Grab the widget  Get Widgets

11 April 2019

चिन्ता

एक जनाले भन्यो । नाम उल्लेख नगर तर मैले भोगेको कुरो अरुले पनि भोगेकै होला ।

बिहान देखि कमाउ धन्दा चलाएर दुई छाक जसो तसो खाने गरेकै हो। परिवार भए पछि त्यस्को पनि जिम्मेवारी लिनै पर्‍यो।

काम नहुंदा काम छैन, दाम छैन भन्ने चिन्ता,
कर्मचारी हुँदा हाकिमले हकार्ने चिन्ता,
हाकिम हुँदा कनिष्ठ कर्मचारीहरुले अटेर गर्दाको चिन्ता,
जागिर छाड्यो, खानेको चिन्ता,
आफ्नै काम गर्‍यो, कर तिर्न चिन्ता,
भाडामा दियो, पैसा समयमै नदेला भन्ने चिन्ता,
आफै भाडामा बस्दा साहुजीको भनाई को चिन्ता,
हावा जहाजमा उड्यो, खस्ला भन्ने चिन्ता,
गाडीमा हिंड्यो, दुर्घटनाको चिन्ता,
भोकै बस्यो, ग्यास्ट्रीकको चिन्ता,
बेस्सरी खायो, अपचको चिन्ता,

वास्तवमा यो सब मन गढन्ते चिन्ता पो रहेछ,
मनो चिकित्सक भेटेर कुरो गरेसी पो थाहा भयो,
यो सब बेकार को चिन्ता।

चिन्ताले चितामा लान्छ भनेको यस्तो पो रहेछ।
#चेतनाभया

05 April 2019

हिस्स बुढी खिस्स दाँत

बिषय वा प्रसङ्गले आर्को अर्थ नलागेमा र कोहि कसै संग मिल्न गएमा संयोग मात्रै भएको मान्नु होला।

एक दिन मलाई कसैले लौ गोर्खा जानू पर्‍यो सर! तपाइँको समयलाई ध्यानमा दिएर हाम्ले हेलिकप्टरको ब्याबस्था गरेछ्म भनेको थियो। म पनि दङ्ग परेर ठुलै मान्छे भइएछ, भनेर फुरुङग भएँ। घरमा बुढीलाई पनि झट्टै खबर गरीवरी लुगा सुगा ठिक्क पारिदिनु है म भोलि बिहानै गोर्खामा अनुगमनमा जानू पर्छ। भोलि नै फर्किन्छु, यस्पाली त चीलगाडिमा सरर बुझिस। भनेर फुर्ति लाइयो।

त्यो सांझ सम्म दङ्ग। रातको ८ बजे तिर फोनको घंटी टिनिन्न बज्यो। बुढीलाई ल हेर बुढी ! भोलि बिहान सबेरै जानु पर्ने भो भनेर फोन आयो। फोन उठाएँ। उता पट्टीबाट मलिन स्वरमा भन्यो सर जी भोलि त जान नपर्ने भयो। मन्त्रीज्यूको समय मिलेन।

बुढीले भनी, लौ बुढा तिम्रो कुन चाहिँ दौरा सुरुवाल राखम त ?

मैले भने, न राखम बुढी । मौसमको खराबीले गर्दा हेलिकप्टर नउड्नेभो !

अनि यस्पाली नि यस्तै आर्को मौका आयो! ओखलढुंगा जानु पर्ने भो सर! हजूर को समयलाई ध्यानमा राखेर एम आई सेवेन हेलिकप्टरमा मन्त्री संगै जाने भनेर। आधा मात्रै बिश्वास गरेको मैले भोलि पल्टै खबर आयो। मन्त्रीज्यू त सानो हेलिकप्टरमा जाने भो हजूर। गाडीमा जाने भए आजै जाम।

यस्पाली भने बुढीलाई पूरा कुरा भनेकै थिएन। जान पर्ला जस्तो छ मात्रै भनेको थिएं।

हिस्स बुढी खिस्स दाँत भनेको यस्तो रेछ।