Grab the widget  Get Widgets

13 September 2013

पर्यटक (Tourist)

छिमेकी राष्ट्रको समुद्रीतटमा रहेको शहरबाट नेपाल घुम्न आएका एक जना पर्यटक रात्री बस चढेर सुनौलीबाट भोलि पल्ट बिहानै झिसमिसेमै पोखरा पुग्यो ।  बस पार्कमा एकजना ट्याक्सी चालक संग भलाकुसारी गर्दै थियो ।

पर्यटक : "मुझे स्विमिंग पुल वाला होटल चाहिए, मिलेगा?"

चालक : " क्यु नहीं, जरूर मिलेगा, यहाँका होटल बहुत अच्छा हे ।" सब होटल से स्विमिंग पुल दिखेगा ।

पर्यटक : "वो तो ठिक है । लेकिन मुझे होटल मे हि स्विमिंग पुल चाहिए, मिलेगा?"

चालक : "ठिक हे । चलिए ।" भनेर होटलमा लग्यो । तर होटल मा स्विमिंग पुल थिएन ।

पर्यटक : किधर है स्विमिंग पुल ? कहाँ है स्विमिंग पुल ? मुझे दिख नही रहा हे ।

चालकले कोठा भित्र लगेर बाथ रूममा रहेको बाथ तब देखायो । "यहि हे स्विमिंग पुल ।" झ्याल बाट फेवाताल देखाउदै उधर देखिए स्विमिंग पुल" भन्यो ।

पर्यटक झोक्किदै : "ये तो बाथ तब है । स्विमिंग पुल तो नहीं हे ना।"

चालकले बाथ तब को पानी झ्वारर्र खोलेर बाथ तबमा पानी टन्न भरि दियो र भन्यो " अब देखो तैरता हे कि नहीं' अब स्विमिंग पुल नही हुवा ?"

पर्यटक : "ओके ओके ठिक है ।"

यत्ति भलाकुसारी गरुन्जेल माछापुछ्रेको शिरमा बिहानी सुनौला घाम झुल्क्यो । सुनौलो र सेतो पहाड जिन्दगीमा नदेखेको त्यो पर्यटक एकदम अचम्म मानेर त्यो चालकलाई सोध्यो । " अरे ड्राइभर साहेब आपका स्विमिंग पुल तो देखा । अब मुझे सच् सच् बताओ । ओ पहाड मे ह्वाइट वाश करने मे कितने दिन लगाया ।"

बिचरा ! त्यो पर्यटकले त्यो हिमालमा सेतो चुना लगाएको जस्तो ठानेछ ।

चालक : "ये ह्वाइट वाश नही हे । ये तो हिमाल हे हिमाल । कस्तो टुरिस्ट रहेछ ?" अस्तु ।

हिम चितुवा (Snow Leopard)

पृष्ठभूमिमा सगरमाथा दिवस मनाउने क्रममा सगरमाथा आरोहीहरुलाई सम्मान गर्ने कार्यक्रमको ठुलो ब्यानर, काठमाडौँको पांच तारे होटलको सभा हल, हलमा प्रतिष्ठित महानुभावहरु, स्वदेश तथा विदेशबाट नेपाल पाल्नु भएका सगरमाथा आरोहीहरु।

कार्यक्रम प्रस्तोताले समारोहका प्रमुख अतिथि लगाएत विशिष्ट पाहुनाहरु पनि अगाडीको मन्चमा विराजमान हुन अनुरोध गरे पश्चात कार्यक्रम अगाडी बढ्यो । आरोहीहरुलाई खादा र प्रशंशा पत्रले सम्मान गरियो । सगरमाथाको गुणगानमा उपस्थित वक्ताहरुले बयान बाजी गरे । शाहसका गाथा गाइए ।

प्रमुख अतिथि तत्कालिन प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइराला हुनुहुन्थ्यो । हिम चितुवा तर्फ अगाडी बढेर " तपाई लाई धेरै धेरै बधाई छ । दस दस पटक विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गरेर नेपाललाई संसारमा चिनाउनु भयो । अब आराम गर्नुस ।" भन्दै हात मिलाउनु भयो ।

आङ रिता शेर्पाले सरल भाषा जवाफ फर्काउनु भयो । "मैले आराम गरें भने मेरो परिवारलाई तिमीले पाल्छ?"

सबै जना अक्क न बक्क भए ।

प्रधानमंत्रीज्यूको मुख हेर्न लायक थियो। अस्तु ।

(मेरो स्मरण बाट)

09 September 2013

Buddha was born in Nepal.

It is universal truth that Buddha was born in Lumbini, Nepal. "Lumbinī is a Buddhist pilgrimage site in the Rupandehi district of Nepal. It is the place where Queen Mayadevi gave birth to Siddhartha Gautama. Siddhartha Gautama lived roughly between 623 and 543 BCE and he founded Buddhism." Wikipedia


This truth should not be brought in to the controversy. But from time to time we Nepali face such controversy from Indian media. This time this attack was from Indian Zee TV serial, Buddha. The serial hurt the heart of Nepali people by such a fake message and controversial serial. There were millions of Nepali viewer for its various serials. This accident, I would say, will definitely loose the viewers from Nepal. Sorry, Zee TV.

Our humble request is to please make immediate correction in the serial and do not play dirty game on faith and belief of Buddhist and Nepali people.

Buddha was born in Nepal. We repeat, Buddha was born in Nepal. It is Nepal and it will be always in Nepal. Make correction, it is not late. Get your respect Zee TV.

All Buddhist of the world should visit Lumbini, Nepal once in a life time. Let us communicate this message seriously to the world that Buddha was born in Nepal.


07 September 2013

छड्के

सामान्यतया छड्के भन्ने बित्तिकै अकस्मात बिना सूचना कार्यालयमा बडा हाकिमहरुले जांच गर्ने बुझेको छु । तर एउटा यस्तो घटना पनि मैले भोगेको छु जुन अहिले सम्म झस झस सम्झनामा आउँछ । त्यसैले जस्ताको तस्तै चित्रण गर्न खोजेको छु ।

सन् २००३ तिर मैले काम गर्ने कार्यालयमा बिहान ६ बजे देखि रात को १२ बजे सम्म पनि कामको चटारो देखेर हामी कर्मचारीहरु दिन रात खटेर सगरमाथा स्वर्ण महोत्सबको सफलताको लागि काम गर्दै थियौं । एक दिन हामी कर्मचारीहरुले रातको ८ बजे तिरै कार्यालयबाट छुट्टिने सहमति भयो र सबै जना घर घर गयौं ।

रातको ८:१० बजेको हुनु पर्छ सायद पालेको भनाई अनुसार । एक जना पदाधिकारी कार्यालय पुगेछन त्यो पनि झल्लु अवस्थामा । कार्यालयको मूल ढोकामा ढ्याम्म लात्ताले हिर्काउदा राति पालो बस्ने पाले पनि झसङ्ग भएछ । चोर आयो कि डाका आयो भनेर। बाहिर हेर्दा त आफ्नै पदाधिकारी रहेछ ।

के गर्ने । के नगर्ने । झल्लु हाकिम त सरासर भित्र पसेर हाजिरी कापी खोजेछन । त्यसपछि धमाधम रातो मसिले कोर्न थालेछन । एक घण्टा लगाएर भए भरको कताको रिस हो पोखेर दङ्ग पर्दै हेर तेरो हाकिमहरुको हाजिरीमा मैले रातो चिन्ह लगाई दिएँ भनेर पालेलाई फुर्ति पनि लगाएछ । 

पाले बिचार के गरोस । अनि किन रातो चिन्ह लगाउनु भएको नि सर भनेछन । "तँलाई थाहा छैन ? छड्के भनेको ? यहि त हो नि ? बिचरा पाले,  "य…….   यस्तो पो हुंदो रहेछ छड्के भनेको बल्ल बुझें । पहिला पहिला त बिहान १० बजे छड्के भनेको सुनेको थिएँ, अब राति ८ बजे पनि छड्के गर्न मिल्दो रहेछ " बल्ल बुझें । कार्यालय समय पनि नचाहिँदो रहेछ ।

"म त तेरो पदाधिकारी हो न मतलब बडा हाकिम, मलाई जहिले जे मन पर्छ त्यहि बेला जे पनि गर्न सक्छु, त्यस्तै यो छड्के पनि जहिले मन लाग्छ, तहिले गर्न सक्छु । बुझिस् ।" अस्तु ।

प्रोजेक्ट (Project)

एक जना साथीले गुनासो गर्दै थियो " के गर्ने यार जति काम गरे पनि हाकिमले कहिले पनि राम्रो काम गर्यो भनेर भन्दैन के गर्ने होला ?

" के भयो तिमीलाई भन् न त " अर्को ले सहानुभूति जनायो |

"हेर् न पोहोर साल एउटा प्रोजेक्ट आएको थियो | मैले सबै अध्ययन गर्दा खासै उपलब्धि नदेखेकोले सिफारिस गरिन | तर त्यो प्रोजेक्ट बनाउने मान्छे सिधै हाकिमकोमा पुगेर पैसा सैसा फुत्कायो | त्यो पनि कम हो र आम्मा ......मा ! अनि उल्टै हाकिमले मलाई गाली गर्यो त्यस्तो राम्रो प्रोजेक्टलाई किन सिफारिस नगरेको भनेर | मैले कम्पनीलाई खासै फाइदा नहुने भएकोले सिफारिस नगरको हो भनेर जवाफ दिंदा, तपाईलाई त्यो प्रोजेक्टले कति माइलेज दिन्छ भन्ने अनुमान नै गर्न सक्नु हुन्न रहेछ | मैले त स्वीकृत गरि दिएको छु | बजेट निकास गरि दिनु भने |"

प्रोजेक्ट अगाडी बढ्यो | हाकिमले ठुलो काम गरें भनेर फुर्ति पनि लायो | मैले त खासै उपलब्धि देखिन | फेरी यसपाली पनि त्यहि प्रोजेक्ट आयो | पोहोर सिफारिस गरेन भनेर गाली गरेकोले यसपाली चै खुरुक्क सिफारिस गरिदिएँ | पोहोर जस्तो गाली खान नपरोस भनेर |

तर यसपाली पनि गाली गर्यो " त्यस्तो थोत्रो प्रोजेक्ट पनि सिफारिस गर्ने? " भनेर भन्छ बा....! पोहोर मैले त्यहि कुरा भन्दा उल्टो मलाई माइलेजको कुरा गरेर गाली गर्नु भाथ्यो |" त्यहि प्रोजेक्ट पोहोर एकदम राम्रो मैले सिफारिस नगर्दा तपाईले स्वीकृत गर्दा, त्यहि प्रोजेक्ट फेरी थोत्रो मैले सिफारिस गर्दा "| भनेको त :" पोहोर को सिनारियो अर्कै थियो यसपालिको सिनारियो अर्कै छ"  भन्दियो | म त हिस्स बुढी खिस्स दांत भने झैं भयो |

हाकिम चाहिँ जहिले पनि ठिक हुंदो रहेछ यार ... दिमाग खराब | अस्तु |

03 September 2013

जस् (Credit)

एक दिन एकजना गुरुले गणित सिकाउदै थियो । आज्ञाकारी चेलाले गुरुले भने अनुसार सबै एक एक गर्दै लेख्दै गयो । हरेक दिन गुरुले जांच पनि गर्नु हुन्थ्यो । चेलाले सबै ठ्याक्क ठ्याक्क लेखेको देख्दा गुरुलाई के भएछ कुन्नि ? दिन दिनै एक न एक थरि कुरा निकालेर गुरुले केहि न केहि खोट निकाल्दै यो भएन र त्यो भएन भन्ने गर्नु हुन्थ्यो । चेलाले गुरुको आज्ञा अनुसार नै हरेक पटक अल्छी नमानिकन अंकमा आवश्यकता अनुसार सुधार गर्दै पुन गणित मा परिवर्तन गर्दै सुधार गरेरै छाद्थ्यो ।

तै पनि गुरुलाई के खोट निकालौ के भनेर त्यो समस्याको  समाधान आफै गर्छु भनेर चेलालाई भनेछ। सबै प्रक्रिया जांच गरेर हेर्दा चेलाले गरेको त ठिक्कै रहेछ । अब गुरुलाई समस्या भयो । यो चेलालाई जति जस् दिन्न भने पनि कुनै कारण भेट्टाउन सकेन ।

अन्तमा, गुरुले चेलालाई येसो भनेछ "तिमीलाई हिसाब त आउछ तर मैले भनेको जस्तो भएन ।" उत्तर मात्र मिलेर भएन नि मैले भनेको जस्तै नै हुनुपर्छ ।

बास्तवमा चेलाले उच्च प्रबिधि अपनाएर बैज्ञानिक ढंगबाट त्यो समस्या समाधान गरेका रहेछ्न । विधिको बिधान अनुसार गरेको कामलाई पनि त्यो गुरुले, आफ्नो चेलाको कहिले पनि प्रशंसा गरेनन । संधै जस् नदिएकोले एक दिन गुरुलाई आफ्नो आक्रोश पोखेछ । " के हो गुरुजी ! मैले गरेको हरेक हिसाबमा तपाइले जहिले पनि किन खोट निकाल्नु हुन्छ ? मेरो स्वाभिमानमा ठेस लाग्यो अब तपाईबाट मा अलग हुन्छु" भन्यो ।

गुरुले नम्र भएर चेलालाई सम्झाउदै यसो भन्यो " मैले तिमीलाई संधै खोट न निकालेको भए तिमीले आज यस्तो प्रगति गर्ने थिएनौ । तिमी अल्छी भै सकेको हुन्थ्यौ । तिम्रो प्रगति हेर्न नै मैले तिमीलाई प्रसंशा नगरेको हो । अब तिमीलाई जे मन पर्छ गर । तिमी सक्षम भै सक्यौ । मेरो लक्ष्य पुरा भयो । अस्तु ।

27 August 2013

Know your worth.

Do you know your worth?

In series of interview, I have seen, many candidates do not want to expose the expected salary. Most of them said, provide me as per the company rule. And they have no idea on the company rule. If you have no expectation even in your salary, what will expect the company from you. This shows you have no confidence on you.

You should know your value, your strong points and your weak points. Correct your weak points. Review your self. Get feedback from your friends & families. Develop your habbit to listen negative points of yourself. Decrease negativity that ultimately increases positivity.

Know your worth. Be confident.

24 August 2013

Magic words

Use these magic words as per situation in your daily life and g
et fantastic result especially who are in travel trade profession.

1. Namaste, Namaskar to greet
2. Excuse me Sir / Madam
3. Thank you
4. Welcome
5. I beg a pardon
6. Sorry
7. No thanks
8. Have a nice trip ( for travler )
9. Nice to meet you
10. See you soon

22 August 2013

Some tips to face an interview for a job

  1. Be cool and confident
  2. Get information of the company which you are applying
  3. Know your position and job detail
  4. Thorough your biodata
  5. Know your strong point and weak point
  6. Sleep well before your interview
  7. Take sufficient water 
  8. Do not attempt in empty stomach 
  9. Be on time
  10. Well dressed: Prefered formal
  11. Clean shaved for male
  12. Communicate your knowledge, skill, experience
  13. Do not show your frustration
Good luck for next interview.

03 August 2013

Check list while you leave your work space


  1. Close your files
  2. Shut down your computer
  3. Switch off all electronic appliances
    1. Lights
    2. Air conditions
    3. Fan
    4. Heater
    5. Coffee maker
    6. Water heater
    7. Micro wave
    8. Any other electrical appliance
    9. Unplug the electricity line
  4. Keep all files in the filing cabinet
  5. Keep safely the unfinished job, memo, circulars, letters etc.
  6. Make sure you closed windows and doors of your premises,