23 August 2019
11 August 2019
पर्यटनबिद
एकजनाले सोध्यो: यो पर्यटनबिद भनेको कस्तो मान्छेलाई भनिन्छ?
संगै बस्नेले भन्यो: जस्ले पर्यटन जान्यो त्यै पर्यटनबिद हो नि।
आर्कोले भन्यो: जस्ले पर्यटन अध्ययन गरेर स्नातक गर्छ त्यो पर्यटनबिद र स्नातकोत्तर गर्ने मान्छे चै पर्यटन बिज्ञ।
पहिलोले थप्यो: हाम्रो देशमा यस्ता बिज्ञ शिज्ञको काम छैन। हिजो अस्ति बस चलाएको मान्छेले आज हेलिकप्टर चलाएछ्न, होटल चलाएछ्न, त्यस्ता पो पर्यटनबिद र बिज्ञ हुन नि। बडा आयो पढेलेखेका बिज्ञहरु।
संगै बस्नेले भन्यो: त्यै त भन्या नि जस्ले पर्यटनको काम गरेर कुष्ट दाम कमाएका छन त्यस्तो पो पर्यटनबिद। दाम कमाउन नसक्ने पढेलेखेकाहरुलाई नि पर्यटनबिद भन्छ्न र?
आर्कोले भन्यो: मैले जाने अनुसार त स्नातक गरेकाहरु नै पर्यटनबिद हुन र स्नातकोत्तर गरेकाहरु चै बिज्ञ। तिमीहरूले आ-आफ्नो बुद्धिले जे भेट्टाउछौ त्यो नै पर्यटनबिद हो। अरुलाई बुद्धिजीवी नथान्नेहरु अनि आफू मात्रै सबै जान्ने सुन्ने नै पर्यटनबिद होला नि। बांकी सबै पाठकको बिचार। अस्तु।
09 August 2019
तीन पटक हाँस्ने सर
मेरो एक जना सर हुनुहुन्थ्यो। निक्कै सोझो, मतलब व्यंग्यबाण बुझाएर बुझाउन नसकिने। यस्तैमा हामी पोखरा घुम्न जाँदा संगै बस्ने अवसर पायौं। विभिन्न किसिमका उपद्रो कुरा कानी हुँदा पनि मेरो सर चैं गम्म परेर बस्नु हुन्थ्यो। हामी हाँसेको देखेर दिक्क मान्नु हुन्थ्यो। अनि फेरि मैले मेलै संग बेलि बिस्तारै लगाएर बुझाए पछि बल्ल हाँस्नु हुन्थ्यो।
यस्तैमा एक पटक हामीले कुरा टुंग्याउन नपाउँदै त्यो सर त मज्जाले हाँस्नु भयो। अनि मैले सोधें: सर जी, तपाईंले साँच्चै बुझेर हाँस्नु भयो कि त्यस्सै?
सरले भन्नू भयो: त्यस्सै !
मैले भने: किन?
सर: हाँसेन भने फेरि तिमी मोराहरुले बुझेन अनि हाँसेन भनी हाल्छौ नि।
मैले भने: हाँस्नु त भयो सर तर अलि चाँडो भयो। मेरो कुरो नै टुंगिएको छैन। कुरो टुंगिएसी हाँस्दा बल्ल मीठो हुन्छ क्या! सर!
सर: कस्तो मोरो रहेछ। हाँसेन भने बुझेन भन्छ, हाँस्यो भने चाँडै भो भन्छ। अनि कैले हाँस्ने त?
मैले भने: कुरो टुंगिएसी ।
सर: तेरो कुरो कैले टुंगिने कैले, अनि म कुरेर बस्ने त?
मलाई यो सरको दिमाग चाट्न मन लागेन अनि चुप लागेँ। भोलिपल्ट बिहान ब्रेकफास्ट खाने बेलामा सर हाँस्नु भयो। मलाई काउकुती लागेर सोधेँ । सर आज चैं किन हाँस्नु भयो? मैले त केही कुरो गर्न नि भ्याएको छैन।
सर: हिजोको कुरो मैले हिजो राती नै बुझेँ अनि राती पनि हाँसेँ। अहिले तिमी देख्नासाथ फेरि हाँस्न मन लाग्यो र म चैं हिजै किन न हाँसेको होला भनेर अहिले फेरि हाँसेको नि। तिमीहरु त एक पल्ट हाँस्छौ। म त तीन तीन पटक हाँसें। खोइ कुरो बुझेको? म ट्वाँ ! अस्तु !
08 August 2019
खुर्सानीको कमाल
दुईजना पर्यटकहरु सोलुखुम्बुमा पदयात्रा गर्दै नाम्चे बजार पुगेछन। नाम्चेमा खाना खाने बेलामा नेपाली खाना मगाएछन। साउनीले नि भातको चुली बनाएर चुली माथी पीरो खुर्सानी रोपि दिएछ। सगरमाथाको टुप्पोमा झण्डा राखेझै। पर्यटकहरु खाना कसरी खाने रहेछ भनेर दायाँबायाँ हेरेछ्न। धेरैजसोले पहिले जे सुकै खाएनी पहिलो पर्यटकले अन्दाज लगाएर भातको चुलीमा रहेको खुर्सानी नै पहिला क्वाप्प खाएछ। खुर्सानी यत्ति पिरो रहेछ कि खुर्सानी खाएर पहिलो पर्यटकले तुरुक्कै आँसु झारेछ। पहिलो पर्यटकले आँसु झारेको देखेर दोश्रो पर्यटकले सोधेछ: किन रोएको पासा?
पहिलो पर्यटकले जवाफमा: यो भात खांदा खांदै मैले दोश्रो बिश्वयुद्धमा मेरा बा आमा बितेको कुरो सम्झेकोले आँसु आएको भन्यो।
ए! त्यसो पो रहेछ। बिचरा कति संबेदनसिल रहेछ पासा त ! भन्दै दोश्रो पर्यटकले पनि पहिलेकोले जस्तै पहिला खुर्सानी नि नै ताक्यो र खायो। खाने बित्तिकै दोश्रो पर्यटक पनि रोयो अनि पहिलो ले सोध्यो: तिमी चैं किन रोएको नि?
दोश्रो पर्यटकले भन्यो: किन भन्ने नि ! त्यो दोश्रो बिश्व युद्धमा तँ चैं किन मरिनस भनेर नि। मुर्दार! यस्तो पीरो छ भनेर भन्नु पर्दैन? तेस्काबाजे ! स्यु हा ......!
बिचरा पहिलोले पीरोको कथा सुनाएको भए दोश्रोले पीरो भोग्न त पर्दैनथ्यो होला। दुबै जनालाई पीरोले दिमाग खराब गरेको रहेछ। तर पनि एक आर्काले पीरो खुर्सानीको कमालको अनुभव गराउन दुबैले केही नभनेका रहेछ्न। अस्तु!
04 August 2019
मोटरसाइकल
साहुजी: छ नि ।
ग्राहक: छ भने के गर्नु पर्यो त मैले ?
साहुजी: केहि गर्नु पर्दैन । यो मोटरसाइकल फाल्ने नयाँ किन्ने । अनि नयाँ मोटरसाइकलले कम पेट्रोल खान्छ ।
ग्राहक ट्वाँ !!!!!
29 July 2019
अङ्ग्रेजी
एक दिन मेरा हाकिमले बडो गर्भका साथ भन्नु भयो: सुन्यौ बिनय ! त्यो केटाले गज्जबको अङ्ग्रेजी बोल्दो रहेछ नि ! पूरा बेलायती टोनमा ! कस्तो राम्रो !
अनि के बोलेछ त सर त्यो केटाले ?
अङ्ग्रेजी नि !
अङ्ग्रेजी त बुझें, मैले तर बोल्यो के त?
खोइ कुन्नी ? के बोलेको त्यो त मैले बुझिन । तर अङ्ग्रेजी त चैं गज्जब नै बोल्यो ।
#मेरिबास्सै #तेस्काबाजे #गज्जब
27 July 2019
फलो गर्ने बटन थप गरिएको बारे
मेरो ब्लग पढ्न रुचाउनु हुने पाठकहरुलाई यो ब्लगको दायाँ तिर मैले एउटा फलो बटन थप गरेको छु | कृपया क्लिक गरेर फलो गर्नु हुन अनुरोध छ | साथै मेरो ब्लग इमेलबाट र सोझै ब्लगबाट पनि Subscribe गर्न मिल्छ भन्ने जानकारी दिन चाहन्छु | प्रबिधीको प्रयोग गरेर तपाइँहरु समक्ष नियमित रुपमा नयाँ नयाँ ब्लगहरु प्रस्तुत गर्ने जमर्को गरेको छु | यहाँहरुको साथ र समर्थन आगामी दिनहरुमा पनि रही रहने आशा गरेको छु |
विनय शाक्य
25 July 2019
समाबेशी
ती नेप्टे र थेप्चेहरुले ती चलाख चुच्चेहरुको न ताल बुझेछन न कुनै राजनैतिक चाल बुझेछन । तर सबैजना दङ्ग परेछन । यस्तो लाई नि समाबेशी भन्दा रहेछन यो देशमा । त्यो दृश्य देखेर यो पंक्तिकारलाई दिक्क लाग्यो । अस्तु|
#वाक्कदिक्कहाक्कथुक्क
06 July 2019
पैसा बचाउने उपाय रे
मैले भने: यस्सो बिहान बिहान कलेज पढाउँछु, दिउँसो यस्तै संघ संस्थामा आफुले जानेको कुराहरु शेयर गर्ने गर्छु सर ।
सर: भनेसी कमाई राम्रै छ ! अहिले ३०-४० हजार जति त भेट्छ होला नि !
मैले नि सहज भएर भने: ऊमं ! खान पुग्छ सर !
सर: मैले देख्दा तिमीले खासै कमाउन चैं सकेनौ बाबु ! खोई तेत्रो पैसा कमाउँदा नि केहि गरेका देख्दिन त ।
मैले भने: त्यस्तो खासै गर्न सकिएन सर तपाइंले जस्तो |
सर: अलिकति पैसा मलाई सापट देउ न त, तिम्रो कमाई त राम्रै छ जस्तो लाग्छ ।
मैले भने : तपाइंले अनुमान गर्नु भएकै छ नि त । मैले कति कमायो भनेर । अनि मैले नकमाए नि तपाईंलाई अप्ठेरो त परेको छैन नि !
सर: त्यस्तो त होइन, तिमीले कमाएर पनि बचाउन सकेन । मलाई अलि सापट दियो भने मेरो काम पनि टर्ने तिम्रो पैसा नि बच्ने उपाय छ भनेर भनेको नि ।
मैले भने: त्यसो भए मैले के गर्नु प-यो त ?
सर: त्यस्तै पान दश लाख देउ न! तिम्रो पैसा पान दश बर्षमा जस्ताको तस्तै फर्काइ दिम्ला । तिमीले सबै खर्च गरेरै सिध्याउँछौ रहेछ । तिम्रो पैसा नि बच्ने मेरो काम नि टर्ने ।
म एकछिन त्वां परें: त्यत्रो पैसा तपाईंलाई किन चाहियो र यो बुढेसकालमा ?
सर: यस्सो जग्गा सग्गा किनेर राख्ने नि अनि बेचेर तिम्रो पैसा फर्काउने । तिम्रो पैसा नि फिर्ता मेरो जग्गा को इच्छा नि पूरा हुने, साँप पनि मर्ने लठ्ठी पनि नभाँच्ने उपाय भनेको नि ।
मैले भने: मलाई के फाइदा त ?
सर: तिम्रो पैसा मैले चलाए पनि जस्ताको तस्तै सग्लै फिर्ता । कमसे कम तिमीले खर्च गर्न त पाएन नि ! तिम्रो पैसा पनि बच्यो । मेरो जग्गा किन्ने रहर नि पूरा हुने ।
मलाई के कुन्नि ले टोकेको छ कि क्या हो? त्यो अवकाश प्राप्त बुढोलाई पैसा राख्न दिन। न आमा पट्टीको न बाउ पट्टिको । न त त्यसरी नै पैसा बचाउनु छ। धन्य ! अवकाश प्राप्त सरको बुद्धि । अनि मेरो अनुहार ! अस्तु ।
#गज्जब छ बा !