Grab the widget  Get Widgets

23 August 2016

पर्यटनका सनसनी समाचार

नेपालका पर्यटन समाचारहरुले संसारमा कति सम्म असर गर्छ भन्ने हेक्का समेत नराखी सनसनी पूर्ण समाचार सम्प्रेषण गर्ने सम्बन्धित पत्रकारहरुलाई सम्बोधन गर्ने लक्ष्य लिएर यो लेख लेख्ने जमर्को गरेको छु | हुन त मैले कुनै पत्रकारिता सम्बन्धित तालिम लिएको छैन तर पर्यटनको मर्म भने बुझेको छु है साथीहरु ! कृपया माइण्ड नगर्नु होला |

पर्यटनको मर्म नबुझीकन पर्यटन पत्रकार भनेर हिड्ने पत्रकारहरुले पीत पत्रकारिता नगरोस भन्ने भावनालाई मध्यनजर गरेर मैले जाने बुझेका कुराहरु शेयर गर्न खोजेको मात्रै हो |

कतिपय पत्रकारहरुले हट न्यूज ब्रेक गर्ने नाममा वास्तविकता नै नबुझी झ्याप्पै समाचार फ्लास गरि दिने गर्नाले पर्यटन ब्यबसायमा नराम्रो संग असर गरेको मैले बिगत देखि नै अनुभव गरेको छु | बिगतमा कतिपय व्यावसायिक घरानाहरु संग आबद्धता भएको बेलामा मैल खुलेर बिरोध गर्न नमिल्ने हुँदा चुपचाप बस्न परेको बाध्यता पनि थियो | अहिले परिस्थिति फरक परेको छ |

प्राबिधिक कुराको ज्ञान पटक्कै नहुनाले र अध्ययनमा चासो पनि राख्न नसकेका पत्रुकारहरुले गर्दा नै बास्तबिक पर्यटन पत्रकारहरु समेतलाई बद्नाम हुन परेको छ | भर्खरको उदाहरण यस्तो छ:
हालै एउटा केबलकार प्राबिधिक कारणले केहि समय रोकिन गएको समाचार आयो | यति सनसनी पूर्ण थियो कि मानौ त्यो केबलकार कामै नलाग्ने, संचालकहरु सबै ठग, निकम्मा, ज्यानमारा जस्तै नै गरेर चित्रण गरियो |

म आफै त त्यो स्थानमा थिएन | तर नेपालको एक विशिष्ट पर्यटन संस्था नेपाल एस्सोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष मधुसुदन आचार्य चाहिं हुनु हुदो रहेछ | पर्यटनमा मेरो पनि सरोकार रहेकोले त्यो समाचारलाई मैले पनि शेयर गरेको थिएं | संचालकहरुको पनि ध्यान जाओस र सिघ्र सुधार गरोस भन्ने शुद्ध मनसायले |

तर NATTA का अध्यक्षज्यूले मेरो शेयरमा त्यो समाचार अतिशयोक्ति रुपले प्रेषित गरीएको भन्ने खबर बुझ्दा, समाचारदाता प्रति खेद प्रकट गर्न मन लाग्यो र दिक्क पनि लाग्यो | समाचार लेख्ने पत्रकारले खबरिवालाको मात्र हवाला दिएर लेखे जस्तो लाग्यो | कमसेकम ब्यबस्थापनको भनाइ पनि सकारात्मंक हिसाबमा राम्ररी महत्वका साथ लेखि दिएको भए राम्रो हुन्थ्यो | एकोहोरो ग्राहकको मात्रै कुरा लेखेर सनसनी फैलाउदा एकछिन त मजा आउला तर कालान्तर सम्म त्यो प्रडक्टमा असर हुनुको साथै त्यसको बिश्वसनियतामा मात्र होइन खबर छाप्ने पत्रिका माथि पनि प्रश्न मात्र उठ्छ | समाधान भने हुँदैन | एक पटकको डर संधैको डर भई प्रकट हुन्छ | त्यसैले समस्या मात्र होइन समाधानका उपाय पनि लेखेर पर्यटनको मर्म र पत्रकारिता धर्म निभाउन पनि प्रयास गर्ने कि?

जय पर्यटन !

भवतु सब्ब मङ्गलम | अस्तु |

02 August 2016

Branding

"Yes ! we need brand. But we do have already established brand." said a pioneer hotelier in Nepal. I was surprised. To establish a brand, you need a continuous effort in branding and it should not be stopped as far as I understand. Having good brand today does not mean that you will have it always in future too. In today's competitive market you should go with the latest technology. Lot of yesterday's brand disappeared now a days due to their incompatible reviews on their own brands. Similarly, we see lot of brands have merged in big brands and come up with new brands.

So, we should be very careful for continuous brand building with strong message or tagline or statements and image, logo, color, font etc which should be carried out in each and every promotional materials, no matter whether it is audio, visual or printed material. You, and your staff should understand the value of your brand and talk in same line without hesitation, with pride.

Lots of corporates have started contracting brand ambassadors for some period, but they are just for their pride. And I see lot of brand ambassadors are unaware of their brand duty for the company. Wearing a T-shirt for few days is not branding. 

Anyway, have fun with your brand and feel proud with your brand.

Happy branding.

23 May 2016

कुखुरा चोर काका

आज धेरै दिन पछि मैले चिनेको काकाको याद आएको छ | काठमाडौंको डल्लु तिर एक जना मानिस कुखुराको पछि पछि दौडिरहेको देखे पछि त्यो काकाको सम्झना आयो | त्यो दृश्य र मैले देखेको, भोगेको काकाको अवस्था संग सायद मिल्दो जुल्दो भए पनि वास्तविकता फरक हुन सक्छ | त्यो मानिसले कुखुरा समाउन गएको सन्दर्भ र मेरो त्यो काकाले कुखुरा भेट्टाउन गएको सन्दर्भ फरक हुन सक्छ | 

सन्दर्भ आज भन्दा करिब ४० बर्ष अगाडिको हो | त्यसबेला देखी त्यो काका सम्पर्कमा छैन | कहिले कहिले काहिँ आफ्नो घरमा पुग्छ भन्ने सुन्नमा आउँछ, तर बस्ने गरेको पनि छैन भन्छन |  

त्यो काका कसैको घरमा जाँदा, घरपतिले सबैभन्दा पहिले आफ्नो कुखुराको खोरको ढोका लगाउन जानु हुन्थ्यो | म भने बाल सुलभ, छक्क पर्थें | काका कसैको घर जाने र कुखुरा खोर थुन्ने सन्दर्भको तादात्म्यता के हो भनेर ? तर सोध्ने आँट आउदैनथ्यो | सोध्यो भने, जान्ने तँलाई केको चासो ? भन्ने जवाफ आउंथ्यो | तेस्तै हाम्रो घरमा पनि हुन्थ्यो |  मेरो दिमागमा त्यो काका र कुखुराको सम्बन्ध के रहेछ अनुसन्धानको बिषय रह्यो | 

जब जब त्यो काका म्याराथुनमा भाग लिएको जस्तो दौडी दौडी भाग्ने गर्थ्यो, प्राय सबैले आ-आफ्नो कुखुरा खोरको निरीक्षण गर्ने गर्थ्यो | कुखुरा साबित छ भने, ए ....मेरो होइन रहेछ भन्थ्यो | मैले चै अझै बुझेको थिएन | एक दिन मेरो घरबाट पनि कुखुरा हरायो र त्यो काका हाम्रै अगाडी बाट भागेको पनि देख्यौं | हातमा त केहि देखेनौ तर पेट भने फुलेको जस्तो देखें | केहि नभाको काकाको पेट दुखेर, झट्ट घर गाको होला भन्ठानेको त काकाले हाम्रो घरको कुखुराको सिकार पो गरेका रहेछन | काका आफ्नै घरमा गएको हाम्ले देखेकोले काकाको घरमा निक्कै खोज तलास गर्यो, तर काका भेट्टिएन | घरको कुना काप्चा खाटको वरपर सबै तिर हेरे | काका भेट्टिएन | 

सबैजना निरास | सबै फर्के, आ-आफ्नो घर | मलाई भने निक्कै खुल्दुली लाग्यो, अचम्म पनि लाग्यो, त्यो घर भित्र गएको देखें, निस्केको देखेन, तर कसैले भेटेन | सबै जना आ आफ्नो घर गए पनि म चाहिं तेत्तिकै त्यो घर मा नै बसी रहें, खाट नजिकै | एकछिनमा काकाले लामो सास फेरे जस्तो लाग्यो| यताउता  हेरें, खाटमुनि कपडाको पोकोको पछाडि डल्लो परेर लुकेको रहेछ| हाम्रो कुखुरा त काकाकै पेटमा निस्सासिएर स्वर्गबास भइसकेको रहेछ | बल्ल थाहा पाएँ काकाको दौड, कुखुरा हराउने सम्बन्ध|

केहि समय पछि खबर आयो, त्यो काका नै हरायो | 

काका हराउनु र कुखुरा नहाराउनु भए पछि बल्ल मैले भेउ पाएँ | काका त कुखुरा चोर पो रहेछ | अस्तु |

10 March 2016

Last minute checklist for tour operation

Do you check and recheck when you have to do lot of things to do on your job list? I have compiled some check lists for staff briefing for tour operators. I believe most of you have a habit of follow up and cross check.

1. Itinerary & brochure
2. Visa on arrival or in advance
3. Reconfirmation of transfer, Hotel, Guide name & Contact no. of Driver
4. Khada or flowers to welcome guests
5. Sightseeing & activities schedule
6. Name list of group
7. Meals Halal? Beef? Pork? Local, Newari, Nepali
8. Tips regulation
9. Weather & clothing
10. Electricity & power supply round pin or minus pin
11. Hot & Cold Water supply
12. Availability of free & pay Wifi
13. Emergency contact address and telephone number
14. Last minute arrangement in case of emergency
15. Sim card, data card, code +977 Std code local no. economy call during night
16. Smiling faces, waiving hands
17. Greeting Namaste !
18. Room booking for guide,
19. Any alteration, changes & adjustment will cost to guest Or own.
20. Advance for Entrance fee.
21. Feedback form
22. Code of conduct 
23. Torch
24. Sun cream
25. Acceptance of Master, VISA, American Express Credit cards

Best of luck.

Vinaya Shakya
Travel Consultant
Tripitak Holidays