01 January 2020
31 December 2019
28 December 2019
25 December 2019
बुढिको थर्काईले बुढो थुरुर
23 December 2019
स्वघोषित मण्डल
22 December 2019
कैले घोर्ले स्वर कैले भूताहा स्वर
यस्तो पनि भोगियो। जाडोको सकस, यसपाली जाडो महिना सुरु हुने बित्तिकै, झ्याप्पै समात्यो बजियाले, बजाउनु बजायो मेरो घांटिमा, ठण्डीले। कष्टकर हप्ता दिन बितेछ। मैले भन्न खोजेको कुरो बुढिले उल्टो पाल्टो सुनेर दिक्कै पार्यो।
बिचरीको नि के गल्ती? मेरो स्वर नै कैले घोर्ले! कैले भुताहा! एक थोक भन्दा आर्को सुन्ने। दिमाग खराब। मेरो मात्रै होइन, मैले कुरो गर्दा सुन्ने आर्को ब्यक्तिको पनि।
अझ फोनमा कुरा गर्दा त झन समस्या नै समस्या। मैले हेल्लो भनेको उता पट्टी नसुनिने रहेछ, उताबाट खोइ के भो हेल्लो! हेल्लो! भनेको भनै। कैलेकाहिँ भुत बोलेको जस्तो अलि अलि सुनिने रहेछ। अनि "के भो?" भनेर थप प्रश्न सोध्दा चैं जवाफ फर्काउन नै पर्यो। जवाफ चैं आधा मात्रै सुनिंदो हो, हाँ! हाँ! के भनेको! बुझेन भन्दा चैं म त ख्याक बोलेको हो! अहिले म भूत भएको छु, भन्नु पर्ने अवस्था।
यो जाडो भर्खर प्रबेश गरेको अवस्थामा यो ठण्डी त मेरो लागि काल झैँ लाग्यो। काम कुरो सबै बिग्रेर वाक्क लागेको छ। अझ झन, सामाजिक संस्थामा त डामाडोल नै भयो। ज्वरोले जकडेको मौकामा चौका हान्नेहरुले ध्वस्त नै पार्यो।
यता पढाउन जानु पर्ने मेरो कलेजहरुमा आवाज नभएकोले बिदा माग्नु पर्ने अवस्था। जबर्जस्ती गर्न पनि नमिल्ने। मतलब आवाजले सहमति नदिए पछि कस्को बाउको के लाग्दो रहेछ त? भनेको मतलब मेरो बाउको पनि शक्ति लागेन। बाउले औषधिको पोका लेराउने, आमाले खरानिको टिको लगाएर लागो भागो भगाउने, श्रीमतीले के के को सुप बनाए बनाए! छोराछोरीले बाउको दु:ख देखेर के गर्ने? कति पटक अस्पताल लैजाने? जे गरे नि नहुने!
त्यसैले जाडोको समयमा आफ्नो ज्यानको सुरक्षा आफै गर्नुस है। नत्र कैले घोर्ले, कैले भुताहा स्वर निस्केला है! अस्तु।


