Grab the widget  Get Widgets

Wednesday 16 January 2019

खै के भन्ने?

एक जना मेडमले भन्नु भयो: तपाईंले मलाई बिश्वास नै गर्नु भएन, एउटा जाबो इमेल पठाउ भन्दा नि पठाउनु भएन ।
केही समय पछि: एउटा इमेल पठाउंदा नि सबै जनालाई सिसि गर्नु पर्ने ? म पनि जिम्मेवार मानिस नै हो नि । कति बिश्वास नगर्नु भएको छ्या !

सुचनाको हक सबैलाई हुन्छ भने किन लुकाउने? दिए नि नहुने नदिए नि नहुने । दिए किन दे को भन्ने नदिए किन नदिएको भन्ने । एक जना आउनु हुन्छ दिनुस भन्छ आर्को आउनु हुन्छ त्यो किन दिएको भन्छ । धेरै हाकिमहरुलाई आफू किन हाकिम भएको होला भन्ने नै नबुझे सि कस्को ......को के लाग्छ खै !

आर्को हाकिम साब आउनु भयो: त्यो सबै सुचना मलाई चाहियो।
मैले भने: हुन्न त्यो दिन मिल्दैन।
हाकिम साब: म त यो संस्थाको अधिकारी, तपाईं त जाबो कर्मचारी ! कर्मचारीले मैले भनेको कुरो नसुन्ने ? मेरो के हैसियत, त?
मैले भने: मेरो हैसियत यति हो कि मैले यो सुचना दिन सक्दिन । मलाई माथीबाट यस्तो आदेश छ । त्यो माथी भन्ने धेरै पैले देखि सुनेको थिएं । मैले पनि  भन्दिएं।

कर्पोरेट कल्चर नभाको ठाममा यस्ता धेरै कचकच सुन्न पाइन्छ । आफ्नो हैसियत थाहा नहुने को हातमा शक्ति दियो भने यस्तो हालत मज्जाले देख्न पाइन्छ ।

खै के खै के भन्ने?

No comments:

Post a Comment