24 May 2020
22 May 2020
टाइम पास कसरी गर्ने?
यो लकडाउनको समय कटाउन अनेक उपाय आउँछ यो खाली दिमाग सैतानको घर भन्थ्यो हो कि क्या हो?
तपाईं आफ्नै श्रीमान र आफ्नै श्रीमतीको दैनिक मुख हेर्दा हेर्दा वाक्क दिक्क हाक्क थुक्क हुनु भएछ भने एकले आर्कालाई यसो गरे कसो होला?
बिहान बिहान मर्निङ वाक जान नमिले पछि घरकै कौसी वा वारि वा आंगनमा डुल्न थाल्यो भने किन बिहान बिहानै डुलेको होला अफिस जानु छ र? भन्नुस।
सुतेरै बसेछ भने कति सुतिरा काममा जानु छैन भने यसरी सुतेरै बिहानको समय खेर फाल्छ भन्नुस।
बारीमा चल्न गए किन चल्नु पर्ने होला बिहान बिहान भन्नुस। नगए यस्तै हो अफिस गए नि नगए नि सबै मैले मात्रै घरको काम गर्नु पर्ने आफु चैं थपक्क मोबाइल चलाएर बस्नुस भन्नुस।
फुलबारीमा पानी हाल्न गए किन पानी चलाउनु पर्ने होला भन्नुस पानी नदिए जैले नि मैले मात्रै पानी हाल्नु पर्ने ? भन्नुस। यो घरको काम गर्ने त म मात्रै होनि भन्न नछाड्नुस।
यस्सो भान्छामा काममा सघाए, ओहो आज के भयो भनेर निकै चाकडी गर्न आछ नि भनी हाल्नुस, सहयोग नगरे, अब यो लकडाउन आए नि न आए नि हाम्लाई के छ र ? यो घरमा कसैलाई मतलब नै छैन भनिहाल्नुस।
टिभी हेरेको बेलामा कति टिभी हेर्नु पर्ने भन्नुस, मोबाइल चलाए कति मोबाइल चलाएर बस्न सकेको भन्नुस।
केही सहयोग गर्न आयो भने किन गर्न आएको भन्नुस । जे गरे नि किन गरीस भन्नुस नगरे किन नगरेको भन्नुस । यो लकडाउन तीन महिना चले नि तपाईंको समय मजाले कटाउन सकिन्छ। यो रामबाण औषधि प्रयोग गर्नुस घरमै बस्नुस, कोरोनाबाट बच्नुस।
नोट: यो ब्यंग बाणले कसैलाई लागेको छ भने संयोग मात्रै हुनेछ। अस्तु!
20 May 2020
19 May 2020
15 May 2020
14 May 2020
12 May 2020
11 May 2020
Subscribe to:
Posts (Atom)