गड्याम्म भयो, शून्य भयो, मेरो वरिपरि मान्छेहरुले घेरेर उठाउन आउनु भयो, बाटोमा हिंड्ने बटुवाहरु सबैलाई मेरो वन्दना छ। मेरो मोटरसाइकल २-३ मिटर उछिट्टीएर सडकको बायाँ कुनामा लडेको रहेछ, म सडकको बिचमा पल्टेको रहेछु। वटुवाहरुले मोटरसाइकलको चाबी निल्काल्नु भयो र म र मेरो मोटरसाइकललाई बिस्तारै उठाउनु भयो। उठ्न सकें।
मेरो पछाडि सायद २-३ वटा स्कूटर, मोटरसाइकल पनि म संगै लडेका रहेछन्। म संगै लडेको स्कूटरवालाले भन्यो, तपाईंले गरेर म पनि लडें।
मैले भने, तपाईंलाई ठिक छ? धन्न बांचियो। ठिक भयो।
एकजना सज्जन आएर भन्नु भयो, तपाईंहरु कसैको दोष छैन। हामीले देखेका छौं। गल्ती कसैको छैन, यो सडकमा पीच, तल र माथि भएको हेक्का राख्नु भएन। धन्न, पछाडिबाट आएका गाडीहरुले समयमै ब्रेक लगाए। लौ जान सक्नु हुन्छ? घाउ भएको छ छैन, हेर्नुस है, भने।
अनि सडकमा लडेकाहरुलाई वटुवाहरुले उठाएर सडक छेउमा राखी दिनु भयो। सबैमा म नतमस्तक छु। हामी नेपालीहरुमा अझै मानवता बांकी नै छ।
काठमाडौं वडा नम्बर ३ का वडाका अध्यक्षज्यूलाई हार्दिक अनुरोध छ, यो सडक मरम्मत गर्ने बेलामा पूरा सडकको मरम्मत गर्नु होला। अस्तु।
No comments:
Post a Comment