Grab the widget  Get Widgets

Wednesday 17 July 2024

राष्ट्रिय परिचय पत्रको फोटो

यता क्यामेरामा हेर्नुस त!
अलि पछाडि जानुस, अनि क्यामेरा मै हेर्नुस् ! 
बाजेले फोटो खिच्ने नानीलाई नै हेरि रह्यो। 
ए बाजे! मलाई हैन के! यी ह्याँ निर हेर्नुस् है!
आँखा झिम झिम नगर्नुस न!
बाजेले झिम झिम नै गरि राख्यो।
ए बाजे! आँखा नझिम्काउनुस त!
बाजेले ठूलो स्वरमा बोल्नु भयो, के भनेको नानी? मैले त कान सुन्दैन नि!
हत्तेरीका! अघि देखि किन भनेको मान्नु भएन रैछ ? भनेको त बाजेले सुन्दै नसुन्ने पो रैछ। सरी है बाजे! नानीले अलि ठूलो स्वरमा भनी।
हाँ ! कता तिर सर्ने नानी? ह्याँ त सर्ने ठाम नै पो देख्दिन त!
ह्या ! बाजे पनि ! सरि पो भनेको ! सर्ने भनेको होइन नि । माफ गर्नु होला भनेको नि !
किन र नानी! तिम्ले के बिराम गरेकी छौ र माफी मागेको? मैले त कै पनि था पाइन त !
ओहो ! ल ल बाजे यता हो, यो क्यामेरामा हेर्नुस म हजूरको फोटो खिच्छु।
अलि कति हांस्दिम त ! अनि चाउरी परेको गाला ननिकाल्नु है नानी!
बाजे हांस्नु भो! फोटो किलिक्क पार्नु भो। अस्तु।

No comments:

Post a Comment