07 March 2020
27 February 2020
26 February 2020
25 February 2020
24 February 2020
20 January 2020
10 January 2020
05 January 2020
चन्दा चक्र
एकजना उधमीले आफ्नो ब्यबसाय चलाउन के के गर्नु पर्छ होला?
१. उधोग दर्ता
२. अनुमती पत्र
३. अर्थको जोहो
४. कर्मचारी ब्यबस्थापन
५. कर
६. अन्य
यसमा सबैभन्दा पुछारमा रहेको अन्यले सबैभन्दा ठुलो रोल खेलेको हुने रहेछ। साम, दाम, दण्ड, भेद। जस्ले गर्न सक्छ उहि सक्षम रे।
सन्दर्भ उखु बेपारीहरु।
स्वनामधन्य बेपारीहरुले विभिन्न पार्टीहरुलाई चन्दा दिन्छ्न, राजनैतिक संरक्षणमा बस्छन। त्यो चन्दा कताबाट आउँछ रहेछ भनेर यस्सो हेर्दा त चन्दा चक्रपो भेटियो बा! बिचरा उखु किसानहरुको पैसा जति जम्मा गरेर ति बेपारीले जम्मा गरेर राख्दा रहेछन, अनि त्यै पैसा चन्दा स्वरूप तिर्दा रहेछन भन्दा अति सयोक्ती नहोला।उखु किसान भन्छन अरे। अनि किसानहरुले सरकारलाई किसानमारा भन्यो भनेर किन रिसाउनु। बेपारीहरु त बिचको बिचौलिया मात्रै भएछन र ठुलाबडा बनेर हिंडेका रहेछन।
अनि उखु बेपारी र उखु किसानको बीचमा बसेर सरकारले सम्झौता गरेछन अरे। अचम्म लाग्छ, मेरो देश! के स्वादको सरकार हो? उखु मन्त्रीले पैसा तिराइ दिन्छु भनेर कागज गराउछन, भोलि आएर त्यो स्वनाम धन्य उखु बेपारीले मैले त पार्टिलाई चन्दा दिएको छु, किन किसानलाई पैसा दिने भन्यो भने के हुन्छ? चिन्ता ब्यक्त गरेका छन उखु किसानहरुले।
सरकारले उचित कदम उठाएर उखु किसानको रकम नतिर्ने उखु बेपारीलाई आवश्यक कार्यबाही गर्नु पर्छ भन्छन उखु किसान।
के गर्छौ सरकार ?
Subscribe to:
Posts (Atom)

