27 February 2019
26 February 2019
कन्डक्टरको ज्याला
गैरिधाराको चिया पसलमा दुई जना कुरा गर्दै थिए ।
कन्डक्टर: हैन हो डाइबर साहेब, मेरो ज्याला कैले दिने हो ?
डाइबर: आ...! कति भो र ज्याला नपाएको ?
कन्डक्टर: कति हुनु नि ! दुई महिना त ट्याक्कै कटिसक्यो नि ! यस्तो खाते साउजी संग नि के काम गर्नु र हो ? यस्सो गाडिको पांग्रा बेचेर पुरानो पांग्रा हालेर पैसा असूलुम कि क्या हो ?
डाइबर: हुन्न हुन्न, अहं हुन्न, यो साउजी त ठिकै छ क्या ! त्यो साउजी को आउरे बाउरे अलि बाङ्गो छ जस्तो लाग्छ ! दिई हाल्छ नि ! हतार नगर न।
कन्डक्टर: के को हतार नगर्ने नि यत्रो मैना भैसक्यो, त्यस्का बाजे ! पैसा दिने त कुरै गर्दैन । काम नगरेको भए त ठिकै होला, हाम्ले त काम गरेरै पैसा मागेको हो नि । कि त दिन्न भन्न पर्यो होइन ! पैसा छैन भने, नत्र ! त्यो अगाडिको पांग्रा चै तपाईंले बेच्न सक्नु हुन्न भने म चाहिँ बेच्दिन्छु है । त्यो खाते साउजीले जस्तो बेबार गर्छ हाम्ले नि त्यस्तै गर्छम ।
डाइबर: धेरै नकरा डांका ! चुप लाग, उ साउजी आउंदैछ । म कुरा गर्दिम्ला । मोरा ! जाबो दुई मैनाको पैसा नपाउँदा आकाश खसे झैं ठान्छ ।
#चेतनाभया
09 February 2019
19 January 2019
How to handle crisis?
16 January 2019
कागज खाने हाकिम
एक दिन मेरो टेबुलबाट कागज हरायो। प्रिन्ट गरेको एकैछिनमा नै हराएको कागजबारे सोधखोज गर्दा एकजना कर्मचारीले भन्यो: सर त्यो त कागज खाने हाकिमले पो लानु भयो।
त्यो हाकिमको बानी चै अचम्म कै थियो। जुनसुकै टेबुलमा भएको कागज पनि ट्याप्प टिपेर खल्तीमा हुल्ने बानी रैछ, पाकेटमाराले पैसा हुलेझैं। हाकिम भएकोले कागज मारा सम्म भन्न मिल्लाकी भनेको त कागज खाने पो भन्दिएछ। हा हा हा।
खै के भन्ने?
एक जना मेडमले भन्नु भयो: तपाईंले मलाई बिश्वास नै गर्नु भएन, एउटा जाबो इमेल पठाउ भन्दा नि पठाउनु भएन ।
केही समय पछि: एउटा इमेल पठाउंदा नि सबै जनालाई सिसि गर्नु पर्ने ? म पनि जिम्मेवार मानिस नै हो नि । कति बिश्वास नगर्नु भएको छ्या !
सुचनाको हक सबैलाई हुन्छ भने किन लुकाउने? दिए नि नहुने नदिए नि नहुने । दिए किन दे को भन्ने नदिए किन नदिएको भन्ने । एक जना आउनु हुन्छ दिनुस भन्छ आर्को आउनु हुन्छ त्यो किन दिएको भन्छ । धेरै हाकिमहरुलाई आफू किन हाकिम भएको होला भन्ने नै नबुझे सि कस्को ......को के लाग्छ खै !
आर्को हाकिम साब आउनु भयो: त्यो सबै सुचना मलाई चाहियो।
मैले भने: हुन्न त्यो दिन मिल्दैन।
हाकिम साब: म त यो संस्थाको अधिकारी, तपाईं त जाबो कर्मचारी ! कर्मचारीले मैले भनेको कुरो नसुन्ने ? मेरो के हैसियत, त?
मैले भने: मेरो हैसियत यति हो कि मैले यो सुचना दिन सक्दिन । मलाई माथीबाट यस्तो आदेश छ । त्यो माथी भन्ने धेरै पैले देखि सुनेको थिएं । मैले पनि भन्दिएं।
कर्पोरेट कल्चर नभाको ठाममा यस्ता धेरै कचकच सुन्न पाइन्छ । आफ्नो हैसियत थाहा नहुने को हातमा शक्ति दियो भने यस्तो हालत मज्जाले देख्न पाइन्छ ।
खै के खै के भन्ने?
