Grab the widget  Get Widgets

24 August 2013

Magic words

Use these magic words as per situation in your daily life and g
et fantastic result especially who are in travel trade profession.

1. Namaste, Namaskar to greet
2. Excuse me Sir / Madam
3. Thank you
4. Welcome
5. I beg a pardon
6. Sorry
7. No thanks
8. Have a nice trip ( for travler )
9. Nice to meet you
10. See you soon

22 August 2013

Some tips to face an interview for a job

  1. Be cool and confident
  2. Get information of the company which you are applying
  3. Know your position and job detail
  4. Thorough your biodata
  5. Know your strong point and weak point
  6. Sleep well before your interview
  7. Take sufficient water 
  8. Do not attempt in empty stomach 
  9. Be on time
  10. Well dressed: Prefered formal
  11. Clean shaved for male
  12. Communicate your knowledge, skill, experience
  13. Do not show your frustration
Good luck for next interview.

03 August 2013

Check list while you leave your work space


  1. Close your files
  2. Shut down your computer
  3. Switch off all electronic appliances
    1. Lights
    2. Air conditions
    3. Fan
    4. Heater
    5. Coffee maker
    6. Water heater
    7. Micro wave
    8. Any other electrical appliance
    9. Unplug the electricity line
  4. Keep all files in the filing cabinet
  5. Keep safely the unfinished job, memo, circulars, letters etc.
  6. Make sure you closed windows and doors of your premises,

31 July 2013

Accommodation in Nepal.

There are various types of accommodation available in Nepal. From deluxe hotels to huts. Tourists have number of choices. The choice depends on the alternatives provided by tour operators of Nepal. I am writing accommodations available in some of the most popular tourist spots. I will continue in upcoming write ups.

Kathmandu, the capital city of Nepal, tourists can have varieties of accommodations. What type of lodging do you want? Do you like to stay in luxury, standard, budget hotel, motel on the road, resort at outskirts, guest house, lodge, apartment or a local home stay? All available as per the interest of tourists. Budget depends on how heavy is your pocket and your interest ?

Pokhara, a valley, popularly known as city of lakes. Fewa, Begnas & Rupa are the three most popular lakes in Pokhara. Everyone can enjoy the wonderful image of Annapurna mountain range, the most popular virgin mountain Fishtail (Machhapuchhre in Nepali) in Fewa lakes in good weather & have a nice boating in calm water. Lots of hotels are available in lake sides, some nice resorts outskirts of the city.

Chitwan, popular for jungle activities has mostly resorts in & outside the jungle. In this flat land you can enjoy the Elephant safari & jeep safari in jungle, camel ride, bullock cart ride. You will be lucky to see Royal Bengal tiger, one horn rhino, the rarest animal in the world. In most of the resorts, you can enjoy the flavor of local tharu culture - an indigenous group of Southern Nepal.

Lumbini, the birth place of Gautam Buddha, has various types of hotels to Dharmashala (Accommodation for pilgrimage). Ashok pillar, with number of stupas and monasteries of various countries with typical architectures are the main attractions of this place. Meditation in this place gives a peace in mind.

Palpa, a hill station in western Nepal has home stay to budget, standard and one 3 star hotel. This place is famous for Handicraft Karuwa a water vessel and Handloom Palpali Dhaka. Rani Mahal Durbar at Ranighat is another ancient palace polularly known as Taj Mahal of Agra, India is situated at the bank of Kali gandaki river from where one can start rafting.

24 July 2013

अतिथि सत्कार

पहिलो पटक मेरो जन्म थलो तानसेनमा अतिथि भवन देख्दा के रहेछ, यस्तो ठाउमा को बस्न आउछ होला, किन आउछ होला, भनेर निकै खुल्दुली हुन्थ्यो | त्यस्तै कतिपय औपचारिक कार्यक्रममा अतिथि सत्कार समिति भन्ने किन राखेको होला भनेर मन मनै गुन्थें | तर पछी आएर यहि पेशा अंगाल्नु पर्ला भनेर सोचेको पनि थिएन |

के हो त अतिथि सत्कार ? आज यसबारे केहि लेख्ने जमर्को गर्दैछु | मैले पढेको, देखेको, लेखेको, पाएको स्वागत सत्कारबारे लेख्ने प्रयास गरेको छु | पाठकहरुले पनि आ -आफ्नो विचार पोखिदिनुस है |

कुनै कार्यालयमा जाना साथ, कसैले तपाईलाई दुई हात मज्जाले जोडेर नमस्कार ! भनेर सम्बोधन गरि दिंदा तपाईले गर्नु हुने अनुभब कस्तो हुन्छ ? न जोख्न सकिन्छ, न नाप्न सकिन्छ, न तातो, न चिसो  केवल महसुस गर्न मात्रै सकिन्छ | तर तपाईलाई बेग्लै आनन्द आउँछ | नमस्कार गर्ने तरिकाले पनि फरक पार्छ | मुखले मात्रै भन्ने त हात नजोड़ने नमस्कारको त वजन पनि हुँदैन | बेकार हुन्छ |

हवाई जहाज चढ्ने बेलामा बिमान परिचारिकाले मुसुक्क हाँसेर गर्ने स्वागत र स्थानीय बसमा कन्डक्टर साहेबले ठुसुक्क भएर बोलिने भाषामा कत्ति फरक महसुस गर्नु हुन्छ ? दुवै यातायात कै साधन न हुन् |

ट्याक्सीको ड्राइभर र कारको ड्राइभरको बोलीचालीको भिन्नता हेर्नुस | अझै पर्यटक बाहनको चालकको भाषा हेनुस् | गाडी त गाडी नै हो तर कति सफा, कुन गाडी भन्ने मात्रै हो | किन पर्यटक चड्ने गाडी र निजि गाडी चिटिक्क हुन्छन् त | आखिरमा ट्याक्सीले पनि भनेकै ठाउमा पुर्याई हाल्छ क्यारे | जो चढे पनि ग्राहकले भनेको ठाउँ त जान्छ नै |

चालकले ग्राहकलाई गर्ने बोलि, चाली, भाषामा मिठास, सेवा, सत्कारमा नौलो पन आदिले गर्दा पर्यटक तथा अतिथिहरुले ढुक्क संग पैसा तिर्न हिच्किचाउदैनन्  पर्यटक बाहनमा | खरो बोलि, घमण्डी, बोल्दा पनि पैसै तिर्नु पर्ने मान्छे चालक, सह चालक पर्यो भने खत्तम |

होटल, लज, होम स्टे, गेस्ट हाउसमा गरिने सेवाको पनि कुनै नाप तौल गर्न सकिन्न | असाध्यै रमाइलो भयो, साह्रै मज्जा भयो, भन्ने अनुभब मात्रै हो | गाडी एकछिन चड्दा पनि कति ठाउको तिता मिठा सम्झनाहरु याद आइ रहन्छ | साथी भाई संग घुमफिर गर्न जाँदा होस् वा पिकनिक जाँदा, नाच्दाको रमाइलो होस् यी सबै सम्झनामा मात्रै सिमित हुने गरी हामीले हाम्रा अतिथिलाई गर्ने सत्कार, बोलि चाली, ब्यबहार नै "अतिथि सत्कार" रहेछ | जति सुकै मिठो खान दिए पनि "लौ घिच" भन्यो भने त्यो खानाको स्वाद सबै झ्वाम हुन्छ | एक अम्खोरा पानि मात्रै, मीठो बोलीले खुवाउन दियो भने पनि त्यो अमृत जस्तो हुन्छ |

तपाई पर्यटन व्यवसायमा हुनुहुन्छ भने त झन् नभई नहुने गुण मा पर्छ है "अतिथि सत्कार" | तपाइको बोलि गोलि जस्तो भयो भने भोलि देखि तपाईको व्यवसायमा ध्याम्मै धक्का लाग्ला है ख्याल गर्नुस है | बोलि र गोलि एक पटक निस्के पछी आर्काको हुन्छ | सम्हाल्न सकिदैन | अस्तु |

14 July 2013

पाइलट (Pilot)

एकदिन आन्तरिक बिमानस्थलमा निरीक्षण गर्ने मौका मिलेको थियो । आन्तरिक विमानस्थलको प्रस्थान कक्षमा "काठमाडौँबाट नेपालगंज जाने यात्रु महानुभावहरु दुई नम्बरको गेटबाट प्रस्थान गर्नु हुन अनुरोध छ" भनेर मीठो स्वरमा निमन्त्रणा गर्यो। यात्रु महानुभावहरु लामबद्द भएर एक पछी अर्को गर्दै बोर्डिंग पासको जांच गराएर विमान राखेको ठाउँ सम्म जाने बसमा चढे । जहाजको नजिकै पुगेपछि फेरी सबै यात्रुहरु लाईनमा बसेर जहाजमा चड्दै थियो। लाईनमा रहेको एकजना अधबैसे यात्रुले महिला पाइलटलाई देख्यो, एक त महिला त्यसमाथि दुब्ली, पातली ।

त्यो अधबैसे यात्रु लाईनबाट बाहिर आएर जहाजको कर्मचारी तिर अगाडि बढ्यो र सोध्यो,
यात्रु: "त्यो सानी नानी किन पाईलट बस्ने ठाउमा बसेको ?"
जहाजको कर्मचारीले सरल जवाफ दियो, "त्यो नानी नै यो जहाज चलाउने पाईलट हो।"
यात्रु: "ए ..। त्यसो भए त म यो जहाजमा जान्न।"
कर्मचारी छक्क पर्दै : "किन र बा ? के भो र ?"
यात्रु : "यत्रो ठुलो जहाज यस्ती सानी दुब्ली पातली नानीले कसरी चलाउली? बिचरा दुध खान नै पुगेको छैन जस्तो छ, जहाज चलाउन बसेकी ।
कर्मचारी : त्यो नानी, सानी नानी होइनन् तिनी त पाइलट पो हुन् बा । कति ठाउमा जहाज चलाएर आइसकेकी छिन, किन डराउनु भएको ? केहि हुन्न त्यो नानीले बोक्न पर्ने हो र यो जहाज ? सबै मेसिनले चलाउने त हो नि, बा ! पीर मान्नु पर्दैन, संगै आर्को पाइलट पनि त छ नि !
यात्रु : अहँ ! हुन्न , म त एक जान्न दुइ जान्न तिन जान्न । म फर्केर बरु बस मा जान्छु यो जहाजमा त जाँदै जान्न ।"
यति भनेर त्यो यात्रु जहाजको छेवै सम्म पुगे पनि फर्केर गयो । कर्मचारीको दिमाग खराब ।

यस्तो पनि हुँदो रहेछ । बिचरा ति दुब्ली पातली पाइलट सायद आफुलाई "स्लीम" भनाउंदा हुन्  ले यो कुरा सुने पछी मरी मरी हाँसिन। अस्तु ।

12 July 2013

काठमाडौँ दिल्ली ट्राफिक जाम

एक जमानामा काठमाडौँबाट भारतको राजधानी नयाँदिल्ली सम्म हवाई जहाजमा यात्रा गर्ने मौका पाएको थिएँ | ठुलो जहाजमा यात्रा गर्दाको बेग्लै मज्जा आउदो रहेछ | जहाज भित्र जाने बित्तिकै एयर होस्टेसले ढोकैमा मुसुक्क हाँस्दै दुई हात जोडेर नमस्कार गरिन | एकजना पाका उमेरका नेपाली यात्रु महानुभावले एयर होस्टेस लाई हेर्दै " नानीलाई त चिनिन नि ! कसकी छोरी होउ नानी " भनेर सोधी हाल्यो | एयर होस्टेसलाई के गर्ने , के भन्ने भयो | " हजुर अहिले अलि व्यस्त छु, एकछिन मा हजुरलाई भेट्न आउँला नि है हजुर " भन्दै फेरी अन्य यात्रु महानुभाबहरुलाई पनि नमस्कार गर्दै स्वागत गर्दै थियो |

यात्रु महानुभावहरु सबै आ आफ्नो ठाउँमा विराजमान भैसकेपछि विमानको ढोका लगाईन्  | त्यसपछि सोहि बिमान परिचारिकाले जहाज उडानका अवसरमा गर्नु पर्ने सामान्य अनुशासन बारे जानकारी गराईन् | मेरो दायाँ पट्टिको सिटमा वकिल साहेब बस्नु भएको थियो | मलाई भने त्यो पाका यात्रुलाई फेरी हेर्ने विचार आयो | तर जहाज भर्खर उडेकोले एता उता गर्न मिलेन | संगै को वकिल साहेब संग भलाकुसारी गर्न थालें | जहाजले केहि समयमै उचाई छुन थाले पछी फेरी दायाँ बायाँ आँखा लगाएँ | तर त्यो पाका यात्रुको अत्तोपत्तो भएन | एकछिन पछी एयर होस्टेसले ट्रलीमा खानेकुरा र ड्रिंक्स ल्याउदै, दिंदै, आउदै थियो | साँझको यात्रा भएकोले मज्जाले खाना खानु पर्यो, होटलको खर्च बचाउनु पर्यो, भन्ने लागेर अरुले जस्तै मैले पनि जुस, खाना, सित्तैमा पाउने सबै लिएँ |  हुनत के को सित्तै हुन्थ्यो सबैको पैसा एकै पटक उठाएकै हुन्छ नि, होइन र ?

पछाडीको सिटबाट एउटा आवाज आयो | "ए नानी भनन, तिमी कसकी छोरी हौ ?" त्यो पाका यात्रु त मेरै पछाडिको सिटमा पो रहेछ | मैले एता उता चै हेरें, तर पछाडी हेर्न बिर्सें रहेछ | एयर होस्टेसले हाँस्दै जवाफ दिई " हजुरले मलाई चिन्नु भएको छैन, न त मैले नै चिनेको छु" | "अनि मलाई किन नमस्ते गरेकी नि ? " भनेर फेरी सोध्न थाल्यो | यो मेरो प्रोफेसन हो, मतलब मेरो कर्तब्य हो, कि मैले सबै यात्रु हरुलाई नमस्कार गर्नुनै पर्छ | ए... त्यस्तो पो रैछ ? मैले त मलाई मात्रै नमस्कार गरेकी जस्तो लागेर सोधेको |

करिब एक घण्टा को उडानमा हामी दिल्ली पुग्नु पर्नेमा झन्डै डेढ घण्टा हुँदा पनि जहाज दिल्ली पुगेन | मैले झ्याल बाट एस्सो हेर्दा त रात छिप्पिदै थियो | अनि, यति धेरै समय पनि नलगाउनु पर्ने | म संगै बसेका वकिल साहेबलाई डर लागेछ क्यारे बोल्न सकेको थिएन | मलाई पनि अत्यास लागि सकेको थियो | वकिल साहेबले डर मिसिएको आवाजमा मलाई सोध्नु भयो ; के भएको भाइ हामी दिल्ली त पुग्छौं ? म बिन्दास थिएँ | पक्कै पुगिन्छ नि हजुर | तर खै किन हो मलाई पनि हजुरलाई जस्तै शंका लागेको छ | एस्सो हेर्दा पेट्रोल सकाउने काम गरेजस्तो लागेको छ | वकिल साहेब अतालिएर किन होला भाई ? मैले पनि झट्टै जवाफ दिएँ | इमर्जेन्सी ल्यान्दिंग गर्दा आगलागी नहोस भन्ने उदेश्यले यस्तो गर्छ भन्ने सुनेकोले |

पछाडी पट्टिको पाका बा पनि आत्तिनु भएछ | रामनाम जप सुरु गरी हाल्नु भयो | ए बा ! केहि भएको छैन किन डराउनु भएको हो ? केहि भएको भए त एयर होस्टेस ले जानकारी गरी हाल्छीन् नि, भने तर केहि शीप लागेन | एकिछिंन पछी बल्ल बल्ल यात्रु महानुभावहरु हामी ट्राफिक जाम मा परेका छौं  | अब को दस मिनेट पछी हामीले इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछौ, भन्यो |

वकिल साहेबको बोलि फुट्यो : मेरो त भोलि क्यानाडा को भिसा लिनु पर्छ | अघि त भाईले साटो लिनु भयो नि |आ.....! म त बिन्दास,  वकिल साहेब, यो एअरपोर्ट नभए राजिव गान्धी एअरपोर्ट छंदैछ नि भनेर नि |

ठ्याक्कै दस मिनेटमा विमानले जमिन छोयो | जिउ नै सिरिंग हुने गरी जमिनमा घद्र्याम्म भयो | कति यात्रुले दायाँ हात छातीमा लगेर फेरी निधारमा हात लगेर यात्रा सकुसल अवतरण भएकोमा धोग्यो | अस्तु | 

11 July 2013

पहिलो हवाई यात्रा

एकदिन काठमाडौँबाट भद्रपुरको उडानमा एकजना नेपाली यात्रु  र एक जना गोरा पर्यटकको भनाभन पर्यो । कुरा के रहेछ भनेर मैले पनि कान थापेर सुने । त्यो विदेशीलाई झ्यालको सिट चाहिने रहेछ ।  तर हाम्रो नेपाली यात्रु पनि पहिलो पटक हवाई यात्रा गरिरहेको हुँदा उसलाई पनि झ्याल नै चाहिने भनेर त्यो सिट छाड्न नमानेका रहेछन ।  एउटा झ्यालको लागि खटपट भै रहेको रहेछ । नेपाली यात्रुलाई म लगाएत कति यात्रु महानुभाबहरुले सम्झाउदा पनि मानेन । त्यस पछी मैले बिमान परिचारिकालाई बोलाएर समस्या सुल्झाउन अनुरोध गरें । बिचरा परिचारिकालाई पनि त्यो यात्रुले कायल पार्यो । मतलब मान्दै मानेन । सिट छाड्दै छाडेन ।  त्यसपछि परिचारिकाले एकजना बिमान चालकलाई बोलायो र समस्या बतायो । जहाज आकाशमा उडी सकेको थियो ।

बिमान चालकले त्यो नेपालीको कानमा छुस्स के कुरा भन्यो त्यो त सुन्न पाएन । तर,  त्यो नेपाली यात्रुले खुरुक्क ठाउँ छाडी दियो । बिदेशी दङ्ग पर्दै झ्यालतिर बस्यो ।  मलाई एकदम अचम्म लाग्यो । यति धेरै यात्रुहरुले कति पटक कुरा सम्झाउदा, बुझाउदा पनि ठाउँ नछाडेका नेपाली यात्रुको मन, त्यो पाइलटको एकैछिनको कानेखुशिले जादुको जस्तो काम कसरी गरेछ भन्ने मनमा कौतुहलता जाग्यो ।

त्यसैले मेरो खुल्दुली हटाउन मैले सोधें "हैन पाइलट साहेब ! तपाईले के भन्नु भयो त्यो यात्रुलाई ! हामीले कत्रो मिहेनत गर्दा पनि नमानेको मान्छेलाई तपाईले त एकैछिनमा मनाउनु भयो।"

पाइलट: " के भन्नु नि ! यो जहाज मैले चलाउदै छु । तपाइले त्यो सिट छाड्नु भएन भने भद्रपुर होइन जनकपुर तिर झारी दिन्छु " भनेको मात्रै हो । बिचरा पहिलो पटक हवाई जहाज चढेका रहेछन । बस जस्तै थानेछन् , पत्यायो । त्यसैले त्यो सिट छाड्यो ।

म  त छक्क परें । यस्तो फन्टुस कुराले पनि समस्या समाधान हुँदो रहेछ । अस्तु ।

10 July 2013

डलर आयो डलर आयो !

एकदिन त्रिभुवन बिमानस्थलको पार्किंग एरियामा एक जना ट्याक्सी चालकको चालामाला हेरेर बस्ने मौका मिल्यो । म पनि एकजना अतिथिलाई स्वागत गर्न गएको थिएँ । आन्तरिक बिमानस्थलको आगमन कक्षबाट एक हुल पर्यटकहरु बाहिर आउन साथ दङ्ग पर्दैचालकले  भन्दै थियो । ओहो ! कत्ति धेरै डलर आयो डलर आयो !

आउन त आयो तर त्यो चालकले पर्यटकको झोला चाही झ्याप्प तान्न गएन । उसका अरु साथी भाइहरुले गरयाम गुरूम झ्याप पारे पछि सबै पर्यटकहरु गए।  बिचरा चालक लामो सुस्केरा हाल्दै फेरी बोल्यो, डलर त गयो ।

एकछिन पछि फेरी आर्को पर्यटकहरुको टोली आयो । उ  दङ्ग पर्दै बोल्यो । "अघि गए पनि फेरी आर्को त आई हाल्यो नि "। मख्ख पर्दै अब त मेरो ट्याक्सी मा एउटा टोली त कसो नबस्ला भनेर ट्याक्सी तिर हेर्दै, ट्याक्सीलाई भन्दै थियो, "लौ आयो डलर । ट्याक्सी ! ठिक पर है। "

तर उसको दुर्भाग्य त्यो टोलीका सबै पर्यटक एउटा ठूलो पर्यटक बसमा चढेर गयो । दिक्क मान्दै फेरी बोल्यो । "धत् ! त्यो डलर पनि गयो।"

कमिजको बायाँ पट्टिको खल्तीमा हात राखेर खै के झिक्यो अनि बायाँ हातमा राखेर फेरी पाइन्टको दायाँ गोजीमा हात हालेर एउटा सानो बट्टा झिक्यो। अनि मुर्मुरिदै आज कसको मुख हेरेर आएँ रहेछ !! भन्दै अघि झिकेको सुर्ती र चुना बेस्सरी माड्यो । माड़ना साथ् बायाँ हात मा रहेको चुना सहित को सुर्तिलाई दायाँ हातले थपडी बजाये जस्तै गरेको मात्रै के थियो, म त्यस चालकको अगाडी पुगेछु । हाच्छ्युं !! गरेको त बिचराको हातमा धक्का दिन पुगेछु । सुर्ती सबै भुईमा खस्यो । मैले तुरुन्तै "सरि दाजु" भने ।

"ठिकै छ आज मेरो दिन खराब जस्तो छ । एउटा पनि  माछा जालमा परेको छैन त्यसमाथि यो सुर्ती पनि खसी हाल्यो । अब पनि ग्राहक पाएन भने आज दिनभरी यो सुर्ती खान्न लौ जा।" मलाई त एकछिन खुसि पनि लाग्यो त्यो झुक्किएर धक्का लागेको भए पनि एकजनाको बानि त सुध्रिने भयो भनेर । फेरी अर्को सोच पलायो । बिचराले ग्राहक पाएन भने झन् झुर हुने भयो।

एकै छिन् पछि फेरी आर्को समूहमा नेपाली र बिदेशी पर्यटकहरु आए । अहिले भने उ जुरुक्क उठेर नेपाली तिर आँखा नलगाई पर्यटक तिर एक टक्क हेरेर बस्यो र मन मनै गुन्यो " यो डलर त मैले टिप्छु टिप्छु" भनेर अठोट गर्यो । पर्यटकको अगाडी गएर शिष्ट भएर बोल्यो |
चालक : Excuse me, Sir! May I help you?
पर्यटक : Yes, Of course!
चालक दंग पर्दै बल्ल डलर हात लाग्यो, भन्दै मलाई पनि बाई बाई गर्यो। अस्तु ।

30 June 2013

Trust

Trust is the most important part of the success of any business. If you loose a trust between husband and wife, parents on their children, boss on their staff, then you will be nowhere. Many organisations achieved success that have established full trust on their staff. Some of the organisations I know do not trust their junior staffs thinking that they do not have ideas for their jobs. In such case the organisation should cultivate trust in between the management and staff.

The staff should be briefed on the mission and vision of the organisation. A clear job specification & job description, some target to meet with deadline will definitely help. But the staff should have know how on the job responsibility and the authority. The management should extract the knowledge and the quality of the staff.

The management should think training is an investment not an expenduture. This will pay back in productivity and innovative ideas and ultimately the profit of the organisation. This will create the loyalty to the organisation too.

But in some cases, trained staff start bargaining once they got good training, which is bad trend in this corporate world. These staff should not forget the skill they have today is because of the opportunity provided by his/her organisation works for.

The organisation will be reluctant to provide such opportunity, if it is repeated from time to time and future training will be fully stopped. Why do they invest to provide trained staff to their rival organisation?

The staff are gem of the organisation. The organisation should take care of evaluation, transfer, promotion and increament before the staff talk about and go for demand. A timely evaluation to the staff will cultivate the trust in the staff.

This is how you cultivate the trust in the organisation.