Grab the widget  Get Widgets

Tuesday 11 September 2018

इन्फेक्सन

गज्जब छ बा!

के भो?
रगतमा अलि इन्फेक्सन रहेछ।
ओहो ब्लड क्यान्सर भो कि क्या हो?
थुक्क बुझाई! त्यस्सै क्यान्सर हुन्छ ?


के भो?
मृगौलामा अलि इन्फेक्सन देखियो।
ओहो तेरो मृगौला कुहियो कि क्या हो? अब डायलसिस गर्नु पर्छ कि क्या हो? हेर पैसा पनि खत्तम मान्छे पनि खत्तम।
हेर त बुझेको! अलि खराबी हुने बित्तिकै डायलसिस गर्नु पर्छ?


के भो?
कलेजोमा अलि इन्फेक्सन देखा पर्‍यो।
ओहो जण्डीस भएर मर्लास है ख्याल गर।

लौ हेर, मलाई न जण्डीस भाको, न मेरो मृगौला कुहिएको, न त क्यान्सर नै भा को।

जल्ले नि के भो तँलाई भनेर सोध्या सोधै गरेको भएर फरक फरक मान्छेलाई फरक फरक कुरो भन्देको त मलाई ज्युँदै लास बनाई दिन्छ्न यो हो मेरो समाजको मानसिकता।

इन्फेक्सनको कमाल।

No comments:

Post a Comment