आच्या ! कास्तो कुरा गर्नु हुन्छ सार । मेरो काम गर्ने ठाउमा मैले के जवाफ दिन्छ? हाँ ! तपाईलाई चै याहाँ नेपालाँ बासेको जस्तो हुन्छ? लु भन ! मलाई कैले उराउने? मैले हाम्रो देशकै जहाज मा चार्नु पर्छ भनेर टिकस काट्यो । आउने बेलाँ त मज्जा नै भयो । घार पनि गयो, छुट्टी पनि मनायो। आबु छुट्टी सके पछि माला साला लाएर बिदेशां जाने भनेर चट्ट परेर एर्पोर्ट पुगिसके पछि त आज फलाइट नै छैन भन्छ बा! तेस्टो पनि कुरा हुन्छ त ! ए बा ! बिदेशां त जहाजको समय परिबर्तन हुने बित्तिकै हामीलाई खबर गर्थ्यो त । आफ्नै देशाँ त झन् खबर न सबर कै नै नगर्ने? एस्तो पनि हुन्छ?
हुन्छ बा हुन्छ, ठ्याक्कै हुन्छ । यो विदेश होइन नेपाल हो नेपाल । यहाँ जे पनि हुन्छ । संसारमा कहीं कतै नभएको कुरा यहाँ हुन्छ । सबै कुरा विदेशको जस्तै भयो भने तपाईं किन विदेश जानु हुन्थ्यो त । यो विदेश जाने अवसर तपाईले कसरी पाउनु हुन्थ्यो? कहिले सोच्नु भएको छ?
ए टेस्तो कुरा नगर न। हेर ट ! म घर बाट यश्टो राम्रो माला साला लाएर आयो । अहिले भर्खर मोबाइलमा गल फ्रेनलाई पनि बाई भनेर कुरा पनि गर्यो । अईले फ़्लाइतै छैन भन्छ । कस्टो झ्याउ भएर ल्यायो । ठुक्क !
ए सार ! आरु कुरा मैले ठा छैन । खुरुक्क तिकस मिला त ! हाम्रो उताको मालिक त डेन्जर पो छ । ठ्याक्क ट्याममा पुगेन भने त जागिर सागिर चट् ! अनि तिम्रो बाउले मलाई जागिर मिलाउँछ ? कति ऋण गरेर आएको छु । तिम्ल्लाई के था ? टिमी त यहाँ आफ्नो जागिर पकाएर बसेको छ । भोलि दु:ख त मैले पो गर्नु पर्छ । कति चाकरी गर्नु पर्छ मेरो म्यानेजरलाई । त्यो मोरो त खत्रा पो छ ।
यो एउटा मैले पाएको जिन्दगीको रमाइलो तर कष्टकर घटनाको नमुना मात्रै हो । २१ डिसेम्बर सन् २०१३ मा विश्व मा प्रलय हुने कुराले चरम उत्कर्षमा मानिसहरु गफी रहेको अवस्थामा मैले काम गरेको ठाउँको उडान रद्द हुँदा केहि यात्रुहरुले हामीलाई धम्क्याउने, मार्ने, छप्काउने सम्मका धम्कि मात्रै होइन मर्मस्पर्शी अनुरोध पनि आयो । तर धन्य ! कुनै अप्रिय दुर्घटना हामीले हुन दिएनौ ।
हाम्रा कुशल साथीहरुको सहयोगले सबै उडानका यात्रुहरुलाई अन्य उडानहरुबाट गन्तव्यसम्म पठाउन सहयोग गर्यौं । मैले हुबहु बार्तालाप पश्किने कोशिश मात्रै गरेको छु । आगामी दिनहरुमा अरु बिषयमा पनि मेरो लेख रचनाहरु पश्किने नै छु । अस्तु |
पाठकहरुले आफ्नो कमेन्ट पठाउन नबिर्सनुस है । भवतु सब्ब मंगलम् |

No comments:
Post a Comment