किन र मन पर्यो? मेरो पोइ!
होइन होइन, त्यस्तो पनि पोइ रोज्ने?
मेरो जस्तो नरोजे, कस्तो रोज्ने नि? नत्र तैंले आँखा लाउलिस नि!
तं यति राम्री, चिटिक्क परेकी, तेरो पोइ, तंलाई सुहाएन भनेकी नि!
मैले मेरो यस्तै पोइ रोजेको। हेर मेरो यस्तो पोइ रोजेको कारण नै, तैंले आँखा लाईनस, नि! नत्र त तं मेरी सौता नै भै हाल्थिस कि के थाहा?
मेरो पोइको खाईलाग्दो भुँडी, लुखुरे हात, खुट्टा अनि खुइलेको टालु, मलाई मन पर्छ। तिमिलाई नराम्रो लागेकै मलाई फाइदा भो त! हेर हात खुट्टा सुकेको, पेट फुलेको, हेर्दा सुकेनास लागेको जस्तो मान्छेलाई पोइ बनाउँदा हामी बजारमा हिंड्दा मलाई धेरैले हेर्छ, मेरो पोइलाई कसैले हेर्दैन, आँखा पनि लाउँदैन। मेरो पोइले पनि कसैलाई हेर्न आंट पनि गर्दैन। अनि मेरो कब्जामा नै हुन्छ। बुझिस। म जस्ति राम्री जोई पाएकोमा आफुलाई भाग्यमानी सम्झन्छ मेरो पोई। अनि आफुले भनेको सबै काम पूरा गर्दिरा नै छ। तँ जस्ती उत्ताउलीहरुबाट पनि टाढा हुन्छ। मलाई त आनन्द छ।
हामी पदयात्रामा हिंड्दा आर्काको श्रीमतीले पनि हेर्दैन, बाटोमा, घर छिमेकी भाउजुहरुले पनि हेर्दैन, हुंदा हुंदा कुइरेनीहरुले पनि हेर्दैन। आनन्द, म त ढुक्क। मेरो पोइ, मेरो लागि! अस्तु!
No comments:
Post a Comment