ए मम्मी ! ओए बाबा ! यता एक पटक आउनुस त !
किन ?
आउनुस न भनेको, झट्टै आउनुस !
आमा, डौदेर आउनु भयो, के भयो? भन् !
छोरीले चोर औंलाले देखाउंदै, उ त्याँ हेर्नुस त! छातावाला टोपी लगाएको मान्छे। हि हि !
आमा पनि दंग पर्दै, हा हा ! कस्तो हिस्सी परेको हगी! यै देखाउन बोलाएकी? ल हेरि राखेस्।
ओइ आमा ! यता हेरिस्यो त! छिटो हेरिस्यो न!
किन?
हेरिस्यो न भन्या, छिटो क्या!
छोराले किन बोलाएको रैछ भनेर आमा चैं हतार हतार बाहिर निस्कियो र भनिस्यो, किन चिच्याइस्या?
छोराले चोर औंलाले देखाउंदै, उ त्यहाँ हेरिस्यो त! कस्तो छातावाला टोपी लगाएको मान्छे आइस्या छ। हि हि !
यी प्रतीकात्मक तोतेबोलीहरु प्राय मैले छातावाला टोपी लगाएर गाउँघर तिर घुम्दा सुनिने कर्णप्रिय शब्दहरु हुन।
मलाई निक्कै रमाइलो पनि लाग्छ।
एकदिन यही छाता ओडेर बाटोमा हिंडै थिएं । एकजना अधबैंसे मानिस जांडखाएर लर्खराउंदै मेरो मुखमै आएर घुरेर हेर्यो।
ओहो! दाई, तपाईंले त खाउंला झैं गर्नु भो त? भनेर मुख अलि पर सार्नुस त भन्नु पर्यो।
हि हि! (जंड्याउलो भाषामा) हेरें त मैले, किन नहेर्ने? अचम्मको छाता लाएर हिंडेको र छ! छाता किन सानो भाको? कि, मेरो आँखा सानो भाको? कि, आज धेर खाको कि, भनेर तिरिमिरी भएर हेरेको नि! तपाईंलाई अप्ठेरो भो भने सरी है! हि हि! अचम्मको छाता। बांच्नु पर्छ, के के देख्न पाइन्छ, पाइन्छ! यो सब करामत, जाँड खान पाएर हो, जय जाँड! ओके, बाई बाई!