  सौचालय, बादिपीडित, प्राकृतिक प्रकोपमा परेकाहरुको उद्धार, अनाथ, बृद्ध आश्रम, चेलीबेटी बेचबिखनमा परेका महिलाहरुको उद्धार गरेका प्रसस्त उदाहरण भेटिन्छन | कृषिमा लगानी, शीपमूलक तालिममा पनि लगानी गरेर समाजप्रतिको उत्तरदायित्व निर्वाह गरेको भेटिन्छ |

यसै सन्दर्भमा एकपटक ट्राफिक प्रहरीलाई यती एअरलाइन्सले १०० वटा ट्राफिक ज्याकेट उपलब्ध गराएको थियो । सुरुमा यो प्रहरीलाई ज्याकेट दिएर कम्पनीलाई के फाइदा हुन्छ र भन्ने एक समूह भेटियो । कसै कसैले प्रहरीलाई किन्यो पनि भन्यो । कतिले कम्पनीको हावा फुस्क्यो । पैसा बढी भयो भन्यो । कतिले कुन चाहिंले मज्जाले  कमिसन बजायो पनि  भन्यो । भन्नेको मुख टाल्न सकिएन । 

जब ट्राफिक प्रहरीले चट्ट यती एअरलाइन्सको लोगो सहितको ज्याकेट लगाएर ट्राफिक पोस्टमा देखा पर्यो, कत्तिले यतीले ट्राफिक चोक चोकमा आफ्नै ट्राफिक राख्न थालेछ भन्यो । कतिले ओहो यस्तो फोकटको प्रचार प्रसार भन्यो । अनि बल्ल थाहा पायो यो त बडा गज्जबको सामाजिक उत्तर दायित्व रहेछ । त्यस पछि यो विज्ञापनको सिको गर्दै थुप्रै कम्पनिहरुले ट्राफिकलाई ज्याकेट नै सहयोग गरे । 

मलाई गज्जब लाग्छ हाम्रो मानसिकता देखेर । एउटाले जे गर्यो त्यहि कुरा आर्कोले तुरुन्त गर्न पर्ने । नया कुरा गरे पनि हुन्थ्यो । केही महिना सकेर गरेको भए पनि सबैको उत्तिकै प्रबर्धन हुन्थ्यो होला। तर त्यस्तो सहयोग बाढि पहिरो जस्तै आयो गयो । त्यहि ज्याकेटमा कत्तिले कमिसन पनि बजायो।

खैर, सामाजिक उत्तरदायित्वको काम गर्दा कम्पनीलाई फाइदा त पक्का नै हुन्छ। अस्तु ।

Friday, 29 November 2013

Bad Habits

Have you ever notice your bad habits? When I talked with my friends and families, I found following bad habits noticed with conscious. What are yours? Let us share and quit now.

First list them now and let's see which one can be removed immediately. Act now. Start now.

  1. Abusing authority
  2. Arguing
  3. Always Drunk
  4. Bullying
  5. Back biting
  6. Boasting
  7. Cheating
  8. Chain smoking
  9. Chewing gum at office
  10. Disturbing
  11. Dominating
  12. Drinking with noising sip
  13. Drug addict
  14. Excessive internet
  15. Excessive TV watching
  16. Eating with noise
  17. Entering without knocking the door
  18. Fraud
  19. Flirting
  20. Grudging
  21. Gossiping
  22. Interruption
  23. Jealous
  24. Late night sleeping
  25. Late wake up
  26. Littering
  27. Long chatting on phone
  28. Lying
  29. Making excuses
  30. Misleading
  31. Movie addict
  32. Nail biting
  33. Nagging
  34. No flush after using toilet
  35. No interest in learning
  36. Nose picking
  37. Not feeling responsibility
  38. Not accepting mistakes
  39. Not listening
  40. Procrastinating
  41. Short Temper
  42. Spitting
  43. Stealing 
  44. Sleeping in work space
  45. Shouting publicly
  46. Scolding in public
  47. Too much eating
  48. Tobacco addict
  49. Talking loudly
  50. Unnecessary discussion 
Let's start to remove at least one from today. Act now. Keep your promise.

Best of luck. 


Saturday, 23 November 2013

मट्टीतेलको लाइन

एक जमाना थियो | हामी मट्टीतेल लिन लाइनमा बस्नु पर्थ्यो | एक दिन लाइनमा बस्दा खेरि पछाडिको भुंदेवाल महानुभावले अगाडिको दुब्लो पातलो महानुभावलाई  छिन छिनमा धकेलेको भन्ने आरोप प्रत्यारोप भएछ | दुब्ले जीले पछाडिको भुंदेजीलाई पटक पटक आँखा तरे पनि मतलब नै गर्दैनथ्यो |

लाइन अगाडि सरेर एकै छिन टक्क अडयो भने, फेरी धकेलेको महसूस हुने भएकोले, दुब्ले जीले यो त सार्है नै भएन भनेर मुखै फोरेर पछाडिको भुंदेवाल जीलाई पहिलो पटक बिनम्र अनुरोध गरेछ : "ए दाई मलाई यसरी छिनछिनमा किन धकेल्नु हुन्छ हँ ? देख्न्नु भएन यति लामो लाईन छ | तपाइँले धकेलेर लाईन छोत्तिने होइन क्यारे |"

भुंदेवाल : मैले तपाइँलाई धकेलेकै छैन | मेरो पनि आँखा छ नि यत्रो लाईन छ भनेर | खोइ मैले त धकेलेको छैन | तपाईको आँखा, आँखा, मेरो आँखा चाहिं गुच्चा हो र ?

एकछिन पछि फेरी पहिले जस्तै धकेलेको महसूस भयो | " हैन ! यो त सार्है भो दाजु यसरी मलाई दुब्ले भनेर धकेलेको हो कि जिस्काको ?"

एकछिन हंगामा भयो | वरपरका लाइनमा बसेकाहरुले यस्सो छानविन गर्न थाले | दुब्लेले आरोप लगाएको बारे सत्य तथ्य के हो, भुंदेले बिरोध गरेको गर्यै छ | फेरी प्रत्यक्षदर्शीहरुले पनि ठेलेको त छैन है भनेर सहि थपे भुंदेको समर्थनमा | लौ त भैगो भनेर सबै चुपचाप लागे |

लाईन टसमस चल्न नै नसक्ने गरि ठेलमठेल रहेछ | बिचरा भुंदेले सास फेर्दा भुंदेको पेटले त्यो दुब्लेको ढाडमा ठेलेर दुब्ले अगाडि पछाडि ठेलिँदो रहेछ | त्यसैले दुब्लेले ठेलेको महसूस गर्दो रहेछ र फेरी आँखा तरे | बिचरा भुंदे कायल भएर भन्यो "ए भाई त्यस्तो आँखा नटर न, मैले सास पनि फेर्न नपाउने? 

दुब्ले अक्क न बक्क भए | अस्तु |


Wednesday, 20 November 2013

Etiquettes at pilgrimage centres


Etiquettes to visit Buddhist Viharas, Monasteries and Hindu Temples in Nepal

There are number of Buddhist Viharas, Monasteries and innumerable deities in the Hindu religion in Nepal. If you are planning to visit inside, please follow these general codes of conducts.

1. People from all around the world are allowed to enter inside Buddhist Viharas and monasteries.

2. Be aware that Hindu temples generally do not allow non Hindu visitor. Please take permission from local guthi (Office) before entry.

3. Devotees can offer various things such as flowers, fruit, coconut, sweets, candle, oil lamp, incenses etc. Hindu pilgrims believe these things will please the Gods and in return god will fulfill their wishes.

4. Remove your footwear outside the viharas, monasteries and temple.

5. Leave your leather jacket, belt, leather goods outside the Hindu temple.

6. Many temples have separate queues for men and women, and you will have to follow it accordingly for Darshan.

7. If you have something to offer to the deity, hand it over to the priest. If the priest gives you anything, accept it with your right hand (avoid taking or giving anything with the left hand). Generally they give “Jal” sacred water, 'prasad' or something edible to eat. Jal & Prasad are considered holy. Do not eat prasad at temple premises.

8. When you finally see the idol as close as you can, join the palms of your hands near the heart into a Namaskar and bow. This is the best minimum you can do in the form of a respectful gesture.

9. Do not attempt to touch any single statues and deities at the temple premises. Keep a descent distance.

10. Photography is restricted in many temples and monasteries. Take permission from the local authority before taking any picture. Watch out for its rules, there may be written outside on notice boards. “Photography prohibited”

11. If you feel like donating, fold the bills and put them with your right hand in the donation box. But remember that no matter how many others are donating or in what quantities, donations are never compulsory and you are never obliged to give any cash.

12. Do respect to the social norms, do not expose your body during temple and monasteries visit. Avoid mini skirt, micro skirt in monasteries and temples.

Tuesday, 19 November 2013

फसाउने केटी

एकदिन Trans Himalayan Race, Japan मा सहभागिता हुन लागि नेपालमा पनि त्रिपुरेश्वर देखि नगरकोट सम्मको दौड प्रतियोगिता आयोजना गरेको थियो, नेपाल पर्वतारोहण संघले आयोजना गरेको त्यो प्रतियोगितामा पहिलो हुने महिला नै जापानको प्रतियोगितामा सहभागी हुने मौका पाउँथ्यो | त्यसको लागि मैले संघको तर्फबाट डाइटको व्यवस्था गर्नु पर्ने थियो | त्यसै बखत एकजना महानुभाव मेरो कार्य कक्षमा आएर यसो भन्नु भयो, " त्यो फसाउने केटीलाइ बेवास्ता गर है |"

म एकछिन सोंच मा परें र मनमनै सोचें र सोधें " कसले कसलाई फसाएछ, त्यसलाई फेरी मैले किन वास्ता गर्ने बेवास्ता नै गर्छु नि | 

महानुभाव ले फेरी दोहर्याउँदै भन्नु भयो तो फस आउने केटीलाई बे बस्ता गर्नुस भनेको |

मैले बल्ल बुझें त्यो FIRST आउने केटीलाई डाइटको व्यवस्था गर भन्नु भाको रहेछ | म एकछिन अक्क न बक्क भएँ |

Thursday, 14 November 2013

तनाव (Tension)

"क्या टेन्सन भो यार । यो काम भोलि सम्म त जसरी भए पनि सिध्याउनै पर्ने भयो यार ।" भनेर कसैले भन्छ भने दुइटा कुरा हुन सक्छ । एक हिसाबले कसैको दिमागले काम गर्न छाड्छ भने अर्को हिसाबले कसैको मगज खुब चल्छ र त्यो कामलाई कसरी सिध्याउने भनी अनेक उपायको खोजी गरेर एउटा नया उपाय निकाल्छ र समस्या समाधान गर्छ । 

हरेक कुराको सकारात्मक र नकारात्मक हिसाबले सोचिने गरिन्छ । यो व्यक्ति व्यक्ति मा फरक पर्छ, हेराईमा पनि फरक पर्छ । कुनै गिलासमा आधा पनि भरेर दुई जनालाई देखायो भने एकले आधा भरेको छ भन्छ भने आर्कोले आधा खाली छ भन्यो भने को ठिक को बेठिक भन्ने ? बास्तवमा दुवै नै ठिक हुन्छ होइन र ? सोचाई, हेराई र काम गर्ने तरिका पनि फरक फरक हुन्छ । अन्तमा रिजल्ट एकै किसिमको पनि आउन सक्छ । कसैले एकै किसिमको काम छिट्टो सकाउन सक्छ भने कसैले समय लगाएर एकदम राम्रो पनि बनाउन सक्छ ।

सकारात्मक टेन्सनले समस्या समाधान तर्फ लैजान्छ भने नकारात्मक टेन्सनले समस्या माथि समस्या थपेर कामको स्वरुप नै बिगार्न सक्छ ।

धेरैनै नकारात्मक कुराहरुले तनावग्रस्त भयो भने के गर्ने त ? तनावबाट उम्कन के गर्ने ? यदि तपाईलाई यस्तो भयो भने के गर्नु हुन्छ ? 

खास गरी यस्तै गर्ने भन्ने त हुँदैन, तर तनाव घटाउन तपाईको समस्या तपाई संगै राख्नु भयो भने भयानक समस्या बढ्दै जान सक्छ र डिप्रेसन को सिकार हुन सक्छ । त्यस्को सत्ता आफुलाई परेको समस्याहरुलाई आफ्नो कुरा मिल्ने साथीहरुसंग सेयर गर्नु भयो भने मन हल्का हुन्छ । त्यस्तो गर्ने हिम्मत भएन भने आफुलाई लागेको नकरात्मक कुराहरु सबै एउटा पानामा लेखेर च्यातचुट पारेर पनि मन हल्का पार्न सकिन्छ, अथवा त्यो पानालाई आगोमा पोलेर पनि मन हल्का पार्न सकिन्छ । तर मध्यपान, धुम्रपान गर्न थाल्नु भयो भने तपाईलाई कुलतले तान्न सक्छ । 

त्यसैले समयमै थाहा पाउनु होस् कतै तपाई पनि तनावमा त हुनु हुन्न ?

अरु पनि उपाय हरु छन् । कडा ब्यायाम गर्न सक्नु हुन्न भने घरको सरसफाई गर्नुस । गमलाको घास उखेल्नुस । किचन गार्डेन छ भने सबै रिस पोख्न झ्याम झ्याम बारी खन्नुस । झ्याल ढोका पुछ्नुस । यस्तो कुराले पनि कसरी तनाव कम हुन्छ भन्नु होला। तर यस्तो काम गर्ने बानि भए पछी एक्लै बसे पनि तपाईको मनमा कुरा खेल्न पाउदैन । शारीरिकरुपमा स्वस्थ हुनु भयो भने मानसिक रुपमा पनि स्वस्थ हुन मद्दत पुग्छ ।

यसरी पनि तपाई तनावबाट मुक्ति पाउन सक्नु भएन भने एक पटक काउन्सेलिंग गर्नुस। अस्तु। 

Wednesday, 13 November 2013

सोचाई (Thinking)

नमस्कार साथी ! ओहो कत्ति मोटाउनु भएछ भनेर लुरे मान्छेलाई भन्नु भयो भने त्यो मान्छे मख्ख पर्छ | त्यहि मान्छेलाई ओहो तपाईलाई के भयो हँ ? कस्तो दुब्लाउनु भएको ? मधुमेह भयो कि, टि. बी. लाग्यो कि ? भन्नु भयो भने त्यो बिचरा को दिमाग खराब हुन्छ | त्यसमाथी अरु तीन चार जनाले पनि सबैले दुब्लाएछ, किन हो ? भन्यो भने झन् दिमाग खराब हुन्छ र त्यो बिचराले आफैलाई सोध्न थाल्छ, मन मनै घोत्लिन थाल्छ किन म दुब्लाएको होला ? अलिकति मोटाउन पाए त हुन्थ्यो, भन्ने लाग्न थाल्छ | के थाहा त्यहि मानसिकताले त्यो मान्छे डिप्रेसनमा पनि जान सक्छ | 

फेरी त्यहि मान्छेले आर्को सोंच लिएर, जसले जे भने पनि मलाई के मतलब ? मोटाए पनि दुब्लाए पनि कोहि संग केहि लिनु दिनु छैन भन्ने मानसिकताका साथ सकारात्मक धारणा लिन्छ भने त्यो व्यक्तिलाई केहि पनि फरक पर्दैन | उ सन्तुष्ट नै हुन्छ | 

त्यसै गरि अफिसमा पनि कुनै कर्मचारीलाई तपाइँलाई त केहि पनि आउदैन रहेछ | तपाई को काम गर्ने ढंग नै छैन रहेछ भन्यो भने त्यो कर्मचारीले आफ्नो दिमागनै चलाउन छाड्छ र अर्हाएको काम मात्रै गर्छ | त्यो कर्मचारीले न सुझाब दिन्छ न कुनै काम गर्न अग्रसर नै हुन्छ | न त कुनै विचार नै दिन्छ | यस्ता कर्मचारीहरुको झुण्ड जम्मा गरेर मेरो कम्पनीमा यति धेरै कर्मचारी छन् | यति धेरैलाई मैले रोजगारी दिएको छु भनेर कसैले फुर्ति लगाउने गरेको छ भने त्यो कम्पनिको आयु धेरै हुन्न र कम्पनीले चाहेको नतिजा पनि आउदैन |

अर्को तर्फ कर्मचारीहरुलाई समय समयमा तालिममा सहभागी गराउने अलिकति राम्रो काम गर्ने बित्तिकै सार्बजनिक स्थानमा प्रशंसा गरि दिने प्रोत्साहन दिने गरेमा कर्मचारीहरुको मनोबल बढेर अझ बढी मिहेनत गरेर कम्पनीको फाइदाको लागि काम गर्नु  पर्छ भन्ने भावना जागृत हुन्छ |

ब्यबहारिक बिज्ञानमा कुनै कर्मचारीले काम बिगार गर्यो र गाली गर्नु पर्यो भने एउटा कुनामा लैजाने र सम्झाउने गर्नु पर्छ र राम्रो काम गर्यो भने सबैको अगाडि प्रशंसा गर्नु पर्छ भनिन्छ | तर कतिपय कम्पनीमा भने यसको ठिक बिपरित हुन्छ | कर्मचारी लाई बेस्सरी झाप्न सक्यो भने आफु ठुलो मान्छे बनेको अनुभब गर्छन | जुन एकदम बेठिक सोचाई हो | आ आफ्नो सोचाईमा सुधार गर्ने हो कि ! अस्तु |

Tuesday, 12 November 2013

डिप्रेसन (Depression)

डिप्रेसन भनेको के होला कस्तो बेलामा हुन्छ, कसलाई हुन्छ, किन हुन्छ भन्ने निक्कै खुल्दुली लाग्ने गर्थ्यो । थाहा थिएन मलाई पनि डिप्रेसन भएको भन्ने । कुनै समय थियो, जुनबेला मलाई कार्यालय जाने समय भयो कि टाउको निक्कै भारी हुने, रिंगटा लाग्ने, नाडी को धड्कन नै हराउने, पसिना आउने, ज्वरो नै आए जस्तो हुने, रक्तचाप (ब्लडप्रेसर), कहिले निक्कै कम हुने कहिले निक्कै बढ्ने हुने भयो ।

मोटरसाइकल चढेर कार्यालय सम्म पुग्न पनि हम्मे हम्मे हुन्थ्यो। बाटोमा कसैले धक्का दिन्छ कि, गाडीले झ्याम्म हिर्काउछ कि भन्ने डर हुन्थ्यो । कहिले काहीं अगाडीको गाडीलाई धक्का दिएर उछिनेर जाउकि जस्तो लाग्थ्यो । कसैले ओभरटेक गर्यो भने पनि झनक्क रिस उठ्ने पनि हुन्थ्यो ।

घरमा पनि पुगे पछि एकान्तमा बस्न मन् लाग्ने, कसै संग कुरा गर्न मन नलाग्ने, आफ्नो मनमै थुप्रै कुरा खेलाएर बस्न मन लाग्ने भयो ।

कार्यालयमा सामान्य कुरा पनि गाह्रो लाग्ने, अझ टेलिफोनको घन्टी बज्योकी मलाई फुटेको आँखाले पनि हेर्न मन नलाग्ने हाकिमले फेरी किन बोलायो होला भन्ने मनमा त्रास हुने भयो । ग्राहक हरु पनि कहिले जाला जस्तो लाग्ने, त्यो हाकिम को त नाम मात्र लिंदा पनि मलाई रनक्क रिस उठ्थ्यो । हुँदा हुँदा कलेजमा पढाउन पनि जान मन नलाग्ने, गए पनि एकाग्र हुन नसक्ने । क्लास् नै छाडेर जान मन लाग्ने भयो ।

हुन त मैले कर्मचारीहरुलाई डिप्रेसन भयो भने यस्तो हुन्छ उस्तो हुन्छ, फ्रस्त्रेसनबाट कसरी उम्किने भनेर सल्लाह सुझाब समेत दिने गर्ने भएकोलेमा म आफै डिप्रेसनमा जान्छु जस्तो लागेको थिएन ।

एकदिन गंगालाल अस्पतालमा गएर सबै स्वास्थ्य जांच गराउंदा शारीरिक हिसाबमा सबै ठिक छ । एकपटक पल्लो कोठामा गएर काउन्सेलिङ्ग गर्नु पर्छ भनेर डाक्टर साहेबले भन्नु भयो । म संग गएकी मेरी अर्धाङ्गिनिले भनिन " के भयो डाक्टर साहेब मेरो बुढा त खुस्क्यो कि क्या क्या हो?"
डाक्टर: त्यस्तो त होइन एक पटक सर सल्लाह लिंदा के बिग्रिन्छ र भनेर नि । तपाईको बुढालाई शारीरिक रोग केहि लागेको छैन ।
अर्धाङ्गिनि: मतलब मानसिक रोग हुन सक्छ ? ए बुढा ! खुस्क्यो जस्तो छ है मलाई त संका नै लागेको छ है । 
"नकरा बुढी, खुस्के के गर्ने नि ।" एकछिनमा हामी काउन्सेलिंग गर्ने कोठामा पुग्यौं । तरुनी डाक्टर साहेबले हामी दुबैलाई भित्र बोलायो । मलाई हुने र भएका कुरा हरु सबै सुनीन । 

डाक्टर: तपाई माइल्ड डिप्रेसनमा जानु भएछ । आफैलाई सबै थाहा छ भनेर हुन्न । मूल जड के हो पत्ता लगाउनु पर्छ । के कुरा चित्त बुझ्दैन त्यो स्पष्ट राखिदिनुस । जागिर भनेको आफुलाई मन लागे सम्म खाने हो, बाताबरण छैन भने स्वास्थ्य भन्दा ठुलो कुरा केहि हुँदैन । स्वाथ्य छ, स्वस्थ्य हुनुहुन्छ भने जत्ति पनि काम पाइन्छ, स्वास्थ्य नै छैन भने काम को के महत्व । जिन्दगी रमाएर बाँच्नु पर्छ । भन्नु भए पछि मात्र म झसंग भएँ । बास्तब मै म डिप्रेसन मा गएको रहेछु ।

त्यस पछी मेरो घैटो मा पनि घाम लाग्यो । हरेक दिन रसरंग गरेर काम गर्नु पर्ने मेरो जिबनमा एक्कासी नकरात्मक सोचले जकड्न थाल्नु नै डिप्रेसनमा जानु हो भन्ने मैले बुझे पछि मैले काम छाड्नु नै बेस माने ।र काम छाडे पछी सबै ठिक ठाक । अचम्म के भने, मेरो रक्तचाप देखि मुटुको धड्कन सबै ठिक भयो। नकरात्मक सोंच बाट सकारात्मक सोंचमा आएँ । मेरो दैनिक जिबन सामान्य भयो ।

मेरो भनाईको मतलब सबैले जागिर नै छाड्नु पर्छ भन्ने होइन । मन नलागेको काम गरेर डिप्रेसनमा जानु भन्दा आफुलाई मन परेको काम गरेर खुशी खुशी रमाई रमाई काम गर्दा आफ्नो वृत्ति विकासका साथै आफुले काम गरेको कम्पनिको पनि विकास हुन्छ भन्न खोजेको मात्रै हो । अस्तु ।



Tuesday, 29 October 2013

हैरान

एक दिन काठमाडौंबाट मद्रास जान हवाई टिकट चाहियो भनेर एक जना ग्राहक महानुभाव ट्राभल एजेन्सी जानु भयो। त्यस पछीको बार्तालाप बडो रोचक लाग्यो पाठक संग शेयर गर्न मन लाग्यो।

ग्राहक १ : काठमान्डूबाट मद्रासको हावा जहाजको टिकट पाईन्छ ?
ग्राहक २ : (ट्राभल एजेन्सी मा आएको आर्को ग्राहक) मद्रासको छैन चेन्नईको चाही पाउँछ होला ।
ग्राहक १ : यो चेन्नईबाट मद्रास कति टाढा छ ?
ग्राहक २ : नजिकै छ भन्छ । पुगेको चै छैन ।
स्टाफ : ( कम्प्युटरमा धून मग्न भएको कर्मचारीले ग्राहक तर्फ हेर्दै) नमस्कार ! नपुगेको ठाउँको बारेमा थाहा नै नपाइ प्याच्च बोल्नु हुँदैन नि हजूर । तपाईलाई थाहा छैन ? मद्रास र चेन्नई भनेको कान्तिपुर र काठमाडौँ भनेको जस्तै हो नि ।
ग्राहक १ : ए सर हामीलाई के थाहा त । छोराले मद्रासमा गएरै पढ्छु भन्यो । कता हो मद्रास कता हो चेन्नई, कहिले गे को भए पो !
ग्राहक २ : ए तेसो पो ! हि हि ..आफु न पुगेको ठाउको नाम सुनेको मात्रै थियो | अनि त के ठा पाउनु नि | तै पनि चेन्नई भनेको त्यो सारुक खान को फिल्म हेरेर ठा पाएको नि, मैले पनि | नत्र के ठा !
स्टाफ : भन्नुस हजुर कहिले जानु हुन्छ ?
ग्राहक १ : तिहार पछी को टिकट दिनुस् न |
स्टाफ : डेट भन्नुस न | कुन डेटमा जाने |
ग्राहक १ : ए बाउ | तिम्ले के भनेको ? डेट सेट भन्या बुज्दैन | तिम्ले भन्न खोजेको के ?
स्टाफ : सरि सरि | तपाई कहिले कुन मितिमा जाने भनेको नि ! कुन महिना को कति गते वा तारिख मा भनेको |
ग्राहक १ : तारिक त अदालतमा जग्गा को किचलो पर्दा त खुबै गे को थिएँ | म टेस्तो तारिक सारिक मा जान्न | ठ्याक्क भाई टिका सकेर तिन दिनको दिनमा जान्छु | मिल्छ ?
स्टाफ : काठमाडौं  बाट सिधै त छैन |
ग्राहक १ : (कुरा चुहिन नपाउंदै) ए .. अघि नै किन न भनेको त हुन्दैन भनेर | क्या फसाद !
स्टाफ : त्यस्तो भन्न खोजेको होइन हजुर | काठमाडौंबाट सिधा उडान छैन दिल्ली भएर जानु पर्छ भनेको नि |
ग्राहक १ : दिल्लीबाट जाँदा चेन्नई, पुग्छ कि पुग्दैन त ? म त दिल्ली सिल्ली नगए पनि हुन्छ | ठ्याक्क चेन्नई को टिकट देउ मिल्छ भने | नत्र आफु त ट्रेन मा नै गइन्छ |
स्टाफ : दिल्लीबाट जाँदा अलिकति महँगो पर्छ भन्न खोजेको नि |
ग्राहक १ : तपाई त बदमास जस्तो कुरा गर्छ भाई | म सिधा चेन्नई जाने मान्छेलाई दिल्ली घुमाएर पैसा बढी असुल्न खोजे जस्तो छ नि | बेकारमा दिल्ली पठाउछु भन्छ | म पाँच पटक त दिल्ली पुगेर आएसक्यो | ल हुन्छ भने देउ हुन्न भने म त जान्छु | तिम्रो मात्रै ट्राभल एजेन्सी छ काठमाडौँमा |

ग्राहकहरु जुरुक्क उठेर प्रस्थान गर्यो | स्टाफ हेरेको हेरै | हैरान भयो | अस्तु |


Saturday, 12 October 2013

मधुमास टुर (Honeymoon Tour)

एक जना महिला आफ्नै श्रीमान् संग मधुमास (हनिमुन) को लागि विदेश जान लागेकि  रहिछे | काठमाडौँ बाहिर जागिरे श्रीमान संग बल्ल बल्ल छुट्टी मिलाएर मधुमासको लागि समय निकाले पनि विदेश जाने कामको अग्रिम ब्यबस्था गर्न आफ्नी अफिसबाट छुट्टी लिनु पर्छ भन्ने अनुमान समेत नगरेकि उनीलाई ट्राभल टिकट लगायत टुरको व्यवस्था समेत गर्न नै श्रीमानले जिम्मा दिएको रहेछ | विदेशको घुम्न जाने धूनमा अफिसमा पनि ठिक समयमा काम नसक्ने, टुरको काम पनि राम्ररी नबुझ्ने | संधै दिमाग खराब |

श्रीमतीको कस्तो अफिस परेछ कुन्नि बिचरा यो सबै ब्यबस्था गर्न एकछिन पनि फुर्सद नदिने | बल्ल बल्ल एउटा ट्राभल एजेन्सी भेट्टाएछ | धन्न आजकालको टुर अपरेटरहरुले सबै काम एकै ठाउँबाट सजिलै गर्दो रहेछ | सायद वन विन्डो पलिसी भनेको यस्तै होला |

बिबाह बन्धनमा बाँधी सकेका जोडी एकान्तमा बसेर मधुमास समेत मनाउन नपाए पछी त डिप्रेसनमा जाने नै भयो नि | एक त श्रीमान् संग छुट्टिएर बस्नु पर्ने अर्को अफिसबाट फुर्सद नै नदिने भएकोले सायद डिप्रेसनमा परेकी उनीलाई के गर्ने कसो गर्ने भन्ने चिन्ताले सताएछ |

बिचरा अति नै किच किच गर्दी रहिछे | कुरा राम्ररी नसुन्ने र नबुझिकन अधकल्चो काम गरेर जाने | अनि आफ्नै अफिस मै पनि काम ध्यानले गर्न नसक्ने | विदेश जाने धून, टुर व्यस्थापनको टेन्सन | कहिले डलर साट्नै बिर्सने | कहिले टिकट नै लान बिर्सने | कहिले पासपोर्ट नै छुटाउने | कहिले भिसा लिन चाहिने फोटो ल्याउन नै बिर्सने | अचम्मको पोको नै रहिछे |

हुँदा हुँदा आफैले साट्नु पर्ने डलर पनि आफ्नै अफिसबाट छुट्टी मिलेन भनेर टुर अपरेटरलाई बेस्सरी गाली गरेर टुर नै क्यान्सेल गर्छु भनेर धम्कि दिएछ | टुर अपरेटर पनि के कम, बुझाइसकेको अग्रिम भुक्तानी एक पैसा पनि फिर्ता हुन्न भने पछी बल्ल लाइनमा आएछ |

अन्तमा आफ्नो रिस बेकारको रहेछ भनेर आफै महसुस गरिछे | आफ्नो रिस मरिसके पछी "मेरो रिस छोटो समयको लागि मात्रै हो| त्यसो भएकोले टुरको तालिका अनुसार नै जान्छु" भनेर टुर अपरेटरलाई खबर गरेछ |

उनिहरुको मधुमास रामरी बितोस् | अस्तु |


Tuesday, 8 October 2013

बिज्ञापन (Advertisement)

हिन्दुहरुको महान चाड दशैँको अवसरमा नेपालको पत्र पत्रिकामा यति धेरै बिज्ञापन आउछ कि कतिपय पत्रिकामा समाचार ले ठाउँ समेत पाउदैन | कतिले जबर्जस्ती बिज्ञापन राखेर दशैँ असुल गर्न नि पछी पर्दैनन्| यसै अवसरमा एउटा अफर एअर एशियाले पनि दिएको थियो | झन्डै धनगडीको हवाई भाडाको बराबर भाडामा क्वालालम्पुरको उडान| यति धेरै फोनको घन्टी बजे पनि एउटा यस्तो फोन भने अझै कानमा गुन्जी रहेकोले पाठकहरु संग पनि शेयर गर्न मन लाग्यो|

तिरिर तिरिर फोनको घन्टी बज्यो |

बुढी आमै : (बिस्तारै) हे....लो...! यो विदेश घुमाउने अफिस हो? अ......ट्रावल एजेन्सी हो?

कर्मचारी: हो  हजूर ! के सेवा गरौँ हजूर !

बुढी आमै : अ ...मेरो नातीहरुलाईनि विदेश जानु पर्यो रे | आजको पत्रिकामा १२ हजार पान सयमा मलेसिया घुम्न जानुस भनेको छ नि | त्यो बारे बुज्न पर्यो | टेटीचा पैसा मा साँच्चै घुम्न पाउछ?

कर्मचारी : हजूरले हेर्नु भएको बिज्ञापन भनेको टिकट को मात्रै हो | त्यो पनि काठमाण्डौबाट मलेसिया सम्म एक तर्फी मात्रै हो |

बुढी आमै : छु धाउ , छु धाउ, एकछिन ठ न छक स्व ए ! बाबु, फोने छक्व न्य सा | 
(नेपथ्यमा ) म्हा, म्हा बजे छं हे खं ल्हा |

कर्मचारी : हजूर के भयो ?

बुढी आमै : होइन मैले परेको पटरिकामा त १२-२१ तारिक सम्म घुम्न पनि भनेको छ नि | Holiday Sales भनेर Travel Period पनि भनेको छ त | 

कर्मचारी : त्यो त ठिक हो हजूर | तर त्यो समय भित्रै काठमाडौँबाट क्वालालम्पुर उड्नु पर्छ भनेको हो | 
बुढी आमै : का,,,,, ! तेस्टो पो रेछ | म त यस्टो सिन्की जस्टो सस्तोमा मलेसिया घुम्न जान पाउने भन्ठानेर नाती हरुलाई पनि घुम्न पठाउने हो कि भनेको नि | 

बुढी आमैले फोन ढ्या...क्कै राखी दिनु भयो | 

कर्मचारी अक्क न बक्क भयो | अस्तु |

Friday, 13 September 2013

पर्यटक (Tourist)

छिमेकी राष्ट्रको समुद्रीतटमा रहेको शहरबाट नेपाल घुम्न आएका एक जना पर्यटक रात्री बस चढेर सुनौलीबाट भोलि पल्ट बिहानै झिसमिसेमै पोखरा पुग्यो ।  बस पार्कमा एकजना ट्याक्सी चालक संग भलाकुसारी गर्दै थियो ।

पर्यटक : "मुझे स्विमिंग पुल वाला होटल चाहिए, मिलेगा?"

चालक : " क्यु नहीं, जरूर मिलेगा, यहाँका होटल बहुत अच्छा हे ।" सब होटल से स्विमिंग पुल दिखेगा ।

पर्यटक : "वो तो ठिक है । लेकिन मुझे होटल मे हि स्विमिंग पुल चाहिए, मिलेगा?"

चालक : "ठिक हे । चलिए ।" भनेर होटलमा लग्यो । तर होटल मा स्विमिंग पुल थिएन ।

पर्यटक : किधर है स्विमिंग पुल ? कहाँ है स्विमिंग पुल ? मुझे दिख नही रहा हे ।

चालकले कोठा भित्र लगेर बाथ रूममा रहेको बाथ तब देखायो । "यहि हे स्विमिंग पुल ।" झ्याल बाट फेवाताल देखाउदै उधर देखिए स्विमिंग पुल" भन्यो ।

पर्यटक झोक्किदै : "ये तो बाथ तब है । स्विमिंग पुल तो नहीं हे ना।"

चालकले बाथ तब को पानी झ्वारर्र खोलेर बाथ तबमा पानी टन्न भरि दियो र भन्यो " अब देखो तैरता हे कि नहीं' अब स्विमिंग पुल नही हुवा ?"

पर्यटक : "ओके ओके ठिक है ।"

यत्ति भलाकुसारी गरुन्जेल माछापुछ्रेको शिरमा बिहानी सुनौला घाम झुल्क्यो । सुनौलो र सेतो पहाड जिन्दगीमा नदेखेको त्यो पर्यटक एकदम अचम्म मानेर त्यो चालकलाई सोध्यो । " अरे ड्राइभर साहेब आपका स्विमिंग पुल तो देखा । अब मुझे सच् सच् बताओ । ओ पहाड मे ह्वाइट वाश करने मे कितने दिन लगाया ।"

बिचरा ! त्यो पर्यटकले त्यो हिमालमा सेतो चुना लगाएको जस्तो ठानेछ ।

चालक : "ये ह्वाइट वाश नही हे । ये तो हिमाल हे हिमाल । कस्तो टुरिस्ट रहेछ ?" अस्तु ।

हिम चितुवा (Snow Leopard)

पृष्ठभूमिमा सगरमाथा दिवस मनाउने क्रममा सगरमाथा आरोहीहरुलाई सम्मान गर्ने कार्यक्रमको ठुलो ब्यानर, काठमाडौँको पांच तारे होटलको सभा हल, हलमा प्रतिष्ठित महानुभावहरु, स्वदेश तथा विदेशबाट नेपाल पाल्नु भएका सगरमाथा आरोहीहरु।

कार्यक्रम प्रस्तोताले समारोहका प्रमुख अतिथि लगाएत विशिष्ट पाहुनाहरु पनि अगाडीको मन्चमा विराजमान हुन अनुरोध गरे पश्चात कार्यक्रम अगाडी बढ्यो । आरोहीहरुलाई खादा र प्रशंशा पत्रले सम्मान गरियो । सगरमाथाको गुणगानमा उपस्थित वक्ताहरुले बयान बाजी गरे । शाहसका गाथा गाइए ।

प्रमुख अतिथि तत्कालिन प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइराला हुनुहुन्थ्यो । हिम चितुवा तर्फ अगाडी बढेर " तपाई लाई धेरै धेरै बधाई छ । दस दस पटक विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गरेर नेपाललाई संसारमा चिनाउनु भयो । अब आराम गर्नुस ।" भन्दै हात मिलाउनु भयो ।

आङ रिता शेर्पाले सरल भाषा जवाफ फर्काउनु भयो । "मैले आराम गरें भने मेरो परिवारलाई तिमीले पाल्छ?"

सबै जना अक्क न बक्क भए ।

प्रधानमंत्रीज्यूको मुख हेर्न लायक थियो। अस्तु ।

(मेरो स्मरण बाट)

Monday, 9 September 2013

Buddha was born in Nepal.

It is universal truth that Buddha was born in Lumbini, Nepal. "Lumbinī is a Buddhist pilgrimage site in the Rupandehi district of Nepal. It is the place where Queen Mayadevi gave birth to Siddhartha Gautama. Siddhartha Gautama lived roughly between 623 and 543 BCE and he founded Buddhism." Wikipedia


This truth should not be brought in to the controversy. But from time to time we Nepali face such controversy from Indian media. This time this attack was from Indian Zee TV serial, Buddha. The serial hurt the heart of Nepali people by such a fake message and controversial serial. There were millions of Nepali viewer for its various serials. This accident, I would say, will definitely loose the viewers from Nepal. Sorry, Zee TV.

Our humble request is to please make immediate correction in the serial and do not play dirty game on faith and belief of Buddhist and Nepali people.

Buddha was born in Nepal. We repeat, Buddha was born in Nepal. It is Nepal and it will be always in Nepal. Make correction, it is not late. Get your respect Zee TV.

All Buddhist of the world should visit Lumbini, Nepal once in a life time. Let us communicate this message seriously to the world that Buddha was born in Nepal.


Saturday, 7 September 2013

छड्के

सामान्यतया छड्के भन्ने बित्तिकै अकस्मात बिना सूचना कार्यालयमा बडा हाकिमहरुले जांच गर्ने बुझेको छु । तर एउटा यस्तो घटना पनि मैले भोगेको छु जुन अहिले सम्म झस झस सम्झनामा आउँछ । त्यसैले जस्ताको तस्तै चित्रण गर्न खोजेको छु ।

सन् २००३ तिर मैले काम गर्ने कार्यालयमा बिहान ६ बजे देखि रात को १२ बजे सम्म पनि कामको चटारो देखेर हामी कर्मचारीहरु दिन रात खटेर सगरमाथा स्वर्ण महोत्सबको सफलताको लागि काम गर्दै थियौं । एक दिन हामी कर्मचारीहरुले रातको ८ बजे तिरै कार्यालयबाट छुट्टिने सहमति भयो र सबै जना घर घर गयौं ।

रातको ८:१० बजेको हुनु पर्छ सायद पालेको भनाई अनुसार । एक जना पदाधिकारी कार्यालय पुगेछन त्यो पनि झल्लु अवस्थामा । कार्यालयको मूल ढोकामा ढ्याम्म लात्ताले हिर्काउदा राति पालो बस्ने पाले पनि झसङ्ग भएछ । चोर आयो कि डाका आयो भनेर। बाहिर हेर्दा त आफ्नै पदाधिकारी रहेछ ।

के गर्ने । के नगर्ने । झल्लु हाकिम त सरासर भित्र पसेर हाजिरी कापी खोजेछन । त्यसपछि धमाधम रातो मसिले कोर्न थालेछन । एक घण्टा लगाएर भए भरको कताको रिस हो पोखेर दङ्ग पर्दै हेर तेरो हाकिमहरुको हाजिरीमा मैले रातो चिन्ह लगाई दिएँ भनेर पालेलाई फुर्ति पनि लगाएछ । 

पाले बिचार के गरोस । अनि किन रातो चिन्ह लगाउनु भएको नि सर भनेछन । "तँलाई थाहा छैन ? छड्के भनेको ? यहि त हो नि ? बिचरा पाले,  "य…….   यस्तो पो हुंदो रहेछ छड्के भनेको बल्ल बुझें । पहिला पहिला त बिहान १० बजे छड्के भनेको सुनेको थिएँ, अब राति ८ बजे पनि छड्के गर्न मिल्दो रहेछ " बल्ल बुझें । कार्यालय समय पनि नचाहिँदो रहेछ ।

"म त तेरो पदाधिकारी हो न मतलब बडा हाकिम, मलाई जहिले जे मन पर्छ त्यहि बेला जे पनि गर्न सक्छु, त्यस्तै यो छड्के पनि जहिले मन लाग्छ, तहिले गर्न सक्छु । बुझिस् ।" अस्तु ।

प्रोजेक्ट (Project)

एक जना साथीले गुनासो गर्दै थियो " के गर्ने यार जति काम गरे पनि हाकिमले कहिले पनि राम्रो काम गर्यो भनेर भन्दैन के गर्ने होला ?

" के भयो तिमीलाई भन् न त " अर्को ले सहानुभूति जनायो |

"हेर् न पोहोर साल एउटा प्रोजेक्ट आएको थियो | मैले सबै अध्ययन गर्दा खासै उपलब्धि नदेखेकोले सिफारिस गरिन | तर त्यो प्रोजेक्ट बनाउने मान्छे सिधै हाकिमकोमा पुगेर पैसा सैसा फुत्कायो | त्यो पनि कम हो र आम्मा ......मा ! अनि उल्टै हाकिमले मलाई गाली गर्यो त्यस्तो राम्रो प्रोजेक्टलाई किन सिफारिस नगरेको भनेर | मैले कम्पनीलाई खासै फाइदा नहुने भएकोले सिफारिस नगरको हो भनेर जवाफ दिंदा, तपाईलाई त्यो प्रोजेक्टले कति माइलेज दिन्छ भन्ने अनुमान नै गर्न सक्नु हुन्न रहेछ | मैले त स्वीकृत गरि दिएको छु | बजेट निकास गरि दिनु भने |"

प्रोजेक्ट अगाडी बढ्यो | हाकिमले ठुलो काम गरें भनेर फुर्ति पनि लायो | मैले त खासै उपलब्धि देखिन | फेरी यसपाली पनि त्यहि प्रोजेक्ट आयो | पोहोर सिफारिस गरेन भनेर गाली गरेकोले यसपाली चै खुरुक्क सिफारिस गरिदिएँ | पोहोर जस्तो गाली खान नपरोस भनेर |

तर यसपाली पनि गाली गर्यो " त्यस्तो थोत्रो प्रोजेक्ट पनि सिफारिस गर्ने? " भनेर भन्छ बा....! पोहोर मैले त्यहि कुरा भन्दा उल्टो मलाई माइलेजको कुरा गरेर गाली गर्नु भाथ्यो |" त्यहि प्रोजेक्ट पोहोर एकदम राम्रो मैले सिफारिस नगर्दा तपाईले स्वीकृत गर्दा, त्यहि प्रोजेक्ट फेरी थोत्रो मैले सिफारिस गर्दा "| भनेको त :" पोहोर को सिनारियो अर्कै थियो यसपालिको सिनारियो अर्कै छ"  भन्दियो | म त हिस्स बुढी खिस्स दांत भने झैं भयो |

हाकिम चाहिँ जहिले पनि ठिक हुंदो रहेछ यार ... दिमाग खराब | अस्तु |

Tuesday, 3 September 2013

जस् (Credit)

एक दिन एकजना गुरुले गणित सिकाउदै थियो । आज्ञाकारी चेलाले गुरुले भने अनुसार सबै एक एक गर्दै लेख्दै गयो । हरेक दिन गुरुले जांच पनि गर्नु हुन्थ्यो । चेलाले सबै ठ्याक्क ठ्याक्क लेखेको देख्दा गुरुलाई के भएछ कुन्नि ? दिन दिनै एक न एक थरि कुरा निकालेर गुरुले केहि न केहि खोट निकाल्दै यो भएन र त्यो भएन भन्ने गर्नु हुन्थ्यो । चेलाले गुरुको आज्ञा अनुसार नै हरेक पटक अल्छी नमानिकन अंकमा आवश्यकता अनुसार सुधार गर्दै पुन गणित मा परिवर्तन गर्दै सुधार गरेरै छाद्थ्यो ।

तै पनि गुरुलाई के खोट निकालौ के भनेर त्यो समस्याको  समाधान आफै गर्छु भनेर चेलालाई भनेछ। सबै प्रक्रिया जांच गरेर हेर्दा चेलाले गरेको त ठिक्कै रहेछ । अब गुरुलाई समस्या भयो । यो चेलालाई जति जस् दिन्न भने पनि कुनै कारण भेट्टाउन सकेन ।

अन्तमा, गुरुले चेलालाई येसो भनेछ "तिमीलाई हिसाब त आउछ तर मैले भनेको जस्तो भएन ।" उत्तर मात्र मिलेर भएन नि मैले भनेको जस्तै नै हुनुपर्छ ।

बास्तवमा चेलाले उच्च प्रबिधि अपनाएर बैज्ञानिक ढंगबाट त्यो समस्या समाधान गरेका रहेछ्न । विधिको बिधान अनुसार गरेको कामलाई पनि त्यो गुरुले, आफ्नो चेलाको कहिले पनि प्रशंसा गरेनन । संधै जस् नदिएकोले एक दिन गुरुलाई आफ्नो आक्रोश पोखेछ । " के हो गुरुजी ! मैले गरेको हरेक हिसाबमा तपाइले जहिले पनि किन खोट निकाल्नु हुन्छ ? मेरो स्वाभिमानमा ठेस लाग्यो अब तपाईबाट मा अलग हुन्छु" भन्यो ।

गुरुले नम्र भएर चेलालाई सम्झाउदै यसो भन्यो " मैले तिमीलाई संधै खोट न निकालेको भए तिमीले आज यस्तो प्रगति गर्ने थिएनौ । तिमी अल्छी भै सकेको हुन्थ्यौ । तिम्रो प्रगति हेर्न नै मैले तिमीलाई प्रसंशा नगरेको हो । अब तिमीलाई जे मन पर्छ गर । तिमी सक्षम भै सक्यौ । मेरो लक्ष्य पुरा भयो । अस्तु ।

Tuesday, 27 August 2013

Know your worth.

Do you know your worth?

In series of interview, I have seen, many candidates do not want to expose the expected salary. Most of them said, provide me as per the company rule. And they have no idea on the company rule. If you have no expectation even in your salary, what will expect the company from you. This shows you have no confidence on you.

You should know your value, your strong points and your weak points. Correct your weak points. Review your self. Get feedback from your friends & families. Develop your habbit to listen negative points of yourself. Decrease negativity that ultimately increases positivity.

Know your worth. Be confident.

Saturday, 24 August 2013

Magic words

Use these magic words as per situation in your daily life and g
et fantastic result especially who are in travel trade profession.

1. Namaste, Namaskar to greet
2. Excuse me Sir / Madam
3. Thank you
4. Welcome
5. I beg a pardon
6. Sorry
7. No thanks
8. Have a nice trip ( for travler )
9. Nice to meet you
10. See you soon

Thursday, 22 August 2013

Some tips to face an interview for a job

  1. Be cool and confident
  2. Get information of the company which you are applying
  3. Know your position and job detail
  4. Thorough your biodata
  5. Know your strong point and weak point
  6. Sleep well before your interview
  7. Take sufficient water 
  8. Do not attempt in empty stomach 
  9. Be on time
  10. Well dressed: Prefered formal
  11. Clean shaved for male
  12. Communicate your knowledge, skill, experience
  13. Do not show your frustration
Good luck for next interview.

Saturday, 3 August 2013

Check list while you leave your work space


  1. Close your files
  2. Shut down your computer
  3. Switch off all electronic appliances
    1. Lights
    2. Air conditions
    3. Fan
    4. Heater
    5. Coffee maker
    6. Water heater
    7. Micro wave
    8. Any other electrical appliance
    9. Unplug the electricity line
  4. Keep all files in the filing cabinet
  5. Keep safely the unfinished job, memo, circulars, letters etc.
  6. Make sure you closed windows and doors of your premises,

Wednesday, 31 July 2013

Accommodation in Nepal.

There are various types of accommodation available in Nepal. From deluxe hotels to huts. Tourists have number of choices. The choice depends on the alternatives provided by tour operators of Nepal. I am writing accommodations available in some of the most popular tourist spots. I will continue in upcoming write ups.

Kathmandu, the capital city of Nepal, tourists can have varieties of accommodations. What type of lodging do you want? Do you like to stay in luxury, standard, budget hotel, motel on the road, resort at outskirts, guest house, lodge, apartment or a local home stay? All available as per the interest of tourists. Budget depends on how heavy is your pocket and your interest ?

Pokhara, a valley, popularly known as city of lakes. Fewa, Begnas & Rupa are the three most popular lakes in Pokhara. Everyone can enjoy the wonderful image of Annapurna mountain range, the most popular virgin mountain Fishtail (Machhapuchhre in Nepali) in Fewa lakes in good weather & have a nice boating in calm water. Lots of hotels are available in lake sides, some nice resorts outskirts of the city.

Chitwan, popular for jungle activities has mostly resorts in & outside the jungle. In this flat land you can enjoy the Elephant safari & jeep safari in jungle, camel ride, bullock cart ride. You will be lucky to see Royal Bengal tiger, one horn rhino, the rarest animal in the world. In most of the resorts, you can enjoy the flavor of local tharu culture - an indigenous group of Southern Nepal.

Lumbini, the birth place of Gautam Buddha, has various types of hotels to Dharmashala (Accommodation for pilgrimage). Ashok pillar, with number of stupas and monasteries of various countries with typical architectures are the main attractions of this place. Meditation in this place gives a peace in mind.

Palpa, a hill station in western Nepal has home stay to budget, standard and one 3 star hotel. This place is famous for Handicraft Karuwa a water vessel and Handloom Palpali Dhaka. Rani Mahal Durbar at Ranighat is another ancient palace polularly known as Taj Mahal of Agra, India is situated at the bank of Kali gandaki river from where one can start rafting.

Wednesday, 24 July 2013

अतिथि सत्कार

पहिलो पटक मेरो जन्म थलो तानसेनमा अतिथि भवन देख्दा के रहेछ, यस्तो ठाउमा को बस्न आउछ होला, किन आउछ होला, भनेर निकै खुल्दुली हुन्थ्यो | त्यस्तै कतिपय औपचारिक कार्यक्रममा अतिथि सत्कार समिति भन्ने किन राखेको होला भनेर मन मनै गुन्थें | तर पछी आएर यहि पेशा अंगाल्नु पर्ला भनेर सोचेको पनि थिएन |

के हो त अतिथि सत्कार ? आज यसबारे केहि लेख्ने जमर्को गर्दैछु | मैले पढेको, देखेको, लेखेको, पाएको स्वागत सत्कारबारे लेख्ने प्रयास गरेको छु | पाठकहरुले पनि आ -आफ्नो विचार पोखिदिनुस है |

कुनै कार्यालयमा जाना साथ, कसैले तपाईलाई दुई हात मज्जाले जोडेर नमस्कार ! भनेर सम्बोधन गरि दिंदा तपाईले गर्नु हुने अनुभब कस्तो हुन्छ ? न जोख्न सकिन्छ, न नाप्न सकिन्छ, न तातो, न चिसो  केवल महसुस गर्न मात्रै सकिन्छ | तर तपाईलाई बेग्लै आनन्द आउँछ | नमस्कार गर्ने तरिकाले पनि फरक पार्छ | मुखले मात्रै भन्ने त हात नजोड़ने नमस्कारको त वजन पनि हुँदैन | बेकार हुन्छ |

हवाई जहाज चढ्ने बेलामा बिमान परिचारिकाले मुसुक्क हाँसेर गर्ने स्वागत र स्थानीय बसमा कन्डक्टर साहेबले ठुसुक्क भएर बोलिने भाषामा कत्ति फरक महसुस गर्नु हुन्छ ? दुवै यातायात कै साधन न हुन् |

ट्याक्सीको ड्राइभर र कारको ड्राइभरको बोलीचालीको भिन्नता हेर्नुस | अझै पर्यटक बाहनको चालकको भाषा हेनुस् | गाडी त गाडी नै हो तर कति सफा, कुन गाडी भन्ने मात्रै हो | किन पर्यटक चड्ने गाडी र निजि गाडी चिटिक्क हुन्छन् त | आखिरमा ट्याक्सीले पनि भनेकै ठाउमा पुर्याई हाल्छ क्यारे | जो चढे पनि ग्राहकले भनेको ठाउँ त जान्छ नै |

चालकले ग्राहकलाई गर्ने बोलि, चाली, भाषामा मिठास, सेवा, सत्कारमा नौलो पन आदिले गर्दा पर्यटक तथा अतिथिहरुले ढुक्क संग पैसा तिर्न हिच्किचाउदैनन्  पर्यटक बाहनमा | खरो बोलि, घमण्डी, बोल्दा पनि पैसै तिर्नु पर्ने मान्छे चालक, सह चालक पर्यो भने खत्तम |

होटल, लज, होम स्टे, गेस्ट हाउसमा गरिने सेवाको पनि कुनै नाप तौल गर्न सकिन्न | असाध्यै रमाइलो भयो, साह्रै मज्जा भयो, भन्ने अनुभब मात्रै हो | गाडी एकछिन चड्दा पनि कति ठाउको तिता मिठा सम्झनाहरु याद आइ रहन्छ | साथी भाई संग घुमफिर गर्न जाँदा होस् वा पिकनिक जाँदा, नाच्दाको रमाइलो होस् यी सबै सम्झनामा मात्रै सिमित हुने गरी हामीले हाम्रा अतिथिलाई गर्ने सत्कार, बोलि चाली, ब्यबहार नै "अतिथि सत्कार" रहेछ | जति सुकै मिठो खान दिए पनि "लौ घिच" भन्यो भने त्यो खानाको स्वाद सबै झ्वाम हुन्छ | एक अम्खोरा पानि मात्रै, मीठो बोलीले खुवाउन दियो भने पनि त्यो अमृत जस्तो हुन्छ |

तपाई पर्यटन व्यवसायमा हुनुहुन्छ भने त झन् नभई नहुने गुण मा पर्छ है "अतिथि सत्कार" | तपाइको बोलि गोलि जस्तो भयो भने भोलि देखि तपाईको व्यवसायमा ध्याम्मै धक्का लाग्ला है ख्याल गर्नुस है | बोलि र गोलि एक पटक निस्के पछी आर्काको हुन्छ | सम्हाल्न सकिदैन | अस्तु |

Sunday, 14 July 2013

पाइलट (Pilot)

एकदिन आन्तरिक बिमानस्थलमा निरीक्षण गर्ने मौका मिलेको थियो । आन्तरिक विमानस्थलको प्रस्थान कक्षमा "काठमाडौँबाट नेपालगंज जाने यात्रु महानुभावहरु दुई नम्बरको गेटबाट प्रस्थान गर्नु हुन अनुरोध छ" भनेर मीठो स्वरमा निमन्त्रणा गर्यो। यात्रु महानुभावहरु लामबद्द भएर एक पछी अर्को गर्दै बोर्डिंग पासको जांच गराएर विमान राखेको ठाउँ सम्म जाने बसमा चढे । जहाजको नजिकै पुगेपछि फेरी सबै यात्रुहरु लाईनमा बसेर जहाजमा चड्दै थियो। लाईनमा रहेको एकजना अधबैसे यात्रुले महिला पाइलटलाई देख्यो, एक त महिला त्यसमाथि दुब्ली, पातली ।

त्यो अधबैसे यात्रु लाईनबाट बाहिर आएर जहाजको कर्मचारी तिर अगाडि बढ्यो र सोध्यो,
यात्रु: "त्यो सानी नानी किन पाईलट बस्ने ठाउमा बसेको ?"
जहाजको कर्मचारीले सरल जवाफ दियो, "त्यो नानी नै यो जहाज चलाउने पाईलट हो।"
यात्रु: "ए ..। त्यसो भए त म यो जहाजमा जान्न।"
कर्मचारी छक्क पर्दै : "किन र बा ? के भो र ?"
यात्रु : "यत्रो ठुलो जहाज यस्ती सानी दुब्ली पातली नानीले कसरी चलाउली? बिचरा दुध खान नै पुगेको छैन जस्तो छ, जहाज चलाउन बसेकी ।
कर्मचारी : त्यो नानी, सानी नानी होइनन् तिनी त पाइलट पो हुन् बा । कति ठाउमा जहाज चलाएर आइसकेकी छिन, किन डराउनु भएको ? केहि हुन्न त्यो नानीले बोक्न पर्ने हो र यो जहाज ? सबै मेसिनले चलाउने त हो नि, बा ! पीर मान्नु पर्दैन, संगै आर्को पाइलट पनि त छ नि !
यात्रु : अहँ ! हुन्न , म त एक जान्न दुइ जान्न तिन जान्न । म फर्केर बरु बस मा जान्छु यो जहाजमा त जाँदै जान्न ।"
यति भनेर त्यो यात्रु जहाजको छेवै सम्म पुगे पनि फर्केर गयो । कर्मचारीको दिमाग खराब ।

यस्तो पनि हुँदो रहेछ । बिचरा ति दुब्ली पातली पाइलट सायद आफुलाई "स्लीम" भनाउंदा हुन्  ले यो कुरा सुने पछी मरी मरी हाँसिन। अस्तु ।

Friday, 12 July 2013

काठमाडौँ दिल्ली ट्राफिक जाम

एक जमानामा काठमाडौँबाट भारतको राजधानी नयाँदिल्ली सम्म हवाई जहाजमा यात्रा गर्ने मौका पाएको थिएँ | ठुलो जहाजमा यात्रा गर्दाको बेग्लै मज्जा आउदो रहेछ | जहाज भित्र जाने बित्तिकै एयर होस्टेसले ढोकैमा मुसुक्क हाँस्दै दुई हात जोडेर नमस्कार गरिन | एकजना पाका उमेरका नेपाली यात्रु महानुभावले एयर होस्टेस लाई हेर्दै " नानीलाई त चिनिन नि ! कसकी छोरी होउ नानी " भनेर सोधी हाल्यो | एयर होस्टेसलाई के गर्ने , के भन्ने भयो | " हजुर अहिले अलि व्यस्त छु, एकछिन मा हजुरलाई भेट्न आउँला नि है हजुर " भन्दै फेरी अन्य यात्रु महानुभाबहरुलाई पनि नमस्कार गर्दै स्वागत गर्दै थियो |

यात्रु महानुभावहरु सबै आ आफ्नो ठाउँमा विराजमान भैसकेपछि विमानको ढोका लगाईन्  | त्यसपछि सोहि बिमान परिचारिकाले जहाज उडानका अवसरमा गर्नु पर्ने सामान्य अनुशासन बारे जानकारी गराईन् | मेरो दायाँ पट्टिको सिटमा वकिल साहेब बस्नु भएको थियो | मलाई भने त्यो पाका यात्रुलाई फेरी हेर्ने विचार आयो | तर जहाज भर्खर उडेकोले एता उता गर्न मिलेन | संगै को वकिल साहेब संग भलाकुसारी गर्न थालें | जहाजले केहि समयमै उचाई छुन थाले पछी फेरी दायाँ बायाँ आँखा लगाएँ | तर त्यो पाका यात्रुको अत्तोपत्तो भएन | एकछिन पछी एयर होस्टेसले ट्रलीमा खानेकुरा र ड्रिंक्स ल्याउदै, दिंदै, आउदै थियो | साँझको यात्रा भएकोले मज्जाले खाना खानु पर्यो, होटलको खर्च बचाउनु पर्यो, भन्ने लागेर अरुले जस्तै मैले पनि जुस, खाना, सित्तैमा पाउने सबै लिएँ |  हुनत के को सित्तै हुन्थ्यो सबैको पैसा एकै पटक उठाएकै हुन्छ नि, होइन र ?

पछाडीको सिटबाट एउटा आवाज आयो | "ए नानी भनन, तिमी कसकी छोरी हौ ?" त्यो पाका यात्रु त मेरै पछाडिको सिटमा पो रहेछ | मैले एता उता चै हेरें, तर पछाडी हेर्न बिर्सें रहेछ | एयर होस्टेसले हाँस्दै जवाफ दिई " हजुरले मलाई चिन्नु भएको छैन, न त मैले नै चिनेको छु" | "अनि मलाई किन नमस्ते गरेकी नि ? " भनेर फेरी सोध्न थाल्यो | यो मेरो प्रोफेसन हो, मतलब मेरो कर्तब्य हो, कि मैले सबै यात्रु हरुलाई नमस्कार गर्नुनै पर्छ | ए... त्यस्तो पो रैछ ? मैले त मलाई मात्रै नमस्कार गरेकी जस्तो लागेर सोधेको |

करिब एक घण्टा को उडानमा हामी दिल्ली पुग्नु पर्नेमा झन्डै डेढ घण्टा हुँदा पनि जहाज दिल्ली पुगेन | मैले झ्याल बाट एस्सो हेर्दा त रात छिप्पिदै थियो | अनि, यति धेरै समय पनि नलगाउनु पर्ने | म संगै बसेका वकिल साहेबलाई डर लागेछ क्यारे बोल्न सकेको थिएन | मलाई पनि अत्यास लागि सकेको थियो | वकिल साहेबले डर मिसिएको आवाजमा मलाई सोध्नु भयो ; के भएको भाइ हामी दिल्ली त पुग्छौं ? म बिन्दास थिएँ | पक्कै पुगिन्छ नि हजुर | तर खै किन हो मलाई पनि हजुरलाई जस्तै शंका लागेको छ | एस्सो हेर्दा पेट्रोल सकाउने काम गरेजस्तो लागेको छ | वकिल साहेब अतालिएर किन होला भाई ? मैले पनि झट्टै जवाफ दिएँ | इमर्जेन्सी ल्यान्दिंग गर्दा आगलागी नहोस भन्ने उदेश्यले यस्तो गर्छ भन्ने सुनेकोले |

पछाडी पट्टिको पाका बा पनि आत्तिनु भएछ | रामनाम जप सुरु गरी हाल्नु भयो | ए बा ! केहि भएको छैन किन डराउनु भएको हो ? केहि भएको भए त एयर होस्टेस ले जानकारी गरी हाल्छीन् नि, भने तर केहि शीप लागेन | एकिछिंन पछी बल्ल बल्ल यात्रु महानुभावहरु हामी ट्राफिक जाम मा परेका छौं  | अब को दस मिनेट पछी हामीले इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछौ, भन्यो |

वकिल साहेबको बोलि फुट्यो : मेरो त भोलि क्यानाडा को भिसा लिनु पर्छ | अघि त भाईले साटो लिनु भयो नि |आ.....! म त बिन्दास,  वकिल साहेब, यो एअरपोर्ट नभए राजिव गान्धी एअरपोर्ट छंदैछ नि भनेर नि |

ठ्याक्कै दस मिनेटमा विमानले जमिन छोयो | जिउ नै सिरिंग हुने गरी जमिनमा घद्र्याम्म भयो | कति यात्रुले दायाँ हात छातीमा लगेर फेरी निधारमा हात लगेर यात्रा सकुसल अवतरण भएकोमा धोग्यो | अस्तु | 

Thursday, 11 July 2013

पहिलो हवाई यात्रा

एकदिन काठमाडौँबाट भद्रपुरको उडानमा एकजना नेपाली यात्रु  र एक जना गोरा पर्यटकको भनाभन पर्यो । कुरा के रहेछ भनेर मैले पनि कान थापेर सुने । त्यो विदेशीलाई झ्यालको सिट चाहिने रहेछ ।  तर हाम्रो नेपाली यात्रु पनि पहिलो पटक हवाई यात्रा गरिरहेको हुँदा उसलाई पनि झ्याल नै चाहिने भनेर त्यो सिट छाड्न नमानेका रहेछन ।  एउटा झ्यालको लागि खटपट भै रहेको रहेछ । नेपाली यात्रुलाई म लगाएत कति यात्रु महानुभाबहरुले सम्झाउदा पनि मानेन । त्यस पछी मैले बिमान परिचारिकालाई बोलाएर समस्या सुल्झाउन अनुरोध गरें । बिचरा परिचारिकालाई पनि त्यो यात्रुले कायल पार्यो । मतलब मान्दै मानेन । सिट छाड्दै छाडेन ।  त्यसपछि परिचारिकाले एकजना बिमान चालकलाई बोलायो र समस्या बतायो । जहाज आकाशमा उडी सकेको थियो ।

बिमान चालकले त्यो नेपालीको कानमा छुस्स के कुरा भन्यो त्यो त सुन्न पाएन । तर,  त्यो नेपाली यात्रुले खुरुक्क ठाउँ छाडी दियो । बिदेशी दङ्ग पर्दै झ्यालतिर बस्यो ।  मलाई एकदम अचम्म लाग्यो । यति धेरै यात्रुहरुले कति पटक कुरा सम्झाउदा, बुझाउदा पनि ठाउँ नछाडेका नेपाली यात्रुको मन, त्यो पाइलटको एकैछिनको कानेखुशिले जादुको जस्तो काम कसरी गरेछ भन्ने मनमा कौतुहलता जाग्यो ।

त्यसैले मेरो खुल्दुली हटाउन मैले सोधें "हैन पाइलट साहेब ! तपाईले के भन्नु भयो त्यो यात्रुलाई ! हामीले कत्रो मिहेनत गर्दा पनि नमानेको मान्छेलाई तपाईले त एकैछिनमा मनाउनु भयो।"

पाइलट: " के भन्नु नि ! यो जहाज मैले चलाउदै छु । तपाइले त्यो सिट छाड्नु भएन भने भद्रपुर होइन जनकपुर तिर झारी दिन्छु " भनेको मात्रै हो । बिचरा पहिलो पटक हवाई जहाज चढेका रहेछन । बस जस्तै थानेछन् , पत्यायो । त्यसैले त्यो सिट छाड्यो ।

म  त छक्क परें । यस्तो फन्टुस कुराले पनि समस्या समाधान हुँदो रहेछ । अस्तु ।

Wednesday, 10 July 2013

डलर आयो डलर आयो !

एकदिन त्रिभुवन बिमानस्थलको पार्किंग एरियामा एक जना ट्याक्सी चालकको चालामाला हेरेर बस्ने मौका मिल्यो । म पनि एकजना अतिथिलाई स्वागत गर्न गएको थिएँ । आन्तरिक बिमानस्थलको आगमन कक्षबाट एक हुल पर्यटकहरु बाहिर आउन साथ दङ्ग पर्दैचालकले  भन्दै थियो । ओहो ! कत्ति धेरै डलर आयो डलर आयो !

आउन त आयो तर त्यो चालकले पर्यटकको झोला चाही झ्याप्प तान्न गएन । उसका अरु साथी भाइहरुले गरयाम गुरूम झ्याप पारे पछि सबै पर्यटकहरु गए।  बिचरा चालक लामो सुस्केरा हाल्दै फेरी बोल्यो, डलर त गयो ।

एकछिन पछि फेरी आर्को पर्यटकहरुको टोली आयो । उ  दङ्ग पर्दै बोल्यो । "अघि गए पनि फेरी आर्को त आई हाल्यो नि "। मख्ख पर्दै अब त मेरो ट्याक्सी मा एउटा टोली त कसो नबस्ला भनेर ट्याक्सी तिर हेर्दै, ट्याक्सीलाई भन्दै थियो, "लौ आयो डलर । ट्याक्सी ! ठिक पर है। "

तर उसको दुर्भाग्य त्यो टोलीका सबै पर्यटक एउटा ठूलो पर्यटक बसमा चढेर गयो । दिक्क मान्दै फेरी बोल्यो । "धत् ! त्यो डलर पनि गयो।"

कमिजको बायाँ पट्टिको खल्तीमा हात राखेर खै के झिक्यो अनि बायाँ हातमा राखेर फेरी पाइन्टको दायाँ गोजीमा हात हालेर एउटा सानो बट्टा झिक्यो। अनि मुर्मुरिदै आज कसको मुख हेरेर आएँ रहेछ !! भन्दै अघि झिकेको सुर्ती र चुना बेस्सरी माड्यो । माड़ना साथ् बायाँ हात मा रहेको चुना सहित को सुर्तिलाई दायाँ हातले थपडी बजाये जस्तै गरेको मात्रै के थियो, म त्यस चालकको अगाडी पुगेछु । हाच्छ्युं !! गरेको त बिचराको हातमा धक्का दिन पुगेछु । सुर्ती सबै भुईमा खस्यो । मैले तुरुन्तै "सरि दाजु" भने ।

"ठिकै छ आज मेरो दिन खराब जस्तो छ । एउटा पनि  माछा जालमा परेको छैन त्यसमाथि यो सुर्ती पनि खसी हाल्यो । अब पनि ग्राहक पाएन भने आज दिनभरी यो सुर्ती खान्न लौ जा।" मलाई त एकछिन खुसि पनि लाग्यो त्यो झुक्किएर धक्का लागेको भए पनि एकजनाको बानि त सुध्रिने भयो भनेर । फेरी अर्को सोच पलायो । बिचराले ग्राहक पाएन भने झन् झुर हुने भयो।

एकै छिन् पछि फेरी आर्को समूहमा नेपाली र बिदेशी पर्यटकहरु आए । अहिले भने उ जुरुक्क उठेर नेपाली तिर आँखा नलगाई पर्यटक तिर एक टक्क हेरेर बस्यो र मन मनै गुन्यो " यो डलर त मैले टिप्छु टिप्छु" भनेर अठोट गर्यो । पर्यटकको अगाडी गएर शिष्ट भएर बोल्यो |
चालक : Excuse me, Sir! May I help you?
पर्यटक : Yes, Of course!
चालक दंग पर्दै बल्ल डलर हात लाग्यो, भन्दै मलाई पनि बाई बाई गर्यो। अस्तु ।

Sunday, 30 June 2013

Trust

Trust is the most important part of the success of any business. If you loose a trust between husband and wife, parents on their children, boss on their staff, then you will be nowhere. Many organisations achieved success that have established full trust on their staff. Some of the organisations I know do not trust their junior staffs thinking that they do not have ideas for their jobs. In such case the organisation should cultivate trust in between the management and staff.

The staff should be briefed on the mission and vision of the organisation. A clear job specification & job description, some target to meet with deadline will definitely help. But the staff should have know how on the job responsibility and the authority. The management should extract the knowledge and the quality of the staff.

The management should think training is an investment not an expenduture. This will pay back in productivity and innovative ideas and ultimately the profit of the organisation. This will create the loyalty to the organisation too.

But in some cases, trained staff start bargaining once they got good training, which is bad trend in this corporate world. These staff should not forget the skill they have today is because of the opportunity provided by his/her organisation works for.

The organisation will be reluctant to provide such opportunity, if it is repeated from time to time and future training will be fully stopped. Why do they invest to provide trained staff to their rival organisation?

The staff are gem of the organisation. The organisation should take care of evaluation, transfer, promotion and increament before the staff talk about and go for demand. A timely evaluation to the staff will cultivate the trust in the staff.

This is how you cultivate the trust in the organisation.

Friday, 28 June 2013

पागल र डाक्टर

एक दिन मानसिक अस्पतालका एक जना पागल हातमा चक्कु लिएर डाक्टर साहेबलाई लखेददै लखेददै हत्तु पारेछन | डाक्टर एकदम थाकेर हिड्न नसक्ने भए पछी हार मानेर थ्याच्च भुइँमा बसेछन् | पागल पनि लखतरान् परेछन् | तै पनि डाक्टरको पिछा छोडेनन् | हातमा चक्कु लिएर डाक्टर को अगाडी आएको देखेर डाक्टरले डराउदै यसो भनेछन् |

डाक्टर : मलाई नमार मैले के बिगारेको छु र ? भनेर हात जोडेर बिन्ति गरेछन् |
पागल: मैले तिमीलाई मार्न आएको होइन | म त भेट्टाई पो खेली राको नि |
डाक्टर: अनि हातमा चक्कु किन लिएको नि?
पागल: ए ! यो तिम्रो चक्कु मैले चोरेको थिएँ | तिमी संग भेट्टाई खेल्दा दिन्छु भनेर ल्याएको नि | ना... लेउ | ई.. मैले तिमीलाई छोएँ | ध्याप्पा... | ( पागलले डाक्टरको हातमा चक्कु थमाई दिएछ ) अनि फेरी भन्यो अब म भाग्छु तिमिले मलाई छुन आऊ है | यति भन्दै पागल फेरी भागेछन |
डाक्टर अक्क न बक्क भएछन |

The boss room

Background: A big corporate room of a boss. Three monitors on table. One for official work, one for personal work, another one to monitor cc tv. One big flat screen TV at the wall. Air condition chamber. Big corporate table at the corner of the room. One big boss chair revolving. Full fledged window to refresh mind. Two chairs for guest. One complete set of leather sofa. Two sets of landline phone two mobile sets at table. One tablet at the corner of table.

When I saw this structure, I was shocked & got confused, whether it was boss room or computer department? Because I was supposed to go to the boss's room. Not in Computer department. I came back and asked to beautiful lady outside the room. Is it really a boss room? She smiled & noded her head & said proudly yes it is my boss room.

As far as my little knowledge says that you don't need so many screens in your room just to monitor what your staff are doing what ? That means the boss doesn't have faith on his staff. He is suspicious. He thinks that staff are cheater. He doesn't believe that the staff work for his organization. Then why can't he fire the staff ? Because he doesn't have faith on him too. That is why, he is spending so much of money just to threaten the staff & to show that he is the boss dumping many screen at the room.

It is useless and waste of money to show up only. Just being a big boss, you don't need to waste the spaces in your room. You are increasing the expenditure of office equipment maintenance & repairing.

Dear boss !
You can do everything in your tablet or a computer in this hi-tech age. Join cable line to your screen, activate tv modem. If you don't know, request your IT staff to arrange. Send rest of the computers to the staff in need indeed. Equip your staff with hi-technology. Trust them. Get work done. Don't waste your time on nitty gritty.

Thursday, 27 June 2013

हात धुने ?

एक दिन एक जना नेपाली र बिदेशी संगै मुत्रत्याग गर्न गएछन | मुत्रत्याग पछि नेपालीले हात धुँदै थियो , बिदेशी खुरुक्क निस्केर गयो | नेपालीलाई निक्कै खुल्दुली लागेछ | कस्तो बिदेशी रहेछ , हामीले सुनेको बिदेशी त स्वास्थ्य मा निकै ध्यान दिन्छ भन्थे तर यो मोरो त हाते नधोइकन हिंड्यो भन्ने लागेर त्यो विदेशीलाई बोलाएर सोधेछन |

नेपाली: साहेब तपाईले पिसाब फेरे पछि किन हात नधोएको ?
बिदेशी: तपाई पहिला भन्नुस तपाईले किन हात धुनु भएको?
नेपाली: हाम्रा बा आमाले पिसाब फेरेपछि हात धुनु पर्छ भन्ने सिकाएकाले |
बिदेशी : ए ! हाम्रा बा आमाले हातमा पिसाब फेर्न सिकाएनन् त्यसैले मैले हात धोएन |
नेपाली अक्क न बक्क भयो |

Tuesday, 25 June 2013

रोपाईं पर्यटन

ओहो असारको पन्ध्र आइ पुगेछ | रोपाइँको काममा कृषक दाजुभाई हरु सबैजना ब्यस्त हुनु हुन्छ होला | हुनत कतिपय पर्यटन ब्यबसायीहरुले असार पन्ध्रको मज्जाले फाईदा उठाउने बिचार गर्नु भएको पनि होला | छैन भने अहिले नेपाल आएका पर्यटकहरुलाई धान रोपाईं देखाउने र धान रोप्न पनि दिने सोच बनाउनु भएको छ कि छैन ? छैन भने एकपल्ट विचार गर्ने हो कि ? एक दिनको कार्यक्रम त बनि हाल्छ नि !

हाम्रा पाहुनाहरुलाई रोपारे, बाउसे, जोताहा भनेको के हो ? कस्तो काम गर्छन ? भनेर रोपाईंबारे अध्ययन गर्न खोज्ने र रमिता हेर्न इच्छा गर्नेहरुलाई अहिलेको यान्त्रिक युगमा पनि मानिसहरुले हाम्रो जस्तो विकासोन्मुख  देशमा कसरी काम गर्दा रहेछन भन्ने अनुभव गर्ने सु अवसर प्रदान गर्न नभुल्नुस है | हाम्रा कृषकहरुलाई खेताला खोज्न पनि जानु परेन | बरु उल्टै पर्यटकसंग रोपाईं गरिदिए बापत केहि शुल्क लिनु पर्ला कि ! त्यो शुल्कले पर्यटक र कृषकहरुलाई खाजा खुवाई दिए सबै जना दङ्ग पनि पर्छन कृषकहरुको पनि भलो हुन्छ |

अरु बेलामा खेतालाहरूलाई पैसा पनि दिनु पर्ने खाजा पनि खुवाउनु पर्ने हुन्थ्यो भने यसपाली पैसा पनि कमाउने खेताला पनि पाउने काम गरे कसो होला ? यसलाई रोपाइँ पर्यटन भने कसो होला ? अस्तु |



Tuesday, 18 June 2013

पशु पंक्षीबाट सिकौं

एस्सो हेर्दा काग देख्दा पनि दिक्क लागेको होला कतिबेला | तर त्यो कागलाई बर्ष मा एक पटक हामीले पूजा गरेका हुन्छौं | सानो हुँदा बिहान बिहान काग कराउँदा सुबोल सुबोल भन्नु हुन्थ्यो मेरी हजुरआमाले | पछि मात्रै थाहा भयो कागले संदेश दिने काम मा माहिरता नै बोकेको रहेछ | एस्सो विचार गर्नुस त ! तपाइले घरको झ्यालबाट फुत्त फ्याँकेको खाना खान कागले कत्ति साथीहरुलाई बोलाउछन्, त्यो पनि सबै भन्दा पहिला पो आउछन्  | संगैका परेवा, भंगेरा भन्दा पनि पहिला नै आइपुग्छन् | होइन ?

अनि आफुले मात्रै नखाई सबै साथीसंगीहरुलाई पनि बोलाएर मिलेरै खान्छन् | त्यसैले आर्को ठाउँमा तेस्तै खाना भेट्टायो भने फेरी आर्को कागले पनि तेसै गरि बोलाउँछन् | आफुलाई थाहा भएको सूचना तुरन्त सबैलाई जानकारी गराउँछन् | मिलिजुली कागले त काम गर्छन् भने हामीले किन नसक्ने ?

कुकुर तेत्तिकै राम्रो | बफादारमा कहलिएको छ | त्यसलाई पनि तिहारमा पुजा नै गर्छौं  | हामी आफ्नो काम प्रति र देश प्रति बफादार छौं त ?

हामीले र हाम्रा नेताहरुले पनि यिनै पशु पंक्षीबाट केहि सिक्ने हो कि? अस्तु|

Saturday, 8 June 2013

कार्यालय समय र चियो चर्चा

कार्यालय समयमा हामीले कति समय काम गर्छौ भनेर कहिल्यै हिसाब गर्नु भएको छ? निजी कम्पनीहरुमा प्राय: गरेर कम्तिमा ८ घण्टाको कार्यालय अवधि तोकेको हुन्छ | बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म समय तोकेको अफिसमा कर्मचारीहरु ९ बजे बल्ल हाजिरी जनाउछन् | तर ५ बज्ने बित्तिकै नै कार्यालयको ढोका बाहिर पुगी सक्छन् |

९-५ कार्यालय समय भनेको मतलब त बास्तबमा ९ बजे काम शुरु गर्ने र ५ बजे सम्म काम गर्ने भनेको होइन र ? खै अहिले सम्म कसैले ख्याल गरे जस्तो  लाग्दैन | तपाईले याद गर्नु भएको छ ? अझ प्रशासनका कर्मचारीहरु त झन् चांडो आएर पुरा समय काम गरेर आफै उदाहरण बन्नु पर्ने जस्तो लाग्छ | कुनै कुनै कम्पनीमा प्रशासनका कर्मचारीहरुलाई नियम कानुन नै नलाग्ने पनि देखियो | 

कतिपय कर्मचारीले त कार्यालयलाई टाईम पास गर्ने ठाउँको रुपमा लिएको पनि भेटियो | आफ्नो आवश्यकताको लागि जागिर खाएको होइन कि अफिसको आवश्यकताको लागि जागिर खाइ दिएको जस्तो ब्यबहार गर्ने कर्मचारीहरु पनि देखियो | 

जुन सुकै जात, जाति, समाज, समुदाय, भूमिका, सुत्र, श्रोतबाट आए पनि कर्मचारीको रुपमा भर्ना भए पछी आफुले काम गर्ने कम्पनीको हितमा काम गर्ने बाचा गर्नु पर्छ | त्यो कम्पनीको नियम, नियमावली, अनुशासनको परिधि भित्र बस्नु पर्छ र कार्यालयले पनि अनुशासनको पालना गर्ने गराउने परम्परा बसाल्नु पर्छ | एक पटक कार्यालयमा भर्ति भैसकेपछि त्यो कार्यालयको प्रगति तथा फाइदाको लागि आफुले जानेको काइदाको काम गर्यो भने कर्मचारी र कम्पनी दुबै को भलो हुन्छ |

आफ्नो काम भन्दा अरुको कुरा काटेर बस्ने कर्मचारीहरुको जमात पनि कार्यालयमा कमि हुँदैन | आफ्नो जागिर बचाउन हाकिमको चाकडी, चुक्लि र चाप्लुसीको भरमा जागिर खानेहरु पनि भेटियो | आफ्नो काम छाडेर आफ्नै सहयोगी साथिहरुको कामको चियो चर्चा गरेर माथिल्ला हाकिमको कान भर्ने कर्मचारी पनि भेटियो | त्येस्तै कर्मचारी हाकिमको प्यारो र नजिकको कर्मचारी बनेको पनि देखियो | यस्ता कर्मचारीहरु कार्यालयको लागि केहि समयको लागि त राम्रै होला | तर कालान्तरमा भने काम लाग्दैन |

जुन दिन हाकिमले त्यस्ता कर्मचारीको असलियत थाहा पाउँछन् त्यो दिन त्यो कर्मचारी को खैरियत हुँदैन |

के तपाईले बास्तव मै ८ घण्टा काम गर्नु भएको छ ? कि छैन ? एक पल्ट हिसाब पो गर्ने हो कि ?

अफिस जाने बित्तिकै कति पटक फ्रेस हुन जानु हुन्छ ? चुरोट खान, खैनी खान, चिया खान, खाजा खान, कपाल कोर्न, लिपिस्टिक मिलाउन, व्यक्तिगत टेलिफोन गर्न, कति समय लगाउनु हुन्छ ? येस्सो एक पल्ट ख्याल गर्ने पो हो कि ? अर्काको कुरा काट्न कति समय खर्चनु हुन्छ ? तपाईले बास्तवमै कार्यालयलाई न्याय गर्नु भएको छ ? तपाइको कुरा काट्ने बानीले कसैलाई अप्ठेरो त परेको छैन ? भोलि गएर तपाई आफैलाई पनि असर पर्ला बेलैमा होस् पुर्याउने कि ?

एउटा कुरा के छ भने तपाइले कसैको कुरा काट्दै हुनुहुन्छ भने तपाइको पनि कुरा काट्नेहरुको कमि हुँदैन | सुन्ने मान्छेले अवश्य पनि अरुको अगाडी तपाइँ कै कुरा नकात्ला भन्न सकिदैन | त्यसैले विचार गर्नु होस् है |

चियो चर्चा छाडेर आफ्नो काम गरेर आफ्नो र अफिसको प्रगति को लागि अगाडी बढ्न पाए कसो होला ? एक पल्ट विचार गर्ने हो कि | अस्तु | 

Friday, 31 May 2013

पर्यटन तालिम (Tourism Training)

हाम्रो देशको पर्यटन उध्योग निजी क्षेत्रबाट सञ्चालित छ भन्दा अतिशयोक्ति नहोला | पर्यटन ब्यबसायीलाई चाहिने मानवीय संशाधनको उत्पादन पनि निजी क्षेत्रबाट सञ्चालित तालिम केन्द्र, शिक्षण संस्था, गैर सरकारी संस्था र नेपालको पहिलो होटल ब्यबस्थापन तथा पर्यटन तालिम केन्द्र, प्राबिधिक शिक्षालयबाट पुर्ति हुँदै आएको छ | यसमा अझ बिदेशी अध्ययन संस्थानहरुको पनि महत्वपूर्ण सहयोग छ |

हामीले सुन्दै आएको र भोग्दै आएको कुरा भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकहरु ओर्लने बित्तिकै निजी क्षेत्रबाट संस्थागत रुपमा सञ्चालित पर्यटक बाहन तथा यातायातमा पनि खास गरी ट्याक्सी, भ्यानका चालक दाजुभाईहरुले सदभावपूर्ण व्यवहार गर्दैनन् भन्ने आरोप लगाउने गरिन्छ | पर्यटकका झोला तथा सर सामानहरु तानातान गर्ने गरिन्छ | कतिपय पर्यटकहरु त  दंग पर्छन भने कहिले काहीं यस्तो चालाले नेपाल कै इज्जत माटोमा मिल्ने गर्छ |

तर कहिल्यै कसैले पर्यटनका धुरन्धर भनाउदाहरुले यो महत्वपुर्ण ठाउँको चालक तथा भरियाहरुलाई पनि पर्यटनको महत्वपूर्ण जानकारीको बारेमा शिक्षा दिक्षा, तालिम दिने अन्तरक्रिया गर्ने काम गरेका छन् ? आक्कल झुक्कल समाचार त सुन्न पाइन्छ |

बिचरा उनीहरुलाई गाली गलौज गरेर के गर्ने ? पर्यटनका बुझक्कडहरुनै पर्यटन शिक्षाको महत्वबारेमा बुझ पचाएर बस्छन भने अरुको कुरा के गर्ने ? ठुल ठुला तारे होटलमा सल्लाह गरेर के फाइदा ?

पर्यटनका मुख्य ढोका विमानस्थल, सीमाक्षेत्रका अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरुलाई, पर्यटकस्थल ठमेल, पोखरा जस्ता ठाउँका यातायात चालक, रिक्सा चालक, कुल्ली, भरियाहरुलाई पनि गाईडलाई जत्तिकै तालिम उपलब्ध गराउनु पर्छ | पर्यटन स्थलको बारेमा सामान्य ज्ञान त दिनुनै पर्छ | हाम्रो आतिथ्यता बारे जानकारी दिनुनै पर्छ | कमसे कम हाम्रो संस्कार त प्रत्यक्ष  अनुभव गरुन भन्नलाई पनि छोटो समयको भए पनि तालिम दिनु पर्छ |

यस तर्फ नेपाल पर्यटन बोर्ड लगाएत,  बिस भन्दा धेरै पर्यटन संग संबन्धित संघ संस्थाहरू साँच्चिकै अगाडी बढ्ने होकी ? नत्र पद मात्रै ओगटेर के उपलब्धि? अस्तु |

Thursday, 30 May 2013

पर्यटन प्रवर्धन (Tourism Promotion )

हामी नेपालीले विश्वका प्रमुख समाचार च्यानलहरुमा ठुलो रकम खर्चेर नेपालको प्रवर्धनको लागि बिज्ञापन गर्न सक्दैनौं भन्ने तथ्य घाम झैँ छर्लङ्ग हुँदा हुँदै पनि नेपालका पर्यटन मन्त्रिले हालै एक समारोहमा पर्यटकहरुलाई फोटो तथा भिडिओ खिच्न कडी कड़ाउ गर्ने कुरा सुन्दा मन खिन्न भयो | आफुले पनि गर्न नसक्ने अरुले गरेको पनि देखि नसक्ने भनेको यहि रहेछ | एउटा फोटोले हजार शब्द बोल्छ भन्छ | नेपालको पर्यटन प्रवर्धनमा घात गरेर मन्त्रिज्यूले के गर्न खोजेका हुन् ? पर्यटन ब्यबसायीहरुले के हेरेर बसेका हुन् ? यस्तो दिक्कलाग्दो कुरा कसले सिकाएका हुन् ? हाम्रा मन्त्रिज्यूले साँच्चै भनेका हुन् कि ख्याल मात्रै गरेका हुन् ? बुझ्न सकिन | हुन त ठुला मान्छेले जे गरे पनिं हुन्छ नि हाम्रो नेपाल मा |

एउटा फोटो खिचेर एक जना विदेशीले घरमा राख्यो भने त्यो घरबाटै नेपालको बिज्ञापन हुन्छ | फिल्म खिचेर गएको छ भने झन् राम्रो, त्यो पनि टेलिभिजनबाट प्रशारण भयो भने झन् कत्ति मज्जा | फोकट मै बिज्ञापन | बिदेशमा रहेका फोटो पत्रकारहरुलाई त हामीले फ्यान ट्रीपमा बोलाएर नेपालको बारेमा लेख, रचना, डकुमेन्ट्री प्रचारप्रसार गर्न लगाउनु पर्नेमा कडिकडाउ गर्ने समाचार सुन्दा बिरक्त लाग्यो |

बरु नियामक अड्डाले नियमन गरेर नेपालको सार्वभौमसत्तामा धक्का पुग्ने, शान्ति शुरक्षामा खलल पुर्याउने खालको समाचारलाई भने नियन्त्रण गर्नु पर्छ | मन्त्रीज्यूले कुन चाही भन्न खोज्नु भएको हो | स्पष्ट गरी दिनु भए राम्रो हुने थियो | अस्तु |

Wednesday, 29 May 2013

प्रबिधि सिकौ

नेपालका दुर्गम जिल्लाहरुमा खाध्यान्न ढुवानी समयमा नभएर फलानो गाउँमा पिठो, चामल को अभाब भन्ने  समाचार बेला बेलामा सुन्नमा आउँछ | मलाई एउटा कुराले संधै कुत्कुत्याई रहन्छ | हामीले संधै भात नै खानु पर्छ र ? कोदो, जौ, गहुँ, मकै, खाध्यान्न होइन र ? यी खाएर ज्यान बन्दैन र ? स्थानीय उत्पादनलाई लत्याएर भात नै खानु पर्छ ? यस्तो लाग्छ यो खाध्यान्न ओसार पसारमा पनि कतै कसैको हात त छैन ? यसमा  धेरैको आ आफ्नो स्वार्थ होला तर स्थानीय जनताहरु किन सिकार बनि रहने? कति युग सम्म सहने? कसलाई भन्ने ? कसले सुन्ने? कहाँ भन्ने ?

सहर बजारमा चिनी रोग भएका बिरामीहरुलाई भात खान हुन्न अरु अन्न खानुस भनेर चिकित्सकहरु सल्लाह दिन्छन | नो ह्वाइट फूड टेक ब्राउन ब्रेड  नो राइस भनेर अंग्रेजीमा बोल्छन | गाउँमा भने दशैँमा पनि भात खान पाएनौं, यो देशले खाना खान पनि दिन्न भन्छन | किन ?

हाम्रा बुद्दिजिबि, स्थानीय नेता, बिज्ञहरुले पनि विचार त गरेका होलान नि | संधै यसरी चल्दैन समाज भनेर | कतिपय बेलामा ठुलो रकम खर्चेर दुर्गम क्षेत्रबाट राजधानी धाउने समाचार पनि पढ्न पाइयो | तर खोइ त उपलब्धि ? संधै परजीबी हुनु बाहेक आफ्नो ठाउँको लागि प्रबिधि सिकाउने र प्रविधिको फाइदा उठाउने काम भयो त ? एक फेर खर्च को हिसाब किताब गर्नुस कति पटक ओहोर दोहोर गर्नु भयो? के कति फाइदा भयो ? कसलाई फाइदा भयो ? अनि आफ्नो स्वार्थ सिद्द भयो कि भएन ? बास्तवमै स्थानीयले फाइदा पायो त ?

एउटा भनाई छ नि मानिस हरुलाई माछा दिने होइन माछा मार्न सिकाउनु पर्छ | माछा दियो भने परजीबी मात्रै बन्छ | अरु को आशमा बाँच्छ भने माछा मार्न सिकायो भने आफै रमाउने आफै जीवन जिउने आर्काको भर नपर्ने स्वाबलम्बी बन्छ |

हामीले लाजै नमानीकन हाम्रो देश स्विजरल्याण्ड जस्तो राम्रो छ भनेर भनि राखेका हुन्छौ | तर खोइ त्यो देश को प्रविधिलाई नेपालमा भित्र्याउने कदम चालेको ? दुर्गमका जनता जनार्दनलाई प्राबिधिक तालिम दिएर स्विजरल्याण्ड जस्तो स्वाबलम्बी कहिले बनाउने ? जुन ठाउमा जे उत्पादन हुन्छ त्यसैलाई उच्च स्तरको उत्पादन बनाउने प्रबिधि किन नल्याउने ?

पशुपालन, नगदे बाली, कृषक लाई तालिम दिने कुरामा अगाडी बढ्नु नै उपयुक्त हुन्छ | अस्तु|




Friday, 24 May 2013

प्रलय - नेपाली

आच्या ! कास्तो कुरा गर्नु हुन्छ सार । मेरो काम गर्ने ठाउमा मैले के जवाफ दिन्छ? हाँ ! तपाईलाई चै याहाँ नेपालाँ बासेको जस्तो हुन्छ? लु भन ! मलाई कैले उराउने? मैले हाम्रो देशकै जहाज मा चार्नु पर्छ भनेर टिकस काट्यो । आउने बेलाँ त मज्जा नै भयो । घार पनि गयो, छुट्टी पनि मनायो। आबु छुट्टी सके पछि माला साला लाएर बिदेशां जाने भनेर चट्ट परेर एर्पोर्ट पुगिसके पछि त आज फलाइट नै छैन भन्छ बा! तेस्टो पनि कुरा हुन्छ त ! ए बा ! बिदेशां त जहाजको समय परिबर्तन हुने बित्तिकै हामीलाई खबर गर्थ्यो त । आफ्नै देशाँ त झन् खबर न सबर कै नै नगर्ने? एस्तो पनि हुन्छ?

हुन्छ बा हुन्छ, ठ्याक्कै हुन्छ । यो विदेश होइन नेपाल हो नेपाल । यहाँ जे पनि हुन्छ । संसारमा कहीं कतै नभएको कुरा यहाँ हुन्छ । सबै कुरा विदेशको जस्तै भयो भने तपाईं किन विदेश जानु हुन्थ्यो त । यो विदेश जाने अवसर तपाईले कसरी पाउनु हुन्थ्यो? कहिले सोच्नु भएको छ?

ए टेस्तो कुरा नगर न। हेर ट ! म घर बाट यश्टो राम्रो माला साला लाएर आयो । अहिले भर्खर मोबाइलमा गल फ्रेनलाई  पनि बाई भनेर कुरा पनि गर्यो । अईले फ़्लाइतै छैन भन्छ । कस्टो झ्याउ भएर ल्यायो । ठुक्क !

ए सार ! आरु कुरा मैले ठा छैन । खुरुक्क तिकस मिला त ! हाम्रो उताको मालिक त डेन्जर पो छ । ठ्याक्क ट्याममा  पुगेन भने त जागिर सागिर चट् ! अनि तिम्रो बाउले मलाई जागिर मिलाउँछ ? कति ऋण गरेर आएको छु । तिम्ल्लाई के था ? टिमी त यहाँ आफ्नो जागिर पकाएर बसेको छ । भोलि दु:ख त मैले पो गर्नु पर्छ । कति चाकरी गर्नु पर्छ मेरो म्यानेजरलाई । त्यो मोरो त खत्रा पो छ ।

यो एउटा मैले पाएको जिन्दगीको रमाइलो तर  कष्टकर घटनाको नमुना मात्रै हो । २१ डिसेम्बर सन् २०१३ मा विश्व मा प्रलय हुने कुराले चरम उत्कर्षमा मानिसहरु गफी रहेको अवस्थामा मैले काम गरेको ठाउँको उडान रद्द हुँदा केहि यात्रुहरुले हामीलाई धम्क्याउने, मार्ने, छप्काउने सम्मका धम्कि मात्रै होइन मर्मस्पर्शी अनुरोध पनि आयो । तर धन्य ! कुनै अप्रिय दुर्घटना हामीले हुन दिएनौ ।

हाम्रा कुशल साथीहरुको सहयोगले सबै उडानका यात्रुहरुलाई अन्य उडानहरुबाट गन्तव्यसम्म पठाउन सहयोग गर्यौं । मैले हुबहु बार्तालाप पश्किने कोशिश मात्रै गरेको छु । आगामी दिनहरुमा अरु बिषयमा पनि मेरो लेख रचनाहरु पश्किने नै छु । अस्तु |

पाठकहरुले आफ्नो कमेन्ट पठाउन नबिर्सनुस है । भवतु सब्ब मंगलम् |

Sunday, 19 May 2013

Do it now.

Most of the staff wait for instructions from immediate manager or top management to start any job s/he knows that the work will benefit to the company. The credit goes to your manager. You will get nothing. So, why do you wait if you are confident that your work is going to benefit your company.

Do not wait for right time to start. Any time is the right time. Do not think that you are late. Start now. This will keep you away from procrastination.

Some staff don't know where to start. Those staff should list down all the job in a diary. Segregate urgent & important. Then start any one from top urgent immediately. Just do it now. See the result.

Therefore, if you are confident, do it now.

If you agree, share it. If not, send me your comments.

Thursday, 16 May 2013

My dear boss.

This type of boss likes to work on time. Knows the team spirit i.e. Together everybody achieves more (Team). Meets deadlines. Keeps track record of whatever dedicated to subordinates. Follows up from time to time. Provides clear guideline to get things done. Teaches how to achieve the result. Supports in working calendar to meet the deadlines.

If couldn't meet the deadlines, subordinates have to provide justification for not being able to complete the task. If justified it is okay. If not, then the boss takes initiative and educates the staff why is it important.

Teaches the time value, shows the losses to the company due to small carelessness. Makes them realized the faults and give them opportunity to learn from their mistakes. Then staff will be more cautious for next time to meet deadlines. They will take necessary initiation & precautions for the project from next time.

The boss catches the right things done. Appreciates in the mass and encourages to achieve results again & again.

Have you ever seen such type of boss ? Please share your experience. If you like this tip share it. If not, send me your comments.

Corporate culture

Believe it or not. In most of the offices, most of the staffs are frustrated. The main reason behind it, is lack of corporate culture. Favoritism, back biting, dominating colleagues, nagging, poking, unnecessary checking, ditching, misleading, complaining, spying, harassing etc. are the main reasons that develop misunderstanding between management & the genuine staff.

As staff are from different culture, different academic backgrounds they have different nature. That is why a corporate house should develop its own corporate discipline & culture.

It should be govern by its own rules & regulations. A clear responsibility & authority with no duplication in job specification will definitely run the organization in smooth way. Each & every department should have certain demarcation for its development. Authority shouldn't be centralized.

Discipline, decoration, dress, dedication are symbol of corporate culture. Favoritism shouldn't be entertained. There should be equal opportunity for genuine staff.

Do you agree? Share it. If not, please send me your comments.

Monday, 13 May 2013

The boss.

I have seen these types of bosses. They never give credit & appreciate subordinates thinking that they have no idea. They always keep staff underpressure thinking that these pressures will make them work done. They think, if they appreciate the staff, they will demand for more increments, more incentives, more facilities etc.

They have the feeling of complexity that they are the bosses, they can do whatever they like. They are superiors. They know every thing. Others have no brains.

They never accept the initiation & creativity of the staff and ignore them first, after few months or years these bosses do the same thing & take credit for initiation. The genuine staff gets nothing. So, the boss is again right.

Have you ever seen these types of bosses? Please comment.

Saturday, 11 May 2013

Infrastructures

I heard many local people, including local intellects say that we have no infrastructures to develop our local tourist spots. What do we mean by infrastructures? Is it road? Internet? electricity?

The main important thing is an attraction of the particular village, place, may be custom, culture, tradition, nature, etc. If we are psychologically ready to sell our local tourist product, then why not we highlight the main product mentioning let's go "back to nature".

No mobil means no disturbance. Quite day. No electricity means enjoy your night with or without moon light. No road means explore the nature in your way. No bathroom means enjoy open bath. These are few to mention. What we have to do is a survey on tourist's interest. Why are they visiting our place? Find out the interest of tourist.

Tell the truth & educate the tourist & local people, enjoy what you have. Present your product in different way. No need to have all basic infrastructures for tourism development. It's our desire. Cheers.

Please share your views. Your feedback will help me for upcoming write ups.

Friday, 10 May 2013

Motivation

Motivating staff is a difficult task. Without the support of your colleague and staff, you can not get success in the business. If you can not motivate your staffs then you will be in trouble. Yes, if your staffs are supportive and they do their job themselves then you are lucky owner that you will get free time for planning, creativity and you can implement innovative ideas. But it is very difficult to have such scenario in case of Nepal. Most of the staff are not self motivated except very few that we can count in finger tips.

As almost all staff come from different cultural, social and educational background, they may or may not cope up with the office environment. Therefore, we need to develop corporate culture in the company. Own rules and regulation, staff appraisal, appreciation, reward and punishment, hire and fire will help to motivate the staff.

I found some bosses wait the staff doing something wrong and scold in the mass which I believe is opposite of the ethic of management. They underestimate the value of staff, this is not a way to get the job done from staff. You should not under-estimate your staff, instead, catch them when they do something right.

Appreciate the staff in the mass. Encourage them to do more right things done. Reward them when they crossed the target. It is not necessary all the time money, it may be emotional value, attachment, good word of mouth in the mass.

If you cannot control your fire against the staff, take a long breath, do not discuss till you are cool and take your staff to the corner and make them realized the mistake they have done. Things will take positive pace. Convince the value of the job, educate them how to do and achieve the result. Guide them and get things done.

Does your corporate culture work in your company? Please share your idea with us.

Sunday, 5 May 2013

Morning meeting

Generally, corporate office conducts meeting in the morning. This should be short & sweet. It will be better if you can conduct standing meeting with a cup of black tea or coffee for 10-15 min. You should have agendas for discussion & at the end some guidelines after decision. The decision should be circulated to all concerned staff. Each & every staff should be aware of the decision of meeting, policy, plan, aim & vision of the company. Otherwise it is useless attending meeting just to meet the people only.

What do you think? I would love to have your experience & opinion on every morning meeting.

Cheers!

Saturday, 4 May 2013

नेपाली ब्लग

नमस्ते!

आम्मै! मलाई नेपालीमा ब्लग लेख्ने निक्कै रहर भएर पनि लेख्ने कसरी होला जस्तो लागि रहेको थियो। गूगल लाई धन्यवाद त दिनै पर्छ बा । जोश देवान जी लाई पनि धन्यवाद है जानकारी को लागि।

नेपाली बाट पनि लेख्न मिल्छ भन्ने लागेर पनि ठ्याक्कै थाहा पाएको थिएन मैले । जे होस् आफुलाई लागेको राम्रा कुरा ज्ञान गुणका कुराहरु लेख्न अब कुनै आइतबार कुर्नु परेन । लेख्न त लेखौला तर तपाईहरुले चाहि कमेन्ट गर्न अल्छी नगर्नु होला है ।

मेरो आफ्नो अनुभवले मेरा पाठकहरुलाई अवश्य पनि सहयोग पुग्ने विश्वास लिएको छु। पढी दिनुस है। पाठक हरुको सहयोगले नै मैले परिस्कृत लेख रचना पस्कन उत्साह मिल्ने विश्वास लिएको छु। अस्तु।

धन्यवाद । 

Village Tourism

Nepal has number of villages with rich culture, traditions and rituals. Village life style is definitetly an attraction to tourists. Emerging development of home stay will directly contribute in the economic development of the local people. This will help in conservation of the local environment and product. The tourists, who are interested in local product, they will enjoy the local food stuff and handicraft. This will ultimately help in creating the demand for local product. The self generated employments will categorically develop the self confidence and awareness for conservation of their culture and tradition. The local people will take responsibility for managing the tourism product. They can take advantage of importance of tradition and cultural understanding. Ultimately, this will help in sustainable tourism.

To start with blog, I am plannig to write short write up. I need your comment, criticism, suggestion to improve further.  

Plan a day

Give your five minutes from 24 hrs to plan a day. This will help you to keep the track of your job done. What are you going to do in a day plan keeps you under pressure to accomplish your job done. Write every job you want to in your diary or mobile or computer. There are many facilities in your mobile, smart phone, tab, ipad, computer, email, task list, calendar that help you keep track of your time.

Why not you manage your time, not be managed by your time. When you complete 50% of your job done celebrate with a cup of tea & coffee. Give a try. Yes, you can. 

Thursday, 2 May 2013

Social network in office.

I have seen, most of the office doesn't allow social network in the office hour thinking that staff misuse the facilities. In my view the management should educate the staff to use the facility to save cost of communication using FB messenger, gtalk, yahoo messenger, skype, viber, whatsapp, email instead of telephone & outdated fax. Every office has internet facility, wifi but why it is under utilized? It is not only the matter of mentality that management doesn't feel the benefit of proper utilization & education to staff. This is my view. Rest is up to you. Take the benefit of information technology (IT) in this IT era.

Monday, 29 April 2013

Namaste !

Namaste Ladies & Gentlemen !
Today, I am able to join this blog. I will try my best to publish my articles and write ups now onward in this blog, I welcome your suggestions and comments on my up coming blog.

Cheers !!!

Vinaya Shakya