06 October 2025
सासुमा
05 October 2025
रिस
आज घरमा दाजु-भाउजूको बिहानैदेखि नोकझोंक चलेको रहेछ। मान्छे न हो, मलाई दाजु- भाउजूको झगडा तगडा हुन्छ भनेर बिरालाको चालामा भान्साको ढोकाबाट यस्सो चिहाएर हेर्दै थिएं, भाउजूको आँखा त आम्मामा आगो जस्तै, बोलाइ त क्या खत्रा, अहिले नै खाउंला जस्तो, झ्याप्पै झपार्दी हाल्ने! दाजु पनि चुप लाग्ने मान्छे कहाँ हुनु त, उनले पनि दुईचार शब्द तेस्र्याएछन्। त्यसपछि गाउँमा हुने मेलाको झैँ घमासान वाकयुद्ध सुरु भो।
म त "बिरालो झैँ बिस्तारै भित्र पसुँ कि" भन्ने सोच्दै थिएँ, एक्कासी भाउजूले दाजुको खाना खाने प्लेटै समातेर "स्वाईंट्ट" गर्दै फ्याँकिदिनु भयो। त्यो प्लेट त झण्डै मेरो टाउको निर आयो। धन्नै मैले ढोका समाएर शरीर टाउको बटारेर छलें। आँखै अगाडिबाट त्यो प्लेट उडन तस्तरी उडेको झैं देख्दा त थरर भएँ।
प्लेट उडेर सीधै छिमेकीको पर्खालमा "ढयाम्म" गर्दै ठोक्कियो। प्लेटको आवाजै सुन्दा पनि लाग्थ्यो, मानौँ मान्छे नै पछारिएको हो कि जस्तो। छिमेकी आमा त आँगनबाटै चिहाउँदै, "आम्मामा! के भयो नि यो?" भनेर कराउनुभयो। मैले नदेखे जस्तो गरि ताप कसें।दाजु र भाउजू भने अझै रोकिएनन्। भाउजूको हातमा त अरु भाँडा नपरोस् भनेर दाजु चुप लागेझैँ देखिए। म भने मनमनै सोचें, मेरो पनि बुढीसंग यस्तो भयो भने पहिले नै ताप कस्छु, यी बुढाबुढीको जस्तो रिसको झोंकमा आफ्नै प्लेट चैं छिमेकीको घर सम्म पुग्ने गरि फ्यांक्दिन। रिसको झोंकमा आफ्नै अगाडि भाँडा उड्छ, मन त के न उड्ला?
त्यसै बेला बुबाले भनेको कुरा सम्झिएँ, "घरको आगो छिमेकीलाई देखिन्न तर धुवाँ चाहिँ सबैतिर पुग्छ।" यो घटना देखेपछि त त्यो भनाइ झन् पक्का लाग्यो। अस्तु।
04 October 2025
गोरे दाई
01 October 2025
देवी आमा
30 September 2025
जिम्मेवारीको पीडा
28 September 2025
गालीको पींढी
लघुकथा: “गालीको पींढी”
रामे (रामबहादुर) सानैदेखि गाली खाएर हुर्किएको मान्छे। गाउँका छरछिमेक र बुढाबुढीले उनलाई “ए गधा!”, “ए मूर्ख!”, “ए लम्फु" "ओए ग्वांग्रे" भन्ने शब्द बिहान देखि बेलुकी सम्म नै सुनेर हुर्केका थिए। त्यसैले रामेले आफ्नो बालबालिकालाई पनि यस्तै परिबेशका बोली नै प्रयोग गरेर बच्चाहरु हुर्काउन पर्छ भन्ने मनोभावना लिएका थिए।
अब रामेको बिहे भैसकेको थियो। मानिसहरुले अलि फरक नजरले हेर्न थाल्यो। सायद रामे सुध्रेर जान्छ भन्ने आशा गरेका थिए। अलि फरक पनि हुनै पर्यो। पारिवारिक जञ्जाल र सामाजिक परिबेश संगै घुलमिल हुनै पर्यो। समय अनुसार रामेको बच्चाहरु भयो। हुंर्कंदै गयो। कहिलेकाहीं आफ्नो बालपनमा भए गरेका कठिन समयको असर आफ्नो बालबच्चामा नपरोस भन्ने भावना पनि गर्थ्यो।
बच्चाहरू हुर्कंदै जांदा चुलबुल गर्दा घरका भांडाकुंदा टुट्ने फुट्ने हुंदा भने आफु बालक हुंदा खाएको गालीको सट्टा भर्ना लिने जस्तो व्यबहार गर्थ्यो। आफ्नै बालबच्चाहरुलाई ठूलो मान्छेलाई जस्तै गाली गरेर झपार्दी हाल्ने गर्थ्यो। बिचरा बच्चाहरु न त कुरा बुझ्ने उमेरमा थियो, न सम्झिन सक्ने।
तर रामे बुबा भने बिहानैदेखि गाली बैंक जस्तै लाग्थ्यो "ए अल्छी! ओए ग्वांग्रे!”। बिचरा बच्चाहरुले जे गर्न खोज्दा पनि डराएर गरुंकि नगरुं कन्फ्युज हुन्थ्यो। आर्काको बच्चाले यसो गर्छ, त्यस्सो गर्छ, तंइले यति जाबो काम पनि गर्न सक्दैनस् ? भनेर हरेक पटक रोक्ने टोक्ने गर्दथ्यो। यसो गर्दा बच्चाले पनि केही काम आफैले नगर्ने र गर्न पनि डराएर मात्रै गर्थ्यो।
आमा सीता त झन् वाक्क। आफ्नो सन्तानलाई हेरेर भन्थिन्, "यो हाम्रो बच्चा हो कि, त्यसका बाबुको गालीको लागि प्रयोगशाला?"
एक दिन टोलमा आएका बाल मनोवैज्ञानिक डाक्टर साबले यो दृश्य देखे। उहाँले रामबहादुरलाई सोधे, “दाइ, किन आफ्नै बालबच्चाहरुलाई यति धेरै गाली गर्नु हुन्छ?”
रामबहादुर हाँस्दै भने, “ किन र! मैले के गल्ती गरें र? मेरै बच्चाहरु हुन! म पनि त जिन्दगीभर गाली खाएरै हुर्केको मान्छे, त्यसैले बानी परेको हो। यति गाली गरेन भने त बच्चाहरुले भोलि मलाई टेर्दै टेर्दैन नि!”
डाक्टर साब मुस्कुराउँदै उत्तर दिए, “त्यसैले त तपाईं अझै पनि रिसाहा हुनु हुन्छ। गालीले बच्चाको आत्मा नै सुक्छ, डर मात्र बढ्छ। आत्मबल हराउंछ। आफुले आफुलाई बिश्वास गर्न सक्दैन। सायद! तपाईंको आफ्नो बालापनमा तपाइले धेरै गाली खाएको होला, अनि तपाईँमा यो चिडचिडापन अझै आएको हो। नत्र तपाईं यस्तो मान्छे हुन नपर्ने हो। घर ब्यबसाय राम्रै छ। तर तपाईंको बोली भने गोली जस्तो छ।
आफ्नो सन्तान प्रति तपाईंले दुश्मनको जस्तो व्यवहार गर्दै हुनुहुन्छ। अनि आफ्नो सन्तानबाट तपाईंले सकारात्मक व्यवहार खोजेर आउँछ? प्रेमको बोलीले पो आत्मबल जगाउने गर्छ। "मेरो छोरा" "मेरो ज्ञानी बाबु", भन्ने शब्द सुन्दा बालक मुस्कुराएर भनेको मान्ने हुन्छ र व्यबहार पनि फरक पर्छ। कमसेकम प्रयास त गर्नुस्!”
रामबहादुर अचम्ममा परे, “गाली बिना पनि बच्चा हुर्कन्छ त?”
डाक्टर साहबले हाँस्दै भने, “गालीले त जिन्दगी नै ध्वस्त बनाउंछ, मायाले मात्र ब्यबहारिक हुन्छ। बच्चालाई हरेक दिन साना–साना कुरामा निरुत्साहित गर्नुको साटो प्रोत्साहनका शब्द दिनुस्। ‘तिमी सक्छौ’, ‘तिमी राम्रो गरिराछौ’। यस्तै यस्तै! मीठो बोली वचनले नै सन्तानको मनोबल अकाशिन्छ।”
त्यस दिनदेखि रामबहादुरले गालीको पसल बन्द गरे। अब छोरालाई देख्नेबित्तिकै भन्थे, “ए मेरो बाबा, आउ त, कति ज्ञानी छोरा।”
सीता हाँस्दै भनिन्, “अब भने सांच्चै राम बहादुर हाम्रो घरमा आएको छ। धन्यवाद डाक्टर साहब! अब हाम्रो घर गालीको कारखाना होइन, मायाको बगैँचा बनेको छ।” अस्तु।
28 August 2025
Sleep Tourism
The Rise of Sleep Tourism and Nepal's Potential
Tranquil Environment: Away from urban noise and light pollution, offering natural serenity.Comfort-Centric Accommodation: High-quality bedding, effective soundproofing, and complete darkness.Wellness Infrastructure: Spa facilities, meditation spaces, and areas for gentle physical activity like yoga.Expert Guidance: Access to sleep specialists, therapists, and nutritionists.Mindful Cuisine: Menus featuring ingredients known to promote relaxation and sleep.Digital Detox Options: Encouraging guests to disconnect from screens.
Enhanced Well-being: Guests return feeling refreshed, with improved sleep habits.Unique Market Niche: Attracts a specific segment of travellers seeking health-focused experiences.Higher Revenue Potential: Premium services and extended stays often command higher prices.Sustainability Focus: Often aligns with eco-tourism by promoting serene natural environments.Education: Teaches guests valuable lifelong sleep hygiene practices.
High Setup Costs: Requires significant investment in specialized amenities and expert staff.Niche Market: While growing, it’s still a smaller segment compared to traditional tourism.High Expectations: Guests expect perfect conditions and measurable improvements in their sleep.Marketing Challenge: Communicating the value of "doing nothing" can be tricky.
Strengths: Natural Serenity: Unparalleled tranquil mountain landscapes, pristine air, and a slower pace of life.Wellness Heritage: Deep-rooted traditions in yoga, meditation, and Ayurveda.Spiritual Ambience: Ideal for introspection and mental calm, conducive to sleep.Unique Cultural Immersion: Offers a distinctive experience beyond just sleep.
Weaknesses: Infrastructure Gaps: Limited high-end, purpose-built sleep wellness resorts outside major cities.Connectivity: Access to truly remote, tranquil areas can be challenging.Awareness & Marketing: Lack of global recognition for Nepal as a sleep tourism destination.Trained Personnel: Shortage of specialized sleep therapists and wellness coaches.
Opportunities: Differentiate Tourism: Diversify beyond adventure tourism, appealing to a new demographic.Luxury Market: Tap into the high-yield wellness tourism market.Community Involvement: Create jobs and promote sustainable local economies in rural areas.Partnerships: Collaborate with international wellness brands and sleep experts.
Threats: Competition: Other countries are already establishing themselves in the wellness tourism space.Environmental Degradation: Risk of over-development if not managed sustainably.Maintaining Authenticity: Balancing Modern Amenities with Traditional Charm.Economic Instability: Potential impact on investment and growth.
Vinaya Shakya,
Travel Consultant
14 August 2025
Business Support
This page is designed to help you find a solution for your business promotion. If you need the following promotional materials, please feel free to contact me. vinayashakya@gmail.com

Souvenir:
- Logo lapel pin
- Tie pin with corporate logo
- Postcard of your product
- Key ring
- Badge
- Stickers
- Ball pen
- Letterhead printing with your logo
- Corporate brochure
- Brochure printing
- Program booklet
- Corporate Newsletter
- Flyer
- Stationery products with your logo
- Receipt
- Invoice
- Bill
- Visiting card
- Invitation card
- Greeting card
- Book mark
- Calendar printing
- Certificates of appreciation
- Office bag
- Corporate bag
- Bunting
- Flex printing
- X banner
- Passport cover
- Visiting card purse
- Pen sets
- Nepali Silk
- Pashmina
- Hemp (Allo)
- Corporate website
- Software development
- IT maintenance support
- Corporate Interactive CD (ICD)
- e-Newsletter
- Video shooting, editing
- Documentary
- Still photography
- LCD Projector
- Film Projector with sound system
- Residence
- Office ambience
