एक दिन मलाई एउटा चराले यस्तो भन्न आयो। म संग भएको बार्ताले मलाई च्वास्स घोच्यो। चराको मर्मलाई मैले मात्रै सुनेर हुंदैन भनेर यो बार्तालाप प्रस्तुत गरेको छु।
म चरा: भुरुर उड्नु मेरो काम र कर्तव्य। तर मलाई समातेर एउटा पिंजडामा राखेर दिनको ३-४ पल्ट खान दिन्छ, पानी दिन्छ अनि घरका सदस्यहरु आलोपालो गरेर हेर्न आउँछ। मेरो पखेटा काटेर, मलाई पिंजडामा बन्द गरेर मेरो भुरुर उड्न पाउने स्वतन्त्रतालाई बन्धनमा राखेर मजा लुट्ने लुटेराहरुले आफुलाई मान्छे भन्दा रहेछन।
कोहि कोहि त यस्ता पाहुनाहरु पनि आए, मलाई देखेर यस्को मासु खान पाए त आहा! भन्नेहरुलाई मैले यमराज नै ठान्छु। कोहि कोहि मलाई भुटेर खान पाए त खास्सा हुन्छ भन्छन। यी राक्षसहरुले कुन दिन मलाई क्वाप्प खान्छन।
महिनौं अनि बर्षौं मलाई यसरी थुनेर राखे पछि मैले अब उड्न पनि जान्दैन, पिंजडाबाट निकाले पनि म उड्न सक्दिन, किन भने मेरो उड्ने रहर हराइ सकेछ, लाग्छ म अब दौडिन पनि सक्दैन, मेरो उड्ने शक्ति क्षीण भै सकेछ। अनि मलाई उड चरा उड भनेर मेरा मालिकहरु सिकाई रहन्छन् । मैले उड्न जानेको बेलामा मेरा पखेटा काटेर क्रुर कर्म गर्नेहरु आज मलाई दया देखाउंदै मलाई नै जिस्क्याएर मजा लुटिरहनेहरु आफुलाई मान्छे भनिरहेका छन् ।
हे भगवान! मैले पुर्ब जुनीमा के पाप गरेको थिएँ र यो जुनीमा मलाई यस्तो मान्छे भन्ने राक्षसहरुको जमातमा पुर्यायौ। म चरा, मेरो कर्म अनुसार मलाई उड्न मन छ, उड्न देउ, यसरी मलाई थुनेर नराख, मेरा प्वाँखहरु नकाट। म स्वतन्त्र उड्न चाहन्छु, मलाई उड्न देउ। अस्तु।
No comments:
Post a Comment