Grab the widget  Get Widgets

01 April 2021

हाकिम साब

संधै यो गरेन, यो भएन, त्यो भएन, काम गर्ने ढंग छैन भनेर आफ्नो कर्मचारीलाई कतै तपाईंले हतोत्साहित त गर्नु भएको छैन? छ भने यो कथा तपाईले नपढे पनि हुन्छ है।

कर्मचारीहरुलाई कामचोर बनाउने हाकिमले नै यस्तो बोली बोल्ने गरेका छन् । एक अनुसन्धानमा के देखियो भने, जुन हाकिमले काम बिगार्ने कर्मचारीलाई गाली मात्रै गर्ने, काम गर्न जानेन, निकम्मा, कामचोर, तलबभत्ता मात्रै पचाउन आएको भनेर कर्मचारीलाई नीच देखाउन खोज्छ त्यस्तो हाकिमको हैकमवादी लाई Bossism भन्दो रहेछ। आफु मात्रै जानेको अरु सबै बेबकुफ! भन्थान्दो रेछ त्यस्तो हाकिमले।

तर यस्को ठिक उल्टो, जुन हाकिमले काम बिगारेका कर्मचारीहरुलाई काम गर्ने तरीका सिकाउने र फेरि फेरि गल्ती गर्न नहुने उपाय सिकाउंछ, त्यस्तो हाकिमलाई अनन्तकाल सम्म सम्झी रहने र गुरुको रुपमा नै मान्ने गरेको देखिएको छ। त्यस्तो हाकिमले कर्मचारीहरुलाई सहयात्रीको रुपमा हेर्ने गरेको देखिएको छ। कामलाई सम्मान गर्न सके कम्पनीको पनि उत्तरोत्तर प्रगति भएको देखिएको प्रमाणहरु प्रसस्त देखिन्छ। व्यवसायिक सफलताको लागि कर्मचारीलाई सम्मानका साथ व्यबहार गर्नु पर्छ, न कि कामचोर। यस्ता हाकिमलाई Leader भन्दो रहेछ। 

तपाईं कुन बर्गमा पर्नु भयो? आफै अनुमान लगाउनुस है हाकिम साब! अस्तु!


No comments:

Post a Comment