Grab the widget  Get Widgets

Wednesday 10 July 2013

डलर आयो डलर आयो !

एकदिन त्रिभुवन बिमानस्थलको पार्किंग एरियामा एक जना ट्याक्सी चालकको चालामाला हेरेर बस्ने मौका मिल्यो । म पनि एकजना अतिथिलाई स्वागत गर्न गएको थिएँ । आन्तरिक बिमानस्थलको आगमन कक्षबाट एक हुल पर्यटकहरु बाहिर आउन साथ दङ्ग पर्दैचालकले  भन्दै थियो । ओहो ! कत्ति धेरै डलर आयो डलर आयो !

आउन त आयो तर त्यो चालकले पर्यटकको झोला चाही झ्याप्प तान्न गएन । उसका अरु साथी भाइहरुले गरयाम गुरूम झ्याप पारे पछि सबै पर्यटकहरु गए।  बिचरा चालक लामो सुस्केरा हाल्दै फेरी बोल्यो, डलर त गयो ।

एकछिन पछि फेरी आर्को पर्यटकहरुको टोली आयो । उ  दङ्ग पर्दै बोल्यो । "अघि गए पनि फेरी आर्को त आई हाल्यो नि "। मख्ख पर्दै अब त मेरो ट्याक्सी मा एउटा टोली त कसो नबस्ला भनेर ट्याक्सी तिर हेर्दै, ट्याक्सीलाई भन्दै थियो, "लौ आयो डलर । ट्याक्सी ! ठिक पर है। "

तर उसको दुर्भाग्य त्यो टोलीका सबै पर्यटक एउटा ठूलो पर्यटक बसमा चढेर गयो । दिक्क मान्दै फेरी बोल्यो । "धत् ! त्यो डलर पनि गयो।"

कमिजको बायाँ पट्टिको खल्तीमा हात राखेर खै के झिक्यो अनि बायाँ हातमा राखेर फेरी पाइन्टको दायाँ गोजीमा हात हालेर एउटा सानो बट्टा झिक्यो। अनि मुर्मुरिदै आज कसको मुख हेरेर आएँ रहेछ !! भन्दै अघि झिकेको सुर्ती र चुना बेस्सरी माड्यो । माड़ना साथ् बायाँ हात मा रहेको चुना सहित को सुर्तिलाई दायाँ हातले थपडी बजाये जस्तै गरेको मात्रै के थियो, म त्यस चालकको अगाडी पुगेछु । हाच्छ्युं !! गरेको त बिचराको हातमा धक्का दिन पुगेछु । सुर्ती सबै भुईमा खस्यो । मैले तुरुन्तै "सरि दाजु" भने ।

"ठिकै छ आज मेरो दिन खराब जस्तो छ । एउटा पनि  माछा जालमा परेको छैन त्यसमाथि यो सुर्ती पनि खसी हाल्यो । अब पनि ग्राहक पाएन भने आज दिनभरी यो सुर्ती खान्न लौ जा।" मलाई त एकछिन खुसि पनि लाग्यो त्यो झुक्किएर धक्का लागेको भए पनि एकजनाको बानि त सुध्रिने भयो भनेर । फेरी अर्को सोच पलायो । बिचराले ग्राहक पाएन भने झन् झुर हुने भयो।

एकै छिन् पछि फेरी आर्को समूहमा नेपाली र बिदेशी पर्यटकहरु आए । अहिले भने उ जुरुक्क उठेर नेपाली तिर आँखा नलगाई पर्यटक तिर एक टक्क हेरेर बस्यो र मन मनै गुन्यो " यो डलर त मैले टिप्छु टिप्छु" भनेर अठोट गर्यो । पर्यटकको अगाडी गएर शिष्ट भएर बोल्यो |
चालक : Excuse me, Sir! May I help you?
पर्यटक : Yes, Of course!
चालक दंग पर्दै बल्ल डलर हात लाग्यो, भन्दै मलाई पनि बाई बाई गर्यो। अस्तु ।

No comments:

Post a Comment