Grab the widget  Get Widgets

Tuesday 4 November 2014

यो कस्तो ब्यापार?

एक जना पर्यटक तपाईको मोहल्लामा आयो भने के गर्नु हुन्छ ? अवश्य नै त्यो पर्यटकको लागि के कति सेवा आवश्यक छ भनेर सोधखोज त गर्नु नै हुन्छ होइन ? अनि त्यस माथि तपाईको पर्यटन ब्यबसाय छ भने झन् आफुले सक्ने सम्पूर्ण कसरत गरेर सेवा प्रदान गर्नु हुन्छ नि होइन ? यति सम्म त ठिक छ |

बल्ल बल्ल सम्झाई बुझाई गरेर ब्यापार पक्का गरिसके पछी तपाई कै नजिकका भनाउंदाका साथीले त्यो पर्यटकलाई ललाई फकाई गरेर तपाईको ब्यापार खोसिदियो भने तपाईलाई कस्तो हुन्छ होला ? मैले अनुमान मात्रै गर्न सक्छु तर त्यो हालत सम्हाल्न सक्ने क्षमता म मा छ कि छैन मलाई पनि थाहा छैन | 

ठमेल
हालै मैले यस्तै घटना भएको देख्नु पर्यो, यिनै मेरा आँखा अगाडी | तीन चार दिन लगाएर एक जना पर्यटन ब्यबसायीले १२-१५ जनाको समुहको जलयात्राको कार्यक्रम गर्ने तय गरेको थियो | साँझको पाहुना देवता सरह मान्नु पर्छ भन्ने मान्यताले अझै गाँजेको हाम्रो समाजमा बिचरा त्यो ब्यबसायीले भएभरको कसरत गरेर पक्कापक्कि गरेको त्यो साँझको जलयात्रा समुहलाई १५ मिनेटको फरक पछी आर्को ब्यबसायीले उछिट्यायो | अघिल्लो ब्यापारीले के कति दरमा त्यो जलयात्रा बेचेको हो त्यो त थाहा भएन तर त्यो भन्दा करिब करिब पाँच सय रुपियाँ कममा दोश्रो ब्यापारीले त्यहि जलयात्रा बेचिदियो र पहिलो ब्यापारीलाई जिल्लाराम पारिदियो | 

यो कस्तो ब्यापार ? म त अचम्मै परेको छु |

व्यापार गर्दा एकजनाको पक्का पक्कि भइसकेको ब्यापारलाई आर्को ब्यापारीले त्यसरी व्यापार खोसेर लैजानु ब्यापारीको धर्म जस्तो त मलाई लागेन | सारै नमज्जा लाग्यो | आर्को कुरा जे जस्तो भए पनि आफ्नो नाफा कम गरेर व्यापार गर्दा पर्यटकलाई त फाइदै भयो | तर त्यो जलयात्रामा चाहिने जति जनसक्ति प्रयोग भयो कि भएन ? जलयात्राको गुणस्तर कायम भयो कि भएन ? कतै जलायात्रकै छविमा कमि आउने त होइन ? भने जतिको सेवा पायो कि पाएन ? भन्ने कुरामा म ससंकित छु | 

हाम्रा ब्यापारी साहु महाजनहरुले ब्यबसायिक मर्यादाको पनि ख्याल राख्ने कि ? काम पाएन भनेर जथाभावी दर भाउ राख्न त भएन नि ! कि कसो साहुजी ? अस्तु | 

No comments:

Post a Comment