Grab the widget  Get Widgets

26 January 2015

ग्यासको सिलिन्डर

हिजोआज ग्यासको सिलिन्डरको जुलुसमा मेरो सिलिन्डर पनि लाइनमा थियो । अनि सिलिन्डरले मलाई भन्यो।

ओ ए ग्यास बोकुवा ! मलाई राम्ररी बोक त, सडकमा गुल्त्याएर मेरो ढाड भाच्ने काम नगर त। तिम्रो भान्छा मै जाने हो । किन हेला गर्छौ ? म बिना तिमीहरूलाई कति कष्ट हुन्छ, देखि हाल्यौ ।
तिम्रो सरकार त निकम्मा रहेछ । हामी रित्तिदा पनि भरिदा पनि कमिसन नै खान्छन् कि क्या हो?

कहिले हाम्रो लुगामा निलो रङ भरिदिन्छ कहिले हाम्रो नाममा परिचय पत्र बनाउने भन्छ । जे गरे पनि तिमि जनताहरु चै चुप लाएर बस्दा रहेछन । हामी सिलिन्डरहरुलाई बरु लाज लागि सक्यो । हुदा हुदा हाम्रो नाममा पनि राजनीति ।

कसै कसैले हामिलाई ढाडमा बोकेर लान्छन, कतिले गाडीमा, कतिले मोटर साइकल, कतिले साइकल, के के हो के के ।

कति युवा जोडीलाई त मज्जा पनि भाको छ । कमसेकम ग्यास लिन जाने निहुँमा मनपर्ने साथीहरू भेट्न पाइएको पनि छ। तेसैले ग्यास लुकाउनु हुने बेपारीहरुलाई धन्यवाद पनि दिन्छन् रेछ ।

म सिलिन्डरलाई त के छ र ! आज एउटा को घरमा भोलि आर्को घरमा ।

अगाडिको सिलिन्डर र म एक पटक सङ्गै एउटै घरमा पुगेका थियौ । हामी दुबै एक अर्का संग थेलम थेल गरेर अरु सिलिन्डरहरु संगै परेका थियौं ।

एय्या बाबा ! मलाई त्यो दिन लडाएको अझै दुखेको छ। जिउ नै कुच्याइ दियो । हेर्नुस् ग्यास बोकुवा !

मलाई भने भरे बेलुकी खाना खान पाउने ठेगाना नभएको बेलामा कहाँ सिलिन्डरको कुरा सुनेर बस्ने। लौ जास भनेर तेइ ग्यास सिलिन्डर मै थचक्क बसि दिए।

19 December 2014

Naturally Nepal, once is not enough.

Nepal is actually an amazing place to visit, which is not enough to travel once in a life time. You have to come and visit from time to time and feel the differences from your country of origin to your country of destination, Nepal (Never End Peace And Love). We live in nature, you can feel you are back to nature when you visit Nepal. The monkeys, donkeys, dogs, cows, buffaloes will welcome you in the street of Nepal. Can you imagine ? Have you ever seen bullock cart? You can see street hawkers in most of the tourist places, speaks various language, request you to buy their products. Be careful. You can see street dogs even in the capital city Kathmandu sometime.

Get ready to face nature & learn to live naturally without lift, electricity, wifi, cable tv, air condition, hot shower etc in rural area during loadshedding. 

Experience the ancient age in all Unesco heritage sites at Kathmandu, Bhaktapur, and Patan Durbar Squares.

You will find international brand Carlsberg, Tuborg, Everest, Johniwalker etc. here and there enjoy it.

You can see open bathroom on the road side. Can u imagine ? But you will see at the road sides even in Kathmandu Valley.

Lots of aerial adventure activities available in Nepal e.g. Mountain flight, ultralight, paragliding, zip flying, sky diving.

Canyoning in spring waterfall, rafting in Himalayan white water canoeing, boating, fishing etc are easily available.

Mountain biking, trail running, bush hiking, hiking, trekking are another way to see village life in Nepal. 

Mountaineering and Expedition are extreme adventure in Nepal.

Do not forget to bring your mask to avoid allergy from dust.

Do not expect neat & clean blanket at hotel if you are staying in budget hotels try to adjust as available. It is actually clean.

Enjoy amusing roads naturally, need not go to amusement parks you will find it is like a roller coaster.

Nepal is like an open live museum, where you will find ancient society even in this modern era of communication. You do not need to visit livestock, cow, buffalo, street dog, cat etc. you can see them roaming around in the street.

Therefore, expect the unexpected in Nepal. Enjoy.

17 December 2014

Ultimate Heli Adventure

Are you looking for Ultimate #Heli #Adventure in and around Kathmandu, #Nepal but you have no long holidays. Here we are at your service. We have developed a program that may be you are looking for. If you have only one day spare time during your tour in Kathmandu, and want to explore the unexplored, please do contact us for your one day dream adventure.

Recently, we have developed an Ultimate Heli Adventure in Shivapuri Nagarjun National Park, the nearest national park from the capital city Kathmandu.

We try our best to make your dream come true. Enjoy and explore hidden treasures in national park, have fun and snap fantastic 360 degree view from Shivapuri height, or Chisapani, have excellent experience downhill mountain bike and enjoy canyoning in most beautiful canyon Sundarijal.

For further information please click here 

14 December 2014

Winter health

Having cold, cough, fever, muscle sprain, headache is too much boring, I think to you all too agree in this case. During these days, I am thinking, is there any type of activities that get relief from these health problem? The answer is a doctor and his prescription.

But only pain killer will not work. It takes its time to recover. Prevention is better than cure. During winter, better take no risk while you drive, specially motor bikers, take sufficient precaution to protect your chest, knee and joints. Do not forget to take sufficient amount of liquid, tea, coffee, soup that will keep you warm.

If you have spare time, keep your feet & palm in hot water to protect from cold and cold related pain. This will help to some extent.

If you are not afraid of cold then enjoy the climate with your full strength. Christmas is waiting. 

Cheers.

20 November 2014

अत्याधुनिक सुबिधा

कुरा सन २००६ जस्तो लाग्छ, मलाई अझै पनि सम्झना झल्झल्ती याद आउंछ | हामी केही पत्रकारहरुसंग लुक्ला हुदै नाम्चे बजार , त्यसपछि श्याङ्बोचे अनि खुम्जुङ पुगेका थियौं।

हामी जुन होटेलमा बस्यौं त्यो होटेलको बिजुली बत्तिको अत्याधुनिक सुबिधाबारे हामीलाई ज्ञान थिएन। होटेलवालाले हामीलाई सायद पढेलेखेका भन्थानेर होला त्यो सुबिधाको बारेमा बताउनु पर्ला भनेर कष्ट पनि गरेन।

दुई दिनको हिडाइ पछि बल्ल बल्ल आराम गर्न पाएका हामीहरुलाई कहिले पुगौला र आराम गरौंला भन्ने भएकोले बिजुली बत्ति के कता भन्ने सोधपुछ सम्म पनि गरेनौं ।

पुग्ने बित्तिकै सबै जना सौर्य उर्जाले तताएको र बिजुलीले तताएको तातो पानीमा न्यानोसंग नुहाउन पाए पछि के चाहियो र। सबै झ्याप्प नुहाए। यात्राका दौरान एकसय एक धुरन्धर पत्रकार साथीहरू संगै अनेक प्रकारका चुट्किला, कथा, घटना, दुर्घटना, बाल्यकालका उपद्रो, कलेजका कुराहरु, माया प्रीतिका कुराहरु गर्दै थकाईको अनुभुत गर्न नपरेकोले होला खुम्जुङ पुगे पछि भने सारै थकित महसुस भयो।

खाना खाइ सके पछी केहि बेरको अन्ताक्षरी पछी सुत्ने चाँजो पाँजो मिलाउने काम भयो र सबै जना सुत्न गयौं | निक्कै नै जाडो भएको बेला एकजना साथीलाई भने मुत्रत्याग गर्न परेछ र साथी जुरुक्क उठेर बाहिर निस्कनको लागि बत्तिको सुइच खोजेछ | तर भेत्ताएन छ | खपी नसके पछी जे पर्ला, पर्ला भनेर बत्ति नबालीकनै जान्छु भनेर बाहिर निस्कने बित्तिकै बत्ति झ्याप्प बल्यो | खुरुर दौडेर जाँदा आर्को कुना सम्म पुग्दा पुग्दै बत्ति झ्याप्प निभ्यो | साथीले सौचालय जाँदा त याद गरेन पछी मुत्रत्याग गरि सके पछी बल्ल याद आएछ | ओहो के भा को होला? कसले बत्ति बाल्ने र निभाउने गरी जिस्क्यौदै होला भनेर सबै साथी को नाम बोलाउदै चिच्याउन थाल्यो | कसैले पनि जवाफ नफर्काए पछी साथीको जिउ त चीसो भएछ | एकछिन पछी फेरी पसिना पसिना भएछ | तर सौचालयबाट त निस्कनै पर्यो | साथी त एक सासले कोठामा आउँदा सबै साथीहरु फस फस निदाएको देख्दा साथीको सात्तो भुत्लो गएछ |

बिहान सबेरै त्यहि साथीको निद्रा खुलेछ | फेरी सौचालय जान परेछ | तर जाने कि नजाने ? हिजो रातिको जस्तै हुने हो कि ? साथीहरुलाई भन्यो भने बेइज्जत पो हुने होकी? कसैले पत्याएन भने झन् झुर हुने भो | फेरी डरछेरुवा भन्ने पो हो कि? के गरम के गरम भएछ |

तै बेइज्जत तै बेईज्जत भनेर साथीले मुख नै फोडेर रात को कुरा फुत्काएछ | सबै गलल हाँसे पछी हत्तेरिका बेकारमा भनेछु जस्तो भएछ | 

बास्तवमा त्यो होटेलमा सबै सेन्सरले बत्ति बाल्ने ब्यबस्था मिलाएको रहेछ | बास्तबिकता थाहा पाए पछी फेरी सबै जना साथीहरु मरिमरी हाँसे | अत्याधुनिक सुबिधाको ज्ञान नभए पछी यस्तो भयो | अस्तु |


04 November 2014

यो कस्तो ब्यापार?

एक जना पर्यटक तपाईको मोहल्लामा आयो भने के गर्नु हुन्छ ? अवश्य नै त्यो पर्यटकको लागि के कति सेवा आवश्यक छ भनेर सोधखोज त गर्नु नै हुन्छ होइन ? अनि त्यस माथि तपाईको पर्यटन ब्यबसाय छ भने झन् आफुले सक्ने सम्पूर्ण कसरत गरेर सेवा प्रदान गर्नु हुन्छ नि होइन ? यति सम्म त ठिक छ |

बल्ल बल्ल सम्झाई बुझाई गरेर ब्यापार पक्का गरिसके पछी तपाई कै नजिकका भनाउंदाका साथीले त्यो पर्यटकलाई ललाई फकाई गरेर तपाईको ब्यापार खोसिदियो भने तपाईलाई कस्तो हुन्छ होला ? मैले अनुमान मात्रै गर्न सक्छु तर त्यो हालत सम्हाल्न सक्ने क्षमता म मा छ कि छैन मलाई पनि थाहा छैन | 

ठमेल
हालै मैले यस्तै घटना भएको देख्नु पर्यो, यिनै मेरा आँखा अगाडी | तीन चार दिन लगाएर एक जना पर्यटन ब्यबसायीले १२-१५ जनाको समुहको जलयात्राको कार्यक्रम गर्ने तय गरेको थियो | साँझको पाहुना देवता सरह मान्नु पर्छ भन्ने मान्यताले अझै गाँजेको हाम्रो समाजमा बिचरा त्यो ब्यबसायीले भएभरको कसरत गरेर पक्कापक्कि गरेको त्यो साँझको जलयात्रा समुहलाई १५ मिनेटको फरक पछी आर्को ब्यबसायीले उछिट्यायो | अघिल्लो ब्यापारीले के कति दरमा त्यो जलयात्रा बेचेको हो त्यो त थाहा भएन तर त्यो भन्दा करिब करिब पाँच सय रुपियाँ कममा दोश्रो ब्यापारीले त्यहि जलयात्रा बेचिदियो र पहिलो ब्यापारीलाई जिल्लाराम पारिदियो | 

यो कस्तो ब्यापार ? म त अचम्मै परेको छु |

व्यापार गर्दा एकजनाको पक्का पक्कि भइसकेको ब्यापारलाई आर्को ब्यापारीले त्यसरी व्यापार खोसेर लैजानु ब्यापारीको धर्म जस्तो त मलाई लागेन | सारै नमज्जा लाग्यो | आर्को कुरा जे जस्तो भए पनि आफ्नो नाफा कम गरेर व्यापार गर्दा पर्यटकलाई त फाइदै भयो | तर त्यो जलयात्रामा चाहिने जति जनसक्ति प्रयोग भयो कि भएन ? जलयात्राको गुणस्तर कायम भयो कि भएन ? कतै जलायात्रकै छविमा कमि आउने त होइन ? भने जतिको सेवा पायो कि पाएन ? भन्ने कुरामा म ससंकित छु | 

हाम्रा ब्यापारी साहु महाजनहरुले ब्यबसायिक मर्यादाको पनि ख्याल राख्ने कि ? काम पाएन भनेर जथाभावी दर भाउ राख्न त भएन नि ! कि कसो साहुजी ? अस्तु | 

23 October 2014

Get Set Go

You know your capacity. You want to make money. You want to be free from bossism. You want to use your time in your way. You want flexible work.

You don't want to work under pressure. You don't want harassment. You don't want to be ordered. You don't want to lose your current job. You don't have graduation certificate. Don' t worry. Be happy.

You have no idea where to start, do you?

You came to right page.

Common let's work together. We  provide this opportunity to people like you.

Your income depends on your time and dedication. You can work from home or from your smart phone or computer or laptop or tablet or your social network. Come on and join our sales and marketing team.

To Get your commission, Set your target and time by yourself and Go for implementation.
Show your real capacity. Be happy and enjoy your work. Get relief from unnecessary tension and harassment from your seniors.

Send me your biodata if you like to join our team. Please donot forget to write Sales and Marketing team in Subject line.

Happy Deepawali.

Cheers !

Vinaya Shakya
Travel Consultant
vinayashakya@gmail.com

22 October 2014

The Light Festival

#Deepawali is the Light #Festival, I like the most amongst festivals in Nepal. Though we are suffering from load shedding, we celebrate it by lighting various alternative lights, e.g. oil lamp is the most used light during this festival and then the candles and even electric lights.

It is all about the believe we have that this festival brings the progress and prosperity in our life. But we should not forget that progress and prosperity will definitely come only when you are dedicated to your profession.

Let this festival of light bring good health, progress and prosperity in our daily life.

Wish my all readers a very Happy Deepawali !

Let's have fun during this festival !

18 October 2014

ठमेलको कथा: "तितो सत्य" (Story of Thamel)

यो पनि ठमेल कै घटना हो | मलाई किन हो कुन्नि ठमेल घुम्न सारै नै मज्जा लाग्छ | रिक्शा, ट्याक्सी, हाएस, कार, मोटरसाइकल, साइकल, भएभरको सवारी साधनबाट निस्कने मिश्रित ध्वनिले कुन साधन कताबाट आएको हो पत्तो पाउनै गाह्रो हुन्छ | पसललै पिच्छे बज्ने फरक फरक ध्वनिहरु कतिपय कर्ण प्रिय हुन्छन् भने कतिपय कर्ण कटु हुन्छन् | तर तपाईले चाहे पनि नचाहेपनि सुन्नै पर्छ | यो त बाध्यता नै हो | फेरी आर्को मन भन्छ यत्ति पनि हो हल्ला भएन भने जंगल पसे भै हाल्छ नि किन ठमेल जाने त ? होइन र ?

यहाँ अनेक थरिको कारोबार हुन्छ | सरकारी निकाय पनि कहिले काहीं सल्बलाउने गर्छ | होटल, रेस्टुरेन्ट, मसाज केन्द्रमा रेड पर्ने कुराहरु पनि सुन्नमा आउँछ | कतिपय बेला रेड्पर्नु अगाडी नै रेड पर्दै छ है भन्ने सुचना पनि सुन्न पाइन्छ | अनेक थरिको लाइभ घटनाहरु देख्न सुन्न पाइन्छ | त्यसैले ठमेल संधै चलायमान र जागरुक देखिन्छ | राति अबेर सम्म नसुत्ने नेपालको एक मात्रै ठाउँ ठमेल नै हो | 

तर हिजो मात्रै घटेको एउटा अचम्मको घटना मेरो मानस पटलमा रात भर नै सल्बलायो | एक जना साथीको ट्रावल एजेन्सी खोज्दै एक जना पर्यटक ठमेलको चोक मै ओर्लेछ | त्यो एजेन्सीको साथीलाई त्यो पर्यटक संग देख भेट भएको थिएन रहेछ | तै पनि फोन गर्दै आएछ | अन्तमा ठमेलसम्म पुग्दा पुग्दै एजेन्सी साथिको मोबाइलमा सायद के गढ़बद भयो सम्पर्क हुन सकेन | ठमेल पुग्नु अगाडी सम्मको बार्तालाप अनुसार नै एजेन्सीको साथि त्यो पर्यटक खोज्न निस्केछ | तर अलि ढीला भएछ | 

बिचैमा बिचौलियाहरुले त्यो पर्यटक संग बार्तालाप गरेर एजेन्सीको साथि भेटाउन लाने बाचा गरेर आर्को एजेन्सीमा लगी दिएछ | बिचरा पर्यटकलाई के थाहा त्यो मान्छे नक्कली हो कि सक्कली हो भनेर | तै पनि उसले सुनेको अनुसारको मान्छेको रुप रंग, कपाल र कम्पनिको  नाम नदेखे पछि पर्यटकले नाम नै किटेर मेरो साथिको नाम फलानो हो त्यो साथिको कम्पनिको नाम फलानो हो भनेछ | त्यो आर्को एजेन्सीको कर्मचारीले त्यो कम्पनि पुरानो हो, अहिले नाम फेरेर यो कम्पनि भएको हो सबै काम अहिले हामीले नै गर्दैछौं भनेछ | त्यसो भए फलानो साथि चै को हो नि ? भनेर पर्यटकले फेरी प्रश्न गर्दा त्यो मान्छे पनि मै हो भनेर बिचरा पर्यटकलाई झुक्क्याउनु झुक्क्यायो |

यस्तो तुच्छ ब्यबहार, ठमेलका कति साहुजीहरुले व्यहोर्दै होलान, कति ब्यबसायीहरुको ब्यबसाय नै चौपट भएका होलान्, त्यस तर्फ ठमेलमा कारोबार गरेर डेरा जमाएका साउजीहरुले अनुगमन गर्न पर्छ जस्तो मलाई लागेको छ | अन्यथा बास्तबिकता थाहा पाए पछी बिचरा त्यो पर्यटकको मन कति दुख्ने होला? कहीं कतै भाबितब्य परेमा खास एजेन्सीको साख त खत्तम हुने नै भयो, त्यो सक्कली नामको साहुजीको इज्जतमा धब्बा लाग्ने मात्रै नभई ठमेलको साख नै खतरामा पर्ने कुरामा दुई मत नहोला |

अत: यस्ता क्रियाकलापमा जानी नजानी सहभागी भै क्षणिक लाभ लिने कर्मचारीहरुबाट साबधान हुनुका साथै समय मै सचेत हुन सम्पूर्ण ब्यबसायीहरुलाई अनुरोध पनि छ, यो कथा "तितो सत्य" हो | अस्तु |


11 September 2014

Wall Climbing

I saw my letter of appreciation dated 29 June 2002, when I was in Nepal Mountaineering Association as an administrator. Today, I recalled the wall climbing at the park. I was scared first time, when I saw people climbed the wall like monkey. I had tried two times but could not succeed. Third time I could reach the maximum height. I found myself happy and felt confident from my inner heart. Then I sent my eldest son Piyadassi, for climbing. At the age of 10 years, first he was reluctant to climb. After seeing number of enthusiast climbers, he tried to climb and reached as I did.

This experience encouraged me to start something new in climbing and adventure sports. But I could not do for long time, I was involved in management, branding, marketing and promotion of various corporate houses. 

I think now is the time to cash my experiences and need to start my own. Therefore, I have started Tripitak Holidays an adventure based sports tourism in Nepal. You can contact us for #Canyoning, #RockClimbing, #MountainBiking, #Paragliding, #Ultralight, #MountainFlight, #Zipfly, #BungyJump, #MotorbikeTour, #BushHike, #TrailRunning, #Hiking etc.

I do still remember the climbing artificial wall at International Mountaineers Memorial Park, Kakani, Nuwakot with the help of professional mountain guides from NMA. Yes, I did climb the artificial wall.

After long gap few months back again I have an opportunity to be in Nagarjun Rock Climbing spot and climbed normal route set for beginners. Yes this time, I did climb two times to get the point that was fixed for beginners. My instructor was Kishor Shahi, the owner of Chhango, The Canyoning Company. After that climbing and some adventure experience and my long involvement in tourism encourage me to start consultancy to manage tourism business houses. To start with now I am looking after the management of Chhango and my own company. I am happy, very happy to be involved in this adventure sports.

Common guys and gals ! Join us to sharpen your confidence in you. 

email us: info@tripitakholidays.com l info@canyoninginnepal.com