तपाईंलाई सभापति बनाउन, संसदिय दलको नेता बनाउन रात दिन खटेको बिर्सनु भयो? साम दाम दण्डभेद गरेर तपाईलाई भनेर ज्यान दिएँ। आज यस्तो? हेप्नी? हेप्ने नि एउटा सिमा हुन्छ नि यार! मेरो मात्रै परिवार छैन? एउटा घर बनाउने आशा हुन्न? यत्रो बर्ष पार्टी पार्टी भनेर खटेर बल्ल बल्ल आज हाम्रो पालो आयो भनेको त तपाईंले पनि काखा र पाखा गर्ने?
इमान जमानको त समय नै भएन हो। अब यस्तो पार्टीमा लागेर के होला र? आफ्नो पार्टी सरकारमा पुग्दा कस्लाई खुशी लाग्दैन र! खोइ के भन्ने? पीडा छ हजूर पीडा। आफ्नै पार्टी भित्र यस्तो आसेपासेले बिगार्छ भने सरकारको वरपर बस्नेहरुले झन के गर्ला?
होइन के हो पारा? मन्त्री बनाउने होइन? मेरो पालो कैले आउँछ? त्यसलाई बनायो भने म त बिद्रोह नै गर्ने हो।
आम्मामा! बेकारमा जिम्मेवारी लिइएछ! जो पनि मन्त्री बन्छु भन्छ। त्यस्का बाजे! आफ्नो क्वालिटी के हो थाहा नपाएका मान्छेले पनि मन्त्री बन्छु भन्छ बा! हैन! के भाको हँ? बरु जति मन्त्री भा का छ्न, त्यतिबाटै देश हांक्दिछु, लौ जा! के को ङ्यार ङ्यार! पचास साठी जना मन्त्री भएनी काम थोपो हुने हैन।
हैट! कस्तो आगोमा परिएछ? बेकारमा मेरो टाउको मात्रै दुखाउंछ्न। जति मन्त्री बनाए नि जसै नदिने भए। यो देशां काम गर्नै गार्हो भो बा! मलाई त यस्तो गार्हो छ, जनताले के आशा गर्छन? आश गर्नु भरोसा नगर्नु। अस्तु!
No comments:
Post a Comment