Grab the widget  Get Widgets

Thursday 14 September 2017

चौतारी

#चौतारी
हाकुचा: ए सत नाराण, ल भन् ट ! ट्यो आचार संहित्ता भनेक के हो?
सत्य नारायण: अरे बापरे ! तपाईंलाई तति पनि था छैन? अचार सन्हिता भ...
बाउचा: का ! अचार भनेक पनि ठा नपाको हाकुचा ! ठुईक्क !
___________________________

पृष्ठभुमि: #चौतारी को #चियापसल ।

भुसतिघ्रे: ए केटा हो ! आज जानू पर्छ है ?
मुन्द्रे: कता ? के छ ?
बाङ्ग्रे: कस्तो केटा रैछ ? आज जुलुस जाने होईन भन्या?
मुन्द्रे: कुन पार्टीको ?
भुसतिघ्रे: जुनसुकै पार्टीको भए पनि जाने होइन र ? हाम्लाई केको टन्टा पार्टी न सार्ती ?
बाङ्ग्रे: म त जाने हो खाने हो, पाए पिउने हो, अनि भुडी पल्टाएर फर्किने हो।
मुन्द्रे: ल ल म पनि जाने हो, खाने हो । बरु पैसा पो दिन्छन् कि दिन्नन?
बाङ्ग्रे: पाए त झन मज्जा नै भो नि ।
भुसतिघ्रे: ल साउजी आज बेलुकी तपाइको चियाको पैसा तिरिन्छ है ।
सबैले उधारो मै चिया रित्तै पारेर गए।

No comments:

Post a Comment