खोक्दा खोक्दा असिन पसिन भएको बेला उस्को श्रीमती च्याठ्ठीएर चिच्यायो, के खोकिरा बूढो ! हसुर्ने बेलामा केही देख्दैनौ ! जे देख्यो त्यै मुखाँ कोचार्यो, अहिले टाइम न बे टाइम खोक्याछ, बस्याछ। भन्यां कुरा सुन्ने भएपो !
बूढो:(लाचार हुँदै) एउटा कागती काटेर ग्यासाँ पोलेर, बेसार एक चम्चा त्यै कागतीमा राखेर तात्तातो ल्याइदेन त !
बुढी: अब ल्याउनै पर्यो नि, नत्र रातभर खोकेर सुत्न दिन्नौ क्यारे !
थमक थमक परेर भान्सामा गईवरी एउटा रसिलो कागती देब्रे हत्केलामा राखी र दाइने हातको चक्कुले दुई फ्यांक पारी अनि ग्यांस चुलोको बर्नरको सेन्टरमा राखेर लाइटरले चुलो सल्काई । कागतीको बोक्रा कालो कालो हुनासाथ एक चम्चा बेसार कागतीमा राख्यो र चिच्यायो ! ए बूढो ! झट्ट आउ, फेरि चिसो होला !
बूढो: हस्यांंग फस्यांग गर्दै आयो, पोलेको कागती क्वाप्प मुखाँ हाल्यो । आत्था ! कस्तो पोलेको तातो छ भन्न पर्दैन ?
बुढी: केही भन्न नपाउंदै क्वाप्प मुखाँ कोचारेसी क्यार्नु त ! ओखती हो क्यारे, अलिकति पोलेर के भो त !
No comments:
Post a Comment