Grab the widget  Get Widgets

Thursday 11 July 2013

पहिलो हवाई यात्रा

एकदिन काठमाडौँबाट भद्रपुरको उडानमा एकजना नेपाली यात्रु  र एक जना गोरा पर्यटकको भनाभन पर्यो । कुरा के रहेछ भनेर मैले पनि कान थापेर सुने । त्यो विदेशीलाई झ्यालको सिट चाहिने रहेछ ।  तर हाम्रो नेपाली यात्रु पनि पहिलो पटक हवाई यात्रा गरिरहेको हुँदा उसलाई पनि झ्याल नै चाहिने भनेर त्यो सिट छाड्न नमानेका रहेछन ।  एउटा झ्यालको लागि खटपट भै रहेको रहेछ । नेपाली यात्रुलाई म लगाएत कति यात्रु महानुभाबहरुले सम्झाउदा पनि मानेन । त्यस पछी मैले बिमान परिचारिकालाई बोलाएर समस्या सुल्झाउन अनुरोध गरें । बिचरा परिचारिकालाई पनि त्यो यात्रुले कायल पार्यो । मतलब मान्दै मानेन । सिट छाड्दै छाडेन ।  त्यसपछि परिचारिकाले एकजना बिमान चालकलाई बोलायो र समस्या बतायो । जहाज आकाशमा उडी सकेको थियो ।

बिमान चालकले त्यो नेपालीको कानमा छुस्स के कुरा भन्यो त्यो त सुन्न पाएन । तर,  त्यो नेपाली यात्रुले खुरुक्क ठाउँ छाडी दियो । बिदेशी दङ्ग पर्दै झ्यालतिर बस्यो ।  मलाई एकदम अचम्म लाग्यो । यति धेरै यात्रुहरुले कति पटक कुरा सम्झाउदा, बुझाउदा पनि ठाउँ नछाडेका नेपाली यात्रुको मन, त्यो पाइलटको एकैछिनको कानेखुशिले जादुको जस्तो काम कसरी गरेछ भन्ने मनमा कौतुहलता जाग्यो ।

त्यसैले मेरो खुल्दुली हटाउन मैले सोधें "हैन पाइलट साहेब ! तपाईले के भन्नु भयो त्यो यात्रुलाई ! हामीले कत्रो मिहेनत गर्दा पनि नमानेको मान्छेलाई तपाईले त एकैछिनमा मनाउनु भयो।"

पाइलट: " के भन्नु नि ! यो जहाज मैले चलाउदै छु । तपाइले त्यो सिट छाड्नु भएन भने भद्रपुर होइन जनकपुर तिर झारी दिन्छु " भनेको मात्रै हो । बिचरा पहिलो पटक हवाई जहाज चढेका रहेछन । बस जस्तै थानेछन् , पत्यायो । त्यसैले त्यो सिट छाड्यो ।

म  त छक्क परें । यस्तो फन्टुस कुराले पनि समस्या समाधान हुँदो रहेछ । अस्तु ।

No comments:

Post a Comment