Grab the widget  Get Widgets

Sunday 6 September 2015

"ह्याक" के हो ?

संचार क्षेत्रमा सम्मानित पदमा रही काम गरी  सकेका वरिष्ठ ब्यक्तिले सार्बजनिक कार्यक्रमको दौरानमा तिक्तताका साथ अभिव्यक्त "मेरो इमेल ह्याक गर्‍यो" भन्ने शब्द सुन्दा म त स्तब्ध र छक्क ।

सामान्यतया ईमेल ह्याक हुँदा आफ्नो इमेल चेक गर्न मिल्दैन र ह्याक गर्नु भनेको बिधुतीय अपराध पनि हो । तर त्यो शब्दको सामान्य अर्थ समेत हेक्का नराखी गम्भीर आरोप लगाइ दिएर आफ्नो तिक्तता व्यक्त गर्नु भयो महाशयले । यो कत्तिको संगीन आरोप हुन सक्छ, त्यो त मैले अनुमान लगाउन सकिन ।

मैले बुझे अनुसार आफुले आफ्नो इमेल चेक गर्न नसकिने अवस्था सिर्जना हुनु र आफ्नो इमेलको पासवोर्ड चोरेर अरु कसैले आफ्नो नामबाट इमेल गरिदिने कामलाई "ह्याक" भन्ने शब्द प्रयोग गर्न मिल्छ । त्यसैले ह्याक हुनबाट बच्नको लागि  सेक्युरिटी कोड राखेको हुन्छ, जुन प्राय गोप्य हुन्छ ।

"बोल्न पायो भने प्याच्च नबोल्नु, बस्न पायो भने थ्याच्च नबस्नु" भनेर बुढा पाकाले तेस्सै भनेका होइनन् । त्यसैले शब्दको अर्थ अनर्थ के हो बुझेर मात्रै बोल्नु ठिक होला कि । #चेतना भया । अस्तु ।

No comments:

Post a Comment