Grab the widget  Get Widgets

14 February 2024

शेष पछि

छोरा: आमा त्यो तिम्रो एउटा बिमाको परिचय पत्रमा शेष पछि भनेर दिदीको नाम पो लेखेको रैछ? किन र म यहाँ थिएन? छैन? म तपाईंको एक्लो छोरा होइन र? आमालाई सोधेछ।

आमा: तँ गाउँमा गाडी चलाउन गा थिइस! अनि बिमा कम्पनीले छोराछोरी जस्को नाम राखेनि हुन्छ भनेकोले तेरो दिदीको नाम राख्देको नि। कुन ठुलो कुरो भो र?

छोरा: ए! त्यो बिहे भएर गएकी दिदी चैं तिमी बिरामी हुंदा, यता उता जांदा तिमी संगै जाने आउने हो र? म घर मै हुंदा पनि तिम्ले मलाई केही नभनी, पारी गाउँमा पोइको घरमा बसेकी दिदीलाई खबर पुर्‍याउन पठाकी रैछौ! कालेले मलाई मेरै गाडीमा चढेर, तेरो दिदीको घरमा सम्चार पुर्‍याउन जान लागेको, तेरी आमा सन्चो नभएको तंलाई मतलब छैन? त्यै सम्चार तेरो दिदीकोमा पुर्‍याउन जान लाको भन्दैथ्यो त। मलाई किन नभनेको, सन्चो नभएको?

आमा: तेरो काममा जानु पर्छ भनेर नि। अनि न्यास्रो पनि लाग्यो, छोरीको अनुहार हेर्न नपाएको पनि एक हप्ता भएछ। सन्चो नभएको सम्चार सुने पछि दौडेर आउला नि, तेरी दिदी! मेरो बिमामा शेष पछि त्यस्को नाम राखे पछि त्यस्लाई पनि त थाहा दिनु पर्‍यो नि। परेन त? बाउ आमाको शेष पछि आफ्नो सन्तानको नाम राख्न कानुनले रोकेको छैन क्यार!

No comments:

Post a Comment