Grab the widget  Get Widgets

Sunday 14 July 2013

पाइलट (Pilot)

एकदिन आन्तरिक बिमानस्थलमा निरीक्षण गर्ने मौका मिलेको थियो । आन्तरिक विमानस्थलको प्रस्थान कक्षमा "काठमाडौँबाट नेपालगंज जाने यात्रु महानुभावहरु दुई नम्बरको गेटबाट प्रस्थान गर्नु हुन अनुरोध छ" भनेर मीठो स्वरमा निमन्त्रणा गर्यो। यात्रु महानुभावहरु लामबद्द भएर एक पछी अर्को गर्दै बोर्डिंग पासको जांच गराएर विमान राखेको ठाउँ सम्म जाने बसमा चढे । जहाजको नजिकै पुगेपछि फेरी सबै यात्रुहरु लाईनमा बसेर जहाजमा चड्दै थियो। लाईनमा रहेको एकजना अधबैसे यात्रुले महिला पाइलटलाई देख्यो, एक त महिला त्यसमाथि दुब्ली, पातली ।

त्यो अधबैसे यात्रु लाईनबाट बाहिर आएर जहाजको कर्मचारी तिर अगाडि बढ्यो र सोध्यो,
यात्रु: "त्यो सानी नानी किन पाईलट बस्ने ठाउमा बसेको ?"
जहाजको कर्मचारीले सरल जवाफ दियो, "त्यो नानी नै यो जहाज चलाउने पाईलट हो।"
यात्रु: "ए ..। त्यसो भए त म यो जहाजमा जान्न।"
कर्मचारी छक्क पर्दै : "किन र बा ? के भो र ?"
यात्रु : "यत्रो ठुलो जहाज यस्ती सानी दुब्ली पातली नानीले कसरी चलाउली? बिचरा दुध खान नै पुगेको छैन जस्तो छ, जहाज चलाउन बसेकी ।
कर्मचारी : त्यो नानी, सानी नानी होइनन् तिनी त पाइलट पो हुन् बा । कति ठाउमा जहाज चलाएर आइसकेकी छिन, किन डराउनु भएको ? केहि हुन्न त्यो नानीले बोक्न पर्ने हो र यो जहाज ? सबै मेसिनले चलाउने त हो नि, बा ! पीर मान्नु पर्दैन, संगै आर्को पाइलट पनि त छ नि !
यात्रु : अहँ ! हुन्न , म त एक जान्न दुइ जान्न तिन जान्न । म फर्केर बरु बस मा जान्छु यो जहाजमा त जाँदै जान्न ।"
यति भनेर त्यो यात्रु जहाजको छेवै सम्म पुगे पनि फर्केर गयो । कर्मचारीको दिमाग खराब ।

यस्तो पनि हुँदो रहेछ । बिचरा ति दुब्ली पातली पाइलट सायद आफुलाई "स्लीम" भनाउंदा हुन्  ले यो कुरा सुने पछी मरी मरी हाँसिन। अस्तु ।

No comments:

Post a Comment