01 April 2025
आजकाल मलाई डर लाग्छ।
26 March 2025
Agro Tourism: A Closer Look
- Cultural Immersion:
Visitors can experience traditional Nepalese culture, customs, and festivals. - Natural Beauty:
Nepal's stunning landscapes, from the Himalayas to the Terai, provide breathtaking backdrops. - Agricultural Diversity:
The country's diverse climate and topography support a wide range of agricultural activities. - Authentic Experiences:
Visitors can participate in farming activities, learn about local produce, and savor farm-to-table cuisine.
- Farmers: Small-scale farmers can offer tours, accommodations, and farm experiences.
- Agricultural Cooperatives: Cooperatives can organize group tours and activities.
- Rural Homestays: Families living in rural areas can welcome visitors into their homes.
- Agritourism Businesses: Dedicated agritourism businesses can provide specialized experiences.
- Increased Income: Agro tourism can generate additional income for farmers and rural communities.
- Job Creation: It can create new jobs in tourism-related sectors.
- Community Development: Agro tourism can contribute to the development of rural areas.
- Cultural Preservation: It helps preserve traditional agricultural practices and cultural heritage.
- Environmental Awareness: It promotes environmental sustainability and conservation.
- Infrastructure Challenges: Rural areas may lack adequate infrastructure for tourism, such as transportation and accommodations.
- Seasonal Fluctuations: Tourism can be seasonal, affecting income stability.
- Competition: There may be competition from other tourist destinations.
- Cultural Sensitivity: It's important to be mindful of cultural sensitivities and avoid exploitation.
- Basic Amenities:
Farms should have basic amenities like clean water, sanitation, and comfortable accommodations. - Hospitality:
Hosts should be welcoming and knowledgeable about their farm and the local area. - Safety:
Safety measures should be in place to protect visitors and staff. - Legal Compliance:
Businesses should comply with local laws and regulations. - Marketing:
Effective marketing is essential to attract visitors.
Travel Consultant
25 February 2025
शक्तिशाली मदारी
बोल्न पनि के बोल्नु? जे सिकायो, त्यै बोलिरा बानी ! अब त झन त्यो मदारीले नै बाटोमा नै छोडेर गए पछि कस्को बाउको के लाग्छ र? अनि कस्को पछि लाग्नु? त्यो मदारीको पछि पछि लाग्यो भने त लात्ताले हान्दिई हाल्छ, घिच्नु घिचाए, अघाउन्जेल घिचाउंछु भनेथे, त्यै भएर आफ्नो बानी बिग्रीसकेको छ भन्दै एउटा बांदरले आर्को सित गुनासो गर्दै रछ।
19 February 2025
रातको पैसा
रातको पैसा
पार्टीको माहोल रंगिएको थियो, तर मेरो जिन्दगी झन् रंगीन भयो, जब एक अपरिचित महिलाले मेरो अगाडि उभिएर हल्का मुस्कानका साथ उनले भनिन्,“तपाईंलाई फेरि भेट्न पाउँदा कति खुसी लाग्यो! अघिल्लो शनिबार पोखरामा बिताएका ती मधुर क्षणहरू सम्झनुभएको छ?”
मेरो मन भित्र चसक्क भएको महसुस गरेँ। पोखरा? कहिले? किन? र कोसँग?
अनि पोखराको सरांगकोटमा हामी दुई जना बसेको बिर्सियो? रातभर मलाई सुत्न नदिएर! हल्ला गरेर!
मेरो टालु सुक्यो? टाउको भाउन्न भयो। मेरी श्रीमतीले गोलभेंडा जस्तो रातो आँखा पारेर आँखा तर्यो।
"ह्याँ! तिमी पोखरा गएका थियौ? कहिले?
त्यो महिलाले भनिन, अस्ति शनिबार। श्रीमती तिर हेर्दै, अनि उहाँ को नि? मैले त चिनिन नि!
मैले भनेँ, "चिन्न त मैले पनि तपाईंलाई चिनिन नि, उहाँ चैं मेरी अर्धाङ्गीनी। माफ गर्नु होला अस्ति शनिबार म पोखरा गएको छैन। म त मेरै श्रीमती संग घरमै थिएँ।"
अब त्यो महिलाले निधार खुम्च्याउँदै भनिन्, “ओहो! तर तपाईं जस्तै देखिने एक जना सज्जनले मलाई पैसा दिएर सहयोग गर्छु भन्नु भएको थियो, आजको भोजमा। मैले त उहाँ नै सम्झेर कुरा गर्न आएको। माफ गर्नुस है!”
श्रीमतीले गहिरो सास फेर्दै मेरो कानतिर झुकेर भनिन्, "धन्न बूढो! अस्तिको शनिबार पोखरा गाको भए तिमी त खत्तम हुने रैछौ, हगी?" अस्तु।
17 February 2025
स्पेसल स्याण्डवीच
स्याण्डवीचको स्वाद
एकदिन दिउँसो साथीले भन्यो, "ओइ, एकदम जब्बर च्या घर भेट्या छु, त्यता गएर च्या खाम न! र मज्जाले केही स्पेसल पनि खाऔं न!" म पनि फोकटमा पाउँदा किन छाड्नु, "ल, जाम!" भनें।
चिया पसल भब्य सजाएको, भित्तामा गज्जबको सजावत, कुर्सी सबै बांसबाट बनेको अर्गानिक । अनि चिया अर्डर गरियो, तर साथीको चित्त बुझेन। "साँच्चै अलिकति चपाउने नि खानुपर्छ!" मैले पनि भनें, "ठिक छ, तेरो सरसल्लाह अनुसार खाने भए, खाम न त! तर स्पेसल नै खाम!"
साउनी!, तपाईंको रेस्टुराँमा स्पेसल डिस के छ?
साउनी: "हाम्रो स्पेसल चीज स्याण्डवीच एकदमै दमदार छ!"
मैले सोधें, "एकदम स्पेसल नै हो त?"
साउनी: "हो नि! चाखेर हेरिहाल्नुस्!"
ल ठिक छ भन्दै अर्डर गरियो। कुरियो, धेरै बेर कुरियो। बल्ल बल्ल आधा घण्टापछि एउटा प्लेट आयो। हेर्दा लाग्यो—"बर्षौंको तपस्यापछि साक्षात्कार भएझैं!"
प्लेटमा दुई टुक्रा सेकेको पाउरोटी राखिएको थियो। बीचमा २-४ टुक्रा भेंडेखुर्सानी, मसिनो गांजर, गोल्भेंडा, अनि चीजका टुक्राहरु राखेर आगोमा डामेर ल्याएछ।
मैले साउनीलाई सोधें, "साउनी, स्पेसल भनेको यही हो?"
साउनी: "हो, दाई! यही हो त हाम्रो सिग्नेचर डिश हो!"
२५० रुपैयाँ प्रती गोटा गरि ५००/-रुप्पे तिर्दा लाग्यो—चार टुक्रा सेकेको पाउरोटीलाई पो स्पेसल स्याण्डवीच भन्दो रछ। त्यस्का बाजे स्याण्डवीच स्पेसल हो कि बिल?" म त बहुते कन्फुजियामा परें।
साथीले स्याण्डवीचको एक टुक्रा मुखमा हालेपछि सुस्तरी भन्यो, "माफ गर है पासा! अबदेखि 'स्पेसल' अर्डर गर्नु अघि साइज र क्वान्टिटी राम्रो संग बुझ्नेछु।"
मैले चियाको गिलास उठाएँ र साउनीलाई सोधें— "साउनी! यो चिया पनि आगोमा सेकेको दुधवाला हो?"
साउनी मख्ख परिन् । हाम्रो पैसा झ्वाम पारिन। चार टुक्रा पाउरोटीको पान सय। सपना हो कि बिपना, भाउन्न भो। अस्तु।
09 February 2025
चाबी हराउंदाको बेचैनी
आज विहान घाम नझुल्किंदै कलेज जान हतारिएको थिएँ। जाडो यति थियो कि नाक रातै पार्ने खालको । बिहान बिहान मोटरसाइकल स्टार्ट गरेर हुइँकियो ।
बिहानको कलेज सकिएपछि मनमा फुरफुरी कुरा खेलाउदै पार्किङ्गमा पुगें। मोटरसाइकलको चाबी निकाल्न हात खल्तीमा हालें— चाबी भेटिएन! अर्को खल्ती चेक गरें— केही छैन! झोला तितरबितर पारें, चाबी भेटिएन।
अफिस कोठातिर दौडें। डेस्क मुनि, झ्यालको किनारा, दराज दराज सम्म चेक गरें। चाबी भेटिएन| पसिना पसिना भयो। आर्को अफिस पुगेर सोधें— रिसेप्शनको दिदीले सिधै भगवानको फोटो देखाइदिनुभयो। फेरि मोटरसाइकल राखेको ठाउँमा पुगेँ ।
अन्त त! कलेजको पार्किङ्गमा थचक्क बसें। दिमागमा हावा चल्न थाल्यो, "अब घर कसरी जाने? चाबी हरायो भने अर्को बनाउन पनि चाबी त हुनु पर्यो! घरसम्म पुग्नु पर्यो। आर्को पनि भेटिन्छ कि भेटिंदैन!"त्यत्तिकैमा हात पुनः विण्ड प्रूफ ज्याकेटको खल्तीमा गयो। एकछिन टकटकाएँ— छिर्लिङ आवाज! "के हो यो?" फेरि टकटकाएँ— "आखिर मेरो चाबी यहीँ विण्ड्प्रूफ भित्र पो रहेछ!" तर बिचरा चाबी! खल्तीको प्वालबाट उछिट्टिएर भित्रतिरको कुनामा बसेको रहेछ।
अब भने हांस्ने कि रिस उठाउने, केही थाहा भएन। एकछिन अघिसम्म कलेजभरी नाटक खेलेझैं चाबी खोज्दै हिँडेको थिएँ, असिन पसिन भएर दिमाग खराब गरेर बसेको थिएं। तर त्यो चाबी भने विण्ड्प्रूफ ज्याकेटको कुनै गोप्य गुफामा ध्यानसाधन गरिरहेको रहेछ।
मोटरसाइकलमा चढ्दै सोचें— "आज चाबी हराएको होइन, म आफैं हराएको रहेछु!" अस्तु।
