12 May 2020
11 May 2020
06 May 2020
लकडाउन खुकुलो पार्न सकिन्न र?
हुन त म साधारण मान्छे! लकडाउन बिज्ञ होइन। तर पनि समाचार हेर्दाहेर्दै र समस्यामा अल्झिंदा अल्झिंदै मेरो दिमागमा चलेको कुरो यहाँ व्यक्त गर्दैछु। यो मेरो नितान्त नीजि बिचार हो। आफ्नो असहमति भए तपाईंले पनि पोख्नुस के गर्दा हुन्छ भनेर। दिनभर घर भित्र बसेर सामाजिक सन्जालमा कताक्ष गरेर दिन बिताउंदाको कष्ट हामीले भोग्दै आएका छौं। आफु पनि केही नगर्ने अनि अरुले गरेकोमा पनि यो भएन त्यो भएन मात्रै भनेर आफुले आफैलाई ठग्ने ठगहरु यो संसारमा कमी छैन। त्यो बर्गमा हामी पनि कम छैनौं।
अति आवश्यक आधारभुत आवश्यकता भनेको खानेकुरो नै रहेछ भन्ने चमत्कारिक कोरोनाले देखाइ दिएको छ। गाँस, बास र कपास तथा नाना, छाना र खाना जे भनेर नारा दिए पनि हुन्छ, पैसाको पोको खल्तिमा राखेर मान्छे जिउन सक्दैन। जतिसुकै धनी मानिस पनि एक छाक खानको लागि तड्पिएको हामीले देख्यौं हेर्यौं।
त्यसैले
१. कृषि उत्पादन, खाध्य सामग्री ओसारपसारमा कडाइका साथ चेक जाँच गरेर पालिकाको सिमा वरपर गर्न दिनु पर्छ।
२. उत्पादन मुलक कल कारखानामा स्वास्थ्य जाँच कडाइका साथ लागु गरेर सम्भव भए सम्म सामाजिक दुरी कायम गराउने प्रत्याभूति गराएर खुला गरिनु पर्छ।
३. स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, पत्रकार, एम्बुलेन्सका चालक र सहचालकहरूलाई अनिवार्य PPE लगाउन सहयोग गर्नु पर्छ।
४. गाउँ गाउँमा सिंह दरबार भएकोले आफ्नो कर्तव्यबोध गरेर उत्तरदायी भुमिका निभाएर, जो जहाँ छ, त्यहिं खाने र बस्ने ब्यबस्था गर्नै पर्छ।
५. सम्भब भए सम्म घर घरबाट कार्यालय सञ्चालन गर्नु पर्छ।
६. सामाजिक भेटघाट बिल्कुल बन्द गर्नै पर्छ हामी सचेत नागरिकहरुले।
७. नक्कली पास बोकेर डुल्नेहरुको सवारी महिना दिन सम्म चलाउन नपाउने गरी बन्देज लगाउन पर्छ।
८. बिना काम हावा खान निस्कनेहरुलाई श्रमदानको काममा लगाइ दिए हुन्छ।
अरु पाठकहरुले पनि थप गर्नुस है।
यसो गर्दा अलिकति भए पनि लकडाउन खुकुलो गर्न सकिन्न र?
अस्तु।
04 May 2020
03 May 2020
लकडाउनमा अभिभावक र सन्तानको बार्तालाप
आमा: होइन छोरा ! कति मोबाईल मात्रै हेर्छस? यस्सो घरको काममा पनि सघाई दे न। हेर त ! उ त्यो घरको बाबुले कति मजा संग काम गरेको छ। गमला गोडेको छ, फूलहरु कति मजाले फुलाएको छ। उ खेर गएको प्लास्टिकका बोटलहरुमा तरकारी फलाएको छ । कहिले पनि खेलेर बसेको पनि देख्दिन, मोबाईल चलाएर बसेको पनि देख्दिन ।
छोरा: अं, हो ! हो ! अनि त्यो घर कति ठूलो छ, नि ! हाम्रो जस्तो सानो घर हो र ! अनि त्यहाँ एयरकन्डिसन पनि छ । हाम्रोमा एउटा पंखा राखम भन्दा नि बर्षौं भैसक्यो, किन चाहियो भन्नू हुन्छ त। त्यो केटाले आइफोन चलाउँछ, म चै यहि थोत्रो एन्ड्रोइड। कति बर्ष भैसक्यो। एउटा लेटेस्ट किनम भन्दा नि दांतबाट पसिना आउँछ, तपाईंको !
आमा: अनि त्यो घरको कुरो गरेर साध्य हुन्छ त ?
छोरा: त्यसो भए त्यो केटाको पनि किन कुरा गर्ने त?
बुबा: होइन हो छोरी! घरको काममा तिम्री आमालाई सघाउन हुन्न? दिनभर हा हा हि हि गरेछ। बसेछ। भोलि पोईको घरमा कसरी काम गर्ला खोइ !
छोरी: सबै मैले मात्रै गर्नु पर्छ ? त्यो तपाईंको छोरोले चाहिँ केही गर्नु हुन्न ? त्यो मोबाईल खेलेर बसे पनि पब्जी खेलेर बसे पनि कोठामै खाना पुर्याउन पर्ने, म एक्छीन साथीहरू संग कुरा गर्यो भने बाउ नि आमा नि कराउने ! हामी अहिले स्यानो बच्चा हो र ? देख्यो कि यो भएन, त्यो भएन, भोलि पोइको घरमा यसो होला, त्यसो होला मात्रै भन्छ्न। मोबाइलमा कुरा गर्दै हैन साथी! मेरो बा आमा मात्रै हो कि तिम्रो पनि ! यो बुढाबुढीहरुको काम नै यस्तै हो कि क्या हो ! संधै कचकच मात्रै गर्छ्न ।
उताबाट साथीको जवाफ्: ह्या ! तिम्रो मात्रै होइन ! हाम्रो पनि यस्तै हो! नाटक चली रहन्छ । यो त घर घरको कहानी हो नि !
बुबा, आमा: ट्वाँ !
अस्तु !
(अहिलेको समाज कतातिर जांदैछ ! पाठकबृन्दहरुले मनन गर्नु होला र समाज सुधारको लागि आफुले सक्ने सद्भाव देखाउन सबैमा अनुरोध छ।)
01 May 2020
Subscribe to:
Posts (Atom)