Grab the widget  Get Widgets

Monday 23 December 2019

स्वघोषित मण्डल

एउटा सभाहलमा बैठक बसेछ। सभा बस्नुको मुख्य बिषयमा छलफल हुन नपाउंदै सभामा बिषयान्तर भएर नेतृत्व चयनको बिबाद निस्केछ। समाधान ननिस्केर छट्पटी हुन थालेपछी एक आपसमा आरोप प्रत्यारोप हुन थालेछ।

यस्तो अवस्थामा एक जनाले यो कुरो म मान्दै मान्दैन भने पछि, प्रस्ताबकको मुख रातो भएछ। आर्को एक जनाले पनि असहमतिमा सहमती जनायो, एक पछि आर्को थपियो। 

प्रस्ताबकहरुको रक्तचाप बढेर थरथर कापेको देखेपछी एकजना बिपक्षीले बिचरा कति सहन नसकेको रहेछ, हृदयघाट भयो भने त आरोप सबै आफैलाई आउला भन्ने कुरो मनमा आएसी यस्लाई पूर्ण बिराम तिर लैजानु पर्छ भन्ने मनसायले चुप लागेछ। बैठकमा रहेका केहिलाई यो सहमति र बिमतीको कुरो लम्ब्याएर उपलब्धी नहुने देखेर दिक्क मानेर बिस्तारै बैठकबाट बाहिरियो।

बिचलित मतहरु बिस्थापित भैसकेपछी बैठकमा थोरैमात्र सहभागीहरु बांकी रह्यो। यस्को फाइदा उठाउन उपयुक्त हुने देखेर एक पक्षले बोलेरै मतदान गरेर आफु आफु नै यो प्रपन्चको पदाधिकारी स्वघोषणा गरेछन। यो नै अत्यन्त लोकतान्त्रिक अभ्यास भएको स्वघोषणा गरेछन र स्वघोषित मण्डल खडा गरेछन् । अस्तु !

No comments:

Post a Comment