एक दिन काठमाडौंबाट मद्रास जान हवाई टिकट चाहियो भनेर एक जना ग्राहक महानुभाव ट्राभल एजेन्सी जानु भयो। त्यस पछीको बार्तालाप बडो रोचक लाग्यो पाठक संग शेयर गर्न मन लाग्यो।
ग्राहक १ : काठमान्डूबाट मद्रासको हावा जहाजको टिकट पाईन्छ ?
ग्राहक २ : (ट्राभल एजेन्सी मा आएको आर्को ग्राहक) मद्रासको छैन चेन्नईको चाही पाउँछ होला ।
ग्राहक १ : यो चेन्नईबाट मद्रास कति टाढा छ ?
ग्राहक २ : नजिकै छ भन्छ । पुगेको चै छैन ।
स्टाफ : ( कम्प्युटरमा धून मग्न भएको कर्मचारीले ग्राहक तर्फ हेर्दै) नमस्कार ! नपुगेको ठाउँको बारेमा थाहा नै नपाइ प्याच्च बोल्नु हुँदैन नि हजूर । तपाईलाई थाहा छैन ? मद्रास र चेन्नई भनेको कान्तिपुर र काठमाडौँ भनेको जस्तै हो नि ।
ग्राहक १ : ए सर हामीलाई के थाहा त । छोराले मद्रासमा गएरै पढ्छु भन्यो । कता हो मद्रास कता हो चेन्नई, कहिले गे को भए पो !
ग्राहक २ : ए तेसो पो ! हि हि ..आफु न पुगेको ठाउको नाम सुनेको मात्रै थियो | अनि त के ठा पाउनु नि | तै पनि चेन्नई भनेको त्यो सारुक खान को फिल्म हेरेर ठा पाएको नि, मैले पनि | नत्र के ठा !
स्टाफ : भन्नुस हजुर कहिले जानु हुन्छ ?
ग्राहक १ : तिहार पछी को टिकट दिनुस् न |
स्टाफ : डेट भन्नुस न | कुन डेटमा जाने |
ग्राहक १ : ए बाउ | तिम्ले के भनेको ? डेट सेट भन्या बुज्दैन | तिम्ले भन्न खोजेको के ?
स्टाफ : सरि सरि | तपाई कहिले कुन मितिमा जाने भनेको नि ! कुन महिना को कति गते वा तारिख मा भनेको |
ग्राहक १ : तारिक त अदालतमा जग्गा को किचलो पर्दा त खुबै गे को थिएँ | म टेस्तो तारिक सारिक मा जान्न | ठ्याक्क भाई टिका सकेर तिन दिनको दिनमा जान्छु | मिल्छ ?
स्टाफ : काठमाडौं बाट सिधै त छैन |
ग्राहक १ : (कुरा चुहिन नपाउंदै) ए .. अघि नै किन न भनेको त हुन्दैन भनेर | क्या फसाद !
स्टाफ : त्यस्तो भन्न खोजेको होइन हजुर | काठमाडौंबाट सिधा उडान छैन दिल्ली भएर जानु पर्छ भनेको नि |
ग्राहक १ : दिल्लीबाट जाँदा चेन्नई, पुग्छ कि पुग्दैन त ? म त दिल्ली सिल्ली नगए पनि हुन्छ | ठ्याक्क चेन्नई को टिकट देउ मिल्छ भने | नत्र आफु त ट्रेन मा नै गइन्छ |
स्टाफ : दिल्लीबाट जाँदा अलिकति महँगो पर्छ भन्न खोजेको नि |
ग्राहक १ : तपाई त बदमास जस्तो कुरा गर्छ भाई | म सिधा चेन्नई जाने मान्छेलाई दिल्ली घुमाएर पैसा बढी असुल्न खोजे जस्तो छ नि | बेकारमा दिल्ली पठाउछु भन्छ | म पाँच पटक त दिल्ली पुगेर आएसक्यो | ल हुन्छ भने देउ हुन्न भने म त जान्छु | तिम्रो मात्रै ट्राभल एजेन्सी छ काठमाडौँमा |
ग्राहकहरु जुरुक्क उठेर प्रस्थान गर्यो | स्टाफ हेरेको हेरै | हैरान भयो | अस्तु |
No comments:
Post a Comment