Grab the widget  Get Widgets

Friday 12 July 2013

काठमाडौँ दिल्ली ट्राफिक जाम

एक जमानामा काठमाडौँबाट भारतको राजधानी नयाँदिल्ली सम्म हवाई जहाजमा यात्रा गर्ने मौका पाएको थिएँ | ठुलो जहाजमा यात्रा गर्दाको बेग्लै मज्जा आउदो रहेछ | जहाज भित्र जाने बित्तिकै एयर होस्टेसले ढोकैमा मुसुक्क हाँस्दै दुई हात जोडेर नमस्कार गरिन | एकजना पाका उमेरका नेपाली यात्रु महानुभावले एयर होस्टेस लाई हेर्दै " नानीलाई त चिनिन नि ! कसकी छोरी होउ नानी " भनेर सोधी हाल्यो | एयर होस्टेसलाई के गर्ने , के भन्ने भयो | " हजुर अहिले अलि व्यस्त छु, एकछिन मा हजुरलाई भेट्न आउँला नि है हजुर " भन्दै फेरी अन्य यात्रु महानुभाबहरुलाई पनि नमस्कार गर्दै स्वागत गर्दै थियो |

यात्रु महानुभावहरु सबै आ आफ्नो ठाउँमा विराजमान भैसकेपछि विमानको ढोका लगाईन्  | त्यसपछि सोहि बिमान परिचारिकाले जहाज उडानका अवसरमा गर्नु पर्ने सामान्य अनुशासन बारे जानकारी गराईन् | मेरो दायाँ पट्टिको सिटमा वकिल साहेब बस्नु भएको थियो | मलाई भने त्यो पाका यात्रुलाई फेरी हेर्ने विचार आयो | तर जहाज भर्खर उडेकोले एता उता गर्न मिलेन | संगै को वकिल साहेब संग भलाकुसारी गर्न थालें | जहाजले केहि समयमै उचाई छुन थाले पछी फेरी दायाँ बायाँ आँखा लगाएँ | तर त्यो पाका यात्रुको अत्तोपत्तो भएन | एकछिन पछी एयर होस्टेसले ट्रलीमा खानेकुरा र ड्रिंक्स ल्याउदै, दिंदै, आउदै थियो | साँझको यात्रा भएकोले मज्जाले खाना खानु पर्यो, होटलको खर्च बचाउनु पर्यो, भन्ने लागेर अरुले जस्तै मैले पनि जुस, खाना, सित्तैमा पाउने सबै लिएँ |  हुनत के को सित्तै हुन्थ्यो सबैको पैसा एकै पटक उठाएकै हुन्छ नि, होइन र ?

पछाडीको सिटबाट एउटा आवाज आयो | "ए नानी भनन, तिमी कसकी छोरी हौ ?" त्यो पाका यात्रु त मेरै पछाडिको सिटमा पो रहेछ | मैले एता उता चै हेरें, तर पछाडी हेर्न बिर्सें रहेछ | एयर होस्टेसले हाँस्दै जवाफ दिई " हजुरले मलाई चिन्नु भएको छैन, न त मैले नै चिनेको छु" | "अनि मलाई किन नमस्ते गरेकी नि ? " भनेर फेरी सोध्न थाल्यो | यो मेरो प्रोफेसन हो, मतलब मेरो कर्तब्य हो, कि मैले सबै यात्रु हरुलाई नमस्कार गर्नुनै पर्छ | ए... त्यस्तो पो रैछ ? मैले त मलाई मात्रै नमस्कार गरेकी जस्तो लागेर सोधेको |

करिब एक घण्टा को उडानमा हामी दिल्ली पुग्नु पर्नेमा झन्डै डेढ घण्टा हुँदा पनि जहाज दिल्ली पुगेन | मैले झ्याल बाट एस्सो हेर्दा त रात छिप्पिदै थियो | अनि, यति धेरै समय पनि नलगाउनु पर्ने | म संगै बसेका वकिल साहेबलाई डर लागेछ क्यारे बोल्न सकेको थिएन | मलाई पनि अत्यास लागि सकेको थियो | वकिल साहेबले डर मिसिएको आवाजमा मलाई सोध्नु भयो ; के भएको भाइ हामी दिल्ली त पुग्छौं ? म बिन्दास थिएँ | पक्कै पुगिन्छ नि हजुर | तर खै किन हो मलाई पनि हजुरलाई जस्तै शंका लागेको छ | एस्सो हेर्दा पेट्रोल सकाउने काम गरेजस्तो लागेको छ | वकिल साहेब अतालिएर किन होला भाई ? मैले पनि झट्टै जवाफ दिएँ | इमर्जेन्सी ल्यान्दिंग गर्दा आगलागी नहोस भन्ने उदेश्यले यस्तो गर्छ भन्ने सुनेकोले |

पछाडी पट्टिको पाका बा पनि आत्तिनु भएछ | रामनाम जप सुरु गरी हाल्नु भयो | ए बा ! केहि भएको छैन किन डराउनु भएको हो ? केहि भएको भए त एयर होस्टेस ले जानकारी गरी हाल्छीन् नि, भने तर केहि शीप लागेन | एकिछिंन पछी बल्ल बल्ल यात्रु महानुभावहरु हामी ट्राफिक जाम मा परेका छौं  | अब को दस मिनेट पछी हामीले इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछौ, भन्यो |

वकिल साहेबको बोलि फुट्यो : मेरो त भोलि क्यानाडा को भिसा लिनु पर्छ | अघि त भाईले साटो लिनु भयो नि |आ.....! म त बिन्दास,  वकिल साहेब, यो एअरपोर्ट नभए राजिव गान्धी एअरपोर्ट छंदैछ नि भनेर नि |

ठ्याक्कै दस मिनेटमा विमानले जमिन छोयो | जिउ नै सिरिंग हुने गरी जमिनमा घद्र्याम्म भयो | कति यात्रुले दायाँ हात छातीमा लगेर फेरी निधारमा हात लगेर यात्रा सकुसल अवतरण भएकोमा धोग्यो | अस्तु | 

No comments:

Post a Comment