Grab the widget  Get Widgets

14 December 2014

Winter health

Having cold, cough, fever, muscle sprain, headache is too much boring, I think to you all too agree in this case. During these days, I am thinking, is there any type of activities that get relief from these health problem? The answer is a doctor and his prescription.

But only pain killer will not work. It takes its time to recover. Prevention is better than cure. During winter, better take no risk while you drive, specially motor bikers, take sufficient precaution to protect your chest, knee and joints. Do not forget to take sufficient amount of liquid, tea, coffee, soup that will keep you warm.

If you have spare time, keep your feet & palm in hot water to protect from cold and cold related pain. This will help to some extent.

If you are not afraid of cold then enjoy the climate with your full strength. Christmas is waiting. 

Cheers.

20 November 2014

अत्याधुनिक सुबिधा

कुरा सन २००६ जस्तो लाग्छ, मलाई अझै पनि सम्झना झल्झल्ती याद आउंछ | हामी केही पत्रकारहरुसंग लुक्ला हुदै नाम्चे बजार , त्यसपछि श्याङ्बोचे अनि खुम्जुङ पुगेका थियौं।

हामी जुन होटेलमा बस्यौं त्यो होटेलको बिजुली बत्तिको अत्याधुनिक सुबिधाबारे हामीलाई ज्ञान थिएन। होटेलवालाले हामीलाई सायद पढेलेखेका भन्थानेर होला त्यो सुबिधाको बारेमा बताउनु पर्ला भनेर कष्ट पनि गरेन।

दुई दिनको हिडाइ पछि बल्ल बल्ल आराम गर्न पाएका हामीहरुलाई कहिले पुगौला र आराम गरौंला भन्ने भएकोले बिजुली बत्ति के कता भन्ने सोधपुछ सम्म पनि गरेनौं ।

पुग्ने बित्तिकै सबै जना सौर्य उर्जाले तताएको र बिजुलीले तताएको तातो पानीमा न्यानोसंग नुहाउन पाए पछि के चाहियो र। सबै झ्याप्प नुहाए। यात्राका दौरान एकसय एक धुरन्धर पत्रकार साथीहरू संगै अनेक प्रकारका चुट्किला, कथा, घटना, दुर्घटना, बाल्यकालका उपद्रो, कलेजका कुराहरु, माया प्रीतिका कुराहरु गर्दै थकाईको अनुभुत गर्न नपरेकोले होला खुम्जुङ पुगे पछि भने सारै थकित महसुस भयो।

खाना खाइ सके पछी केहि बेरको अन्ताक्षरी पछी सुत्ने चाँजो पाँजो मिलाउने काम भयो र सबै जना सुत्न गयौं | निक्कै नै जाडो भएको बेला एकजना साथीलाई भने मुत्रत्याग गर्न परेछ र साथी जुरुक्क उठेर बाहिर निस्कनको लागि बत्तिको सुइच खोजेछ | तर भेत्ताएन छ | खपी नसके पछी जे पर्ला, पर्ला भनेर बत्ति नबालीकनै जान्छु भनेर बाहिर निस्कने बित्तिकै बत्ति झ्याप्प बल्यो | खुरुर दौडेर जाँदा आर्को कुना सम्म पुग्दा पुग्दै बत्ति झ्याप्प निभ्यो | साथीले सौचालय जाँदा त याद गरेन पछी मुत्रत्याग गरि सके पछी बल्ल याद आएछ | ओहो के भा को होला? कसले बत्ति बाल्ने र निभाउने गरी जिस्क्यौदै होला भनेर सबै साथी को नाम बोलाउदै चिच्याउन थाल्यो | कसैले पनि जवाफ नफर्काए पछी साथीको जिउ त चीसो भएछ | एकछिन पछी फेरी पसिना पसिना भएछ | तर सौचालयबाट त निस्कनै पर्यो | साथी त एक सासले कोठामा आउँदा सबै साथीहरु फस फस निदाएको देख्दा साथीको सात्तो भुत्लो गएछ |

बिहान सबेरै त्यहि साथीको निद्रा खुलेछ | फेरी सौचालय जान परेछ | तर जाने कि नजाने ? हिजो रातिको जस्तै हुने हो कि ? साथीहरुलाई भन्यो भने बेइज्जत पो हुने होकी? कसैले पत्याएन भने झन् झुर हुने भो | फेरी डरछेरुवा भन्ने पो हो कि? के गरम के गरम भएछ |

तै बेइज्जत तै बेईज्जत भनेर साथीले मुख नै फोडेर रात को कुरा फुत्काएछ | सबै गलल हाँसे पछी हत्तेरिका बेकारमा भनेछु जस्तो भएछ | 

बास्तवमा त्यो होटेलमा सबै सेन्सरले बत्ति बाल्ने ब्यबस्था मिलाएको रहेछ | बास्तबिकता थाहा पाए पछी फेरी सबै जना साथीहरु मरिमरी हाँसे | अत्याधुनिक सुबिधाको ज्ञान नभए पछी यस्तो भयो | अस्तु |


04 November 2014

यो कस्तो ब्यापार?

एक जना पर्यटक तपाईको मोहल्लामा आयो भने के गर्नु हुन्छ ? अवश्य नै त्यो पर्यटकको लागि के कति सेवा आवश्यक छ भनेर सोधखोज त गर्नु नै हुन्छ होइन ? अनि त्यस माथि तपाईको पर्यटन ब्यबसाय छ भने झन् आफुले सक्ने सम्पूर्ण कसरत गरेर सेवा प्रदान गर्नु हुन्छ नि होइन ? यति सम्म त ठिक छ |

बल्ल बल्ल सम्झाई बुझाई गरेर ब्यापार पक्का गरिसके पछी तपाई कै नजिकका भनाउंदाका साथीले त्यो पर्यटकलाई ललाई फकाई गरेर तपाईको ब्यापार खोसिदियो भने तपाईलाई कस्तो हुन्छ होला ? मैले अनुमान मात्रै गर्न सक्छु तर त्यो हालत सम्हाल्न सक्ने क्षमता म मा छ कि छैन मलाई पनि थाहा छैन | 

ठमेल
हालै मैले यस्तै घटना भएको देख्नु पर्यो, यिनै मेरा आँखा अगाडी | तीन चार दिन लगाएर एक जना पर्यटन ब्यबसायीले १२-१५ जनाको समुहको जलयात्राको कार्यक्रम गर्ने तय गरेको थियो | साँझको पाहुना देवता सरह मान्नु पर्छ भन्ने मान्यताले अझै गाँजेको हाम्रो समाजमा बिचरा त्यो ब्यबसायीले भएभरको कसरत गरेर पक्कापक्कि गरेको त्यो साँझको जलयात्रा समुहलाई १५ मिनेटको फरक पछी आर्को ब्यबसायीले उछिट्यायो | अघिल्लो ब्यापारीले के कति दरमा त्यो जलयात्रा बेचेको हो त्यो त थाहा भएन तर त्यो भन्दा करिब करिब पाँच सय रुपियाँ कममा दोश्रो ब्यापारीले त्यहि जलयात्रा बेचिदियो र पहिलो ब्यापारीलाई जिल्लाराम पारिदियो | 

यो कस्तो ब्यापार ? म त अचम्मै परेको छु |

व्यापार गर्दा एकजनाको पक्का पक्कि भइसकेको ब्यापारलाई आर्को ब्यापारीले त्यसरी व्यापार खोसेर लैजानु ब्यापारीको धर्म जस्तो त मलाई लागेन | सारै नमज्जा लाग्यो | आर्को कुरा जे जस्तो भए पनि आफ्नो नाफा कम गरेर व्यापार गर्दा पर्यटकलाई त फाइदै भयो | तर त्यो जलयात्रामा चाहिने जति जनसक्ति प्रयोग भयो कि भएन ? जलयात्राको गुणस्तर कायम भयो कि भएन ? कतै जलायात्रकै छविमा कमि आउने त होइन ? भने जतिको सेवा पायो कि पाएन ? भन्ने कुरामा म ससंकित छु | 

हाम्रा ब्यापारी साहु महाजनहरुले ब्यबसायिक मर्यादाको पनि ख्याल राख्ने कि ? काम पाएन भनेर जथाभावी दर भाउ राख्न त भएन नि ! कि कसो साहुजी ? अस्तु | 

23 October 2014

Get Set Go

You know your capacity. You want to make money. You want to be free from bossism. You want to use your time in your way. You want flexible work.

You don't want to work under pressure. You don't want harassment. You don't want to be ordered. You don't want to lose your current job. You don't have graduation certificate. Don' t worry. Be happy.

You have no idea where to start, do you?

You came to right page.

Common let's work together. We  provide this opportunity to people like you.

Your income depends on your time and dedication. You can work from home or from your smart phone or computer or laptop or tablet or your social network. Come on and join our sales and marketing team.

To Get your commission, Set your target and time by yourself and Go for implementation.
Show your real capacity. Be happy and enjoy your work. Get relief from unnecessary tension and harassment from your seniors.

Send me your biodata if you like to join our team. Please donot forget to write Sales and Marketing team in Subject line.

Happy Deepawali.

Cheers !

Vinaya Shakya
Travel Consultant
vinayashakya@gmail.com

22 October 2014

The Light Festival

#Deepawali is the Light #Festival, I like the most amongst festivals in Nepal. Though we are suffering from load shedding, we celebrate it by lighting various alternative lights, e.g. oil lamp is the most used light during this festival and then the candles and even electric lights.

It is all about the believe we have that this festival brings the progress and prosperity in our life. But we should not forget that progress and prosperity will definitely come only when you are dedicated to your profession.

Let this festival of light bring good health, progress and prosperity in our daily life.

Wish my all readers a very Happy Deepawali !

Let's have fun during this festival !

18 October 2014

ठमेलको कथा: "तितो सत्य" (Story of Thamel)

यो पनि ठमेल कै घटना हो | मलाई किन हो कुन्नि ठमेल घुम्न सारै नै मज्जा लाग्छ | रिक्शा, ट्याक्सी, हाएस, कार, मोटरसाइकल, साइकल, भएभरको सवारी साधनबाट निस्कने मिश्रित ध्वनिले कुन साधन कताबाट आएको हो पत्तो पाउनै गाह्रो हुन्छ | पसललै पिच्छे बज्ने फरक फरक ध्वनिहरु कतिपय कर्ण प्रिय हुन्छन् भने कतिपय कर्ण कटु हुन्छन् | तर तपाईले चाहे पनि नचाहेपनि सुन्नै पर्छ | यो त बाध्यता नै हो | फेरी आर्को मन भन्छ यत्ति पनि हो हल्ला भएन भने जंगल पसे भै हाल्छ नि किन ठमेल जाने त ? होइन र ?

यहाँ अनेक थरिको कारोबार हुन्छ | सरकारी निकाय पनि कहिले काहीं सल्बलाउने गर्छ | होटल, रेस्टुरेन्ट, मसाज केन्द्रमा रेड पर्ने कुराहरु पनि सुन्नमा आउँछ | कतिपय बेला रेड्पर्नु अगाडी नै रेड पर्दै छ है भन्ने सुचना पनि सुन्न पाइन्छ | अनेक थरिको लाइभ घटनाहरु देख्न सुन्न पाइन्छ | त्यसैले ठमेल संधै चलायमान र जागरुक देखिन्छ | राति अबेर सम्म नसुत्ने नेपालको एक मात्रै ठाउँ ठमेल नै हो | 

तर हिजो मात्रै घटेको एउटा अचम्मको घटना मेरो मानस पटलमा रात भर नै सल्बलायो | एक जना साथीको ट्रावल एजेन्सी खोज्दै एक जना पर्यटक ठमेलको चोक मै ओर्लेछ | त्यो एजेन्सीको साथीलाई त्यो पर्यटक संग देख भेट भएको थिएन रहेछ | तै पनि फोन गर्दै आएछ | अन्तमा ठमेलसम्म पुग्दा पुग्दै एजेन्सी साथिको मोबाइलमा सायद के गढ़बद भयो सम्पर्क हुन सकेन | ठमेल पुग्नु अगाडी सम्मको बार्तालाप अनुसार नै एजेन्सीको साथि त्यो पर्यटक खोज्न निस्केछ | तर अलि ढीला भएछ | 

बिचैमा बिचौलियाहरुले त्यो पर्यटक संग बार्तालाप गरेर एजेन्सीको साथि भेटाउन लाने बाचा गरेर आर्को एजेन्सीमा लगी दिएछ | बिचरा पर्यटकलाई के थाहा त्यो मान्छे नक्कली हो कि सक्कली हो भनेर | तै पनि उसले सुनेको अनुसारको मान्छेको रुप रंग, कपाल र कम्पनिको  नाम नदेखे पछि पर्यटकले नाम नै किटेर मेरो साथिको नाम फलानो हो त्यो साथिको कम्पनिको नाम फलानो हो भनेछ | त्यो आर्को एजेन्सीको कर्मचारीले त्यो कम्पनि पुरानो हो, अहिले नाम फेरेर यो कम्पनि भएको हो सबै काम अहिले हामीले नै गर्दैछौं भनेछ | त्यसो भए फलानो साथि चै को हो नि ? भनेर पर्यटकले फेरी प्रश्न गर्दा त्यो मान्छे पनि मै हो भनेर बिचरा पर्यटकलाई झुक्क्याउनु झुक्क्यायो |

यस्तो तुच्छ ब्यबहार, ठमेलका कति साहुजीहरुले व्यहोर्दै होलान, कति ब्यबसायीहरुको ब्यबसाय नै चौपट भएका होलान्, त्यस तर्फ ठमेलमा कारोबार गरेर डेरा जमाएका साउजीहरुले अनुगमन गर्न पर्छ जस्तो मलाई लागेको छ | अन्यथा बास्तबिकता थाहा पाए पछी बिचरा त्यो पर्यटकको मन कति दुख्ने होला? कहीं कतै भाबितब्य परेमा खास एजेन्सीको साख त खत्तम हुने नै भयो, त्यो सक्कली नामको साहुजीको इज्जतमा धब्बा लाग्ने मात्रै नभई ठमेलको साख नै खतरामा पर्ने कुरामा दुई मत नहोला |

अत: यस्ता क्रियाकलापमा जानी नजानी सहभागी भै क्षणिक लाभ लिने कर्मचारीहरुबाट साबधान हुनुका साथै समय मै सचेत हुन सम्पूर्ण ब्यबसायीहरुलाई अनुरोध पनि छ, यो कथा "तितो सत्य" हो | अस्तु |


11 September 2014

Wall Climbing

I saw my letter of appreciation dated 29 June 2002, when I was in Nepal Mountaineering Association as an administrator. Today, I recalled the wall climbing at the park. I was scared first time, when I saw people climbed the wall like monkey. I had tried two times but could not succeed. Third time I could reach the maximum height. I found myself happy and felt confident from my inner heart. Then I sent my eldest son Piyadassi, for climbing. At the age of 10 years, first he was reluctant to climb. After seeing number of enthusiast climbers, he tried to climb and reached as I did.

This experience encouraged me to start something new in climbing and adventure sports. But I could not do for long time, I was involved in management, branding, marketing and promotion of various corporate houses. 

I think now is the time to cash my experiences and need to start my own. Therefore, I have started Tripitak Holidays an adventure based sports tourism in Nepal. You can contact us for #Canyoning, #RockClimbing, #MountainBiking, #Paragliding, #Ultralight, #MountainFlight, #Zipfly, #BungyJump, #MotorbikeTour, #BushHike, #TrailRunning, #Hiking etc.

I do still remember the climbing artificial wall at International Mountaineers Memorial Park, Kakani, Nuwakot with the help of professional mountain guides from NMA. Yes, I did climb the artificial wall.

After long gap few months back again I have an opportunity to be in Nagarjun Rock Climbing spot and climbed normal route set for beginners. Yes this time, I did climb two times to get the point that was fixed for beginners. My instructor was Kishor Shahi, the owner of Chhango, The Canyoning Company. After that climbing and some adventure experience and my long involvement in tourism encourage me to start consultancy to manage tourism business houses. To start with now I am looking after the management of Chhango and my own company. I am happy, very happy to be involved in this adventure sports.

Common guys and gals ! Join us to sharpen your confidence in you. 

email us: info@tripitakholidays.com l info@canyoninginnepal.com

24 July 2014

ठमेल (Thamel)

हामी ठमेलको बजेट होटेलको कोठा कति सम्म पाइन्छ भनेर खोज्दै थियौं । घुम्दै जांदा एउटा होटेलमा पुगियो। होटेल भित्र पस्दा पस्दै रिसेप्सन तिर पुगियो। सोफा कम बेड भएको रिसेप्सन कोठामा पुरानो कफि टेबुलमा पुरानै पत्रिका, एउटा फुलदानीमा प्लास्टिकका फुल, खुइलेको भित्तामा केही देवी देवताको फोटोहरु झुन्डिएको देखियो।

उप्केको प्लाइउड भएको रिसेप्सनको टेबुलमा एउटा क्यालेन्डर, रजिस्टर, कापी संगैको आर्को टेबुलमा।

रिसेप्सनिस्ट्को प्रतिक्षामा हामी बस्दै गर्दा एक जना सानो फुच्चे केटो कान कोट्याउदै, आँखा मिच्दै आईपुग्यो। हाफ कट्टु लगाएका त्यो भाईले हामीलाई पहिलो प्रश्न गर्यो  "कोठा एकछिनको लागि हो कि एक दिनको लागि ?"

म आश्चर्य चकित हुँदै आफ्नो भिजिटिङ कार्ड दिदै "भाई ठुलो मान्छे को हुनुहुन्छ बोलाई दिनुस त " भने ।

एक छिनमा ठुलो मान्छे पनि आइपुग्यो । मेरो भिजिटिङ कार्ड हेरे पनि त्यही प्रश्न दोहर्यायो । "कोठा एक छिन को लागि कि कति दिन को लागि ?"

हामी चकित भयौं । हामीले ठुलो गल्ती गरेछम क्यारे । कतै हाम्रो अनुहारमा त्यस्तो बदमाशी त झल्किएको पो छ कि ? पहिले त हामीले बुझेनम किन त्यस्तो प्रश्न सोधेछन भनेर । केहि छिन पछि एक जोडी केटा केटी नाकमा मास्क लगाएर आए । हामीले कोठा नलिने भन्ने थाहा पाएर होला " तपाईंहरू एकै छिन बस्नुस है । म उहाँहरु संग कुरा सिध्याउछु " भन्यो ।

त्यो टोलिलाई पनि सिधै प्रश्न गर्‍यो " एक छिन कि एक दिन ?" 

केटो : "एक छिन ।"

रिसेप्सनिस्ट:" एक छिन को लागि हो भने आठ सय एक दिन हो भने पन्ध्र सय है सर।"

केटो : "अलि दिस्काउन्ट गरिदिनुस न ।"

रिसेप्सनिस्ट: "एक छिन को लागि यत्तिनै हो ।"

केटो : "ल ल ठिकै छ । कुन कोठा हो देखाइ दिनुस ।"

हामिले बल्ल कुरो बुझ्यौ । के के न ठूलो काम गर्ने भनेर गएको त्यहा को परिस्थिति देखेर छक्क पर्यौ ।

यथार्थमा त्यो दृश्य मेरो मानस पतलमा झल्झल्ती आएको देख्दा नेपालमा पनि रेड लाईट एरिया छुट्याउनु बेस होलाकी जस्तो लाग्यो । सामाजिक अवस्था ले नपचाए पनि वास्तविकता आफ्नै आँखा अगाडि देखियो । समाज कता लाग्दै छ ? स्कुल, कलेजमा पढ्न गएका हाम्रा सन्तान कतै कुबाटोमा त लागेका छैनन ? एक पटक सोच्न पर्ला कि ? अस्तु ।

14 July 2014

Birthday in the sky, a family fly

Birthday in the sky, Pokhara, a lake city of Nepal.

It was just beginning of the monsoon, we have decided to celebrate birthday in the sky. First it was like a monsoon madness, most of our friends did not suggest us to visit Pokhara during monsoon. We may get thunder storm. But on 24 June 2014 morning, we were excited whether we could complete our mission or not. The weather was cloudy and gloomy in Pokhara, We were expecting the favorable weather for paragliding in paradise. Our mission was to celebrate our daughter's birthday in the sky. 

A Sacred Start
Early morning, we went to Taal Barahi, a lake temple in Fewa Taal. By the time, we were boating in Fewa lake, we could see the weather was getting clear and sunny. We had a nice time in Fewa lake. We all got chance to row the boat turn by turn while going to Temple and back. This time, every body got life jackets for boating, which we felt very good for security reason.

The Call from the Sky
I got a first call at 9:00 am from Avia Club that we need to be assembled by 11: 00 am at their office. We could see a hope for probability of paragliding.

After coming back from Taal Barahi Temple, we were taking brunch when my mobile got second call from Avia Club. This time, our assembly time got revised to 10:45 am. We need to rush a little bit more. But we were happy. We got confirmation that we were flying. 

Sarangkot – The Takeoff Point
During our transfer to Sarangkot, I briefed all our pilots that we were celebrating our daughter's birthday in the sky. All pilots got excited and thrilled. They promised us to keep us flying in same elevation as far as possible.

We all reached Sarangkot, the base camp for Paragliding, I like to say, at 11:30 am. The weather was favorable and we all got big bag to carry and waiting for favorable wind. One of our Pilot said that "first carry this bag by yourself, after flying it will carry you". Wow. What a wonderful bag. It was actually a parachute.

A Family in the Sky
Yes.......! My wife Yek Maya took off first. She was enjoying. Then, my birthday girl Uppalavanna,  myself, my eldest son Piyadassi and my youngest son Nhuja turn by turn.

Wow... We all family were in the sky at the same time. It was our dream that came true and we created own history celebrating our daughter's birthday in the sky in Pokhara, Nepal, that was first of its kind in Nepalese tourism industry, if I am not wrong. I have not heard this type of flying but we did it.

All our pilots tried to be in same elevation, but my elder son, my daughter and I could see in the same elevation, my wife was in higher and my youngest son in the lower elevation. Even then, we could wish her in the sky.

We all were in the sky. All family members got refreshed, a happy present to my family that I could ever give and that became historic.

A Dream Realized
What I found is we could launch this concept as a tourism product. "Birthday in the sky, a family fly." 

Gratitude
We are grateful to Mr. Barun Gyawali, Avia Club and all the Pilots, Ronald, Mouricio, Elli, Bijay Gautam & Bijay Dahal.

From next time, why not you think about celebrating your kids birthday in the sky, an adventure gift. 

Enjoy...!

Vinaya Shakya
Travel Consultant, Blogger
Kathmandu, Nepal
#Birthdayinthesky
www.tripitakholidays.com

14 June 2014

सिंह र हात्ती

एक दिन चितवनको जङ्गलका राजा सिंहलाई सबै जनावर सङ्ग अन्तरबार्ता लिनु पर्यो, के प्रश्न राख्ने होला भनेर मनमनै गुनेछ । केही बेर पछि एउटा प्रश्न फुरेछ । यो जङ्गलको राजा को हो ? मलाई चिन्छौ कि चिन्दैनौ ? त्यसपछि, त्यो सिंह जङ्गलमा आउने सबै जनावरलाई सोध्न हिडेछ ।

सबैभन्दा पहिला खरायो बुद्रुक बुद्रुक उफ्रदै आएको रहेछ ।

सिंह : ए खरायो ! यो जङ्गलको राजा को हो भन त ।
खरायो : (दुबै हात जोडेर लग लग काप्दै, मन मनै ल खत्तम आज यो सिंहले मलाई खाने भो भन्ने लागेछ ) र बिनम्रताका साथ जवाफ फर्काएछ । सरकार ! यो जङ्गलको राजा हजूर त हो नि ।

सिंह : (दङ्ग पर्दै) ल ठिक  छ, जा ।
खरायो दङ पर्दै, बचियो भनेर ताप थोकेछ ।

त्यस पछि स्याल आएछ ।

सिंह : ए स्याल ! (भनेर पुर्ब प्रश्न सोधेछ)
स्याल : सास्टाङ दण्डवत गर्दै, सरकार ! यो जङ्गलमा अरु को हुन सक्छ र सरकार बाहेक ! हजुर नै त हो नि। अरु कस्को हिम्मत । हजुर जस्तो राजा बाहेक अरु हुने चान्स नै छैन ।

सिंह : तैंले झुठो बोलेको त होइन ?

स्याल : धरोधर्म हजुरको मासु खाने मैले झुठो बोलेको छैन ।

सिंह : ल ल ठिक छ । मोरो मेरो कसम खान्छ । जा ।
स्याल कुलेलम थोकेछ ।

घुम्दा घुम्दै सौराहा तिर पुगे पछि हात्ती देखेछ ।

सिंह : ए हात्ती ! यो चितवनको जङ्गलको राजा को हो भन् त ।

हात्तीले जवाफ फर्काएन । थुस्स परेर बसेछ ।

सिंह : (फेरि प्रश्न दोहर्याएछ ) ए हात्ती सुनेन ? यो जङ्गल को राजा को हो ?

फेरि पनि हात्तीले जवाफ फर्काएनछ । तेस्रो पटक सिंह कड्केर बोलेछ । ए हात्ती ! नसुने झैं गर्छस ? यो जङ्गल को राजा को हो ? मलाई चिनेनस ?

हात्ती स्वास्नी सङ्ग झगडा भएर मुड अफ भएर बसेको रहेछ । आफ्नो सुड्ले सिंहलाई च्याप्प समातेर फु......त्त फालिदिएछ । सिंह रुखमा ठोक्किएछ । टाउको फुटेर रगताम्य भएछ ।

सिंह : थाहा छैन भने पुगि हाल्थ्यो नि ! यस्तरी फाल्नु पर्छ । डाका, टाउको साउको नै फुटाइ दियो, भनेर आफ्नो  बाँस स्थान फर्केछ ।अस्तु ।