शनिबारको दिन पिकनिक मनाएर फर्कने बेलामा बानेश्वरबाट नेपाल यातायातको बस यात्रा गर्न मनलाग्यो। साँझपखको चिसो हावा खाँदै केहिबेरको हिंडाईपछी संसद भवनको पश्चिम पट्टि नेपाल यातायातको बस बिसौनीमा पुगेर कुर्दा टनाटन भरेको बस आइपुग्यो। चड्ने कि न चड्ने दोमन भए पनि बस चड्ने नै निधो गरें र ठेलमठेल गरेर भित्र हुल्यो कन्डक्टर साबले।
ओ अंकल अलि पछाडी पछाडी जानुस है भने पछी जानै पर्यो र अरुलाई पनि ठेल्दै ठेल्दै भित्र भित्रै गएँ। दुई हातले बसको माथि तिरको डण्डी समाए। अपांग र महिलाका लागि छुट्याइएको सिटमा धम्मरधस् गरेर लाजै नमानी धुर्मुस पुरुष सज्जनबृन्दहरु बसेका थिए। बिचरा महिलाबृन्दहरु भने म जस्तै बसको डण्डी समाएर उभिएका थिए।
बानेश्वरबाट बस बिस्तारै आफ्नो सुरमा अगाडी बढ्यो। थापा गाउं आउन्जेल चिसो बढी सकेको थियो। एक जना सज्जनले कुन चाहिं ग्याँस छादेछ कुन्नि ? गुम्म परेको बसमा तुरुन्तै टिएर ग्यांस जस्तै फैलियो। संगैकी आमाले नाक छोप्दै बिस्तारै बोलि फुटाइ " कस्तो कुहिएको चा…. रहेछ थुक्क !" आर्किले थपिन् " तेस्तो होइन बरु के सारो कुहिएको खाएर आ का रहेछन कुन्नि ? "
एकजना बुढा बा ले थपे " कस्तो दुर्गन्ध हो ? अलिकति त ख्याल गर्नु पर्छ नि सार्बजनिक यातायातमा लाजै नमानी यति सारो गर्न त भएन नि, जसले भए पनि अब चाहिं न छाड्नु है। मेरो नम्र निबेदन छ।"
"हनुमान थान, हनुमान थान, झर्ने कोइ छ छिट्टो अगाडी आई हाल्नुस है।" कन्डक्टर साबले कर्कस आवाज मा चिच्च्याए।
एक जना महिला यात्री "कस्तो मोरो रहेछ भर्खर भित्र भित्र जा भनेर कोच्ने अहिले झट्टै आइजे भन्ने। तेरो बाउको गाडी रोक अनि मात्रै आउंछु। नरोकी सुक्ख ?"
कन्डक्टर साब "ए आन्टी न रिसाउनुस न। मेरो पनि त कामै हो अलिकति पैसा पाइन्छ कि भनेर अनुरोध त गर्न पाइन्छ नि हउ।" आन्टी ओर्लनु भयो। अरु यात्रु हरु पनि ओर्लनु भयो।
अनाम नगर पुग्न नपाउंदै फेरी आर्को बिस्फोट भयो। कुन चाहिंले फेरी नाक फोदुवा बम फाद्यो । "ओहो अहिले भने कुहिएको गुन्द्रुक नै खा का र छन् कि क्या हो ? एस्तो त भएन नि। जो जसले हो कृपया अहिले नै झरिदिनु भएमा बस भाडा बरु मै तिरी दिन्थें। "
मलाई चक्रपथ सम्म कहिले आई पुगौंला जस्तो भाको थियो दिक्क लाग्दो बस यात्रा भन्दा बरु ओर्लेर हिंड्नु पर्यो भनेर बीच बाटैमा ओर्लेर खुला हावा खाँदै हिडेर घर पुगें। अस्तु।
No comments:
Post a Comment