Grab the widget  Get Widgets

Saturday 1 June 2019

जागीर चाहियो भनेसी चाहियो चाहियो

एक जनाले थर्काउने भाकामा फोनमा बोल्यो: के हो सर? के गर्दै हुनुहुन्छ? मेरो निवेदनमा निर्णय गर्नु पर्दैन? 

मैले सोधेँ: के हो, के को निबेदन हो? कैले दिएको? के कामका लागि दिएको? कुन अफिसमा दिएको?

उस्ले भन्यो: मैले जागीर खानको लागि तपाईंको अफिसमा निबेदन दिएको छु। अहिले सम्म मलाई नियुक्ति दिएको छैन। हुन्छ, भनेर निर्णय गर्नु पर्दैन? के हो चाला? त्यो प्रमुख प्रशासकीय अधिकृतले राम्रो काम नगर्ने रैछ। मेरो नियुक्ति नै गर्न नसक्ने नि अफिसर हुन्छ? तपाईंले झपार्दिनुस त। लौ छिट्टै नियुक्ति गरि दिनुस त मलाई !

मैले भने: कुन पदको लागि हो? कैले बिज्ञापन निस्केको हो? पद खाली छ कि छैन कि? त्यस्सै तिमिले भन्ने बित्तिकै तिम्रो लागि पद शिर्जना हुन्छ?

उस्ले भन्यो: त्यति जाबो पद पनि निकाल्न नसक्ने के को हाकिम नि? मैले त तपाईंलाई आफ्नो मान्छे भनेर पो फोन गरेको त! ह्या...! ल जसरी भए नि दुई चार बर्ष हल्लिनु पर्‍यो। मलाई जागीर चाहियो। चाहियो भनेसी चाहियो, चाहियो । छोरा बुहारीहरुले जाँड खान नि नपुग्ने गरेर पैसा दिन्छ। मेरो आफ्नै पसलमा लगानी त १०-२० लाख गरेको छु नि । पसल त डिपार्टमेन्ट पसल हो नि के गर्नु राम्ररी चले पनि पैसा कमाउन सकिएन। तर छोरा मोराले पसलमा बस्न नि दिन्न, पैसा नि दिन्नन। दुई चार लाख त अहिले नै निकाल्न सक्छु नि। तर यस्सो बेलुकी बेलुकी रमाइलो गर्न नि पैसा भएन क्या?

क्या बात! जागीर नि थर्काएर खान पाउने अधिकार आएछ रहेछ। धन्न मलाई हाकिम पद चाहियो भनेर भनेन। अस्तु:

No comments:

Post a Comment