तिम्रो त त्यो पीठोको कुरोथ्यो। आनी हाम्रो कुरो सुन! हाम्राँ त आलु चट्ट पोलेर घ्यू चट्ट हालेर ग्वाम ग्वाम खाइन्थ्यो। उस्तै परे उसिनेर, बोक्रा सोक्रा खोलेर, पच्याक पुचुक पारेर, धुलो पीठो हुने गरी मजाले मोलेर आलुको ढींडो पनि खाइन्थ्यो है!
एक दिन एउटा खैरे संग रेस्ट्राँमा गाको त त्यै ढींडोलाई म्यास्स पोट्याटो भन्दिरा भन्याँ। अनि ब्रेकफास्ट रे। कति पनि फास्ट थिएन हउ! त्यति जाबो आलु पच्याक पुचुक पार्न पनि धेरै नै ट्याम लाथ्यो। अनि के को फास्ट भन्नु नि बरु "ब्रेक ला" भनेको भे हुन्थ्यो।
तिमीहरूको भन्दा त मेरो ब्रेकफास्ट त झन रमाइलो छ बाबै! एक एकदिन मैले पनि खैरे त होइन, मंगोलियन पर्यटकहरु संग ब्रेकफास्ट खाने निम्तो मान्न गाथें।
जिन्दगीमा पैला पटक ब्रेकफास्ट खाने भनेर बिहान सबेरै उठेर ठमेलको एउटा रेस्टुराँमा गएं है । त्यस्का बाजे ! ब्रेकफास्ट टेबुलमा त थाल भरी गोलभेडा नै गोलभेडा यार! त्यत्रो गोलभेडा त हाम्ले भ्याटल अचार बनाउंदा मात्रै लिन्थ्यौं। निस्तै त खान्नथेम। त्यो मोराहरुले त ग्वाम कि ग्वाम खाइ दियो, मरिच र नुन हालेर! खान नपाएकाहरुले खाए जस्तो, अनि मीठो मानी मानी खायो। राम राम! आफ्नो त आँखा रसायो, बारीस नै भयो नि गांठे! यस्तो पो "ब्रेकफास्ट" जिन्दगीमा नबिर्सने ब्रेकफास्ट ।
तै तै मकैलाई कर्न फ्लेक भन्दा रेछ्न, गहुँको च्युरालाई पोरिज रे, जौको चुरालाई ओट्स रे अनि खाजालाई ब्रेकफास्ट रे। अस्तु!
No comments:
Post a Comment