Grab the widget  Get Widgets

Wednesday, 25 December 2019

बुढिको थर्काईले बुढो थुरुर

बिजुली पसल:
ए साहुनी ! यो रूम हिटर साट्नु पर्‍यो । कालो होइन सेतो रंगको चाहियो भनेर बुढिले थर्कायो । लौ न साहुनी, साटी दिनोस न है ।
साहुनी मुसुमुसु हाँस्दै, हुन त हुन्छ, सेतो हिटरको चैं १००/- रुप्पे बढी लाग्छ है ! मौकामा चौका साहुनीले हान्यो ।
हस जति भनेनि तिर्नै पर्‍यो क्यारे, लौ राख्नोस १०० रुप्पे। नत्र यो जाडोमा बुढिले राती सुट्नै दिन्निन । हे हे ...! 

तरकारी पसल:
पुरुष ग्राहक: ए साहुजी, यो सिमिको कति हो? 
साहुजी: हिउँदे सिमि देखाउंदै, त्यो चाहिँ ८० रुप्पे, अनि घिउ सिमि चैं १०० रुप्पे ।
पुरुष ग्राहक: छोरो तिर हेर्दै, ए बाबु तेरी मम्मिले कुन सिमि लेराउन भनेको?
छोरा: घिउ कुमारी !
पुरुष ग्राहक: धत मोरा ! घिउ कुमारी नि सिमि हुन्छ ? यो जाडोमा खाने सिमि लेरा भनेको होइन?
छोरा: खित खित खित्तित्त हांस्दै, था रेछ त बाउलाई, त्यै हो ।
पुरुष ग्राहक: छोरा तिर हेर्दै, बज्जे ! बाउलाई जिस्काउंदो रेछ । 
छोरा: अनि त तपाईंलाई मम्मिले क्या थर्काउँछ नि घरमा ! कुन सिमि भन्ने नै था रेनछ हजूरलाई! हि हि हि...!

Monday, 23 December 2019

Merry Christmas 2019

स्वघोषित मण्डल

एउटा सभाहलमा बैठक बसेछ। सभा बस्नुको मुख्य बिषयमा छलफल हुन नपाउंदै सभामा बिषयान्तर भएर नेतृत्व चयनको बिबाद निस्केछ। समाधान ननिस्केर छट्पटी हुन थालेपछी एक आपसमा आरोप प्रत्यारोप हुन थालेछ।

यस्तो अवस्थामा एक जनाले यो कुरो म मान्दै मान्दैन भने पछि, प्रस्ताबकको मुख रातो भएछ। आर्को एक जनाले पनि असहमतिमा सहमती जनायो, एक पछि आर्को थपियो। 

प्रस्ताबकहरुको रक्तचाप बढेर थरथर कापेको देखेपछी एकजना बिपक्षीले बिचरा कति सहन नसकेको रहेछ, हृदयघाट भयो भने त आरोप सबै आफैलाई आउला भन्ने कुरो मनमा आएसी यस्लाई पूर्ण बिराम तिर लैजानु पर्छ भन्ने मनसायले चुप लागेछ। बैठकमा रहेका केहिलाई यो सहमति र बिमतीको कुरो लम्ब्याएर उपलब्धी नहुने देखेर दिक्क मानेर बिस्तारै बैठकबाट बाहिरियो।

बिचलित मतहरु बिस्थापित भैसकेपछी बैठकमा थोरैमात्र सहभागीहरु बांकी रह्यो। यस्को फाइदा उठाउन उपयुक्त हुने देखेर एक पक्षले बोलेरै मतदान गरेर आफु आफु नै यो प्रपन्चको पदाधिकारी स्वघोषणा गरेछन। यो नै अत्यन्त लोकतान्त्रिक अभ्यास भएको स्वघोषणा गरेछन र स्वघोषित मण्डल खडा गरेछन् । अस्तु !

Sunday, 22 December 2019

कैले घोर्ले स्वर कैले भूताहा स्वर

यस्तो पनि भोगियो। जाडोको सकस, यसपाली जाडो महिना सुरु हुने बित्तिकै, झ्याप्पै समात्यो बजियाले, बजाउनु बजायो मेरो घांटिमा, ठण्डीले। कष्टकर हप्ता दिन बितेछ। मैले भन्न खोजेको कुरो बुढिले उल्टो पाल्टो सुनेर दिक्कै पार्‍यो। 

बिचरीको नि के गल्ती? मेरो स्वर नै कैले घोर्ले! कैले भुताहा! एक थोक भन्दा आर्को सुन्ने। दिमाग खराब। मेरो मात्रै होइन, मैले कुरो गर्दा सुन्ने आर्को ब्यक्तिको पनि। 

अझ फोनमा कुरा गर्दा त झन समस्या नै समस्या। मैले हेल्लो भनेको उता पट्टी नसुनिने रहेछ, उताबाट खोइ के भो हेल्लो! हेल्लो! भनेको भनै। कैलेकाहिँ भुत बोलेको जस्तो अलि अलि सुनिने रहेछ। अनि "के भो?" भनेर थप प्रश्न सोध्दा चैं जवाफ फर्काउन नै पर्‍यो। जवाफ चैं आधा मात्रै सुनिंदो हो, हाँ! हाँ! के भनेको! बुझेन भन्दा चैं म त ख्याक बोलेको हो! अहिले म भूत भएको छु, भन्नु पर्ने अवस्था।

यो जाडो भर्खर प्रबेश गरेको अवस्थामा यो ठण्डी त मेरो लागि काल झैँ लाग्यो। काम कुरो सबै बिग्रेर वाक्क लागेको छ। अझ झन, सामाजिक संस्थामा त डामाडोल नै भयो। ज्वरोले जकडेको मौकामा चौका हान्नेहरुले ध्वस्त नै पार्‍यो।

यता पढाउन जानु पर्ने मेरो कलेजहरुमा आवाज नभएकोले बिदा माग्नु पर्ने अवस्था। जबर्जस्ती गर्न पनि नमिल्ने। मतलब आवाजले सहमति नदिए पछि कस्को बाउको के लाग्दो रहेछ त? भनेको मतलब मेरो बाउको पनि शक्ति लागेन। बाउले औषधिको पोका लेराउने, आमाले खरानिको टिको लगाएर लागो भागो भगाउने, श्रीमतीले के के को सुप बनाए बनाए! छोराछोरीले बाउको दु:ख देखेर के गर्ने? कति पटक अस्पताल लैजाने? जे गरे नि नहुने!

त्यसैले जाडोको समयमा आफ्नो ज्यानको सुरक्षा आफै गर्नुस है। नत्र कैले घोर्ले, कैले भुताहा स्वर निस्केला है! अस्तु।

Tuesday, 17 December 2019

My heart is broken.

Somebody in this world never considers the corporate culture in the organizations they run. So-called management veterans, they do whatever they like. They shout like anything that they know each and everything in this world and ignore the people having great knowledge.

As these people born in a golden spoon, think that they are the King. They have a misconception in their mindset that as they can speak loudly means they are superior (Totally complex feeling). They have their aristocratic lifestyle, which they inherited from their ancestor, not by themselves. Just inherited.

In such cases, the organization may go in the wrong direction if they have not corrected their way of wrongdoing. It is not good to hurt someone who had contributed a lot in the past. The management committee should accommodate all the contributors as far as possible to run the organization in a good way. 

We should respect each other to gain a pace of development of the organization. There should not have "EGO" problem, neither the "EGO WAR".

My heart is broken with such behaviour. Sorry to all those who are involved in such a GAME. 

Friday, 13 December 2019

दिमाग खराब भो त बाबै !

ए होइ ए होइ ! सार्‍है हेप्यो त हो ! राम राम ! यस्तो हेपाइ त सहनै गार्‍हो भो नि त हो ! तेस्का बाजे त्यसकै घरमा काम गर्ने कामदारलाई गाली गरे सरह गर्‍यो त बाबै ! अनि मलाई त "यु आर आउट" नै भन्यो बाबै ! यो मेरो सानो चित्त माखाको पित्त पनि दुख्यो बाबै ! क्यार्नी होला ?

धत लाटा ! यस्तो कुराँ नि चित्त दुखाउने ?

क्यार्नी त ? सहन नि सक्दिन, भन्न नि सक्दिन, बरा टेन्सन पो भयो बाबै ! अचम्म त आजकाल फुन गर्न पो थालेछ त बाबै ! गाली गर्ने बेलाँ दायाँबायाँ केही नहेर्ने अहिले के खान फुन गर्छन कुन्नी ! 

फुन उठाउन नि डर लाग्छ । फेरि गाली गर्न त होला नि तेस्का बाजे । सिधै गाली गरेर मात्रै पुगेन फेरि फुनबाट नि गाली गर्न घण्टी टिनिन्न बज्या बजै गर्छ । 

आफ्नो त मुटु नै हल्लिन्छ बाबै क्यार्नी होला ? आफ्नो त दिमाग खराब भो त बाबै ! खोजी खोजी गाली गर्ने नि चलन रेछ यो सहराँ ! हाम्रो तिर त झ्याप्पै दियो कुरो खत्तम । याँ त बरा गार्‍हो पो रेछ । अस्तु ।



Thursday, 28 November 2019

जागिर

एक जनाले फेरि थर्कायो त!
कस्तो हाकिम हो तपाईं त!
जाबो एउटो जागिर नि मिलाउन नसक्ने?
आफु याहां काम नपाएर छ्ट्पटाएर बसेको छु।
बरु ताजा ताजा तामा एक बाल्टिन ल्याइ दिम्ला, जागिर चैं यस्सो हल्लिन भए नि खानु पर्‍यो हाकिम। मलाई सब कुरो थाहा छ।
म त्वां!

Wednesday, 25 September 2019

आफ्नै पैसा माग्दा मगन्ते रे

तपाईंले कसै संग पैसाको कारोबार गर्नु भएको छ ? या कुनै काम गरे बापत लिनु पर्ने छ ? भने तिर्नु पर्ने मनुवाले तपाइँको फोन ब्लक गर्‍यो भनेर अचम्म मान्नु पर्दैन ।

तपाईंको मात्रै हैन यो दुनियाँमा धेरैले यसो गर्ने गरेका छन । काम नगर्दा सम्म गोडा नै ढोगुम्ला झैं गर्ने जन्तुले काम सकिसके पछि इन्तु न चिन्तु हुने गरी तपाइँलाई घुमाइदिने गर्छ भने नि न आत्तिनुस । त्यस्तो ब्यक्ति तपाईं मात्रै एक्लो हुनुहुन्न म पनि छु अरु पनि छन कसै कसैले मन मनै गाली गर्ला, कसै कसैले थप्पड हिर्काउला, तपाईं हामीले चाहिँ यो सामाजिक संजालमा लेखम्ला । बुद्धि फिरे छिट्टै देला नफिरे त्यस्तो कुरो नि सामाजिक संजालमा लेख्ने भनेर उल्टै  टोपल्ला ।

यो समाज हो हाम्रो समाज । नदिए हामी नजाती, दिएर माग्दा हामी आफै मगन्ते रे ! अझ तिम्रो पैसा खाएर भागेको छैन क्यारे ! यै देशांछु क्यारे ! तिरिहाल्छु नि ! जाबो त्यति पैसा खाएर भाग्ने मान्छे हो ? भनेर पो भन्छ बा ! त्यस्का बाजे ! जाबो त्यति पैसा फिर्ता दिन नसक्ने कुलंघारले उल्टो हाम्लाइ नै थर्काउने । जो चोर उसकै ठूलो स्वर भनेको यस्तो पो रेछ ।

खैर ! कसैको परिश्रम त्यस्सै खाने बिचार गरेकाहरुबाट साबधान ! कुकुर देखि होशियार भनेझैं !

(देब्रे पत्तिको Follow बटनमा पनि क्लिक गरि दिनुस है)

Friday, 13 September 2019

फिस करी: सौराहा कथा


एक जनाले भन्यो: फिसकरी भनेको त माछा पो ल्यायो त केटाले।
आर्कोले थप्यो: त्यै त के लेराको होला? फिसकरी पो ल्याउनु पर्ने, माछा पो ल्यायो त। 

वेटर: ए हजूर ! फिसकरी भनेको माछा सहितको झोल हो नि त!

पहिलो: एहै एहै! त्यस्तो ठा पाको भए माछाको झोल नै मगाउने थिएँ नि ! के के न भनेर फिसकरी मगाको, माछा नै पो परेछ।
#सौराहा #कथा

Monday, 9 September 2019

विद्यार्थीको निहुँ अनेक

दुई चार दिन देखि तपाईं त देखिनु भएन नि यो कक्षामा किन?
सर! आज त उठेकै ढीला भयो,
हिजो, अस्ति सुतेकी ढीला भएकोले ढीला भयो,
अस्ति त काम बढी भएकोले ढीला भयो,
त्यो भन्दा एक दिन अगाडि हाम्रो कुकुरले आर्को कुकुरसंग झगडा गरेकोले ढीला भयो,
तर सर जे भएनी कक्षामा चैं हाजीर भाको छु है।
गुरु: यस्तो पो विद्यार्थी ! जस्तोसुकै हाल भएनी लास्टै दु:ख भएनी कक्षामा चैँ आउनु हुन्छ, यस्तो विद्यार्थीलाई Dedicated Student of the Year भनेर सम्मान गर्नु पर्ला। पुच्छारमा संधै ढीला आउन के गर्नु पर्छ भनेर सम्मानित गरिएको भनेर लेख्न चैँ नछुटानु है!

#निहुँअनेक

(देब्रे पत्तिको Follow बटनमा पनि क्लिक गरि दिनुस है)

मर्निङ वाक

अस्ति मर्निङ वाक जान्छु भनेको अल्छी लाग्यो,
हिजो जाम भनेको काम पर्‍यो,
आज हिंडम भनेको पानी पर्ला जस्तो छ,
यो दिनहुँ केहि न केहि काम परेर मर्निङ वाक जान भ्याइएन।
कुनै दिन त फुर्सद मिल्ला नि अनि जाम्ला।
अनि बिहान पाँच किलोमीटर हिंडेसी त निक्कै भोक लाग्दो रैछ, त्यसपछी मज्जाले जेरि स्वारी र ग्वारमरी खाइन्छ तै पनि म स्लिम हुन सकेको छैन।
#क्याफसाद #निहुँअनेक

(देब्रे पत्तिको Follow बटनमा पनि क्लिक गरि दिनुस है)

Sunday, 8 September 2019

यो सम्बन्ध कस्तो कस्तो?

यो सम्बन्ध कस्तो कस्तो
न तिमी मेरी श्रीमती,
न त म तिम्रो श्रीमान,
तर पनि तिमी म संग खुल्छ्यौ,
म पनि तिमी संग,
तिमी !
तिमी र तिम्रो श्रीमान संगको सम्बन्धको बेलिबिस्तार लाउँथ्यौ,

म र मेरी श्रीमती संगको सम्बन्धको बेलिबिस्तार लाउँथें
न म मनोचिकित्सक
न म झांक्री
न म धामी
न म फुक्ने बाजे
न तिमी मेरी पेसेन्ट
न तिमी बोक्सी लागेको बिरामी
न तिमी प्रेमी
न म पागल प्रेमी
तर पनि सबै अन्तरंगका कुराहरु निर्धक्क बोल्थ्यौ
म निर्धक्क सुनी रहन्थें
म संग कुनै संबेग रहन्थेन
तर कैले काहीँ तिमी रोमाञ्चित हुन्थ्यौ
म पनि रोमाञ्चित हुन्थें
जवानीमा म संग रोमान्स गर्न नपाएनी
यो बुढेसकालमा रोमान्स गर्छु भन्ने तिम्रो आग्रह देखेरे एकदिन
मेरी श्रीमती पनि लजाएकी थिइन,
तिमी धुक्क बोलि रहन्थ्यौ
मेरो सामु मस्त रहन्थ्यौ

मेरी श्रीमतीलाई तिमी संग भएको सबै कथा ब्यथाहरु बेलिबिस्तार लगाउँथें,
मेरी श्रीमती मरी मरी हांस्थी,
छ्या ! त्यस्तो कुरो पनि गर्न हुन्छ?
अर्काकी श्रीमती संग भन्थी,
तिमिले पनि तिम्रा श्रीमानलाई बेलिबिस्तार लाउथ्यौ रे
तिम्रो श्रीमानले हाँसो थाम्न नसकेर एक दिन मलाई नै भेट्न आउनु भाथ्यो,
भेट्ने बित्तिकै खिट्का छाडेर हाँस्नु भाथ्यो,
के भनेका थियौ तिमिले मेरा बारेमा?
मलाई एकनासले हेरेर भन्नु भयो,
तपाईंलाई भेट्न मन लागेर आएको।
मेरी श्रीमतीलाई मैले भन्न नसकेका कुराहरु तपाईंले सहजै भन्नु भाको,
उनी परिवर्तित भाको,
तपाईंले के जाडु गर्नु भाको?
खोइ!
मैले के नै गरेँ र?
भएकै कुरो भन्देको हो,
यो उमेरमा हुने कुरो भन्देको,
न जाडु गरेको,
न टुना मुना लाको,
सायद! तपाईंले
तपाईंका श्रीमतीको मनोबिज्ञान नबुझ्नु भाको होकि,
सायद तपाईंकी श्रीमतीले भन्न लजाएकी हुन कि?
सायद!
तपाईंहरुको बीचमा मज्जा संग खुल्ने समय नभएको होकि?
तपाईंको ब्यस्तता होकि?
बिबसता होकि?
अरु कसै संगको सम्बन्ध होकि?
तर पनि तिम्रो र मेरो
सम्बन्ध कस्तो कस्तो
कुरा काट्नेलाई डोको भरिको भारी जस्तो
न तिमी मेरी आमा पत्तिको
न म तिम्रा बा पत्तिको
यो सम्बन्ध कस्तो कस्तो
निक्कै नारिएको
निक्कै बेरिएको
न प्रेम हो
न मायाँ हो
न बेपारी हो
न पुर्वजन्मको सम्बन्ध हो
यो सम्बन्ध कस्तो कस्तो
कुरा काट्ने लाई डोको भरीको भारी जस्तो

चाइनीज पर्यटक

(ठमेलको एउटा कुनामा एक छिन साथी कुर्दा दुइजना पर्यटन ब्यबसायी भेट भएको पृष्ठभुमि)
के छ हो हाल खबर ?
भिजिट नेपाल, खायो कपाल, जय नेपाल!
चिनियाँ पर्यटक हुरुर आयो भने २० लाख पुगिहाल्छ नि।

ह्या ! यस्ता पर्यटक नि के को पर्यटक? जो चिनियाँ कम्पनीले चलाउँछ, चिनियाँ साहुजीको होटलमा बस्छ, चिनियाँ रेष्टुरेन्टमा खान्छ, चिनियाँ पसलमै किन्छ, चिनियाँ गाइड संगै घुम्छ।

हामीले ती चिनियाँ पर्यटकहरुको प्लास्टिक र फोहोरमैला सोहरेर सफा गर्ने त हो नि! अनि चिनियाँ पर्यटक आयो भनेर दंग पर्ने मात्रै त हो नि।

तपाईंलाई थाहा नै छ नि! कतिपय ठाँउमा त चिनियाँहरु पर्यटक भिसामा आएर बिना वर्क परमिट नेपालमा आरामले काम गरि राखेको पनि छ। हाम्रा केटाहरु चैं खाडीमा काम खोज्दैछन।

यो भिजिट नेपाल भन्ने नि के हो? के हो? खोइ हामीले कसरी काम गर्ने हो मैले त केही मेलो मेसो नै पाइन यार!

त्यसैले भिजिट नेपाल, खायो कपाल !

Monday, 2 September 2019

Trekking Guide Training, Nepal Mountain Academt

Vinaya Shakya, Instructor taking the class to future Trekking Guide of Nepal Mountain Academy.

Saturday, 24 August 2019

भ्रमण बर्षमा के गर्ने?

नेपाल भ्रमण बर्ष २०२० र लुम्बिनी भ्रमण बर्ष २०७६ मा नेपालमा के गर्ने?
१. कति ठाउँमा छुट छ?
२. फोटो खिच्ने कामको लागि ड्रोन उडान गर्न पाउँछ कि पाउँदैन?
३. लुम्बिनीमा गएर कति दिन बस्न मिल्छ?
४. कता घुम्ने ठाउँ छ?
५. के के गर्ने सुबिधा छ?
६. ध्यान बस्ने नियमित कार्यक्रम छ कि छैन?
७. गुम्बामा कति दिन बस्न पाउँछ?
८. गौतम बुद्ध एयरपोर्ट कैले देखि खुल्छ?
९. टुरिष्ट बसको सेवा कुन कुन ठाउँमा पाउँछ?
१०. पर्यटन क्षेत्रमा सौचालय सुबिधा छ कि छैन?
११. आराम कुर्सी छ कि छैन?
१२. अपांगमैत्री ठाउँ छ कि छैन?
१३. पानी पिउने ब्यबस्था छ कि छैन?
१४. सुचना पाटी छ कि छैन?
१५. फोटो खिच्न मिल्छ कि मिल्दैन?
यस्ता प्रश्नको जवाफ पाइन्छ? भनेर सोध्छन आजकालका पर्यटक।

Sunday, 11 August 2019

पर्यटनबिद

एकजनाले सोध्यो: यो पर्यटनबिद भनेको कस्तो मान्छेलाई भनिन्छ?
संगै बस्नेले भन्यो: जस्ले पर्यटन जान्यो त्यै पर्यटनबिद हो नि।
आर्कोले भन्यो: जस्ले पर्यटन अध्ययन गरेर स्नातक गर्छ त्यो पर्यटनबिद र स्नातकोत्तर गर्ने मान्छे चै पर्यटन बिज्ञ।
पहिलोले थप्यो: हाम्रो देशमा यस्ता बिज्ञ शिज्ञको काम छैन। हिजो अस्ति बस चलाएको मान्छेले आज हेलिकप्टर चलाएछ्न, होटल चलाएछ्न, त्यस्ता पो पर्यटनबिद र बिज्ञ हुन नि। बडा आयो पढेलेखेका बिज्ञहरु।
संगै बस्नेले भन्यो: त्यै त भन्या नि जस्ले पर्यटनको काम गरेर कुष्ट दाम कमाएका छन त्यस्तो पो पर्यटनबिद। दाम कमाउन नसक्ने पढेलेखेकाहरुलाई नि पर्यटनबिद भन्छ्न र?
आर्कोले भन्यो: मैले जाने अनुसार त स्नातक गरेकाहरु नै पर्यटनबिद हुन र स्नातकोत्तर गरेकाहरु चै बिज्ञ। तिमीहरूले आ-आफ्नो बुद्धिले जे भेट्टाउछौ त्यो नै पर्यटनबिद हो। अरुलाई बुद्धिजीवी नथान्नेहरु अनि आफू मात्रै सबै जान्ने सुन्ने नै पर्यटनबिद होला नि। बांकी सबै पाठकको बिचार। अस्तु।

Friday, 9 August 2019

तीन पटक हाँस्ने सर

मेरो एक जना सर हुनुहुन्थ्यो। निक्कै सोझो, मतलब व्यंग्यबाण बुझाएर बुझाउन नसकिने। यस्तैमा हामी पोखरा घुम्न जाँदा संगै बस्ने अवसर पायौं। विभिन्न किसिमका उपद्रो कुरा कानी हुँदा पनि मेरो सर चैं गम्म परेर बस्नु हुन्थ्यो। हामी हाँसेको देखेर दिक्क मान्नु हुन्थ्यो। अनि फेरि मैले मेलै संग बेलि बिस्तारै लगाएर बुझाए पछि बल्ल हाँस्नु हुन्थ्यो।

यस्तैमा एक पटक हामीले कुरा टुंग्याउन नपाउँदै त्यो सर त मज्जाले हाँस्नु भयो। अनि मैले सोधें: सर जी, तपाईंले साँच्चै बुझेर हाँस्नु भयो कि त्यस्सै?

सरले भन्नू भयो: त्यस्सै !

मैले भने: किन?

सर: हाँसेन भने फेरि तिमी मोराहरुले बुझेन अनि हाँसेन भनी हाल्छौ नि।

मैले भने: हाँस्नु त भयो सर तर अलि चाँडो भयो। मेरो कुरो नै टुंगिएको छैन। कुरो टुंगिएसी हाँस्दा बल्ल मीठो हुन्छ क्या! सर!

सर: कस्तो मोरो रहेछ। हाँसेन भने बुझेन भन्छ, हाँस्यो भने चाँडै भो भन्छ। अनि कैले हाँस्ने त?

मैले भने: कुरो टुंगिएसी ।

सर: तेरो कुरो कैले टुंगिने कैले, अनि म कुरेर बस्ने त?

मलाई यो सरको दिमाग चाट्न मन लागेन अनि चुप लागेँ। भोलिपल्ट बिहान ब्रेकफास्ट खाने बेलामा सर हाँस्नु भयो। मलाई काउकुती लागेर सोधेँ । सर आज चैं किन हाँस्नु भयो? मैले त केही कुरो गर्न नि भ्याएको छैन।

सर: हिजोको कुरो मैले हिजो राती नै बुझेँ अनि राती पनि हाँसेँ। अहिले तिमी देख्नासाथ फेरि हाँस्न मन लाग्यो र म चैं हिजै किन न हाँसेको होला भनेर अहिले फेरि हाँसेको नि। तिमीहरु त एक पल्ट हाँस्छौ। म त तीन तीन पटक हाँसें। खोइ कुरो बुझेको? म ट्वाँ ! अस्तु !

Thursday, 8 August 2019

खुर्सानीको कमाल

दुईजना पर्यटकहरु सोलुखुम्बुमा पदयात्रा गर्दै नाम्चे बजार पुगेछन। नाम्चेमा खाना खाने बेलामा नेपाली खाना मगाएछन। साउनीले नि भातको चुली बनाएर चुली माथी पीरो खुर्सानी रोपि दिएछ। सगरमाथाको टुप्पोमा झण्डा राखेझै। पर्यटकहरु खाना कसरी खाने रहेछ भनेर दायाँबायाँ हेरेछ्न। धेरैजसोले पहिले जे सुकै खाएनी पहिलो पर्यटकले अन्दाज लगाएर भातको चुलीमा रहेको खुर्सानी नै पहिला क्वाप्प खाएछ। खुर्सानी यत्ति पिरो रहेछ कि खुर्सानी खाएर पहिलो पर्यटकले तुरुक्कै आँसु झारेछ। पहिलो पर्यटकले आँसु झारेको देखेर दोश्रो पर्यटकले सोधेछ: किन रोएको पासा?

पहिलो पर्यटकले जवाफमा: यो भात खांदा खांदै मैले दोश्रो बिश्वयुद्धमा मेरा बा आमा बितेको कुरो सम्झेकोले आँसु आएको भन्यो।

ए! त्यसो पो रहेछ। बिचरा कति संबेदनसिल रहेछ पासा त ! भन्दै दोश्रो पर्यटकले पनि पहिलेकोले जस्तै पहिला खुर्सानी नि नै ताक्यो र खायो। खाने बित्तिकै दोश्रो पर्यटक पनि रोयो अनि पहिलो ले सोध्यो: तिमी चैं किन रोएको नि?

दोश्रो पर्यटकले भन्यो: किन भन्ने नि ! त्यो दोश्रो बिश्व युद्धमा तँ चैं किन मरिनस भनेर नि। मुर्दार! यस्तो पीरो छ भनेर भन्नु पर्दैन? तेस्काबाजे ! स्यु हा ......!

बिचरा पहिलोले पीरोको कथा सुनाएको भए दोश्रोले पीरो भोग्न त पर्दैनथ्यो होला। दुबै जनालाई पीरोले दिमाग खराब गरेको रहेछ। तर पनि एक आर्काले पीरो खुर्सानीको कमालको अनुभव गराउन दुबैले केही नभनेका रहेछ्न। अस्तु!

Sunday, 4 August 2019

मोटरसाइकल

ग्राहक: ए साउजी ! यो मोटरसाइकलले धेरै पेट्रोल खायो, केही उपाय छैन ?
साहुजी: छ नि ।
ग्राहक: छ भने के गर्नु पर्‍यो त मैले ?
साहुजी: केहि गर्नु पर्दैन । यो मोटरसाइकल फाल्ने नयाँ किन्ने । अनि नयाँ मोटरसाइकलले कम पेट्रोल खान्छ ।
ग्राहक ट्वाँ !!!!!

Monday, 29 July 2019

अङ्ग्रेजी

एक दिन मेरा हाकिमले बडो गर्भका साथ भन्नु भयो: सुन्यौ बिनय ! त्यो केटाले गज्जबको अङ्ग्रेजी बोल्दो रहेछ नि ! पूरा बेलायती टोनमा ! कस्तो राम्रो !

अनि के बोलेछ त सर त्यो केटाले ?

अङ्ग्रेजी नि !

अङ्ग्रेजी त बुझें, मैले तर बोल्यो के त?

खोइ कुन्नी ? के बोलेको त्यो त मैले बुझिन । तर अङ्ग्रेजी त चैं गज्जब नै बोल्यो ।

#मेरिबास्सै #तेस्काबाजे #गज्जब

Saturday, 27 July 2019

फलो गर्ने बटन थप गरिएको बारे

नमस्कार ब्लग पाठकज्यूहरू !

मेरो ब्लग पढ्न रुचाउनु हुने पाठकहरुलाई यो ब्लगको बायाँ तिर मैले एउटा फलो बटन थप गरेको छु | कृपया क्लिक गरेर फलो गर्नु हुन अनुरोध छ | साथै मेरो ब्लग इमेलबाट र सोझै ब्लगबाट पनि Subscribe गर्न मिल्छ भन्ने जानकारी दिन चाहन्छु | प्रबिधीको प्रयोग गरेर तपाइँहरु समक्ष नियमित रुपमा नयाँ नयाँ ब्लगहरु प्रस्तुत गर्ने जमर्को गरेको छु | यहाँहरुको साथ र समर्थन आगामी दिनहरुमा पनि रही रहने आशा गरेको छु |

विनय शाक्य 

Thursday, 25 July 2019

समाबेशी

एउटा झुण्डमा चन्द मुन्दहरुको भेला भएको ठाममा समाबेशीको कुरो चलेछ। तीन पार्टीका चुच्चेहरु मध्ये एक जनाले हुललाई उक्साएर झगडा गरेझैं गरेछ। यसै बीच थेप्चे, नेप्टेहरु एक आपसमा हात हालाहाल गरेछ्न। बडा कच् कच् भए पछी सबै पार्टीका चुच्चेहरु मिलेर समाबेशी पार्टि समिति गठन गर्ने भनेछन । सबैजनाले सहमत पनि गरेछ्न । तीनै जना चुच्चेहरुले तीनै पार्टीको नेतृत्व लिने गरी तीन पार्टी समाबेश भएछन । ती सबैलाई त्यहाँ उपस्थित नेप्टे र थेप्चेहरुले जोडदार ताली बजाएछन ।

ती नेप्टे र थेप्चेहरुले ती चलाख चुच्चेहरुको न ताल बुझेछन न कुनै राजनैतिक चाल बुझेछन । तर सबैजना दङ्ग परेछन । यस्तो लाई नि समाबेशी भन्दा रहेछन यो देशमा । त्यो दृश्य देखेर यो पंक्तिकारलाई दिक्क लाग्यो । अस्तु|
#वाक्कदिक्कहाक्कथुक्क

Saturday, 6 July 2019

पैसा बचाउने उपाय रे

धेरै बर्ष पछि भेट भएका एक जना अवकाश प्राप्त सरले भन्नु भयो: के छ हाल खबर? अहिले कता तिर हो?
मैले भने: यस्सो बिहान बिहान कलेज पढाउँछु, दिउँसो यस्तै संघ संस्थामा आफुले जानेको कुराहरु शेयर गर्ने गर्छु सर ।
सर: भनेसी कमाई राम्रै छ ! अहिले ३०-४० हजार जति त भेट्छ होला नि !
मैले नि सहज भएर भने: ऊमं ! खान पुग्छ सर !
सर: मैले देख्दा तिमीले खासै कमाउन चैं सकेनौ बाबु ! खोई तेत्रो पैसा कमाउँदा नि केहि गरेका देख्दिन त ।
मैले भने: त्यस्तो खासै गर्न सकिएन सर तपाइंले जस्तो |
सर: अलिकति पैसा मलाई सापट देउ न त, तिम्रो कमाई त राम्रै छ जस्तो लाग्छ ।
मैले भने : तपाइंले अनुमान गर्नु भएकै छ नि त । मैले कति कमायो भनेर । अनि मैले नकमाए नि तपाईंलाई अप्ठेरो त परेको छैन नि !
सर: त्यस्तो त होइन, तिमीले कमाएर पनि बचाउन सकेन । मलाई अलि सापट दियो भने मेरो काम पनि टर्ने तिम्रो पैसा नि बच्ने उपाय छ भनेर भनेको नि ।
मैले भने: त्यसो भए मैले के गर्नु प-यो त ?
सर: त्यस्तै पान दश लाख देउ न! तिम्रो पैसा पान दश बर्षमा जस्ताको तस्तै फर्काइ दिम्ला । तिमीले सबै खर्च गरेरै सिध्याउँछौ रहेछ । तिम्रो पैसा नि बच्ने मेरो काम नि टर्ने ।
म एकछिन त्वां परें: त्यत्रो पैसा तपाईंलाई किन चाहियो र यो बुढेसकालमा ?
सर: यस्सो जग्गा सग्गा किनेर राख्ने नि अनि बेचेर तिम्रो पैसा फर्काउने । तिम्रो पैसा नि फिर्ता मेरो जग्गा को इच्छा नि पूरा हुने, साँप पनि मर्ने लठ्ठी पनि नभाँच्ने उपाय भनेको नि ।
मैले भने: मलाई के फाइदा त ?
सर: तिम्रो पैसा मैले चलाए पनि जस्ताको तस्तै सग्लै फिर्ता । कमसे कम तिमीले खर्च गर्न त पाएन नि ! तिम्रो पैसा पनि  बच्यो । मेरो जग्गा किन्ने रहर नि पूरा हुने ।
मलाई के कुन्नि ले टोकेको छ कि क्या हो? त्यो अवकाश प्राप्त बुढोलाई पैसा राख्न दिन। न आमा पट्टीको न बाउ पट्टिको । न त त्यसरी नै पैसा बचाउनु छ। धन्य ! अवकाश प्राप्त सरको बुद्धि । अनि मेरो अनुहार ! अस्तु ।
#गज्जब छ बा !

Friday, 21 June 2019

बेइमान साहुजी

एउटा चुकुल किन्न गएको, साहुजीले यस्तो चुकुलको फेसन नै गैसक्यो भन्यो। आजकाल नयाँ मोडेल मात्रै आउँछ, अब त पाउँदैन भन्यो। मलाई भने त्यो साहुजीले भनेको पारा ले झन पत्याउनै गाह्रो भयो। 

होइन साउजी ! तपाईं कहाँ पाउँदैन भने अरु तिर नि पाईंदैन र?

साहुजी: ल, म कहाँ नै छैन भने अरु कस्काँ होला र सम्भब नै छैन | बाजी ठोक्ने? भन्यो बा !

मलाई अब चैं यो साहुजीले अलि बढी नै खोक्यो भन्ने १००% कन्फर्म भयो।

भै हाल्यो साहुजी, तपाईं कहाँ फेरि आउँला, एक पटक संगैको पसलमा सोधम्ला भनेर निस्कन लाग्दा साहुजीले फेरि खोक्यो |

साहुजी: ह्या...! म कहाँ नभएको सामान अरु कोमा पाउन त गार्है होला है। ल ल ! तै तै एक पटक खोज्नुस न तपाईं कै खुट्टा दुख्ने त हो नि।

संगैको साहुजीलाई बिस्तारै सोधेँ, फेसन गएको चुकुल पाउँछ? 


दोश्रो साहुजीले खुरुक्क झिकेर मैले खोजेको जस्तै चुकुल ल्याइ दियो।


सामान किने पछि पहिलो साहुजीलाई ओ बेमान साहुजी ! चुकुल पाउँदैन भनेको होइन? भनेर मैले किनेको चुकुल देखाएँ। यी !यो के हो ? त्यस्सै पाउँदैन भन्दो रहेछ।


पहिलो साहुजीले फेरि भन्यो : ए त्यो त पुरानो स्टक हो। मैले राख्नै छोडी सकें। त्यस्ता पुरानो सामान बेच्ने मान्छे नै होइन, म त स्ट्यान्डर्ड सामान मात्रै बेच्ने खाल्को परेँ।


पहिलो साहुजीको पारा देख्दा त्यैँ ठोक्दिम जस्तो लाग्यो। #तेस्काबाजे

Saturday, 1 June 2019

जागीर चाहियो भनेसी चाहियो चाहियो

एक जनाले थर्काउने भाकामा फोनमा बोल्यो: के हो सर? के गर्दै हुनुहुन्छ? मेरो निवेदनमा निर्णय गर्नु पर्दैन? 

मैले सोधेँ: के हो, के को निबेदन हो? कैले दिएको? के कामका लागि दिएको? कुन अफिसमा दिएको?

उस्ले भन्यो: मैले जागीर खानको लागि तपाईंको अफिसमा निबेदन दिएको छु। अहिले सम्म मलाई नियुक्ति दिएको छैन। हुन्छ, भनेर निर्णय गर्नु पर्दैन? के हो चाला? त्यो प्रमुख प्रशासकीय अधिकृतले राम्रो काम नगर्ने रैछ। मेरो नियुक्ति नै गर्न नसक्ने नि अफिसर हुन्छ? तपाईंले झपार्दिनुस त। लौ छिट्टै नियुक्ति गरि दिनुस त मलाई !

मैले भने: कुन पदको लागि हो? कैले बिज्ञापन निस्केको हो? पद खाली छ कि छैन कि? त्यस्सै तिमिले भन्ने बित्तिकै तिम्रो लागि पद शिर्जना हुन्छ?

उस्ले भन्यो: त्यति जाबो पद पनि निकाल्न नसक्ने के को हाकिम नि? मैले त तपाईंलाई आफ्नो मान्छे भनेर पो फोन गरेको त! ह्या...! ल जसरी भए नि दुई चार बर्ष हल्लिनु पर्‍यो। मलाई जागीर चाहियो। चाहियो भनेसी चाहियो, चाहियो । छोरा बुहारीहरुले जाँड खान नि नपुग्ने गरेर पैसा दिन्छ। मेरो आफ्नै पसलमा लगानी त १०-२० लाख गरेको छु नि । पसल त डिपार्टमेन्ट पसल हो नि के गर्नु राम्ररी चले पनि पैसा कमाउन सकिएन। तर छोरा मोराले पसलमा बस्न नि दिन्न, पैसा नि दिन्नन। दुई चार लाख त अहिले नै निकाल्न सक्छु नि। तर यस्सो बेलुकी बेलुकी रमाइलो गर्न नि पैसा भएन क्या?

क्या बात! जागीर नि थर्काएर खान पाउने अधिकार आएछ रहेछ। धन्न मलाई हाकिम पद चाहियो भनेर भनेन। अस्तु:

Thursday, 30 May 2019

सगरमाथा दिवसमा मैले जे देखें ।

सगरमाथामा मानव पाइला टेकेको भनेर नेपालीहरु दङ्ग पर्दै नेपालमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालेको नि १२ वर्ष पुगेछ।

र्‍याली आयोजना गर्ने चलन र र्‍यालीमा भाग लिनको लागि टि सर्ट बाड्ने चलन पनि छ। जस्ले टि सर्ट सिलाएर बाँड्ने काम गर्छ, त्यस्को टाउको दुखाई चैं टि सर्ट बांड्ने बेलामा देखिन्छ। सुकिला मुकिला, सभ्य जस्ता देखिने, भद्र जस्ता देखिने, अफिसर जस्ता देखिने र्‍यालीमा भाग लिन आएकाहरु टि सर्ट नपाएको झोंकमा आयोजकलाई अपशब्द प्रयोग गरेर सम्मान गरेको नि देखियो। को रहेछ ? भनेर बुझ्दा त सरकारी कर्मचारी, अनि ट्राभल ट्रेडका भलादमी पनि भेटियो।

गज्जब छ बा! सरकारले दिएको तनखा नपुगेर हैन र्‍यालीको इज्जत बढाउन आएका महानुभाबहरुले टि सर्ट पाए पछि र्‍यालीमा नगइ सरासर गाडीमा टि सर्ट राखेको नि देख्न पाइयो। कति त सरासर घर तिर गएको पनि भेटियो। बिचराहरु र्‍यालीको टि सर्ट लिन कतिले गाडी चडेर, कतिले मोटरसाइकल चडेर, त्यो टि सर्ट लिएर घरमा सायद सजाउन लगेको दृश्य भने हेर्न लायक नै थियो। तर जो बिद्यार्थीहरु वास्तव मै स्वयंसेवक बनेर र्‍यालीमा भाग लिए, तिनीहरु चैं र्‍यालीको टि सर्ट बिना नै काम गरेको पनि देखियो।

यो विभिन्न कम्पनीका साहुजी, अनि भद्र भलादमीहरुको चर्तिकला चैं अचम्मै देखियो। जस्ले टि सर्ट पाएनन उनिहरुले कार्यक्रम झूर भयो, ब्यबस्थापन पटक्कै छैन भन्दै गुनासो गरेको पनि सुनियो। जस्ले दुई चार वटा टि सर्ट कुम्ल्याए उनिहरुले चैं कार्यक्रम भनेको यस्तो पो हो भने भलै प्रमुख अतिथिलाई घन्टौं कुर्न पर्‍यो।

सम्पुर्ण आरोहीहरुलाई सलाम। अस्तु!

Thursday, 2 May 2019

Corporate Depression

Am I having a corporate depression?  

I don't know why I feel I will be harassed by my colleagues at the club? I feel that my juniors are more competent than myself. I feel the inferiority complex while I go to my club, though I am the chairperson. Why I feel my secretary is smarter than my self? Sometimes I feel, I have lost the confidence. Knowingly and unknowingly I blame the juniors staff of the club said the chairperson of a club. After blaming I feel very sorry, that I blamed them without any adequate reason. I don't feel relaxed though I have spilt out all my negative thought on them.

The doctor says: feeling depressed without no reason means you are under extreme depression. If you can't express your feeling to anybody and feel shy to explain the reason why are you feeling so, then you should visit counsellor without hesitation. You shouldn't stay aloof within you, taking such a negative feeling. 

I do shout the staff of the club if I can't blame my secretary and other officials. Sometimes I feel I lost the respect to get and to give. This may be my psychology. Having my lesser knowledge on the subject matter than my colleagues, and having a high position at the club, I still do feel inferior complex to get support from the expert too. What is this? 

This is corporate depression. Doctor says. Better get a consultation from the psychologist as soon as possible.

(Note: If you are suffering from such situation, consult your doctor at the earliest.)

Tuesday, 30 April 2019

कुराई

पहिलो दृश्य:

एकजना फन्टुस: सामान्यतया कति बेर सम्म कुर्न मन पर्छ तँलाई ?
आर्को लम्फु: हैट ! मलाई त एक छिन नि मन पर्दैन |
फन्टुस: तेस्तो कुरा नगर न आज एकजना महामहिमले बोलाएको छ, जान्छस ? तेरो काम मनपराए जस्तो छ |
लम्फु: कुन चाहिं महामहिम परेछ? त्यो आफुले आफैलाई महामहिम भन्ने चैं त हैन?
फन्टुस: हो ! त्यो नै हो, तर आज चैं पक्का काम हुन्छ भनेको छ |
लम्फु: तेस्का बाजे, त्यो त सारै फटाहा छ त, अस्ति नि मलाई उसैको अफिसमा बोलायो, दौडेर गएँ | पुग्नासाथ एकछिन बस्न पाएको छैन आर्को ठाममा जानु पर्छ एकछिन बस है भनेर एक घण्टामा पनि आएन | डाँका नै रहेछ त्यो मोरो त | किन बोलाउँछ कुन्नि फेरी एकदम गोप्य कुरो छ फोनमा भन्न हुन्न भन्छ, अनि होला त नि भनेर कुदेर गयो मोरो त गायब !
फन्टुस: यसपाली चैं त्यस्तो नहोला | ठिक्क साढ़े बाह्र बजे पुग्नु नि |
लम्फु: खोइ ! मलाई त एक छेउ पनि पत्यार लाग्दैन त्यो मोरोको | तै तै गै दिम्ला |

दोश्रो दृश्य:
डेढ घण्टा कुर्दा पनि महामहिमको आगमन भएन |

लम्फु: मैले बिहान शंका गरेको ठिकै भो बुझिस फन्टुस? (मोबाइलमा कुरा गर्दै)
फन्टुस (आर्को पट्टिबाट जवाफ दिंदै): किन र ? के भो? फेरी आएन? अनि हिजो एक घण्टा सम्म मलाइ फोन गरेर तँलाई भन्दे, सम्झाई दे भनेर दिमाग खाएको खाइ थियो त बजिया ले ! गर्न खोजेको के रहेछ? केहि मेसो मेलो पाइस त?
लम्फु: खोइ! तालिम सालिम को कुरो हो क्यारे | काम त हाम्लाई नै हुने खालको जस्तो छ | तर छेउ टुप्पो नै पत्तालगाउन गाह्रो भो | कुर्दा कुर्दा गाह्रो भयो | यस्तो रिस उठेको छ कि बाटोमा भेट्यो भने त्यो गुन्द्रुक थिचे जस्तो मर्र्याक मुर्रुक पारुम झैं लागि सक्यो | के गर्नु फेरी आफ्नै साथी पर्र्यो |

नोट: साथीहरु यसरी कुराएर समय बर्बाद नपारिदिनुस् है ! सार्बजनिक हितको लागि मेरो पनि अनुरोध |

Friday, 19 April 2019

दिमाग खराब!

मलाई के भयो भयो खै? केहि काम गर्न नि मन लाग्दैन। कतै जान नि मन लाग्दैन। कोहि संग बोल्न नि मन लाग्दैन। कुरा गर्दा नि झर्को लाग्छ। हिड्दा नि रिस उठ्छ। कसैलाई देख्दा नि हिर्काइदिम जस्तो लाग्छ। अरु अरुले कुरो गरेको देख्दा नि मलाई नै जिस्क्याए झैं लाग्छ।

उ त्यो अंकलले नेवारीमा मलाई गाली गरेछ कि क्या हो? हेर त बुढी ! मलाई नै हेरेर कुरो गरिरा छ। तेस्का बाजे त्यो चस्मे बुढोलाई खोइ म ठोकेर आउँछु।

ए बुढी! यो डोरी फुकाल्न। तंलाई कुट्न न पा को नि धेरै भो क्या! कति बांधेर राख्छस। एक छिन फुका त। अनि म के गर्छु हेर त!

हेर बुढा ! तैंले मलाई धेरै दुःख दिइस। दुइटा दुइटा स्वास्नी हुंदा हुँदै मलाई फसाइस। ती दुइटीले त सहेर बसेछ्न। बिचरीहरुलाई तेरो बिमारी थाहै भएन छ। अब तं जे भए नि मेरो पोइ भइ हालिस! तेरो उपचार गर्न कै लागि तंलाई डोरी ले बान्नु परेको हो। छाड्ने बित्तिकै भागी हाल्छस के गर्नु म फसे पनि अरु केटीहरु न फसुन। अनि तेरो नि दिमाग ठिक ठाउँमा आउला नि। तंलाई छाडेन भने के गर्छ्स त बुढा ?

के गर्नु नि तैंले जे गर्छस त्यै सहेर बस्छु।

छाड्यो भने नि?

छाड्यो भने उ त्यो चस्मा लाउने अंकललाई एक पटक ब्वांङ मुखमा हानेर आउँछु। हेर्दै चोर नेता जस्तो लाग्छ। नेता सेता त चिन्दिन तर त्यो अंकलको अनुहार चैं ठ्याक्कै नेताको जस्तो देखिन्छ क्या! चस्मा हेर न चस्मा, ठ्याक्कै नेताको जस्तो। हेर्दै रिस उठ्दो। तेस्का बाजे।

बिचरा त्यो अंकलले तेरो के बिगारेको छ त? बेठ्थामा हिर्काउनलाई ?

बिगारेको चैं के हो मलाई थाहा छैन तर त्यो अंकलको अनुहार चैं किन नेताको जस्तो देख्छु म? त्यसैले त्यो अंकललाई एक पटक मुखमा ड्याम्म हिर्काउन पाए त नेतालाई नै हिर्काए जस्तो आनन्द हुन्छ क्या! खोइ छाड त!

अनि तंलाई त्यो नेता जस्तो मान्छेलाई किन हिर्काउं हिर्काउं जस्तो लागेको त?

किन भन्ने नि? म एउटा ट्राभल एजेन्सीमा काम गर्थें। मैले एउटा नेताको टिकट काटेको थिएं। त्यो नेताको पिलेन छुटेछ। त्यो नेताले त मेरो जागीर नै खायो कि क्या हो? भन्ने मलाई लाईरा छ । त्यसैले त्यो नेता जस्तो मान्छे पिटेर मलाई सन्चो होला जस्तो छ क्या! खोइ! कुरो बुझेकी तीन नम्बरको स्वास्नी पनि मलाई न बुझ्ने नै रे छ बेकारमा फसाइएछ।

ए ! बुढो! तेरो दिमाग फुस्केको भन्ठानेको त ठिकै छ कि क्या हो? कैले ठिक कुरो गर्छ कैले बुझ्नै नसकिने कुरो गर्छ। मलाई त ठम्याउन नै गार्‍हो भयो त! दिमाग खराब!

(यो दृश्य एउटा अस्पतालको इमर्जेन्सी कक्षमा भएको घटना हो मानसिक तनावमा भएको ब्यक्तिले गरेको व्यवहार कसै संग मिल्न गएछ भने एक पटक काउन्सेलिङ गर्नु पर्ला कि?) 

Thursday, 11 April 2019

चिन्ता

एक जनाले भन्यो । नाम उल्लेख नगर तर मैले भोगेको कुरो अरुले पनि भोगेकै होला ।

बिहान देखि कमाउ धन्दा चलाएर दुई छाक जसो तसो खाने गरेकै हो। परिवार भए पछि त्यस्को पनि जिम्मेवारी लिनै पर्‍यो।

काम नहुंदा काम छैन, दाम छैन भन्ने चिन्ता,
कर्मचारी हुँदा हाकिमले हकार्ने चिन्ता,
हाकिम हुँदा कनिष्ठ कर्मचारीहरुले अटेर गर्दाको चिन्ता,
जागिर छाड्यो, खानेको चिन्ता,
आफ्नै काम गर्‍यो, कर तिर्न चिन्ता,
भाडामा दियो, पैसा समयमै नदेला भन्ने चिन्ता,
आफै भाडामा बस्दा साहुजीको भनाई को चिन्ता,
हावा जहाजमा उड्यो, खस्ला भन्ने चिन्ता,
गाडीमा हिंड्यो, दुर्घटनाको चिन्ता,
भोकै बस्यो, ग्यास्ट्रीकको चिन्ता,
बेस्सरी खायो, अपचको चिन्ता,

वास्तवमा यो सब मन गढन्ते चिन्ता पो रहेछ,
मनो चिकित्सक भेटेर कुरो गरेसी पो थाहा भयो,
यो सब बेकार को चिन्ता।

चिन्ताले चितामा लान्छ भनेको यस्तो पो रहेछ।
#चेतनाभया