नमस्ते! म होटलबाट हो | मार्केटिंगको लागि कल गरेको हो | यहाँको अफिसमा कसले मार्केटिंग हेर्नु हुन्छ ? उहाँलाई पास गरिदिनुस् न | रिसेप्सनमा बस्ने बहिनी नया भएकोले कसलाई पास गर्ने होला भनेर एकछिन विचार गरे पछी एकजना हाकिम साबलाई फोन पास गरिन् |
एक जना अपरिचित महिलाले परिचित झैं गफ दि हालिन | "ओहो सर तपाईलाई भेट्न कति गारो भाको नि ?"
अलि अचम्भित हुँदै हाकिम साबले सोधे "मैले त चिनिन नि ! को बोल्नु भएको नि ? "
उता बाट "आम्मै, सर ! मलाई देख्नु भएको नै छैन, अनि कसरी चिन्नु हुन्छ त? मैले धेरै दिन पहिले इमेल पठाएको थिएँ | अहिले सम्म एकजना पनि गेस्ट दिनु भएन भनेर हामी हजुर संग भेट्न आउन लागेको । आधा घन्टाको टाइम मागेको छु सर। अहिले आउँ ?"
एस्सो घडी हेर्दा साढे बाह्र भएको रहेछ। "तीन बजेतिर आउनुस है ।" भनेर समय मिलाए।
तीन बजे, चारतला माथि रहेको हाकिम साबको कार्यकक्षमा टेलिफोन को घन्टी बज्यो, त्रिङ्ग , त्रिङ्ग,,,, रिसेप्सन कि बहिनीले पाहुना आएको खबर गरिन्।
हाकिम साब "चार कप चिया पनि पठाई दिनुस है"।
कालो कोट र पाइन्ट लगाएकी करीब पाँच फिट उचाईकि गोरो वर्ण कि युवती संगै अधबैंसे युवा हाकिम पनि होस्ट हाकिम साबको कार्यकक्षमा संसंगै प्रवेश गर्यो।
साधारण औपचारिकताको लागि भिजिटिंग कार्ड साटासाट गर्दा हाकिम साब संगैको भाइको कार्ड थिएन । बिचराले ठ्याक्क कुरा मिलाउदै, युवती तर्फ हेर्दै भन्यो। "ए ! मेरो कार्ड त सकिएछ रहेछ । मेरो नम्बर टिप्नुस न प्लीज !"
युवती मुसुक्क हाँस्दै " नो प्रोब्लेम, एस्सो गर्नुस न, तपाईको नम्बर भन्नुस म मिसकल गर्छु ।" नम्बर पनि साटासाट भयो ।
त्यसपछि सिधै औपचारिक बार्तालाप भयो ।
होटेलको रेट मिलाउने देखि गेस्ट पठाउने सम्मको औपचारिकताको हिसाब किताब मिलाउन नसके पछि, पाहुना हाकिम साबले होस्ट हाकिम साबलाई फेरी हिसाब किताब गरेर सहमतिमा पुगौंला भनी त्यो दिनको भेटघाट टुंग्यायो। र क्रिसमस र नया बर्षको कार्यक्रमको कुरा निकाल्यो। अधबैंसे हाकिम साबले युवती तर्फ हेर्दै " ल अब तिम्रो सेल्स म्यानशिप हेर्छु" भनेर बाहिरिनु भयो।
युवतीले लेडिब्यागबाट केहि झिक्दै थियो। एक बन्डल टिकट निकाल्दै " सर न्यू ईयरको निम्तो छ।" हाकिम संगैको कोठामा रहेका सहकर्मी साथीहरुको कान ठाडो भयो। तर जब टिकटको रकमको कुरा आयो सबै जनाले नसुने झैँ गर्यो।
टिकटको दाम सुने पछि, होस्ट हाकिम तिरिमिरी नै भयो "ओहो ! तपाई त खतरा पो हुनुहुँदो रहेछ। लब पर्नु कता हो कता, डेटिङ्ग सेतिंग जानु कता हो कता पहिले नै ट्रेजेडी पर्ने भयो नि त ?"
युवती एकछिन अक्क न बक्क हुँदै रातो पीरो भई। तर जवाफ फ़र्काइनन मुसुक्क हाँसिन मात्रै।
होस्ट हाकिम "पहिलो पटकको भेटमै तपाईले खत्तम नै पार्ने विचार गर्नु भयो कि क्या हो ?" यत्रो टिकट भिडाउन खोज्दै हुनु हुन्छ।"
युवती "त्यस्तो होइन सर। हाम्रो पनि टार्गेट हुन्छ नि।"
होस्ट हाकिम "मतलब म टार्गेटमा परें। "
होस्ट हाकिम अप्ठेरोमा परेको थाहा पाएपछि संगैको कार्यकक्षमा रहेकी सहकर्मी जुरुक्क उठेर आउदै "लौ हाम्रो हाकिमको पैसा सकिने भयो कि क्या हो " भनी मन मनै गुनेर आई र ठ्याक्क कुरा मिलाई " हामीलाई सबै होटेलले फ्रि मा निम्तो दिएको छ। तपाइले मात्रै पैसा भन्नु भएको छ। सबै कर्मचारीहरुलाई कोटा पुगी सक्यो। फेरी यो टिकट किनेर कता जाने ?"
युवती " लौ, त्यसो भए त ठिकै छ सर । मेरी क्रिसमस र ह्याप्पी न्यू ईएर।" फुर्सद मिलाएर फेरी भेटौला भनी अफिस बाट बिदा भई। अस्तु।
No comments:
Post a Comment