Grab the widget  Get Widgets

Friday 19 July 2024

राष्ट्रिय परिचय पत्र

हेल्लो सरकार!
माननीय मन्त्रीज्यू,
सरकार छ भने जवाफ दिनु होला वा वेब साइटमा सुधार गर्नु होला। मैले राष्ट्रिय परिचय पत्रको अन लाइन फाराम भर्दै गर्दा अन्तिममा आफुलाई पायक पर्ने ठाउँ रोज्ने र समय लिने भनेकोले मलाई नारायणहिटी दरबार पनि हेर्ने, नजीक पनि हुने भएकोले सम्पर्क फोटो खिच्ने र औंठा छाप नारायणहिटी दिने भने दिनको १-२ बजेको समय अनलाइन लिएं।

बोलाएको समय भन्दा करिब १/२ घण्टा अगाडि पुगेर सोधखोज गर्नु पर्ला भनेर नारायण हिटीको पश्चिम ढोकामा पुगें। लाइनमा बस्नुस टोकन लिनु पर्छ भन्यो, पाले दाईले। सो बमोजिम मध्यान्ह १२:३० बजे लाईन बसियो। १ बजे खुल्ला भनेको गेट सवा एक सम्म पनि नखुले पछि पाले दाईलाई सोध्न जांदा, १-२ बजे सम्म खाजा खाने समय हो २ बजे पछि बल्ल गेटमा टोकन बांडिन्छ भन्यो। त्यस्तो कुरा वेबसाईटमा किन नलेखेको त? भनेर प्रश्न गर्दा वेबसाईट बनाउने मान्छेलाई सोध्न जानुस पो भन्छ बा।

No comments:

Post a Comment