Grab the widget  Get Widgets

01 April 2025

आजकाल मलाई डर लाग्छ।

आजकाल मलाई डर लाग्छ।
कतै मेरो देश परदेश हुने हो कि? भनेर
कतै मेरो छिमेकीले क्वाप्प खाने हो कि? भनेर
कतै मेरो घर उजाड बनाइ दिने पो हो कि? भनेर

कतै देश बेच्नेहरु दलालहरुले आँखा लाएका छन् कि? भनेर
कतै छिमेक मै दलालहरुले मौका छोप्न लाएका छन् कि? भनेर
कतै दलालहरु घर भित्रै पो आइसकेका छन् कि? भनेर 
आजकाल मलाई डर लागेको छ।
अस्तु!

26 March 2025

Agro Tourism: A Closer Look

What is Real Agro Tourism?
Real agro tourism, also known as farm tourism or agricultural tourism, is a type of tourism that involves visiting a working farm or agricultural facility. It offers visitors the opportunity to experience rural life, learn about agricultural practices, and enjoy farm-fresh products. It's more than just a sightseeing trip; it's an immersive experience that connects people with the land and its producers.

Potential in Nepal Villages
Nepal, with its diverse landscapes, rich agricultural heritage, and friendly people, has immense potential for agro tourism. Its villages offer unique experiences, including:
  • Cultural Immersion:
    Visitors can experience traditional Nepalese culture, customs, and festivals.
  • Natural Beauty:
    Nepal's stunning landscapes, from the Himalayas to the Terai, provide breathtaking backdrops.
  • Agricultural Diversity:
    The country's diverse climate and topography support a wide range of agricultural activities.
  • Authentic Experiences:
    Visitors can participate in farming activities, learn about local produce, and savor farm-to-table cuisine.
Who is Eligible?
Anyone who owns or manages a farm or agricultural facility can potentially participate in agro tourism. This includes:
  • Farmers: Small-scale farmers can offer tours, accommodations, and farm experiences.
  • Agricultural Cooperatives: Cooperatives can organize group tours and activities.
  • Rural Homestays: Families living in rural areas can welcome visitors into their homes.
  • Agritourism Businesses: Dedicated agritourism businesses can provide specialized experiences.
Benefits and Disadvantages
Benefits:
  • Increased Income: Agro tourism can generate additional income for farmers and rural communities.
  • Job Creation: It can create new jobs in tourism-related sectors.
  • Community Development: Agro tourism can contribute to the development of rural areas.
  • Cultural Preservation: It helps preserve traditional agricultural practices and cultural heritage.
  • Environmental Awareness: It promotes environmental sustainability and conservation.
Disadvantages:
  • Infrastructure Challenges: Rural areas may lack adequate infrastructure for tourism, such as transportation and accommodations.
  • Seasonal Fluctuations: Tourism can be seasonal, affecting income stability.
  • Competition: There may be competition from other tourist destinations.
  • Cultural Sensitivity: It's important to be mindful of cultural sensitivities and avoid exploitation.
Requirements:
  • Basic Amenities:
    Farms should have basic amenities like clean water, sanitation, and comfortable accommodations.
  • Hospitality:
    Hosts should be welcoming and knowledgeable about their farm and the local area.
  • Safety:
    Safety measures should be in place to protect visitors and staff.
  • Legal Compliance:
    Businesses should comply with local laws and regulations.
  • Marketing:
    Effective marketing is essential to attract visitors.
By addressing these requirements and capitalizing on Nepal's unique assets, agro tourism can offer a sustainable and rewarding way for rural communities to benefit from tourism.
#AgroTourism #Toirism #TourisminNepal #MostSearchedPersoninNepal

Vinaya Shakya
Travel Consultant

25 February 2025

शक्तिशाली मदारी

लघुकथा: शक्तिशाली मदारी
विनय शाक्य, कपन मार्ग, महाराजगञ्ज, काठमाडौँ |
गज्जब छ बा! त्यो शक्तिशाली मदारीले संसारभरका बांदरहरुलाई नचाउंदै शक्ति संचय गरिराखेको रहेछ। अस्ति त्यो मदारीलाई के झोंक चलेछ, सबै बांदर र बांदरका नाईकेहरुलाई एकै पटक लखेटेर आ-आफ्नो जंगलमा जा भनेर दानापानी बन्द गरेर बाटा बाटोमै नै छाडिदिएछ।
हाम्रा तिर पनि त्यै बांदरको जमातहरु आका रछन्। हाम्रो तिरको जंगलाँ आ का ती बांदरहरु त्यो मदारीले दिएको दानापानी खाएर आफ्नो अस्तित्व बनाई राखेका रछन्। अइले आफ्नो अस्तित्व नै हराइसकेकोले हाम्रो खेतबारीमा जे भेट्यो, त्यै टिप्ने, झम्टिने गर्न लाएका रछन्। गाउंलेहरुले त्यस्ता बांदरलाई गुलेली हानेर धपाउने काम सुरु गरिसकेछन्। बिचरा पनि भन्न मन नलाग्ने! कति बांदरहरु त अहिले झोंक्राएर बोल्न पनि सकिरा छैनन्।

बोल्न पनि के बोल्नु? जे सिकायो, त्यै बोलिरा बानी ! अब त झन त्यो मदारीले नै बाटोमा नै छोडेर गए पछि कस्को बाउको के लाग्छ र? अनि कस्को पछि लाग्नु? त्यो मदारीको पछि पछि लाग्यो भने त लात्ताले हान्दिई हाल्छ, घिच्नु घिचाए, अघाउन्जेल घिचाउंछु भनेथे, त्यै भएर आफ्नो बानी बिग्रीसकेको छ भन्दै एउटा बांदरले आर्को सित गुनासो गर्दै रछ।
अनि बांदरे बानी अनुसार अहिले सम्म आफुले नि घर नबनाउने, अरुलाई नि घर बनाउन दिन्नौं भन्दै, बनिरा घर पनि बिगार्दै हिंडिराथे। अहिले फ्याट्ट फ्यांकिदिए, बाटा मैं। हेर त बिजोग! संधै दानापानी दिएर, घिच भनेसी मात्रै घिचिरा बांदरहरु अइले घिच्! भन्ने आदेश नै नपाएसी क्यार्छन्? अनि घिच्न दानापानी पनि त हुन परो नि! घिचेको कुरो नपच्दो र छ। बाबै! टाउकोमा हात राखेर एउटो बांदरले भन्दै रछ।
अब गाउंलेहरु पनि बुझ्न थाले, यी बांदरहरुले लोकल भएर पनि किन बुरुक बुरुक गरिराथे? भनेको त त्यो मदारीले पालेका पो रहेछन्! त्यै भएर मदारीले जे भन्यो, त्यै गर्थे रै छन् ।
हाम्रो गाउँमा छिमेकी देशको मदारीले बांदर नचाएको हेरेर रमाउने मान्छेहरु पनि थिए। अहिले सबै भेंडा भैसकेका रछन्। कुरो बुझियो।
अनि उहिले त कुन्निके बिस्तारबाद मुर्दाबाद भनेर देखावटी चिच्याएर हिंड्थे, भाषण गरेर हिंड्थे, अनि त्यो भेंडाहरुको जमातलाई उक्साएर मोज गरिराथे, अहिले कुन्नीके पुछेर फालेको ढुंगा जस्तो भो जिन्दगी भनेर एउटा बांदरले आर्को बांदरलाई भनिराछन्। अस्तु।

19 February 2025

रातको पैसा

रातको पैसा

पार्टीको माहोल रंगिएको थियो, तर मेरो जिन्दगी झन् रंगीन भयो, जब एक अपरिचित महिलाले मेरो अगाडि उभिएर हल्का मुस्कानका साथ उनले भनिन्,“तपाईंलाई फेरि भेट्न पाउँदा कति खुसी लाग्यो! अघिल्लो शनिबार पोखरामा बिताएका ती मधुर क्षणहरू सम्झनुभएको छ?”

मेरो मन भित्र चसक्क भएको महसुस गरेँ। पोखरा? कहिले? किन? र कोसँग?

अनि पोखराको सरांगकोटमा हामी दुई जना बसेको बिर्सियो? रातभर मलाई सुत्न नदिएर! हल्ला गरेर!

मेरो टालु सुक्यो? टाउको भाउन्न भयो। मेरी श्रीमतीले गोलभेंडा जस्तो रातो आँखा पारेर आँखा तर्‍यो। 

"ह्याँ! तिमी पोखरा गएका थियौ? कहिले? 

त्यो महिलाले भनिन, अस्ति शनिबार। श्रीमती तिर हेर्दै, अनि उहाँ को नि? मैले त चिनिन नि!

मैले भनेँ, "चिन्न त मैले पनि तपाईंलाई चिनिन नि, उहाँ चैं मेरी अर्धाङ्गीनी। माफ गर्नु होला अस्ति शनिबार म पोखरा गएको छैन। म त मेरै श्रीमती संग घरमै थिएँ।"

अब त्यो महिलाले निधार खुम्च्याउँदै भनिन्, “ओहो! तर तपाईं जस्तै देखिने एक जना सज्जनले मलाई पैसा दिएर सहयोग गर्छु भन्नु भएको थियो, आजको भोजमा। मैले त उहाँ नै सम्झेर कुरा गर्न आएको। माफ गर्नुस है!”

श्रीमतीले गहिरो सास फेर्दै मेरो कानतिर झुकेर भनिन्, "धन्न बूढो! अस्तिको शनिबार पोखरा गाको भए तिमी त खत्तम हुने रैछौ, हगी?" अस्तु।

17 February 2025

स्पेसल स्याण्डवीच

स्याण्डवीचको स्वाद

एकदिन दिउँसो साथीले भन्यो, "ओइ, एकदम जब्बर च्या घर भेट्या छु, त्यता गएर च्या खाम न! र मज्जाले केही स्पेसल पनि खाऔं न!" म पनि फोकटमा पाउँदा किन छाड्नु, "ल, जाम!" भनें।

चिया पसल भब्य सजाएको, भित्तामा गज्जबको सजावत, कुर्सी सबै बांसबाट बनेको अर्गानिक । अनि चिया अर्डर गरियो, तर साथीको चित्त बुझेन। "साँच्चै अलिकति चपाउने नि खानुपर्छ!" मैले पनि भनें, "ठिक छ, तेरो सरसल्लाह अनुसार खाने भए, खाम न त! तर स्पेसल नै खाम!"

साउनी!, तपाईंको रेस्टुराँमा स्पेसल डिस के छ? 

साउनी: "हाम्रो स्पेसल चीज स्याण्डवीच एकदमै दमदार छ!"
मैले सोधें, "एकदम स्पेसल नै हो त?"
साउनी: "हो नि! चाखेर हेरिहाल्नुस्!"

ल ठिक छ भन्दै अर्डर गरियो। कुरियो, धेरै बेर कुरियो। बल्ल बल्ल आधा घण्टापछि एउटा प्लेट आयो। हेर्दा लाग्यो—"बर्षौंको तपस्यापछि साक्षात्कार भएझैं!"

प्लेटमा दुई टुक्रा सेकेको पाउरोटी राखिएको थियो। बीचमा २-४ टुक्रा भेंडेखुर्सानी, मसिनो गांजर, गोल्भेंडा, अनि चीजका टुक्राहरु राखेर आगोमा डामेर ल्याएछ। 

मैले साउनीलाई सोधें, "साउनी, स्पेसल भनेको यही हो?"
साउनी: "हो, दाई! यही हो त हाम्रो सिग्नेचर डिश हो!"

२५० रुपैयाँ प्रती गोटा गरि ५००/-रुप्पे तिर्दा लाग्यो—चार टुक्रा सेकेको पाउरोटीलाई पो स्पेसल स्याण्डवीच भन्दो रछ। त्यस्का बाजे स्याण्डवीच स्पेसल हो कि बिल?" म त बहुते कन्फुजियामा परें।

साथीले स्याण्डवीचको एक टुक्रा मुखमा हालेपछि सुस्तरी भन्यो, "माफ गर है पासा! अबदेखि 'स्पेसल' अर्डर गर्नु अघि साइज र क्वान्टिटी राम्रो संग बुझ्नेछु।"

मैले चियाको गिलास उठाएँ र साउनीलाई सोधें— "साउनी! यो चिया पनि आगोमा सेकेको दुधवाला हो?"

साउनी मख्ख परिन् । हाम्रो पैसा झ्वाम पारिन। चार टुक्रा पाउरोटीको पान सय। सपना हो कि बिपना, भाउन्न भो। अस्तु।

09 February 2025

चाबी हराउंदाको बेचैनी

आज विहान घाम नझुल्किंदै कलेज जान हतारिएको थिएँ। जाडो यति थियो कि नाक रातै पार्ने खालको । बिहान बिहान मोटरसाइकल स्टार्ट गरेर हुइँकियो 

बिहानको कलेज सकिएपछि मनमा फुरफुरी कुरा खेलाउदै पार्किङ्गमा पुगें। मोटरसाइकलको चाबी निकाल्न हात खल्तीमा हालें— चाबी भेटिएन! अर्को खल्ती चेक गरें— केही छैन! झोला तितरबितर पारें, चाबी भेटिएन। 

अफिस कोठातिर दौडें। डेस्क मुनि, झ्यालको किनारा, दराज दराज सम्म चेक गरें। चाबी भेटिएन| पसिना पसिना भयो। आर्को अफिस पुगेर सोधें— रिसेप्शनको दिदीले सिधै भगवानको फोटो देखाइदिनुभयो। फेरि मोटरसाइकल राखेको ठाउँमा पुगेँ ।

अन्त त! कलेजको पार्किङ्गमा थचक्क बसें। दिमागमा हावा चल्न थाल्यो, "अब घर कसरी जाने? चाबी हरायो भने अर्को बनाउन पनि चाबी त हुनु पर्‍यो! घरसम्म पुग्नु पर्‍यो। आर्को पनि भेटिन्छ कि भेटिंदैन!"त्यत्तिकैमा हात पुनः विण्ड प्रूफ ज्याकेटको खल्तीमा गयो। एकछिन टकटकाएँ— छिर्लिङ आवाज! "के हो यो?" फेरि टकटकाएँ— "आखिर मेरो चाबी यहीँ विण्ड्प्रूफ भित्र पो रहेछ!" तर बिचरा चाबी! खल्तीको प्वालबाट उछिट्टिएर भित्रतिरको कुनामा बसेको रहेछ।

अब भने हांस्ने कि रिस उठाउने, केही थाहा भएन। एकछिन अघिसम्म कलेजभरी नाटक खेलेझैं चाबी खोज्दै हिँडेको थिएँ, असिन पसिन भएर दिमाग खराब गरेर बसेको थिएं। तर त्यो चाबी भने विण्ड्प्रूफ ज्याकेटको कुनै गोप्य गुफामा ध्यानसाधन गरिरहेको रहेछ।

मोटरसाइकलमा चढ्दै सोचें— "आज चाबी हराएको होइन, म आफैं हराएको रहेछु!" अस्तु।

02 February 2025

मुला बहस

रातो मुला: कस्तो मुला रैछ? म भन्दा सस्तोमा बेचिएछ। मुला अमेरिकामा मात्रै रंगभेद हुन्छ भनेको सुनेको, यो मुला बजारमा पनि मलाई किन्ने भन्दा त्यो सेतो मुला किन्ने धेरै रेछ।

सेतो मुला: तं मुला बढी भाउ खोज्छस क्यारे! अनि तं मुलालाई कस्ले किन्छ त!

गान्टे मुला थिच्चिएको रैछ, मुलाको तल्लो बोरा भित्र, उकुस मुकुस भएको रैछ, थिच्चिएको स्वरमा चिच्यायो, ए मुलाहरु! मलाई पनि निकाल त, यो बोरामा कोच्याएर के गर्न लागेको? तं मुलाहरु नेपाली कांग्रेस र एमालेको सपोटर होकि क्या हो? म मुला चैं माउवादी?

खोइ कता गयो? त्यो मुला साउ?

साउजी: लौ आयो! आयो! नेपाली कांग्रेस मुला, एमाले मुला, अनि माउबादी मुला! जो जो पार्टी हो, त्यै अन्सारको मुला हाम्रो नेपालाँ पाइन्छ। खासमा भन्ने हो भने नेपालमा नेपाली जन्ता भन्दा पार्टीका झोले पाउने भएकोले मैले नि यो मुलाहरुलाई ब्राण्डीङ गर्देको लौ जा! 

रातो मुला: मेरो अस्तित्व नै बेच्दिने? साउ मुला!

सेतो मुला: तेसो नगर मुला साउ!

गान्टे मुला: तं मुला साउ, मलाई थिचेर के गर्न लाग्या? झट्ट निकाल त! अस्तु |

01 February 2025

तिमी र कुकुर उस्तै भयो नि!

बिहान बिहान कुकुर डोर्‍याएर हिंडेको दाईलाई सोधेँ "गूड मर्निङ दाई, बिहान बिहान कुकुर संगै हिंड्नु भाछ नि" दाईले भन्नु भन्यो, हो नि यो कुकुरलाई डाक्टर काँ लान लागेको अलि रुघा ज्वरो आएको जस्तो लाग्यो।
ए हो र दाई! मलाई नि रुघाखोकी लागेर डाक्टर कहाँ गएर आएको।
दाईले जिस्काउंदै भन्नु भयो, "ए मेरो कुकुर र तिमी एउटै भएछौ त!" 
मैले पनि भनें, हो नि दाई! तपाईंको लागि म र तपाईंको कुकुर एउटै जस्तो त हो! तर फरक यत्ति हो कि, तपाईं र भाउजुले कुकुरलाई काखमा राखेर खेलाउनु हुन्छ, तर मलाई काखमा राखेर खेलाउन सक्नु हुन्न!
दाईलाई भाउन्न भएर झण्डै बाटोमा ढलेको! 
धत्, मुर्दार ! भाउजुको काखमा खेल्नु परो तंलाई? बज्या!! अस्तु।

31 December 2024

झिंगा (The Fly)

जाडोको रात। कोठामा एउटा झिंगा झ्यालमा टाँस्सिएर बसिरहेको थियो। जाडोले कठांग्रिएर होला झिंगा हेलिकप्टर झैँ गुडगुडाउंदै उड्न थाल्यो। झ्यालबाट छिरेको चिसो हावाले कालेलाई पनि झन झन सिरकभित्र छिर्न बाध्य बनायो। झिंगा भने तातोपन खोज्दै कालेको नाकको टुप्पोमा थपक्क बस्न आइपुग्यो। नाकबाट निस्किएको तातो हावाको आनन्द लिन झिंगा फेरी-फेरी कालेको नाकमा आइरह्यो।"यो झिंगाको झमेला हटाउनुपर्छ," भन्दै कालेले पहिले फुस्स फुक्यो। काम लागेन। 
रिसले झ्याप्प समात्न हात बढायो, झिंगा पनि के कम कालेको हात निस्कंन्जेल छलेर टाप कस्यो। "भएन, अब बत्ती बालेर नै यो झिंगा समात्छु!" भनेर कालेले बत्ती बाल्यो। झिंगा पनि मज्जा मानेर बिजुलीको प्रकाशमा रमाउन थाल्यो। अनि भुईँइ.. आवाज झन ठूलो पार्‍यो। रिसको झोंकमा कालेले बत्तीमा झ्याम्म हान्यो। बत्तीको बल्ब झ्वाम्म फुट्यो। अब झिंगा हरायो, तर कालेको कोठा भने अन्धकारमय बन्यो। बिजुली बिग्रियो, निद्रा हरायो। "यो झिंगाले मेरो बिजुली फुटायो!" भन्दै झिंगालाई गाली गर्‍यो अनि सुत्न खोज्यो। 

तर झिंगाको गुनगुन आवाज फेरि भुइँतिरबाट सुनियो। कालेको झिंगा मार्ने योजनाले विफल हुँदा एउटा कुरा सिक्यो—रिसले आँखा चिम्ल्याउँछ, तर झिंगाजस्तो झन्झटलाई अल्छी गरेर परिणाम नहेर्दा समस्यामा बढ्न गयो। ध्यान दिएर काम गरेको भए यति ठूला क्षति आफैंले व्यहोर्नु पर्थेन। 

ठ्याक्कै यही कुरा समाजमा पनि लागू हुन्छ। कहिलेकाहीं साना कुरामा तातो रिसले अनावश्यक निर्णय गरिन्छ। नतिजा, समस्या समाधान हुँदैन, उल्टै घाटा थपिन्छ। नेताहरुले पनि जनताका साना तिना समस्याहरुलाई नजर अन्दाज गर्छन, जथाभावी गर्छन। अनि उनीहरूलाई थिच्न खोज्दा धेरै हानिकारक परिणाम भोग्नुपर्छ। 

त्यसैले सानोतिनो कुरामा रिसको झोंकमा ठूला निर्णय नगर्नुहोस्। साना समस्या भनेर नहेप्नुस समस्यालाई बुझेर समाधान गर्नुस। अस्तु।

04 December 2024

अण्डाको फण्डा (Egg Story)

छोरीले अण्डा पकाउन लाको बेलामा जान्ने भएर जेठोले "आज मैले माइक्रोवेभमा अण्डा पकाएर खान्छु" भन्यो। माइक्रोवेभमा अण्डा पकाएर मीठो गरि खाएको युट्युबमा भिडियो हेरेजस्तो गरी खाने रहरले जेठोले एउटा सेरामिक्सको कपमा अलिकति पानी राख्यो, एक बिर्को भिनेगर राख्यो दुइटा अण्डा प्वाक्क फुटालेर कपमा राख्यो, एउटा कांटा चम्चाले अण्डाको पंहेलो डल्लोलाई झ्वांस्स झोस्यो अनि मुखमा स्वादको अनुमान लगाउंदै माइक्रोवेब चलायो। 

घ्वाइंइं करायो। एक मिनेटमा युट्युबेले पाकेको देखाएको थियो। जेठोले यस्सो हेर्‍यो, छेउ टुप्पो केही पत्तो पाएन, पानी पनि तातेको थिएन। अनि आर्को एक मिनेट थिच्यो, फेरि पनि चाईंचुईं केही गरेन। झोंक चले पछि दुई मिनेट थिचिदियो अनि एक कप च्या खांदैथ्यो, माइक्रोवेब भ्वांङग करायो। 

ओइ के भो? भनेर यस्सो हेर्दा त अण्डा सबै पड्केर माइक्रोवेब भरी छताछुल्ल! त्यै बेलां बुढी ठ्याक्कै आईपुगी, "के भो? भनेर चिच्याई।"

जेठो "लाजले भुटुक्क हुँदै, केही भा छैन, अण्डा पड्केछ। आजकल बम पड्किन छाडेकोले अण्डा पड्केको होला।" बुढी "अनि कसरी पड्कियो नि?" 

जेठो "दुइटा अण्डा लेराउ त अनि कसरी पड्केको भनेर फेरि पडकाएर देखाम्ला।" 

आज अण्डा पकाउनु अगाडि "तंलाई आज माइक्रोवेबमा पकाएर खाम्ला" भनेको थिएं। अण्डाले "मलाई पकाउन अण्डाको पंहेलो भागमा प्वाल पार्नु पर्छ अनि पड्किंदैन" भनेको त थ्यो। अण्डाको कुरो के सुन्ने? भनेर वास्ता ब्यास्ता नगरीकन पकाएको त रिसले अण्डा पड्केको रैछ।

बुढी "ए रात्तै! अब तिम्रो अण्डाले कुरा पनि गर्न थालेको रैछ त हगि !" जेठो "मेरो अण्डा होइन बुढी, कुखुरीको अण्डा हो, क्या! हत्तेरिका!"

युटुबको देखासिखी गर्दा अण्डा खाने रहर आज झ्वाम भो। अस्तु।