#TeraiTourism #VillageTour
08 December 2020
07 December 2020
22 November 2020
मेरो समाज
यो कथा कसै संग मिल्न गएमा संयोग मात्रै हुनेछ। कसैलाई लान्छना लगाउने उध्देश्यले लेखेको पनि होइन। मेरो समाज, हाम्रो समाजमा भएका पात्रहरुले मन छोएकोले मलाई यो कथा लेख्ने प्रसंग आएको हो।
डाक्टर साहेब यो के भएको? छोराहरु सबै बिदेश जान्छु भन्छ। जेठो गयो अमेरिका, माइलो गयो अस्ट्रेलिया, छोरी गयो बेलायत अब एउटा कान्छो भरखरै १२ किलासाँ छ, त्यो पनि चुर फुर गर्दैछ। हामी बुढेसकालमा बुढा र बुढी मात्रै टुहुरो हुने भइयो। पहिला पहिला हामी बिदेशमा गए छोराछोरी टुहुरा होला भन्थे, अहिले हामी बुढा बुढी टुहुरा भैसकेका छौं।
हामी बिरामी हुंदा बिदेशबाट भाइबर र मेसेन्जरमा बा, आमा बिरामी हुनु भएछ, लौ औषधि खानुस भनेर मैले पैसा पठाइ दिएछु भन्छन, तर त्यो पैसा बैंकमा आउंछ, औषधि किन्न को जान्छ? छिमेकमा पनि त्यही हालत छ। अस्ति घर संगैको मेरो साथीको घरमा एउटा एम्बुलेन्सको आवाज आएथ्यो, के रहेछ भनेर हेर्दा त सबबहान पो रहेछ। मनमा चिसो परेर फोन गर्दा, फोन उठेन। फोन उठाउने मेरो साथी नै यो संसार छाडी गएछ। अब त्यो घर सुनसान छ। कोरोनाले गर्दा छोरा र छोरीले त्यस्का बाउको अनुहार समेत हेर्न पनि पाएनन।अन्तिम संस्कारको लागी सेना प्रहरीले सदगत गरेछन।
त्यस्तो परिस्थिति देख्दा मेरो पनि त्यही हालत हुने त होला नि भनेर मनमा धेरै कुरा खेल्छ। सानामा छोराछोरीहरु मर्लान भनेर कैयौं दिन रात अनिदो बसियो, मिहेनत गरियो, पढाइयो, बुढेसकालमा सहारा मिल्ला भनेर आशाको दियो बालेको, अहिले सबै दियोहरु निभिसके। हामी डांडा पारीको घाम, आज हो कि भोलि यो संसार त्याग्ने बेलामा मनमा शान्ति भएन।
तर के गर्ने? मेरो समाजले नै प्रोत्साहन दिएर र बिदेशमा अवसर देखेर गएका हाम्रा सन्तानहरु फर्केनन र फर्कला भनेर झिनो आशा पनि त्याग्नु पर्ने बाध्यता आएको छ। अस्तु!
19 November 2020
15 November 2020
14 November 2020
13 November 2020
21 October 2020
Subscribe to:
Posts (Atom)

