Grab the widget  Get Widgets

Wednesday 25 December 2019

बुढिको थर्काईले बुढो थुरुर

बिजुली पसल:
ए साहुनी ! यो रूम हिटर साट्नु पर्‍यो । कालो होइन सेतो रंगको चाहियो भनेर बुढिले थर्कायो । लौ न साहुनी, साटी दिनोस न है ।
साहुनी मुसुमुसु हाँस्दै, हुन त हुन्छ, सेतो हिटरको चैं १००/- रुप्पे बढी लाग्छ है ! मौकामा चौका साहुनीले हान्यो ।
हस जति भनेनि तिर्नै पर्‍यो क्यारे, लौ राख्नोस १०० रुप्पे। नत्र यो जाडोमा बुढिले राती सुट्नै दिन्निन । हे हे ...! 

तरकारी पसल:
पुरुष ग्राहक: ए साहुजी, यो सिमिको कति हो? 
साहुजी: हिउँदे सिमि देखाउंदै, त्यो चाहिँ ८० रुप्पे, अनि घिउ सिमि चैं १०० रुप्पे ।
पुरुष ग्राहक: छोरो तिर हेर्दै, ए बाबु तेरी मम्मिले कुन सिमि लेराउन भनेको?
छोरा: घिउ कुमारी !
पुरुष ग्राहक: धत मोरा ! घिउ कुमारी नि सिमि हुन्छ ? यो जाडोमा खाने सिमि लेरा भनेको होइन?
छोरा: खित खित खित्तित्त हांस्दै, था रेछ त बाउलाई, त्यै हो ।
पुरुष ग्राहक: छोरा तिर हेर्दै, बज्जे ! बाउलाई जिस्काउंदो रेछ । 
छोरा: अनि त तपाईंलाई मम्मिले क्या थर्काउँछ नि घरमा ! कुन सिमि भन्ने नै था रेनछ हजूरलाई! हि हि हि...!

No comments:

Post a Comment