Grab the widget  Get Widgets

Wednesday, 29 May 2013

प्रबिधि सिकौ

नेपालका दुर्गम जिल्लाहरुमा खाध्यान्न ढुवानी समयमा नभएर फलानो गाउँमा पिठो, चामल को अभाब भन्ने  समाचार बेला बेलामा सुन्नमा आउँछ | मलाई एउटा कुराले संधै कुत्कुत्याई रहन्छ | हामीले संधै भात नै खानु पर्छ र ? कोदो, जौ, गहुँ, मकै, खाध्यान्न होइन र ? यी खाएर ज्यान बन्दैन र ? स्थानीय उत्पादनलाई लत्याएर भात नै खानु पर्छ ? यस्तो लाग्छ यो खाध्यान्न ओसार पसारमा पनि कतै कसैको हात त छैन ? यसमा  धेरैको आ आफ्नो स्वार्थ होला तर स्थानीय जनताहरु किन सिकार बनि रहने? कति युग सम्म सहने? कसलाई भन्ने ? कसले सुन्ने? कहाँ भन्ने ?

सहर बजारमा चिनी रोग भएका बिरामीहरुलाई भात खान हुन्न अरु अन्न खानुस भनेर चिकित्सकहरु सल्लाह दिन्छन | नो ह्वाइट फूड टेक ब्राउन ब्रेड  नो राइस भनेर अंग्रेजीमा बोल्छन | गाउँमा भने दशैँमा पनि भात खान पाएनौं, यो देशले खाना खान पनि दिन्न भन्छन | किन ?

हाम्रा बुद्दिजिबि, स्थानीय नेता, बिज्ञहरुले पनि विचार त गरेका होलान नि | संधै यसरी चल्दैन समाज भनेर | कतिपय बेलामा ठुलो रकम खर्चेर दुर्गम क्षेत्रबाट राजधानी धाउने समाचार पनि पढ्न पाइयो | तर खोइ त उपलब्धि ? संधै परजीबी हुनु बाहेक आफ्नो ठाउँको लागि प्रबिधि सिकाउने र प्रविधिको फाइदा उठाउने काम भयो त ? एक फेर खर्च को हिसाब किताब गर्नुस कति पटक ओहोर दोहोर गर्नु भयो? के कति फाइदा भयो ? कसलाई फाइदा भयो ? अनि आफ्नो स्वार्थ सिद्द भयो कि भएन ? बास्तवमै स्थानीयले फाइदा पायो त ?

एउटा भनाई छ नि मानिस हरुलाई माछा दिने होइन माछा मार्न सिकाउनु पर्छ | माछा दियो भने परजीबी मात्रै बन्छ | अरु को आशमा बाँच्छ भने माछा मार्न सिकायो भने आफै रमाउने आफै जीवन जिउने आर्काको भर नपर्ने स्वाबलम्बी बन्छ |

हामीले लाजै नमानीकन हाम्रो देश स्विजरल्याण्ड जस्तो राम्रो छ भनेर भनि राखेका हुन्छौ | तर खोइ त्यो देश को प्रविधिलाई नेपालमा भित्र्याउने कदम चालेको ? दुर्गमका जनता जनार्दनलाई प्राबिधिक तालिम दिएर स्विजरल्याण्ड जस्तो स्वाबलम्बी कहिले बनाउने ? जुन ठाउमा जे उत्पादन हुन्छ त्यसैलाई उच्च स्तरको उत्पादन बनाउने प्रबिधि किन नल्याउने ?

पशुपालन, नगदे बाली, कृषक लाई तालिम दिने कुरामा अगाडी बढ्नु नै उपयुक्त हुन्छ | अस्तु|




No comments:

Post a Comment